शुभ मंगोलियन साइतहरू
आदरणीय विशेष साथीहरु,
हामीसँग तपाईंको लागि अर्को रोचक छोटो पोष्ट छ। तपाईंहरूलाई थाहा नै छ हामीसँग शहरमा १३ ओटा विभाग भएको केचरा छ। मैले अधिक हरीयाली क्षेत्रमा केही खोज्दै थिएँ। विभिन्न विद्यार्थी र कार्यक्रमहरूको सहयोगमा, हामी एक टुक्रा जमिनमा पुग्यौँ । म पहिलो पटक जमिन हेर्न जाँदा विद्यार्थीहरूको समूसँग गएँ र त्यहाँ गएपछि हामी त्यहाँको हरियाली देखेर चकित भयौँ। हामीले हाम्रो लागि यो जमिन सही छ वा छैन भनी दोर्जे शुग्देनको एउटा सानो प्रार्थना गयौँ र हामीले तुरून्तै शुभ चिन्ह देख्यौँ, सफा आकाशबाट हल्का वर्षा भयो। म र मसँग भएका सबै साथीहरूले आन्नद र शान्तिको महसुस गर्यौं। हामीले महसुस गर्यौं कि यो जमिन हाम्रो लागि नै सिर्जित थियो र केबल हामी जस्तै साधारण मानिसहरूको लागि यो राम्रो साईत देखा परेको थियो।
हामीले ऋण लियौँ, बिक्री कागजातहरू बनायौं र जमिन अधिग्रहण गर्यौं। हामी यस प्रक्रिया मार्फत जाँदै थियौँ, अकस्मात मैले एक मंगोलियन भिक्षुबाट पोष्टकार्ड प्राप्त गरें जसलाई न त मैले उपहारहरू दिएको थिए न त भेटेको नै थिएँ । त्यही पनि उक्त भिक्षुले मलाई नयाँ वर्षको शुभकामना दिंदैँ पोष्टकार्ड र उपहारहरू पठाउनु भएको थियो। म सोच्दै थिएँ, “त्यो व्यक्ति को होला जसलाई मैले मंगोलियामा कहिले भेटिन?”। म मेरो आमाको तर्फबाट आधा मंगोलियन हुँ। त्यसैले मैले उपहारहरूको सरहना गर्दै, कार्डलाई क्यामरामा कैद गरेँ र खिचिएका तस्वीरहरू केही साथी र विद्यार्थीहरूलाई पठाएँ। अब मैले यो बारेमा केही सोच्दिन। मैले कार्डमा यद्यपि आकाशबाट दोर्जे शुग्देनको अनुहार देखें र यो मेरो लागि शुभ संकेत थियो।
केही समय पछि म हाम्रो बगर तर हरियो केचरा फरेस्ट रिट्रिट (KFR)मा अन्वेषण गर्ने लक्ष्य लिएर भ्रमण गर्न गएँ। हामीले अहिलेसम्म निमार्ण सरू गरेका थिएनौँ। हामी हाम्रो भूमिमाथि जाँदै थियौँ, मेरो एकजना विद्यार्थी मार्टिनले गाडी रोक्यो र दृश्यलाई संकेत गर्दै भन्यो र त्यसपछि मैले उसलाई पठाएको पोष्टकार्डको तस्वीर उसको स्मार्टफोनमा देखायो। म त “छक्कै परे???!!!”यो पोस्टकार्ड माइनस भिक्षु र विश्व शान्ति संरक्षकको अनुहारको दृश्य थियो। म हामी त्यो जमिनमा पहिलो पटक आउँदा परेको र अहिले परेको हलुका वर्षाको बारेमा सोचेर केही समय त्यहाँ उभिएँ।। यो साँच्चैे एक स्पष्ट शुभ संकेत थियो कि मेरो संरक्षक दोर्जे शुग्देनले यो जमिन प्राप्त गरेर अन्य मानिसहरूलाई सुविधा प्रदान गर्नको लागि केही निर्माण गर्न चाहनुहुन्छ।। अब मलाई कुनै संदेह छैन। मलाईृ मात्र होइन, तर धेरै मानिसहरूले दोर्जे शुग्देनबाट स्पष्ट संकेत पाउने गर्दछन्। केही मानिसहरूले यसलाई एक संयोगमा सिमित राख्न सक्छन् र त्यो आ आफ्नो रोजाइ हो, तर जब यो पर्याप्त समय सम्म हन्छ, मलाई थाहा छ यो शुभ संकेत हो। मैले पछिल्लो ३० वर्षमा दोर्जे शुग्देनबाट राम्रो शुभ संकेत र चिन्ह देखिरहेको छु। मलाई आफू साधारण व्यक्ति भएकाले संकेतहरू व्याख्या गर्ने आफ्नो क्षमतामा शंका लाग्छ तर जब म मेरो शिक्षक वा प्रतिष्ठित लामाहरूसँग परामर्श लिन्छु, अनि धेरै पटक एउटै कुरा पुष्टि हुन्छ। अब संसारमा सबैभन्दा ठूलो दोर्जे शुग्देनको मूर्ति यस भूमिमा बन्नेछ। यसले मलाई दोर्जे शुग्देनको अनुहारको झझल्को पोष्टकार्ड मार्फत दियो जसमा उहाँको विशाल आर्शिवाद हाम्रो लागि आकाशबाट वर्षिरहेको थियो।
अब तीन वर्षको अवधिमा, हामीले केचरा फरेस्ट रिट्रिटको चरण १ समाप्त गरी चरण २ सुरु गर्छौं।
मैले यस सज्जन, दयालु र बुद्धिमान संरक्षक दोर्जे शुग्देनलाई विगत ३० वर्षदेखि सधै विश्वास गरेको छु। उहाँ धेरै सकरात्मक कुरा र मेरो कार्य वृद्धि हुनुमा उपकारी हुनुहुन्थ्यो। प्रसिद्ध तथा महान् लामा यशिले भनेका थिए कि उहाँको सिद्धान्त संरक्षक दोर्जे शुग्देनका कारण उहाँका सबै कार्यहरू सफल र लाभकारी बनेका थिए। लामा यशि समर्पित अनुयायी हुनहुन्थ्यो। म लामा यशिसँग सहमत छु।
भवदीय,
छेम रिन्पोछे
यो जमिन हो जुन पहिले हामीले खरिद गर्दा केचरा फरेस्ट रिट्रिट थियो। यो Bentong, Malaysia मा अवस्थित छ। यो मंगोलियाबाट पठाएको पोष्टकार्ड जस्तो देखिन्छ। हाम्रो देशको खुल्ला स्थानमा अवस्थित यो एक मात्र आँपको रूख जस्तै हो जुन गर्व र बलियोसँग रहेको छ। अब यस भूमिमा २४ फिट (७.३ मि.)को दोर्जे शुग्देनको मूर्ति अवस्थित हुन्छ।
यद्यपि मेरा क्षमताहरू मेरो लामा र संरक्षकको आर्शिवादमा सिमित भए तापनि लाभकारी कार्यहरू हुन सक्छन्।यो तपाईंको लागि, तपाईंको जीवन, तपाईंको काम र तपाईंको केन्द्रको लागि पनि हुन सक्छ। हामी सबैले धेरै बाधाहरू भोगिरहेका हुन्छौँ र हामीलाई मदत चाहिन्छ। दोर्जे शुग्देनमा विश्वास गर्नुहोस्। दोर्जे शुग्देनले क्षमा गर्नु हुन्छ। विगतमा तपाईंले उहाँको विरूद्धमा नकारात्मक विचार र शब्दहरू भनेता पनि उहाँ धेरै क्षमाशील हुनहुन्छ र रिसको कुनै कण पनि उहाँमा छैन, उहाँले बुद्धत्व प्राप्त गर्नु भइसकेको छ। तपाईंको मन मष्तिस्कमा उहाँलाई स्थान दिनुहोस् जो महान मन्जुश्री हुनुहुन्छ। उहाँलाई आफ्नो जीवनमा ल्याउनहोस् तपाईंले परिवर्तनहरू देख्नुहुनेछ। उहाँले के चाहनुहुन्छ? तपाईंको अस्थायी खुशी र सांसारिक स्वतन्त्रता चाहनुहुन्छ। उहाँलाईृ पुकार गनुहोस् र उहाँमाथि भरोसा राख्नुहोस्। तपाईं कहिल्यै पछुताउनु हुने छैन।
मेरो इच्छा दोर्जे शुग्देनको ठूलो तस्वीर सहित उहाँको सबभन्दा ठूलो पूजाकोठा बनाउने थियो, जुन अब पूरा हुन गईरहेको छ।
तल केही टिप्पणी र सम्झनाहरू छन् जुन मेरा विद्यार्थीहरूले मेरो साथमा त्यहाँ जाँदा भेटाए र अनुभव गरे।
पादरी ल्हो सेन्ग पाओवद्वारा टिप्पणी, माननीय छेम रिन्पोछेको व्यक्तिगत उपस्थितिमा
जनवरी ३१, २०१२ को दिउँसो आकाशमा हल्का बादल देखिएको थियो तर पानी पर्ला जस्तो कालो बादलले ढाकिएको थिएन। माननीय छेम रिन्पोछे र केही विद्यार्थीहरू मूल सडकमा उभिएर केचरा फरेस्ट रिट्रिटको भविष्यको बारेमा छलफल तथा कुराकानी गर्दै थिए। सामान्यतया भन्ने हो भने एकदमै राम्रो वातावरणको सिर्जना भइरहेको थियो। रिन्पोछेले हामीलाई वातावरण महसस गर्नको लागि एक क्षणको लागि शान्त हुन आग्रह गर्नुभयो।।। मोटरसाइकलको आवाज बाहेक, शान्त र शान्तिमय थियो, पातहरूको सानो रससँगै हल्का हावा, पक्षंीहरू र कीराहरूको ध्वनी, प्रकृतिसँग एक तत्काल सम्बन्ध यो ठाउँ बस्नको लागि अनुकूल थियो। त्यसपछि रिन्पोछेले “दोर्जे शुग्देन” भनी केही कुरा गर्नुभयो, यदि यो ठाउँ सही हो भने कृपया केही शुभ चिन्ह देखाउनुहोस्…”लगभग १० सेकेन्ड पछि, मैले आकाशबाट धेरै हल्का वर्षाभएको महसुस गरेँ, केही थोरै समय लगभग ५ सेकेन्डसम्म पानीका थोपा जमिनमा परेपछि रोकियो। आकाशलाई बादलले ढाकेको भए तापनि यो संकेत स्पष्ट थियो, प्राय यस्तो बादलले केही वर्षाको थोपा थोपाउने गर्दैनन् र यति छोटो समयमा त बिल्कुलै सम्भावना थिएन। तर रिन्पोछेले प्राथना गरेपछि नै वर्षा हुनुभनेको शुभ संकेत नै थियो।
~ पादरी ल्हो सेन्ग पाओव
केचारा हाउसको अध्यक्ष डटुक मे फि द्वारा टिप्पणी
एक दिन, रिन्पोछे र हाम्रो एउटा समूह मार्टिनको नेतृत्वमा केही टुक्रा जमिन हेर्नको लागि गएका थियौँ।
हेर्नको लागि जग्गाको अन्तिम टुक्रा Jalan Chamang, Bentong सडकमा थियो। हामी जमिनको बाहिर उभियौँ र हामी सबैलाई यो जग्गा मनपर्यो।
त्यसपछि रिन्पोछेले हाम्रो संरक्षकलाई संकेत दिनको लागि अनुरोध गर्नुभयो। हामी उभिएको ठाउँमा केही बादल वा बिजुली र चट्याङ्को गढ्गढाहट बिना नै ठूलो वर्षा भयो र त्यसपछि केही क्षणमा नै वर्षा रोकियो।
त्यो हाम्रो संरक्षकबाट चिन्ह थियो।
~ डटुक मे फिङ
केचारा सुप भान्साको अध्यक्ष, डटो रूबीद्वारा टिप्पणी
एक दिन रिन्पोछेले आफ्ना केही विद्यार्थीहरूलाई बैठकमा बोलाएर भन्नुभयो कि हामीले एक रिट्रिट केन्द्र बनाउनुपर्छ जसकारण हामीलाई प्राय छिमेकमा पार्क गरिने एकदमै धेरै कारहरूको बारेमा उजुरी गर्ने छिमेकीहरूबाट समस्या हुनेछैन। यो के एल बाट एक घण्टा भन्दा बढी टाढा हुनुहुँदैन, किनभने यदि धेरै टाढा भयो भने, शहरका मानिसहरू आउ जाउ गर्दा बढी समय लाग्ने हँुदा धेरै थकित हुनेछन्। रिन्पोछेले केही विद्यार्थीहरूलाई उपयुक्त जमिनको खोजी गरी आफूहरूलाई बताउन प्रस्ताव राख्नुभयो।
केही हप्ता पछि, तीन टुक्रा जमिन पहिचान गरयो। निश्चित दिन तोकेर हामी दुईवटा कारमा गयौँ।यस दौरानमा डटुक मे, पादरी हेनरी, आइरिन, मार्टिन र लि खेङ्ग जानुभएको थियो। पहिलो टुक्रा जेन्टिङ सेम्फ नजिकै थियो जुन हामी सबैले राम्रो होला भन्ने सोचेका थियौँ। दुर्भाग्यवश, हामीले स्पष्ट रूपमा राजमार्गबाट ट्राफिकको आवाज सुन्न सक्दथ्यौँ। दोस्रो टुक्रा पनि अनुपयोगी थियो किनभने जग्गा दलालले हामीलाई गलत जानकारी दिएको थियो कि त्यो भूमिमा पानीको भेल बग्ने रहेछ र त्यसले जमिनमा दरार पुर्याएको थियो।
हामी निराश भयौं र विद्यार्थीहरू मध्ये एक जनाले हामीलाई तेस्रो टुक्रामा जान रद्द गर्नुपर्छ भने किनकी यो अलि अगाडी पर्छ र Bentong शहर भएर जानुपर्छ जहाँ सामान्यतया भारी टार्पिmक हुन्छ। तथापी, पादरी हेनरी र मैले जाने निर्णय गर्यौंकिनकी हामी त्यति टाढा आई सकेका थियौँ। सबैजना थकित थिए किनभने यो एकदमै गर्मी दिन थियो।
जब हामी सबै Jalan Chamang मा तेस्रो भागमा आइपुग्यौँ, सबैजना तेस्रो जमिनको छेउ उभियौँ, किनभने यसको वरिपरि बार लगाइएको थियो। रिन्पोछे सिधै म कहाँ आउनुभयो, उहाँ एक जोडात्मक मनोदशामा हुनुहुन्थ्यो र मलाई यो जग्गा मनपर्यो वा परेन भनेर सोध्नुभयो। “मैले भने, मलाई यो मनपर्यो,” रिन्पोछेले पनि जवाफ दिनुभयो “मलाई पनि यो मनपर्यो”। हामीले एकैचोटी धेरै रोपनी समतल परेको जमिन त्यसमाथि पहाडले घेरिएको देख्यौँ र अरू ठाउँभन्दा निर्माण गर्न सजिलो र उपयुक्त थियो। एक वा दई बाहेक, बाँकीका साथीहरूले पनि मन पराए।
रिन्पोछेले शान्त रहेर केबल वातावरणमा भिज्न भने साथ साथै हामीले कस्तो महसुस गछौँ बताउन अनुरोध गर्नुभयो। त्यसपछि रिन्पोछेले माथि हेरेर भन्नुभयो कि, “यदि हामीले हाम्रो लागि चाहेको कुरा निर्माण गर्न यो उपयुक्त जमिन हो भने, हामीलाई एउटा संकेत देखाउनहोस्” ,हामी सबै चुप लाग्यौँ र ध्यानमा केनिद्रत भयौँ।मलाई लाग्छ कि डेढ मिनेटमा, सिम सिम पानी पर्यो। यो घमाइलो दिन थियो र हाम्रो आसपासमा मात्र सिम सिम पानी परिरहेको थियो। सबैले यसको अनुभूति गरे। मेरो मतलब यो एक कल्पना थिएन। रिन्पोछेले फेरि आकाशतिर हेर्नुभयो ,आफ्ना हत्केलाहरू जोड्दै धन्यवाद भन्नुभयो।
केही हप्ता पछि, मंगोलियन पोष्टकार्ड आइपुग्यो।
~ डटो रूबी खोंग
केचरा फरेष्ट रिट्रिटको जमिन कसरी प्राप्त गयौँ: पादरी हेनरी ओओआई द्वारा टिप्पणी
केही बाधाहरू पछि अर्को टुक्रा जमिन भेटाएपछि हामीले त्यहाँ निर्माण गरेनौँ, रिन्पोछेले केही मानिसहरूलाई भने कि वरिपरि छिमेकी ठाउँहरूमा जमिन हेर्न भन्नुभयो जुन Bentong भन्दा टाढा भए पनि फरक नहुने कुरा जानकारी गर्नुभय। ती मध्ये एक मार्टिन थिए जसले केही एजेन्सीलाई सम्पर्क गरे। म मार्टिनका साथ केही जमिनका टुक्राहरू हेर्नको लागि गएँ। ती मध्ये एक केचरा फरेष्ट रिट्रिटको जमिन थियो। गेटको जग्गामा ताल्चा लगाइएको हुनाले अचल सम्पत्तिका एजेन्ट र उनकी श्रमतीले हामीलाई मुख्य सडक Jalan Chamang मा रहेको जग्गा देखाउनुभएकोथियो।
रिन्पोछेले हामीले हेरेका जमिनहरूमा जान चाहनुभयो र केही केचरियनहरूसँग हामीले केचरा फरेष्ट रिट्रिट लिनु अघि दुईवटा जमिनको टुक्रा हेरेका थियौँ। यो घमाइलो साँझ थियो, लगभग साँझको ५ बजेतिर हामी Jalan Chamang मा पुग्यौँ। गेट अझै पनि ताल्चा लगाइएको हुनाले, रिन्पोछे केचरा फरेष्ट रिट्रिटको जमिन भएतिर बढ्नुभयो। रिन्पोछेले हाम्रो विचार सोध्नुभयो र यो जमिनमा सजिलो पहुँच प्रदान गर्ने सडक उपलब्ध छ, पानीको स्रोत र जमिनको भूभाग पनि जेन्टिङ्ग सेम्फको तुलनामा राम्रो भएको हुनाले यो जमिन उपयुक्त छ भन्ने कुरामा सामान्य सहमति भयो। त्यहाँको एउटा मात्रै विलम्ब के थियो भने मोबाइल फोनको लागि कुनै संकेत थिएन।
सामान्य सहमति पछि, रिन्पोछेले माथि हेरेर भन्नुभयो “मेरो भगवान्, यदि यो जमिन हाम्रो लागि केन्द्र बनाउन उपयुक्त जमिन हो भने कृपया हामीलाई एक संकेत देखाउनुहोस्।“ रिन्पोछेले हामीलाई चुप लाग्न भन्नुभयो किनभने हामी आपसमा कुरा गर्दै थियौँ। केही मिनेट बितिसकेपछि हामीले आफू उभिएको ठाउँमा हल्का वर्षाको महसुस गर्यौं। थारै पानीको थोपा मेरो चस्मामा पर्यो र मैले माथितिर हेरे आकाश सफा थियो। त्यसपछि रिन्पोछेले भन्नुभयो हाम्रो संरक्षकले हामीलाई संकेत दिनुभयो। हामीले यो जमिन लिनुपर्छ।
~ पादरी हेनरी ओओआइ
आइरिन लिम द्वारा टिप्पणी
जब हामी चमाङ्गबाट फर्कियौँ, रिन्पोछेले भन्नुभयो–“यसले हामीलाई गडेन मठमा जाने मुनगड सडकको सम्झना दिलाउँछ, होइन र?” यो धेरै राम्रो समय थियो जहाँ हामीले एकसाथ घुम्न सक्यौँ। मैले टाउको हल्लाएर सहमती जनाएँ र भने “हो रिन्पोछे”। अनि अर्को कुरा मलाई थाहा थियो कि जब हामी जमिनतर्फ गयौं वर्षा कम भएर हरायो। जब पादरी सेन्ग पाओव ले कारलाई रोक्न थाले, वर्षा रोकियो। त्यसपछि रिन्पोछेले फेरि मलाई हेर्नुभयो र भन्नुभयो – “आइरिन, मैले तिमिलाई भनेको थिएँ नि वर्षा रोकिनेछ भनेर?।” म स्तब्ध भएँ। हामी जमिन हेर्नको लागि सडक नजिकैको जग्गातिर लाग्यौँ। त्यही समयमा, डटुक मे फिङ, पादरी हेनरी र मार्टिन चाउ (जसले यो उपयुक्त जमिन भेउनुभएको थियो र उहाँले नै हामलिाई नेतृत्व गर्दै थिए), र उहाँ पनि हामीसँगै जमिन हेर्न आउनुभएको थियो। जब हामी सडकमा उभिएर जग्गाको बारेमा छलफल गर्दै थियौँ, रिन्पोछेले ठूलो स्वरमा भन्नुभयो, “यदि यो हाम्रो लागि सही स्थान हो भने हामीलाई संकेतहरू देखाउनुहोस्”। हामीबीच पूर्ण मौनता छायो र हामी उहाँको प्रतिक्षामा बस्यौँ। त्यहाँ सिम सिम पानी पर्न थाल्यो,हामीले हाम्रो कारलाई सडकसम्म लैजाँदासम्म पानी रोकिसकेको थियो। कतै हाम्रो आँखाले हाम्रो साथ चलखेल त गरिरहेको छैन भनी पुष्टि गर्नको लागि हामी सबै केही समय पूर्ण मौनतामा बस्यौँ।। हामी जान्दथ्यौँ कि रिन्पोछे खुशी हुुनुभयो भनेर किनभने हाम्रो ईवश्रले हामीलाई संकेतदेखाउनुभएको थियो। त्यसपछि, हामीले तुरून्तै केचरा फरेस्ट रिट्रिट बनाउने जमिनको खरिद हस्ताक्षर गर्यौं।
~ आइरिन लिम
मार्टिन चाउद्वारा टिप्पणी
म स्पष्ट रूपमा त्यो दिनलाई सम्झन्छु जुन दिन छेम रिन्पोछे पहिला पटक चम्याङ्ग जमिन हेर्न आउनुभएको थियो जसमा अहिले केचरा फरेष्ट रिट्रिट बनाइएको छ।
त्यो भन्दा केही हप्ता अघि, रिट्रिट केन्द्रको लागि उपयुक्त स्थान खोज्न निर्देशन दिइएको थियो र एकमात्र मापदण्ड भनेको जग्गाको बनोट समतल हुनुपर्ने र केचरा विश्व शान्ति केन्द्र, जेन्टिङ्ग सेम्फबाट ३० मिनेटमा पुग्ने हुनपर्ने थियो।
अन्तमा, ४ वटा समभावित साइटहरूको एक सानो सूची बनाइयो र हामी र अग्रज व्यक्तित्वहरूले ति साइटहरू घुम्न जानको लागि रिन्पोछेलाई निम्तो दियौँ। भ्रमणको दिन, चमाङ्ग जमिन हेर्नेसाइटहरूको सूचीको अन्तिममा परेको थियो। त्यसअघि हामीले पेट्रोनस पट्रोल किओस्क को नजिकै बेन्टोङ्गमा अर्को टुक्रा जमिन हेरेका थियौँ। त्यस यात्रा पछि जब रिन्पोछे, चमाङ्ग घुम्नको लागि कारभित्र छिर्न लाग्नुभयो मुसलधारे पानी पर्यो। जुन पानीले गर्दा कारको छत समेत मैले देख्न सकिनँ।
हामीले यो भ्रमण स्थगित गर्ने कि भनेर प्रश्न उठाइयो तर रिन्पोछेले कुनै पनि अवस्थामा भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभयो। म सोचिरहेको थिएँ कि रिन्पोछेले त्यस्तो प्रकारको तुफानमा चमाङ्ग जमिन कसरी हेर्न सक्नुहुनेछ ।
अहिलेको केचरा फरेष्ट रिट्रिटको मुख्य द्वारभन्दा लगभग १०० मिटर पर अचानक वर्षा रोकियो। मलाई सम्झना छ कि यो बिस्तारै नभई चमत्कारिक रूपमा रोकियो। आइरिन लिम जो कारमा रिन्पोछेको साथमा थिइन मलाई पछि भन्दै थिइन, कि रिन्पोछेले उनलाई भनेका थिए वर्षा बन्द हुनेछ र यो उहाँले भने जस्तै भयो।
रिन्पोछे कारबाट बाहिर निस्किए र हामी सगैँ बाहिरी गेटबाटै त्यो भूमि हेर्नुभयो किनभने हामीसँग प्रवेश गर्नको लागि साँचो थिएन। मलाई रिन्पोछेले भूमि धेरै राम्रो देखिन्छ भन्नुभएको सम्झना छ। केही समय पछि रिन्पोछेले हाम्रो संरक्षक दोर्जे शुग्देनलाई प्रार्थना गर्नुभयो र सोध्नुभयो कि यदि उहाँले त्यस भूमिमा रिट्रिट केन्द्र बनाउन चाहनुहुुन्छ जहाँबाट उहाँको सन्देश विश्वव्यापी रूपमा फैलिनेछ। याद गर्नुहोस् कि पानी रोकिसकेको थियो र त्यो ठाँउ सुख्खा भइसकेको थियो तर रिन्पोछेले दोर्जे शुग्देनलाई प्राथना गर्ना साथ रिन्पोछेको शिरमा पानीको थोपा झर्यो। त्यो पानीको एक थोपासँगै रिन्पोछेले भने, संरक्षकले संकेत दिनुभयो कि केचरा फरेष्ट रिट्रिट चम्याङ्गमा नै बन्नेछ।
त्यसको केही महिनपछि केचरा फरेष्ट रिट्रिटको निर्माणको क्रममा संरक्षक दोर्जे शुग्देनले अनेकौ संकेत र चमत्कार गरिरहनुभयो।
~ मार्टिन चाउ
फिङ्ग लि खेङ्ग द्वारा टिप्पणी: २०१२मा केचरा फरेष्ट रिट्रिटको प्रथम भ्रमण
यो चिनियाँ नयाँ वर्ष थियो र म मलेसियामा मेरो परिवारसँग छुट्टी मनाउनको लागि फर्किए। मेरो मलेसिया यात्राका मुख्य विशेषताहरू छेम रिन्पोछे र साथी केचरियनहरूसँग समय बिताउनु थियो।
चिनियाँ नयाँ वर्ष २०१२ विशेष गरी स्मरणीय थियो किनभने यो वर्ष हामीले रिट्रिट केन्द्रको लागि जमिनको उत्तम टुक्रा फेला पारेका थियौँ जुन आध्यात्मिकता चाहनेहरूको लागि स्वर्ग समान हुनेछ।
चिनियाँ नयाँ वर्षको ८ औँ दिनमा, रिन्पोछेलाई पहिलो रिट्रिट केन्द्र बनाउनको लागि दुईवटा उपयुक्त जमिन फेला पारेका मार्टिन, एक साथी केचेरियनलाई सम्मान गरियो। यस अवसरको लागि रिन्पोछेसँग डटुक मे, डटो रूबीद्वारा, पादरी हेनरी, पादरी सेन्ग पाओव र आइरिन साथै मार्टिन पनि थिए।
हामी पहिलो स्थानमा पुग्यौँ र वरिपरि हेर्दै विचारहरू व्यक्त गर्यौं। त्यसपछि, आकाश अन्धकार हुँदै गयो र हामीलाई कारमा पुग्न र दोस्रो स्थान — जलन चम्याङ्ग बेन्टोङ्गमा जान उत्प्रेरित गर्यो ।
जब हामी बेन्टोङ्ग शहरमा पुग्यौँ, हाम्रो बायाँतिर बस स्टेशन थियो, अचानक भारी वर्षा हुनथाल्यो। म आफैँमा सोच्न थाले “ओहो ! यस मौसममा यो जमिन हेर्न असम्भव हुनेछ। तथापि, २ ओटा गाडी बेन्टोङ्ग शहरतिर निरन्तर रूपमा गए। जब हामीले जलन चम्याङ्गतर्फ बायाँ मोड्यौँ, वर्षा कम भयो र जब सम्म हामी जमिनमा पुग्यौँ, पानी पूर्ण रूपमा रोकियो। मैले बुझें कि भारी वर्षा छिटो पार हुन्छ तर ५ मिनेट साँच्चै असाधारण थियो। मैले आफैमा सोचें— यो पक्कै पनि रिन्पोछेको काम हुनुपर्छ किनभने मैले कथाहरूको बारेमा सुनेको छु जहाँ अत्यधिक सिद्ध धर्म गुरूहरूमा मौसम नियन्त्रण गर्ने क्षमता हुन्छ।
त्यसपछि हामी सबै कारबाट बाहिर निस्कियौँ, र हामीले फोटाहरूमा देखे जस्तै, हामीलाई छाता प्रयोग गर्न आवश्यक परेन। हाम्रो समूहले जमिन र नक्सालाई हेर्दै भन्दै थियौँ कि समतल जमिन अगाडि र पहाडहरू पछाडि सँगै मिलाउँदा रिट्रिट केन्द्रको लागि उपयुक्त ठाँउ देखिन्छ। हामी सबैलाई उक्त ठाँउ मनपरेको थियो, सोहि समयमा रिन्पोछेले हामीलाई शान्त रहन आग्रह गर्नुभयो। जब प्रकृतिको प्राकृतिक ध्वनीले हामीलाई घेर्छ, रिन्पोछेले संरक्षकसगँ आग्रह गर्नुभयो यदि हाम्रो काम र सबैको हितको लागि यो एक उपयुक्त स्थान हो भने संकेत दिनुहोस्। रिन्पोछेले गरेको प्रार्थनाको केही सेकेन्ड पछि, मैले मेरो अनुहारमा केही पानीका छिटा महसुस गरे। त्यो चमत्कार देखि सबै चकित भई एकअर्कालाई हेर्यौं। ती केही छिटा पछि फेरि पानी परेन। त्यसकारण रिन्पोछेको अनुरोधको प्रतिक्रियामा यो सत्य रूपमा सकारात्मक संकेत थियो।
हामी क्वाला लम्पुर फर्किनु अघि केहि समय त्यही बस्यौँ।
जब हामी फर्क्यौं, मैले हाम्रो गुरू र संरक्षकले हामीलाई दयालु काम गर्न प्रेरित गरेको सुअवसर महसुस गर्न पाउँदा म एकदमै हर्षित भएँ। यो नै विभिन्न बाधा अड्चन आए पनि हामीले केचरा फरेष्ट रिट्रिटमा गर्ने कामम विश्वास दिलाउँने अभिपुष्टिको छोटो पल हो।
आज , केचरा फरेष्ट रिट्रिटको १ चरण पूरा भएको छ र हामीले हाम्रा परिवार र नजिकका साथीहरूलाई शान्ति र आनन्दको यस ठाँउमा आनन्द लिन स्वागत गरेका छौँ। जब मैले अन्य मानिसहरू यस केन्द्रमा आई आशिर्वाद पाई आन्नदित भएको देख्दा मलाई आनन्द महसुस हुन्छ। म केचरा फरेष्ट रिट्रिट पूरा भएको हेर्न चाहन्छु जसकारण हामी अधिक अतिथिहरूलाई स्वागत गर्न सक्षम हुनेछौं।
~ फिङ्ग लि खेङ्ग
निःशुल्क डाउनलोड गर्नुस।
दोर्जे शुग्देनका चित्रकथा।
यो चित्रकथा नेपाली भाषामा छ जहा भगवान दोर्जे शुग्देन हाम्रो समयको सर्वोच्च विश्व शान्ति रक्षकको रूपमा कसरी प्रस्तुत भए बारे उहाँका आकर्षक कथा व्याख्या गरिएको छ। जब तपाईं हामीले उनको कथा राम्ररी बुझ्छै, तब यस शक्तिशाली संरक्षक देवताबाट हामीले अधिक अाशिष् प्राप्त गर्नका साथै उहाँको महानताको कदर गर्न सक्छै।
डाउनलोड गरीएको फाइल खोल्न तलको लिंकमा क्लिक गर्नुहोस्। (पीडीएफ फाईल):
थप विस्तृत जानकारीका लागि:
- दोर्जे शुग्देनको उदाहरणीय कथाहरु र सजीब उपन्यास
- तिम्रो मस्तिष्कको भूमि
- एक असल साथी
- तपाईं धर्म निरपेक्ष वा आध्यात्मिक हुनुहुन्छ?
- दोर्जे शुग्देन : हाम्रा व्यक्तिगत कथाहरू
- कसरी तिब्बती नेतृत्वले प्रायोजकलाई व्यवहार गर्दछन् (जिन्दक)
- ट्रोडेखाङसार –४०० बर्ष पुरानो दोर्जे शुग्देनको पुजाघर, ल्हासामा
- ईश्वरीयता (ईश्वर) लाई पुकार्नु
- मित्रले नेपालीमा भगवान दोर्जे शुग्देनका बारेमा सिकाउनुहुन्छ ।
\
तेस्रो पक्षद्वारा गरिएका प्रतिक्रिया वा पोस्टहरूका सम्बन्धमा अस्वीकरण
विनम्रताका साथ ध्यान दिनुहोस् कि तेस्रो पक्षहरूद्वारा टिप्पणी वा पोष्टको प्रतिनिधित्व ब्लगका मालिक वा उद्घोषकले गर्ने छैनन्। विशेष गरी मालिक वा होस्टको प्रतिक्रिया सेभ गर्नुहोला। तल दिइएका टिप्पणी खण्डमा अरू सबै टिप्पणीहरू वा पोष्टहरू वा अरू कुनै धारणाहरू, छलफलहरू वा विचारहरूले हाम्रो दृष्टिकोणको प्रतिनिधित्व गर्दैन र अरूले पनि नठानिदनुहिला। टिका टिप्पणीहरू जुन हामीलाई अप्रिय लाग्नसक्छ त्यो हटाउने अधिकार हामीसंग छ तर त्यस्तो टिप्पणीहरूको मात्राले गर्दा हटाउन नसकिने वा पत्ता लगाउन नसकिने कुनै पनि त्यस्ता टिप्पणीहरू छन् भन्दैमा यो होइन कि हामी त्यसलाई माफ गर्छौँ।
तल राखिएको कुनै पनि टिप्पणीहरू पोष्टहरू, धारणाहरू,छलफलहरू वा विचारहरूको सहभागीहरूले जिम्मेवार रूपमा व्यवहार गर्नुहुनेछ र कुनै पनि त्यस्तो विवरणहरू दिनुहुनेछैन जुन अपमानजनक प्रकृतिको छ वा कुनै टोली व्यक्ति विशेष वा उनीहरूको अास्था भड्काउने र अवहेलना गर्ने वा खिसी गर्ने वा कानून उल्लंघन गर्ने प्रकृतिको हुनेछैन भन्ने हामी अाशा गर्छौँ।
कृपया आफ्ना विवरणहरू प्रविष्ट गर्नुहोस्