दोर्जे शुग्देनले शान्तिमय स्वरुपमा ट्रान्स लिँदै
Or view the video on the server at:
https://video.tsemtulku.com/videos/PeacefulDSTrance.mp4
यो भिडियोमा दुई भागहरू छन्। पहिलो भाग गादेन शार्त्से मठ मुनगड, कर्नाटक राज्य, दक्षिण भारतमा खिचिएको थियो र दोस्रो भाग यूरोपमा खिचिएको थियो।
(Click here to read the original English article.)
विगतमा, गादेन मठ छोयाङ दुल्जिन कुटेनको नामबाट चिनिने अति प्रसिद्ध र अत्यन्त शक्तिशाली ओरेकलको निवासथियो। उहाँ गादेन मठको आधिकारिक ओरेकल र सामान्य व्यक्ति हुनुहुन्थ्यो। उहाँ सूत्र वा तन्त्रहरुमा विज्ञ हुनुहुन्थिएन, तैपनि उहाँले ओरेकलको रुपमा आफ्नो क्षमताले भ्याएसम्म राम्रो तरिकाले मठको सेवा गर्नुभएको थियो।
उहाँले काचे मार्पो, नामकार बार्जीन, दोर्जे शुग्देन र सेट्रापजस्ता तिब्बती बौद्धको विभिन्न ईश्वरीय शक्तिशाली संरक्षकहरु को ट्रान्स लिनुभएको थियो। दोर्जे शुग्देनको मामलामा, उहाँले शान्तिपूर्ण र क्रोधपूर्ण दुबै स्वरुपको ट्रान्स लिनुभएको थियो।
सबैलाई थाहा भए अनुसार, दोर्जे शुग्देनको उत्पत्ति पवित्र ५औँ दलाई लामाको समयमा हुनुहुने एक माननीय लामा टुल्कु ड्राक्पा ग्याल्छेनले आफ्नो पछिल्लो जन्मको कुनै समयमा गर्नुभएको प्रतिज्ञा पालना गर्न धर्म संरक्षकको रूपमा पुनर्जन्म लिनुभएपछि भएको हो । यो प्रतिज्ञा सम्पूर्ण बौद्धधर्मको र विशेषगरी लामा चोङ्खापाको पथको संरक्षक बन्न गरिएकोको थियो। टुल्कु ड्राक्पा ग्याल्छेन, आफ्नो जीवनकालमा एक प्रसिद्ध तर्कशास्त्री, बहसकर्ता, गुरु र महासिद्धको रूपमा चिनिनुहुन्थ्यो। उहाँले गर्नुभएको प्रतिज्ञाको पालनाको परिणामस्वरूप उहाँले उच्च आध्यात्मिक सिद्धि प्राप्त गर्नुभयो।
जब दोर्जे शुग्देन पूर्ण रूपमा प्रशिक्षित ओरेकलमा ट्रान्स लिनुहुन्छ, उहाँ दुई भिन्न स्वरुपमा देखा पर्न सक्नुहुन्छ, उहाँले अरूलाई आफ्नो आशीर्वाद लिन मात्र नभएर आजको समयमा अस्तित्वमा रहेको भावनात्मक समस्याहरुबाट पनि उनीहरुलाई स्वतन्त्र हुन मद्दत गर्नुहुन्छ।
उहाँको शान्तिमय स्वरुपमा, उहाँ उच्च लामाको पहिरनमा देखा पर्नुहुन्छ। क्याब्जे फबोङ्खा रिन्पोछेरिन्पोछेले यो कुरा स्पष्टरुपमा उढृत गर्नुभएको छ। दोर्जे शुग्देनको शान्तिमय स्वरुपको लागि, ओरेकलले लामा चोङ्खापाको सुनौलो रङको टोपी र पूर्णरुपमा दिक्षाप्राप्त भिक्षुका तीन वस्त्रहरु पहिरिनहुन्छ। ट्रान्सको समयमा उहाँ एक मानिसले अर्को मानिससँग बोलेजस्तै गरि बोल्नुहुन्छ। दोर्जे शुग्देन ओरेकलमा प्रवेश हुनुहुँदा र बाहिरिनुहुँदा मात्र हामीले स्पस्ट परिवर्तन देख्छौँ । त्यसबीचको अरु समयमा उहाँले धेरै सुमधुर र शान्तसँग बोल्नु हुन्छ। उहाँ दिक्षा दिन, अनुष्ठान र प्रार्थना गर्न, दृष्टिदेखि ओझेलमा भएका प्रश्नहरुको उत्तर दिन र शुद्धीकरणको लागि सक्षम हुनुहुन्छ।
दोर्जे शुग्देनको क्रोधपूर्ण रुपको लागि, ओरेकलले माथिल्लो तहको धर्म संरक्षकको क्रोधपूर्ण आभुषण पहिरिनु हुन्छ। उहाँको क्रोधपूर्ण प्रकृतिको कारण उहाँ यस अवस्थामा लामो समयसम्म रहन सक्नुहुन्न।
यो भिडियोमा तपाईंले प्रख्यात गादेन शार्त्से ओरेकल छोयाङ दुल्जिन कुटेन देख्नु हुनेछ जसलाईदोर्जे शुग्देनको आधिकारिक ओरेकल बन्नको लागि क्याब्जे ट्रिजंग दोर्जे चांग र क्याब्जे सोङ्ग दोर्जे चांगद्वारा मान्यता र आशिष दिइएको थियो। यहाँ तपाईंले उहाँले ग्याल्छेन तेनख्याङ्मा ट्रान्स लिनुभएको हेर्नसक्नुहुन्छ जुन क्याब्जे सोङ्ग रिन्पोछेद्वारा निर्मित थियो।ग्याल्छेन तेनख्याङ् गादेन शार्त्से मठभित्र रहेको दोर्जे शुग्देनलाई समर्पित विशेष पूजा घर हो।
त्यहाँ धेरै लामाहरू, विद्यार्थीहरू र दर्शकको रुपमा रहेका चेलाहरु, शान्तिका प्रतीक दोर्जे शुग्देनबाट आशिष् र सल्लाहहरु लिन खोजिरहेका छन्। तपाईंले क्याब्जे ट्रिजङ्ग रिन्पोछेरिन्पोछेको व्यक्तिगत सेवक कङ्गो पाल्देन-ला, गांगचेन रिन्पोछे र छेम रिन्पोछेलाई सेवामा देख्नुहुनेछ। तपाईंले युवक र अग्ला छेम रिन्पोछेलाई दोर्जे शुग्देनको दर्शकको रुपमा देख्न सक्नुहुन्छ। एक दुर्लभ भिडियो क्लिप।
भिडियोको दोस्रो भागको सिलसिलामा तपाईंले दोर्जे शुग्देनले ट्रान्स लिनु भएको हेर्न सक्नुहुनेछ। (२३:३४) मा, तपाईंले आह्वानपछि संरक्षक ओरेकलमा प्रवेश गर्नुभएको देख्न सक्नुहुनेछ। (३३:०९) मा, तपाईंले उहाँलाई सबैलाई सल्लाह र आशीर्वाद दिई ओरेकल छोडेर जानु भएको हेर्न सक्नु हुनेछ। उहाँले छोडेर जाने बेला सबैले बोधिचित्त प्राप्त गरुन् भनेर प्रार्थना गर्नुभयो।
भिडियोमा भएका समयहरुको टिप्पणी
- १२.५२ क्याब्जे गांगचेन रिन्पोछे
- १३:०१ छेम रिन्पोछे
- १३:०९ कुंगो पाल्देन-ला, पवित्र क्याब्जे ट्रिजंग रिन्पोछेका व्यक्तिगत सेवक
- १९:४९ छेम रिन्पोछे
- २१:२० यूरोपमा छोयाङ दुल्जिन कुटेन, दोर्जे शुग्देनको शान्तिमय ट्रान्सको लागि तयारी गर्दै
- ३२:४६ दोर्जे शुग्देन आफ्ना दर्शकहरुको लागि प्रार्थना गर्दै र सबै प्रार्थनाको लाभहरु उपस्थित जनहरुमाथि अर्पित गर्दै। यहाँ, उहाँ आफ्नो ओरेकलको शरीरबाट बाहिरिने अवस्थामा हुनुहुन्छ।
थप विस्तृत जानकारीका लागि:
- दोर्जे शुग्देनको उदाहरणीय कथाहरु र सजीब उपन्यास
- तिम्रो मस्तिष्कको भूमि
- एक असल साथी
- शुभ मंगोलियन साइतहरू
- तपाईं धर्म निरपेक्ष वा आध्यात्मिक हुनुहुन्छ?
- दोर्जे शुग्देन : हाम्रा व्यक्तिगत कथाहरू
- कसरी तिब्बती नेतृत्वले प्रायोजकलाई व्यवहार गर्दछन् (जिन्दक)
- ट्रोडेखाङसार –४०० बर्ष पुरानो दोर्जे शुग्देनको पुजाघर, ल्हासामा
- ईश्वरीयता (ईश्वर) लाई पुकार्नु
- मित्रले नेपालीमा भगवान दोर्जे शुग्देनका बारेमा सिकाउनुहुन्छ।
Please support us so that we can continue to bring you more Dharma:
If you are in the United States, please note that your offerings and contributions are tax deductible. ~ the tsemrinpoche.com blog team
DISCLAIMER IN RELATION TO COMMENTS OR POSTS GIVEN BY THIRD PARTIES BELOW
Kindly note that the comments or posts given by third parties in the comment section below do not represent the views of the owner and/or host of this Blog, save for responses specifically given by the owner and/or host. All other comments or posts or any other opinions, discussions or views given below under the comment section do not represent our views and should not be regarded as such. We reserve the right to remove any comments/views which we may find offensive but due to the volume of such comments, the non removal and/or non detection of any such comments/views does not mean that we condone the same.
We do hope that the participants of any comments, posts, opinions, discussions or views below will act responsibly and do not engage nor make any statements which are defamatory in nature or which may incite and contempt or ridicule of any party, individual or their beliefs or to contravene any laws.
Please enter your details