असल मनसाय भएका मानिसहरूका दश विपरीत व्यवहार
(छेम रिन्पोछे र सारा द्वारा।)
दोर्जे शुग्देन अझै पनि ठूलो विवादमा छन् र यदि कसैले मलाई एक क्षणको लागि पनि चिनेको छ भने, उहाँहरूले म एक बौद्ध धर्मको अभ्यासकर्ता हो जो आफ्नो धर्मको रोजाइले पीडित छु, भनेर चिन्नुहुन्छ। एउटा भेदभाव गरिएको र उत्पीडित वर्गको हिस्सा हुनु अफैमा पनि सुखद परिस्थिति होइन। हामी मध्ये धेरैले त्यस्ता अपरिचित व्यक्तिहरू भेटेका छौं जसले कर्ममा विश्चास नराखी हामीलाई दोषी मान्दछन् तर यो कुरा अवश्य पनि उपेक्षित नै हो भन्न सकिन्छ।
त्यस्तै गरी हाम्रो जिवनमा केही मिजासिलो मान्छेहरू पनि आउने गर्दछन्। उनीहरूका खासै कुनै नराम्रो इरादा त हुँदैनन् तर मुद्दाको बारेमा कम मात्रामा जानकारी गराइएका हुन्छन् जस्को फल स्वरूप उनीहरू हाम्रो दोर्जे शुग्देनमा लगाइएको प्रतिबन्धको विरुद्धको, हाम्रो धर्मिक स्वतन्त्रताको मूल आधारलाई हानि पुर्याउन पुग्दछन् र सबैभन्दा हाँसोलाग्दो कुरा के हो भने यसरी व्यवहार गर्ने धेरै जसो मानिसहरू ति नै हुन्छन् जो सामाजिक न्यायका लागि लडिरहेका हुन्छन्। यो भनेको आफूले टिप्पणी गर्ने र पूरा जानकारी प्रसार गर्ने भूमिकामा ठूलो लापरवाही गर्नु हो।
मेरो विचारमा तल दिएका केही बुँदाहरू विशेष गरी मनव अधिकारको विषयमा बढी चासो राख्ने व्यक्तिहरूका लागि निकै महत्त्वपूर्ण हुनेछ। त्यस्तै गरी यहाँ उल्लेखित केही विवरणहरू तिनीहरूलाई पनि लागू हुन्छ जो दोर्जे शुग्देन माथि लगाइएको प्रतिबन्धको प्रचारमा सक्रिय छन् र उनीहरूलाई लाग्छ कि उनीहरू राम्रो काम गरिरहेका छन् तर वास्तवमा उनीहरू पक्षपातलाई समर्थन र अरूलाई दमन गरिरहेका छन्। हामीले जुन कार्य गरे पनि त्यस्को सधै अप्रिय नतिजा निस्कन्छ। मुख्य कुरा के हो भने आफ्नो लडाइँ जित्न अर्कालाई कहिल्यै पनि दमन गर्नु हुँदैन। यो आफैँमा पनि एक सामाजिक न्यायको लागि लड्ने व्यक्तिको अनुचित कार्य हो।
असल मनसाय भएका मानिसहरूका दश विपरीत व्यवहार
“एस्” म्यागेजिनमा उल्लिखित काेडि चार्ल्सको लेखबाट प्रस्तुत गरिएको “असल मनसाय भएका व्यक्तिका दश विपरीत व्यवहार” सन् २०१६,मार्च १८। यसमा मुख्य गरी कोडि चार्ल्सका लेखन पाउन सक्छौँ।
यो मेरो पहिलेको कृति “सामाजिक न्यायका शिक्षकका दश विपरीत व्यवहार” भन्ने शीर्षकको अर्को भाग हो। पछिको मेरो कृति ति व्यक्तिहरूका लागि हुन् जो समानताको कार्यमा संलग्न छन् र त्यसैलाई आफ्नो जिवनको मुल उदेश्य मान्दछन्। मैले मेरो यो “असल मनसाय भएका व्यक्तिको दश विपरीत व्यवहार “भन्ने लेख ती व्यक्तिहरूका लागि लेखेको हो जो आफूलाई असल मान्छे सोच्नुहुन्छ र सामाजिक न्यायको कार्यमा संलग्न भएर पक्षपात शून्यतमा रहेर कुराकानी गर्छन् तर मित्र वा सहयोगीको भूमिकामा धेरै पछि मात्र देखापर्छन्। असल मनसाय भएका व्यक्तिहरू धेरैले गल्ती गर्छन्। गल्तीको अपेक्षा त अवश्य पनि हिने नै भयो तर त्यसको साथसाथै गल्तीको जवाफदेहीको अपेक्षा पनि रख्नुपर्छ। तल दिएका बुँदाहरू सामाजिक न्याय वार्तालाप पछि देखा पेर्ने सामान्य व्यवहारका केही उदाहरणहरूलाई उल्लेख गर्दछ। म यो कुरा स्पष्ट पार्न चाहन्छु कि हामी सबैजनाले केही निम्न विपरीत कार्यकारी कार्यहरूमा भाग लिन अवश्यक छ। हामीमध्ये सबैजना सुविधा सम्पन्न छैनौं वा सबैजना उत्पीडित पनि छैँनाै। हामी जटिल पहिचान बोकेका जटिल मानिसहरू हौँ जो जटिल तरिकामा प्रतिच्छेद गर्छौ। त्यसैले हामी सबैजना हाम्रो सुअवसरमा समस्याग्रस्त रूपमा देखा पर्दछौं। म मान्छु कि मेरो आफ्नो शिक्षाको पृष्ठभुमि उच्च छ तर मेरो विचारमा तल उल्लिखित बुँदाहरू ति मानिसहरूलाई पनि काम लाग्छन् जो आफ्नो वरपरको समुदायहरूमा गतिशील परिवर्तन ल्याउन चाहन्छन्। थप, येसमा माइकल ब्रौउन र एरिक गार्नेर( धेरै अधिक व्यक्तिहरू सूचीबद्ध गर्न सकिन्छ )का गैर – अभियोगको बीच लेखिएको थियो। त्यसैले येसको कुनै भाग जातीयतासँग सम्बन्धित हुन सक्छ। अधपी यी नियमहरू जातीयताको पहिचान भन्दा बाहिर लागू हुन्छ। वास्तवमा यी नियमहरू केवल प्रतिच्छेद्को गतिशीलमा अवस्थित छन्। तल दश विपरीत व्यवहारहरू ति मानिसहरूका लागि दिएका छन् जो प्रतिबद्धताको साथ असल कार्य गेर्न चाहन्छन्।
१.अरुको अभावलाई द्रुत रूपमा आधारभुत बनाउनु
म मेरो सहकर्मीहरू सँग होटेलको लबि हुँदै हिडिरहेको थियो। हामी व्यावसायिक पोसाक लगाएर सामाजिक सम्मेलनमा गइरहेका थियौँ। त्यहाँ त्यो समयमा धेरै थोरै सम्मेलनका सहभागीहरू लबिको वरिपरि घुमिरहेका थिए। ती सबैजनाले व्यावसायिक पोसाक लगाएका थिए। त्यहाँ एकदम चर्को मेलमिलापको वातावरण थियो। त्यसै बेला एउटा वृद्ध गोरी महिला मेरो सामु आइन् र ताजा तौलिया कहाँ भेट्टाउन सकिन्छ , हजुरलाई थाहा छ ? भनेर सोधिन्। म एक पलको लागि अलमलिएको थिए जसलेगर्दा उहाँले, सायद म उहाँको मद्दत गर्न सक्दिन भन्ने ठान्नुभयो।
आदानप्रदान पछि मैले मेरो साथीलाई अविश्वासिको रूपमा देखे किनभने मैले बोकेको परिचयमा आधारभूत दृष्टिकोणबाट हेरेको यो पहिलोचोटि पक्कै पनि होइन तर त्यस्ले मलाई अवश्य पनि मेरो व्यावसायिक संस्थाको राष्ट्रिय सम्मेलनमा आश्चर्य चकित बनायो – त्यस्तो ठाँउ जहाँ हामी, कसरी राम्रो सेवा प्रदान गरी, हामीसँग काम गर्ने विद्यार्थीहरूको शिक्षा र विकास गर्ने विषयमा आफ्नो विचार आदानप्रदान गर्छौ। मलाई याद छ, मैले पछि खाना खाने समयमा मेरो केही साथिहरूलाई त्यो कुरा भन्दा, यस्तो प्रतिक्रिया आएको थियो, ” मलाई विश्चास छ कि उनको त्यो मत्लब होइन”।
जब कसैले तपाईंसँग यस्तो अनुभव बाढ्नुहुन्छ, त्यति बेला आफूलाई स्थितिको विक्ष्लेषण गर्न रोक्नु आवश्यक हुन्छ। त्यसलाई राम्ररी सुन्नुहोस्, अवलोकन गर्नुहोस् र आफूलाई भावनासँग जोड्नुहोस् र अर्को व्यक्तिको लागि कतिसम्म वास्तविक हुनसक्छ, त्यो बुझ्नु आवश्यक छ। तपाईंको ति प्रश्नहरू आफैंसँग रख्नुहोस् जुन प्रश्नले संसारलाई दयालु र असल हृदयले भरिपूर्ण ठाँउ बनाउने ईच्छालाई प्रतिनिधित्व गर्छन्। यो हुनुको अर्थ के हो भने तपाईंले आफैंमा पनि त्यो गोरी महिलालाई देख्नुहुन्छ। येसको सीमालाई नाघेर अघि बध्नुहोस्। आफ्नो मित्र, सहकर्मी र गुरुवर्गहरूलाई साथ दिन सदैब तत्पर रहनु र केही प्रश्न वा जिज्ञासा छ भने अन्त्यमा मात्र सोध्नुहोस्।
२. मौन रहने निर्णय ग
यो भनेको या त आफ्नो उत्पीडित वर्गको पहिचान प्रस्फुटन हुने भयसँग अथवा तपाईंको कुनै सुअवसरको उपस्थितिसँग सम्बन्धित छ। यद्यपि प्रायः केही साहसी व्यक्ति एक्लैलाई मात्र रिक्त ठाँउहरूमा निष्ठासाथ समावेशीकारणको कार्य सुम्पिएको हुन्छ। अक्सर यी उत्पीडित वर्गले या त मौन रहनुपर्ने वा आफ्नो आवाज उठाउनुपर्ने, दुई मध्ये एक चुन्नुपर्ने गतिशील अवस्था सिर्जना हुन्छन्। मौन बस्नु भनेको आफ्नो निष्प्रभावि संस्कृतिको हीनता, आत्मघृणासँग शान्ति कायम गर्नु हो र यथास्थितीमा सान्त्वना प्राप्त गर्नु हो। आवाज उठाउनु भनेको धेरै कुराको जोखिम लिए सरह हो जस्तै:टिम प्लेयेरमा नछानिनु,अत्यधिक मात्रामा संवेदनशिलको रूपमा चिनिनु, जातीय / लैङ्गिक अभिमुखीकारणको मुद्दा उठाउनु, ह्यप्पी हाउरको लागि नसोधिनु, प्रमोशनको लागि नगनिनु र आफ्नो पहिलेकै, प्रभावकारिता घटेको एक सरल छबिमा धल्किनु हो। तपाईं आफ्नो काम गर्नुहोस्। परिप्रेक्षलाई विचार गरेर प्रवेश गर्दै रिक्त स्थानको दाबी गर्नुहोस्। ध्यान दिनुहोस् ,राम्ररी हेर्नुहोस् र सधैँ विचार गर्नुहोस् कि तपाईं जानु भएको कुनै पनि ठाँउमा जुन विचारहरूको चर्चापरिचर्चा हुँदैछ ति विचारहरू हेतेरोनोर्मेतिभ, लिंग बैइनरी,(बिशेष गरी तेस्रोलिङी पुरुष ), सक्षम व्यक्ति र बिच देखि माथिल्लो परिप्रेक्षलाई आधार मानेर अनुसन्धान भइरहेको छ। आवाज उठाउनुहोस्। आफ्नो सहकर्मी र मित्रहरूलाई आफ्नो संस्कृति सामान्य देखि गतिशील पार्ने एकमात्र जिम्मेवारी लिने अनुमति नदिनुहोस्।
३. उत्तरदायी वा चुनौतीपूर्ण स्थितिमा थोरै मात्र प्रतिक्रिया दिनुहोस्
तपाईं आफ्नो भावनाको हकदार आफैँ हुनुहुन्छ। यसमा कुनै दुई मत छैन र आफ्नो आत्म विकासको लागि पनि आफै जिम्मेवार हुनुपर्छ। एउटा गोप्य कुरा के हो भने प्रायः उत्पीडितहरू आफ्नो संघर्षपूर्ण पहिचान बारे सम्पन्न व्यक्तिहरूको प्रतिक्रिया पाउँदा आत्तिने गर्छन्। अक्सर उत्पीडित वर्ग यस भिडन्तमा हर्नेगर्छन् र कत्तिपयले इतिहासिक रूपमा अफ्नो ज्यान सम्म गुमाएका पनि छन्। तपाईं अक्सर आफ्नो विशेषाधिकारी र अहंकारको कारणले गर्दा, तपाईंलाई दिइएका जानकारी वा प्रतिक्रियाको बारेमा बिना विचार गरी अलोचनात्मक रूपमा जवाफ् दिने गर्नुहुन्छ। हामी!सबै सामान्यतया गतिशील रूपमा हाम्रो मुख्य पहिचानबाट पीडित हुन्छौं। आफ्नो भवनालाई दबाएर आक्रमणको प्रतिरोध गर्दै कार्य गर्नु पनि उत्पीडितको दानापानीको लागि खतरनाक मात्र नभएर समतामूलक संसारको रचना गर्ने उद्देश्यमा पनि सिधै बाधा बन्न पुग्दछ।
४. आफ्नै अनुसन्धानमा ढिलासुस्ती नगर्नुहोस्
आफूलाई उत्पीडित वर्ग भनेर पहिचान गराउनु जस्तो र न केवल व्याख्या गर्नुपर्ने बल्की मानिसहरूलाई आफू उत्पीडित भएको प्रमाण दिनुपर्ने जस्तो दुःखद् कुरा सायद केही पनि छैन। कुनै पनि एउटा पुस्तक लिनुहोस्। त्यसलाई गुगलमा (Google) खोज्नुहोस्। अड्रे लर्ड, जेम्स बाल्द्विन, बेल हुक, जेनेट मक्, मलाला युसुफ र ग्लोरिया अन्जाल्दुवा (Audre Lorde, James Baldwin, Bell Hooks, Janet Mock, Malala Yousafzai and Gloria Anzaldua) जस्ता महान व्यक्तित्वहरूका किताब पढ्नुहाेस्। अफ्नो काम पुरा गर्नुहोस्। तपाईंको सम्पुर्ण शिक्षामा तपाईंको स्पैनबाट आउनु भएका (हिस्प्यानिक/Hispanic) मित्रको सहयोगको अपेक्षा नराख्नुहोस। त्यस्तै अपेक्षा अरु कुनै मानसिक रोग भएको मित्र वा नजिकको मनपर्ने तेस्रोलिङ्गी व्यक्तित्व भएका वा कार्यकर्ता (लाभर्न कोक्स र जेनेट मक) (Lavern Cox and Janet Mock) जस्ता व्यक्तिहरू सँग पनि नराख्नुहोस्। यस्तो महत्त्वपूर्ण कुराकानीमा आफूलाई उपयुक्त लागेको बेलामा गहिरो चासो लिनुहोस्। यसको मत्लब यो होइन कि तपाईं आफ्नो उत्पीडित व्यक्तिको सम्बन्धसँग कहिल्यै सम्पर्क गर्न सक्नुहुन्न, तर उनीहरूको सामु जानु भन्दा अघि आफूलाई रम्ररी तैयार पार्नुहोस्। सदैब उत्कृष्ट रूपमा अध्ययन गर्नुहोस् र गूगललाई आफ्नो मित्र बनाउनुहोस्। जब तपाईंले अफैलाई शिक्षित बनाउन समय दिनुहुन्छ तब तपाईंको मित्र माझ आफूलाई ठूलो फरक पाउनुहुनेछ। भविष्यमा आफ्नो साथिलाई प्रश्न गर्ने बेलामा नकारात्मक जवाफ पाउन तैयार रहनुहोस्। उत्पीडितहरूलाई लगातार आफ्नो अनुभव खुलस्त नपार्नु भनिएकाले, तपाईंले सोध्नुभएको प्रश्न त्यो एक पलको लागि धेरै कठिन लाग्न सक्छ।
५. तिनीहरू स्वयमलाई या त असल कि खराबको रूपमा हेर्नुहोस्
हामी अक्सर अरु कसैको पहिचानलाई तल्लो बनाएको वा एक विशेष रिक्त स्थान सिर्जना गरेको कुरालाई स्वीकार गर्दैनौं। केही कारणले गेर्दा हामी हाम्रो मस्तिष्कमा यस्तो सोच्छौँ कि यदि हामीले उत्पीडितको बहिष्कारको जिम्मेवारी लिन्छौं भने हामी खराब व्यक्ति बन्नेछौं। बरु हामीले जतिसुकै गल्ती गरे पनि आफूलाई एक असल व्यक्तिको रुपमा हेर्न चाहन्छौँ। त्यो असल व्यक्ति जसले सधै बहिस्कारको भावना उत्त्पन्न गर्दछ। यहीँ नै वास्तविकता हो। हाम्रो इरादा जतिसुकै असल वा ठिक भएता पनि त्यसको प्रभावलाई नै बढी महत्वको मानिन्छन्। प्रायः उनीहरूको सम्पन्नतामा चुनौती आइपर्दा ती व्यक्तिहरू अवचेतनमा (वा चेतनमा) सहानुभूति संकलन गर्ने आशाले आफ्नो आधारभूत पहिचान पुर्वनिर्धारित गर्न मनपराउन्छन्। एक पटक गल्ती भएपछि आफैंलाई सिमित विकल्पहरू दिन बन्द गर्नुहोस्। खराब व्यक्तिको रूपमा आफूलाई देख्न नचाहने सोचलाई आफ्नो मस्तिष्कबाट निकालेर फ्याकिँदिनु होस्। एक जिम्मेवार व्यक्ति बन्नुहोस् , गल्ती गरे माफी माग्नुहोस् , त्यसबाट केही पाठ सिक्नुहोस् र भविष्यमा अझ राम्रो कार्य गर्नुहोस्।
६. उत्पीडित वर्गको अनुपस्थितिमा परिवर्तनको पहलहरू कार्यान्वयन गर्नुहोस्
माइकल ब्राउन, त्रेभोन मार्तिन, रेकिया बोयड, रेनिशा मेक ब्राइड र अरु अन्य अनगिन्ती अश्वेत युवाहरूको मृत्युको कारणले गर्दा हामी धेरै भन्दा धेरै र्याली प्रदर्शन, विरोध, प्यानल र गोराहरूको (श्वेतहरूको) अनलाइन सक्रियता देखिरहेका छौं। यो प्राय : राम्रो मनसाय भएका गोरा जनता द्वारा गरिन्छ जो अश्वेत मानिसहरूलाई बैठकमा आमन्त्रित गर्न चहन्दैनन् अथवा उनीहरूलाई बोलाउन पर्याप्त मेहेनत गर्दैनन्। सामान्यतया अन्त्यमा हामी एक अनुचित योजनाबद्ध कार्यक्रम बनाउन पुग्द्छौं जसको मुख्य उद्देश्य भनेको ती व्यक्तिहरूको सेवा गर्नु हो तर त्यस्को ठिक विपरीत, उनीहरूको लागि आपत्तिजनक र बहिष्करनिय हुन पुग्दछन्। म हालको परिदृश्यलाई उदाहरणको रूपमा लिन चाहन्छु किनभने त्यो सबैको मस्तिष्कमा ताजा छ। यो गतिशील अन्य सबै उत्पीडित पहिचान सँग सम्बन्धित छ। तसर्थ हामी मध्ये नै हामीले सोचे भन्दा पनि बढी व्यक्तिहरू अनुचित योजनाबद्ध कार्यक्रममा भाग लिनेगर्छौं।
७. म्यिस्तिकल नेग्रोको सिर्जना ग
यो नम्बर ४को बुँदासँग मिल्न आउँछ “उत्पीडितलाई शिक्षित बनाउन आश गर्नु”। तथापि असल आसय भएका व्यक्तिहरूका लागि यो एउटा तीब्र विषयमा परिनत हुन आउछँ। तपाईं आफ्नो एक कुशल मित्रलाई पूर्ण विशेषज्ञको रूपमा लिनसक्नुहुन्छ र उत्पीडितहरूको पहिचानको बारेमा चर्चा परिचर्चा गगर्नसक्नुहुन्छ। कुराकानीको क्रममा के बुझ्न सकिन्छ भने, जब कसैको एक मात्र उद्देश्य, तपाईंलाई नैतिकताको सही जिवनमार्गमा अघि लैजानु हो तब उनीहरूको पहिचान रहस्यमय प्रकृतिको हुन्छ। यो एक तर्फी खतरनाक सम्बन्धको सुधारको लागि बुँदा नं ४ हेर्नुहोस्।
८. रुनु
तपाईंको आँसुहरूले धेरै ठाँउ ओगटेको हुन्छ। त्यसले तुरुन्तै तपाईंको भावना र शिक्षासँग सम्बन्धित परिस्थितिलाई बदलेर तपाईंको सुअवसरमा सहज महसुस गराउँछ। धैर्यतापुर्वक तपाईंको आँसुलाई एक क्षणकाे लागि थाम्नुहोस्।
जब तपाईंको आँसुको ग्रन्थिहरू थामी नसक्नु हुन्छ, त्यतिखेर रोक्नुहोस् वा छाडिदिनुहोस्। यो भन्नुको तात्पर्य तपाईंको आँसु र तपाईंको दुखी भावनाहरूको कुनै महत्व छैन भन्नु होइन तर यो मात्र हो कि त्यसलाई यहाँ राख्ने कुनै ठाँउ छैन।आँसुले सायदै तिनीहरूलाई शोषणकारीको दमनबाट बचाउला वा उनीहरूलाई पिताइ खानबाट, आफ्नो शरीरको बेचबिखन हुनबाट, गैरकानुनी फाँसी दिनुबाट, आफ्नो घरपरिवार सामु मुल ढोकाको बाहिर राखी गोलि हानेर मारिनुबाट, ट्रकको पछाडी झुन्ड्याइ घिसार्नुबाट, व सार्वजनिक रूपमा लज्जित हुनबाट, उनीहरूको आत्मीय मुल्यको थोपा थोपा निचोर्नुबाट रोक्न सक्ला। यसो गर्नुको मुल कारण, तिनीहरू कुनै पनि प्रयोगको लायक रहन नदिनु हो।
९. सम्पन्नताको स्थानबाट सल्लाह दिनुहोस्
मैले सुने अनुसार मेलिशा हेरिश् – पेरिले आफ्नो मुख्य भाषणमा, यो कुरा भन्नु भएकी थिइन र त्यहीँ कुरा अझै पनि मेरो मस्तिष्कमा अड्किरहेको छ। मैले स्वयं पनि यस सत्यको विश्लेषण गर्न थाले, किनकी यो मेरो जिवनमा पनि लागू हुन्छ। मैले पत्ता लगए अनुसार म आफै पनि मेरो सुसम्पन्नताको दृष्टिकोणको माध्यमले सल्लाह र समाधान दिने गर्छु । म आनन्दसँग मेरा साथी, घरपरिवार र विद्यार्थीहरूसँग सहज रूपमा अन्तर्वार्ता पछि अन्तर्वार्ता गर्छु। यो प्रायः हामी सबैले गर्नै पर्छ, मुख्य गरी त्यो बेला जब हामी सामु बसेको व्यक्तिको पहिचान वा कुनै जानकारी हामीसँग हुदैँन। अब हामी सबै,जनेय राइसको (Janay Rice) भयानक दूर्वचन अस्वीकार्य थियो भन्ने कुरामा सहमत हुन सक्छौ र रेय राईसले (Ray Rice) गरेका कार्यका लागि उनी आफै जवाफदेही हुनु आवश्यक छ। यद्यपि हामी यो कुराबाट पन्छिन मिल्दैन कि त्यो अवस्थामा जनेयको एक मात्र विकल्प भनेको रेयलाई छाडिदिनु थियो। उहाँको र हाम्रो निर्णय हामीले बोकेको भिन्न पहिचानको आधारमा फरक हुन सक्छ। आफ्नो अनुभवबाट मानिसहरूसँग अपेक्षा गर्नु भनेको एउटा बिशेष विरोधपूर्ण वातावरण सिर्जना गर्नु हो जुन सम्भावित असुरक्षित हुन्छ। यसले तपाईंले मद्दत गर्नु खोज्नु भएका व्यक्तिहरूलाई तिनीहरूको चासोको विषयमा हानि पुग्ने निर्णय लिने स्थितिमा पुर्याउन्छ।
जब हाम्रो सम्पन्नता समावेश गरिएको हुन्छ तब कसैको नाम तोक्न निकै गाह्रो हुन्छ। म विश्वविधालयमा विद्यार्थीहरूको संघसँग समर्थन सेवामा काम गर्छु र यो परिदृश्री सधै यथावत नै रहन्छ। म धेरै जसो मैले दिनेगरेका अर्ती उपदेश कत्तिको अनुचित र कहिलेकाहीँ विनाशकारी हुन्छन् भन्ने कुराको ख्याल रख्दिन।
केही उदाहरणहरू:
- कुनै विद्यार्थीलाई छुट्टीको बेला आफ्नो परिवारको सामु अनौठो भएर आफूलाई उपस्थित गर्ने र आफू जस्तो छ त्यस्तै हुन सल्लाह दिनु। यो परिदृश्यमा हेर्दा, तपाईंलाई कुन कुराले विद्यार्थीहरूको मानसिक, भावनात्मक, आर्थिक अवस्था, निश्चय गर्ने बारे विचार गर्न रोकिरहेको छ जस्तो लाग्छ ?
- कुनै विद्यार्थीलाई परामर्श र मनोवैज्ञानिक सेवाहरूमा जाने सल्लाह दिनुहोस्। सामुदायहरूमा मानसिक स्वस्थ्यको लान्छना र उनीहरूको पहिचान के हो? उनीहरूसँग भइरहेको उपचारको लागि तिर्न पैसा वा बिमा छ ?
- कुनै विद्यार्थीलाई संलग्न हुने सल्लाह दिनुहोस्। के उनिहरूसँग समय छ ? के उनीहरूले सिक्षण शुल्क तिर्न अनेक ठाउँमा जागीर खाँदैछ्न् ?
- कुनै विद्यार्थीलाई विदेशमा अध्ययन गर्ने सल्लाह दिनुहोस्। तिनीहरूले यसको खर्च कसरी तिर्नेछ्न्? आफ्नो घरपरिवारलाई छाडेर जाँदा कस्तो महसुस हुन्छ ?
हामीले हाम्रो सम्पन्नताको प्रयोग गरेर आफ्नो जीवनमा भएका व्यक्तिहरूको उचित रूपले समर्थन गर्नुपर्छ।
१०. दया माया गर्नु नै काफी हुन्छ भन्ने विश्चास गर्नुहोस्
तपाईं जतिसुकै दयालु हुनु भएपनि अथवा जतिसुकै अफ्ना मनका कुराहरू अरुसँग बाध्नु भएपनि हल्का उत्पीडन भइनै रहेको हुन्छ। तपाईं दयालु, प्रोत्साहनदायी र मायालु भएर मात्र सिमित हुन सक्नुहुन्न। उत्पीडित वर्गलाई नै नेतृत्वको अनुमती दिएर तपाईंले अझ बढी सिक्ने, प्रणालीको बारेमा सचेत रहने र निरन्तर न्यायको लागि लडाइँ गरिरहने प्रतिबद्धता लिनुपर्दछ। निष्क्रियता र सद्भाव प्रदान गर्ने टिप्पणी र विचारसँग अलि परै रहेको राम्रो। मुख्य गरी हामी न्याय र सम्मानताको लागि अधिक चिन्तित छौं। एउटा सामाजिक न्यायको लेखलाई पुन ट्विट (retweet) वा सामाजिक सञ्जालमा पुन पोस्ट गरेर त्यति सम्म मात्र सिमित रहन निकै सजिलो छ तर त्यसले दमन वा उत्पादन समाप्त गर्नमा केही पनि मद्दत पुर्याउने छैन। हामी संशोधनबाट टाढा गएर काम गर्नुपर्छ।
तपाईं बढी जान्ने अथवा विशेषज्ञ नै हुनुपर्छ भन्ने छैन, कुनै पनि कामलाई भाग लगाएर मिलिजुली पनि गर्न सकिन्छ। यो पहिले देखी नै फ्रान्चेस्का र्याम्जेद्वारा (Franchesca Ramsey) सुन्दर तरिकाले अन्वेषण गरिसक्नुभएको छ। त्यसैले मैले पुन त्यही कुरा भन्ने अरु रचनात्मक तरिका खोजिरहनु आवश्यकता छैन। म असल मनसाय भएका व्यक्तिहरूलाई यस्तो काम गर्न भनेर भन्दैछु, जस्तैः तपाईंको सुसम्पन्नतालाई राम्ररी बुझ्नुहोस्, सुन्नुहोस् र आफ्नो गृहकार्य पूर्ण रूपमा गर्नुहोस्, तपाईं बोल्न सक्नुहुन्छ तर आवश्यक परेमा मात्र, आफूले गल्ती गर्दा माफी अवस्थ माग्नु र सधै याद राख्नुहोस् कि मित्र हुनु एक क्रियाशिल कार्य हो। यस बाहेक मैले असल मित्रको छैटौं शिष्टाचार थपेको छु जुन “तपाईं एक विशेषज्ञ हुनु अनिवार्य छैन ” हो। हुन त सबै बुँदाहरू महत्त्वपूर्ण छन् तापनि म तल दिएका दुई बुँदाहरूको थप अन्वेषण गर्न चाहन्छु।
आफ्नो ज्ञानको कमीले कहिल्यै पनि आफूलाई स्थिर नराख्नुहोस्। यदि तपाईं आफूले गर्ने गल्तीहरूको जोखिम उठाउन इच्छुक हुनुहुन्छ भने तपाईं अझै पनि केही गर्न सक्नुहुन्छ। वास्तवमा तपाईंलाई यो कुराको आभाष नै हुनेछैन। तपाईंको सम्पन्नताले तपाईंलाई उत्पीडनको अनुभव लिने अनुमति दिनेछैन। आफ्नो डरको सिमालाई नाघेर अरु सम्पन्न व्यक्तिविशेषहरूसँग संलग्न भएर दुखीहरूको ब्यथा सुन्नुहोस्।
मित्र हुनु एक क्रियाशिल कार्य हो।
वास्तवमा तपाईंले पनि केही न केही गर्नैपर्छ। मित्र हुनु भन्नुको अर्थ यो होइन कि चुपचाप उत्पीडितसँग हरेक कुरामा सहमत हुनु। तपाईंले उत्पीडितको आवाजलाई सबै सामु पुर्याउन आफ्नो सम्पन्नताको प्रयोग गर्ने विभिन्न तरिकाहरू निरन्तर रूपमा खोजी गरिरहनुपर्छ। मित्रता निभाउनु भनेको अवश्य पनि सहज यात्रा होइन। तपाईं अब लामो समय सम्म आनन्दले मौन भएर बस्नसक्नु हुन्न।तपाईंले दुखाइ, अनिश्चितता, डर , निराशा र थकानको महसुस गर्नुपर्ने हुनसक्छ। आफूलाई प्रभावकारी सहयोगी बनाउन अफैलाई खतरामा राख्नु र उत्पीडितसँग पारदर्शी हुनु, आवश्यक पर्छ।
कृपया जान्नुहोस् कि समानताको लागि सक्रिय भएर काम गर्न स्फुर्ती, नम्रता, साहस, कठिन प्रेम, एक रणनीतिक मस्तिष्क र क्षमाशील हृदयको आवश्यकता पर्दछ।
[मुहान: http://www.dailygood.org/story/1240/ten-counterproductive-behaviors-of-well-intentioned-people-cody-charles/]
थप विस्तृत जानकारीका लागि:
- दोर्जे शुग्देनको उदाहरणीय कथाहरु र सजीब उपन्यास
- तिम्रो मस्तिष्कको भूमि
- एक असल साथी
- शुभ मंगोलियन साइतहरू
- तपाईं धर्म निरपेक्ष वा आध्यात्मिक हुनुहुन्छ?
- दोर्जे शुग्देन : हाम्रा व्यक्तिगत कथाहरू
- कसरी तिब्बती नेतृत्वले प्रायोजकलाई व्यवहार गर्दछन् (जिन्दक)
- ट्रोडेखाङसार –४०० बर्ष पुरानो दोर्जे शुग्देनको पुजाघर, ल्हासामा
- ईश्वरीयता (ईश्वर) लाई पुकार्नु
- मित्रले नेपालीमा भगवान दोर्जे शुग्देनका बारेमा सिकाउनुहुन्छ ।
तेस्रो पक्षद्वारा गरिएका प्रतिक्रिया वा पोस्टहरूका सम्बन्धमा अस्वीकरण
विनम्रताका साथ ध्यान दिनुहोस् कि तेस्रो पक्षहरूद्वारा टिप्पणी वा पोष्टको प्रतिनिधित्व ब्लगका मालिक वा उद्घोषकले गर्ने छैनन्। विशेष गरी मालिक वा होस्टको प्रतिक्रिया सेभ गर्नुहोला। तल दिइएका टिप्पणी खण्डमा अरू सबै टिप्पणीहरू वा पोष्टहरू वा अरू कुनै धारणाहरू, छलफलहरू वा विचारहरूले हाम्रो दृष्टिकोणको प्रतिनिधित्व गर्दैन र अरूले पनि नठानिदनुहिला। टिका टिप्पणीहरू जुन हामीलाई अप्रिय लाग्नसक्छ त्यो हटाउने अधिकार हामीसंग छ तर त्यस्तो टिप्पणीहरूको मात्राले गर्दा हटाउन नसकिने वा पत्ता लगाउन नसकिने कुनै पनि त्यस्ता टिप्पणीहरू छन् भन्दैमा यो होइन कि हामी त्यसलाई माफ गर्छौँ।
तल राखिएको कुनै पनि टिप्पणीहरू पोष्टहरू, धारणाहरू,छलफलहरू वा विचारहरूको सहभागीहरूले जिम्मेवार रूपमा व्यवहार गर्नुहुनेछ र कुनै पनि त्यस्तो विवरणहरू दिनुहुनेछैन जुन अपमानजनक प्रकृतिको छ वा कुनै टोली व्यक्ति विशेष वा उनीहरूको अास्था भड्काउने र अवहेलना गर्ने वा खिसी गर्ने वा कानून उल्लंघन गर्ने प्रकृतिको हुनेछैन भन्ने हामी अाशा गर्छौँ।
कृपया आफ्ना विवरणहरू प्रविष्ट गर्नुहोस्