कसरी तिब्बती नेतृत्वले प्रायोजकलाई व्यवहार गर्दछन् (जिन्दक)
अधिकांश मान्छेहरूले बोल्न अलिक असहज मान्ने विषय भनेको धर्ममा प्रायोजन गर्नु हो। मान्छेहरूले यसलाई असहज मान्छन् किनभने उनीहरू सोच्छन् कि पैसाको बारेमा छलफल गर्नु आध्यात्मिक कुरा होइन। यद्यपी यो एक अपरिहार्य विषय हो किनभने यो सांसारिक जीवनको साधारण वास्तविकता हो- मठहरू र धार्मिक संस्थाहरू प्रायोजकको उदारता र कोष (धन) बिना संचालन हुन सक्दैन। वास्तवमा, बुद्ध आफैंको समयमा पनि प्रायोजन विषय सम्बोधन गरिएको थियो। मगडा साङ्मो र तिनका पिता सुड्डाटा जस्तै उहाँका चेलाहरूको उदाहरणले हामीलाई प्रायोजनको सही मनोवृत्तिको पाठ सिकाउँछ र हामी सिक्छौं कि कसरी प्रायोजन आध्यात्मिक अभ्यास हुन सक्छ। प्राप्तकर्ताको दृष्टिकोणबाट पनि त्यहाँ प्रायोजन छ, जुन म यहाँ कसरी धर्मशाला र तिब्बतीयन नेतृत्वले उनीहरूको प्रायोजकहरूलाई अस्वस्थ प्रकारले व्यवहार गर्दछन् भन्ने सन्दर्भमा सम्बोधन गर्देछु।
त्यसैले बौद्ध धर्मको अध्ययन गर्दै गरेका ती व्यक्तिहरूका लागि, एक वा अर्को बिन्दुमा , तिनीहरूले प्रायोजनको विषयसँग प्रत्यक्ष हुनैपर्छ। तसर्थ प्रायोजन त्यो चीज हो जसको बारे म ११ वर्षको उमेर देखि नै ज्ञात थिएँ, जब मेरो सम्बन्ध धर्ममा मेरो परिवारबाट शुरू भयो। त्यस समयदेखि गत १९ वर्षसम्म हामी केचारा र भारतमा रहेका मठहरू दुवैका लागि प्रायोजक रहदै आएका छौँ।
म मेरो बाल्यकाल र युवाअवस्थाका सबै वर्षहरूको बारेमा सम्झना गर्छु, जुन बेला अनगिन्ती भोज र कार्यक्रमहरू, भारतमा रहेको मठहरूको लागि रकम जुटाउनको लागि आयोजित गरिएको हुन्थ्यो। एक समयमा हामी सबै सन् १९९७ को आर्थिक दुर्घटनाको कारण धेरै मारमा परेका थियौँ तर हामीले कहिले पनि मठहरूलाई प्रायोजन गर्न बन्द गरेनौँ। मलाई याद छ कि भरपूर मात्रामा सन्देशहरू पठाइएको थियो, हामीलाई अनुरोध गर्दै कि कुनै भिक्षुको औषधीको लागि वा किताब वा पोशाकहरूको प्रायोजकका लागि। मलाई याद छ कि भैँसी वा गाई वा निर्माण सामाग्रीहरू र मेडिकल उपकरण किन्नको निमित्त चाहीँने रकमको लागि प्रायोजनको अनुरोध गारिएको । मलाई सम्झना छ मूर्तिको साथ साथै चित्रकारीको भेट र मठको मूर्तिहरूको लागि आभूषण दान गर्न धेरै धेरै अवसरहरू आएका थियो।
सबभन्दा धेरै, म रिन्पोछे र मठद्वारा हामीलाई हाम्रो प्रायोजनको सदुपयोग कसरीइभईरहेको छ भन्ने जानकारी प्राय: सम्झन्छु। यो गाई जुन तपाईंको दानले प्रायोजन गरेको हो, यो कोठा तपाईंले दान गर्नुभएको पैसाले पुन: रंगरोगन गरिएको हो,धन्यवाद तपाईंको दानलाई, यिनीहरू भिक्षुहरूलाई प्रदान गरिएको पोशाक हुन्, यी मूर्तिहरू बनाइएका र यी मूर्तिहरू अहिले रंगरोगन गरिएका हुन्। यो गादेन लाछि (मुख्य प्रार्थना कक्ष) को पुरानो फर्श जुन खनिदैछ, यो चाहीँ छानिएको नयाँ फर्श र यिनीहरू चाहीँ सो कामको लागि नियुक्त गरेका ठेकेदारहरू हुन्। र यहाँ नयाँ फर्श वितरण गरिदै…यस्तै र थप अरू ।
बितेका वर्षहरूमा म राम्ररी भन्न सक्छु कि रिन्पोछेसँगै, हामीले भारतको तिब्बतीयन बौद्ध मठहरूलाई लाखौँ रूपैयाँ प्रायोजन गरेका छौँ। तपाईंलाई लाग्ला कि यति वर्षपछि म यो बारे किन लेख्दै छु? एक प्रायोजकको (जिन्दक) रूपमा म सिर्फ मेरो लामा, परिवार र मलाई दोर्जे शुग्देन विवादको समयमा, धर्मशालाद्वारा प्रेरित शुग्देन विरोधी गुटले गरेको व्यवहार बारे व्यक्त गर्न चाहन्छु।
तपाईंलाई थाहा छ, गत १९ वर्षमा, मेरो परिवार र म तिब्बती मठहरूका लागि प्रायोजक (जिन्दक) भएका थियौँ। हामीले यो सबै व्यक्तिगत रूपमा र रिन्पोछेको माध्यमबाट, केचारा संगठन मार्फत सकेको जति रकम उठाएर सहयोग गरेका थियौँ। हामीले यो सबै गर्यौं किनभने हामीले विश्वास गर्थ्यौँ कि मठहरलाई यसको साँच्चै नै आवश्यकता थियो र हामीलाई सिकाइएको थियो कि तीन रत्नमध्ये कुनै एकको लागि मात्र पनि दान गर्यौं भने यो एकदमै प्रशंसनीय काम हुने (हामी अझै पनि यसमा विश्वास गछौँ) ।
व्यक्तिगत क्षमतामा, म प्रायोजक (जिन्दक), मात्र धनले होइन तर समय र मेहनतले पनि हुँ। वास्तवमा यो कुरा भन्न गलत हुनेछ कि म तिब्बतीयन समुदायबाट अपरिचित छु। ईमानदारीका साथ भन्नुपर्दा भारत कहिले पनि मैले यात्रा गर्न रूचाएको ठाउँ थिएनँ। एक निजी ब्रिटिश अन्तर्राष्ट्रिय विद्यालयमा पढेको हुदाँ, म पश्चिमेली धारणासँगै हुर्किएँ। तर सन् २००४ मा रिन्पोछेले मलाई पहिलो पटक भारत यात्रा गर्न आग्रह गर्नुभयो, त्यो र त्यसपछिका यात्राहरूले मेरो सम्पूर्ण संसार परिवर्तन गरी दियो।
म भारतमा अन्तिम पटक सन् २००५ को प्रारम्भमा थिएँ, तीन वर्षअघि जब प्रतिबन्ध चरम सीमामा पुगेको थियो। यो समयमा गादेन सहारत्से मठ एउटै थियो र विभाजित भएको थिएन। किनभने त्यो समयमा तुलनात्मक हिसाबले शान्ति कायम नै थियो, मैले सेरा मे मठ, जोङ्कार छोईदे मठ र ग्यामेद तान्त्रिक कलेज भ्रमण गर्न पाएको थिएँ। यी सबै ठाउँहरू अब मेरो सीमाबाट बाहिर छन् किनकी म दोर्जे शुग्देनको अभ्यास गर्दछु।
तर यो सन् २००५ को तीर्थयात्रा, मैले यात्रा गरेको अन्यहरूमध्ये, बौद्ध धर्मप्रतिको मेरो सम्बन्ध र विश्वास अझ प्रगाढ बनायो। तीर्थयात्रामा मठपछि मठहरूको भ्रमणले मेरो दिमागमा केही छाप छोडेकोछ र मैले महशुस गरेँ कि यी समुद्री टापुहरूमध्ये यो नै मेरो लागि परिचित र सहज छ। यसकारण यही यात्रामा मैले भिक्षुणी बन्न आग्रह गरे।
मैले तिब्बतीयन संस्कृतिको धेरै अर्थहरू नजानेता पनि मेरो सधैँ तिब्बतप्रति भावपूर्ण दृष्टिकोण रहदै आएकोछ। त्यसैले यद्यपि म यसबारे अहिले धेरै कुरा गर्दिनँ, मानिसहरू जो म सँग नजिक छन् उनीहरूलाई ज्ञात छ कि धेरै अघिदेखि जबसम्म म बेलायतमा बस्थें, मैले तिब्बती कारणको लागि अभियान चलाएँ। मैले त्यस्तो विरोधमा नजान सल्लाह पाएता पनि म लुकीछिपी विरोधमा सामेल हुन्थे किनभने मलाई लाग्छ तिब्बतीयन बौद्ध धर्मावलम्बीको रूपमा यो तिब्बती जनताको लागि बोल्ने मेरो कर्तव्य थियो।
आजकल, एक अभियानकर्ताको रूपमा मेरो समयको बारे म कुरा गर्दिनँ किनभने यो एकदमै दु:खदायी छ। एकतर्फ, म तिब्बतीयन जनताहरूप्रति देखाइएको अन्यायको विरूद्धमा छु। अर्कोतर्फ, स्पष्ट रूपमा भन्नुपर्दा दोर्जे शुग्देनको अभ्यासकर्ताको रूपमा मलाई दोर्जे शुग्देन विरोधी तिब्बतीयन समुदायहरूले रद्दी सरह व्यवहार गर्छन्।
मेरो विश्वासको लागि अनलाइनमा म अपमानित र सताइएकोछु, केही मात्रामा तिब्बतीयन समुदायभित्र रहेका मेरा साथीहरूले भनेका छन् कि मेरो विश्वासको कारण म सँग टाढिने छन्। मलाई भनिएको छ कि मेरो लामाले मलाई धोका दिईरहेका छन् र उनी ठग हुन् जसले मलाई मूर्ख बनाइरहेका छन्। मेरो र मेरा गुरूबीच अनुचितता छ भन्ने देखाउन मेरो तस्बिरहरूलाई फोटोसप गरिएकोछ। मलाई अपमानित गर्ने प्रयास गरिएको छ, नराम्रो नामले बोलाउँछन् र मेरो धारणालाई बु***ट भनी अपमान गरिन्छ। वी च्याटमा जब म पोष्टहरू गर्छु, मैले धेरै यस्ता विष्ठा, मैथुन, बन्दुकहरू, चुप्पीहरू र अन्य त्यस्तै अपमानजनक कुराहरूको सामना गर्नु पर्दछु जसले मेरो लामा र मैले विश्वास गर्ने कुरालाई निन्दा गर्न मान्छेहरूले प्रयोग गर्छन्।
यसले मलाई सोच्न बाध्य पार्दछ कि यो नै तिब्बती समुदायको वास्तविक स्वभाव हो, जुन समुदायको लागि मैले आवाज उठाएको थिएँ। के मैले त्यस्तो समुदायको अधिकारको लागि वर्षौँ लडे जसले आफ्नै समर्थकहरूलाई पछाडिबाट प्रहार गर्छ? तर फेरि, किन म विदेशीको रूपमा आश्चर्यचकित हुनुपर्यो र कि मलाई यस्तो व्यवहार गर्छन् भनेर, जब कि शुग्देन विरोधी तिब्बतीयनहरू आफ्नै समुदायका मानिसहरूलाई उनीहरूको विश्वासको आधारमा आक्रमण गर्न सक्षम छन् भने?
के मेरो वर्षौदेखिको उनीहरूप्रतिको समर्थनको अब कुनै अर्थ रहेन त? लाखौं रूपैयाँ मैले तिब्बती मठहरूलाई बाँड्नको लागि उठाउन मद्दत गरेको के अब त्यसको कुनै अर्थ रहेन त? के तिब्बतीयन नेतृत्वले आफ्ना समुदायहरूलाई प्रायोजकहरूप्रति(जिन्दक) यस्तै व्यवहार गर्न उत्प्रेरित गर्दछन्? जब कि म खराब दोर्जे शुग्देन अभ्यासकर्ता मानिन्छु जसलाई आफैंले पैसा उठाई मद्दत गरेको मठमा स्वागत छैन, के मैले गरेका सहयोग रकमहरू मलाई र मेरा प्रियजनहरूलाई फिर्ता आउँछ? निसन्देह, यदि म खराब छु भने मेरो पैसा पनि त खराब होला नि। आखिरमा, दाता नै खराब भएपछि किन उसको पैसा सफा हुन्थ्यो र? मेरो अनुभव,म मा मात्र सीमित छैन। हृदयस्पर्शीरूपमा, घेसे शोपा-लामाले मलाई एकपटक भन्नुभएको थियो कि उहाँको विश्वासको कारणले गर्दा उहाँ आफैंले बनाउन मद्दत गर्नुभएको मठमा उहाँलाई पाईला टेक्न पनि दिईदैन र उहाँको ती शब्दहरू मैले अझै पनि भुलेको छैन।
वास्तवमा, घेसे शोपा मात्र त्यस्तो नराम्रो व्यवहारमा परेका होइनन्, त्यही पनि उहाँले आफ्नो जीवन मठहरूको लागि समर्पित गरेका छन्। अनगिन्ती अरू लामाहरू र शुग्देन अभ्यासकर्ताहरूले सयौँ हजार नत्र लाखौँ लाख रकमहरू मठहरूको लागि दान गरेका छन् जुन मठहरूमा उनीहरूलाई सम्बन्ध जोड्न दिइएको छैन। ग्याङशेन रिन्पोछे उदाहरणका लागि, सेरा-मे मठका एक ठूला उपकारकर्ता थिए जब सम्म दोर्जे शुग्देनमाथि प्रतिबन्ध लगाइएको थिएन। श्याङ्गपा खाङ्गशेनको भवनहरू,प्रार्थना हल र भिक्षुहरूलाई कोठाहरू उहाँकै मद्दतबाट सम्भव भएको थियो। प्रतिबन्धपछि, ग्याङशेन रिन्पोछे व्यवस्थित रूपमा तिब्बती नेतृत्वद्वारा अपमानित भएका थिए जसले उहाँलाई निन्दा गर्न समर्पित पेज बनाइएको थियो।
अर्का शुग्देन लामा, केन्सुर लोब्साङ्ग थार्चिन, सेरा-मेका भिक्षुहरूको लागि ठूलो मात्रामा सफल खाद्यन्नकोषको स्थापना गरे। यो कोषले स्थायीरूपमा भिक्षुहरूको लागि खाद्यन्नको सामाधान गर्यो र आजसम्म पनि मठलाई मद्दत भईरहेकोछ। यदि केन्सुर रिन्पोछे आज जिवित हुनुभएको भए के तिब्बतीयन अगुवाहरूले उहाँलाई पनि सोही खाले अपमान र भेदभावपूर्ण व्यवहार गर्थे? किनभने उहाँले जिवित रहनुन्जेल कहिले पनि दोर्जे शुग्देनको अभ्यास गर्न छाड्नुभएन।
अहिले मलाई लाग्छ कि मैले तिब्बतीयन नेतृत्वको समर्थन छोड्नु न्यायपूर्ण देखिएको छ। किनभने मेरो परिवार र मैले तिब्बती समुदायको लागि लगभग दुई दशक सहयोग गर्दा समेत हामीलाई नराम्रो व्यवहार गरियो। यो कुराले फरक पार्दैन कि तपाईंले कति र कति पटक दिनुभयो जब तपाईंले तिब्बतीयन नेतृत्वको लागि आफ्नो आर्थिक उपयोगीता पूरा गर्नुहुन्छ, तपाईं धर्मशालामा बस्न सक्षम हुनुहुँदैन। कम्तीमा, हामीले त्यस्तो सोच्न बाध्य भएका छौँ किनभने प्रायोजकको(जिन्दक) रूपमा हामीलाई गरेको व्यवहार जहाँ हामीलाई अस्वीकार गरिन्छ तर हाम्रो प्रायोजनलाई स्वीकार गरिन्छ।
धन्न, यो गाथाले मलाई र अरू अभ्यासकर्ताहरूलाई हाम्रो मनोवेग र धनलाई निर्दिष्ट दिशातिर लैजान अवसर दिएको छ, र यो दोर्जे शुग्देनको अभ्यासको वृद्धि र वंशावली सावित भयो। त्यसको मतलव यो होईन कि हामी गैर शुग्देन मठहरूलाई प्रायोजन गर्न प्रतिकूल हुने छैनौँ। वास्तवमा हामी त्यसो गर्न खुशी हुनेछौँ यदि नेतृत्वहरूले आफ्ना मान्छेहरूलाई प्रायोजकप्रति देखाऊने नराम्रो व्यवहारमा रोक लगाउँछन् भने। किन मैले समर्थन गर्ने, रकम उठाउने र समुदायकोतर्फबाट बोल्ने जसले मलाई चरम रूपमा नै अस्वीकार गर्ने, सताउने र नीचो देखाउने गर्छन् भने? किन मैले त्यस समदायलाई समर्थन गर्ने जो मेरा साथीहरूलाई होटेलमा बस्न दिन अस्वीकार गर्छन् र उनीहरूलाई मोतीका दानाहरू किन्नबाट बञ्चित गर्छन् जसले मठहरूको लागि लाखौँ रकम उठाएका थिए? किन त्यस समुदायलाई सहयोग गर्ने जहाँ नेतृत्वले गैर शुग्देन अभ्यासकर्ताहरूलाई क्षमा दिन्छन्, उनीहरूलाई “फोहोरी” शुग्देन अभ्यासकर्ताहरूभन्दा अलग देखाउन?
विडम्बना यो छ कि म त्यही विश्वास मात्र अभ्यास गरिरहेको छु, जुन मलाई तिब्बतीयन समुदयका मेरा गुरहरूले सिकाएका थिए। यो त्यो अभ्यास हो जुन एक पुस्तादेखि अर्को पुस्तामा पछिल्लो ४०० वर्षदेखि चलिआएको छ। तर तथ्य यो हो कि म तिब्बतीयन हैन र मलाई यस्तो व्यवहार सही राख्नु पर्दैन र जहाँ सम्म म सोच्दछु, म मेरो विश्वास आफैसँग राख्छु र मेरो पैसा र प्रयासहरूलाई अन्तै खर्चनेछु किनकी तिब्बतीयन नेतृत्व जसको लागि मैले विरोधको समर्थन गरे, मलाई यस्तो नराम्रो प्रकारले व्यवहार गरिरहेको छ।
दिनको अन्त्यमा, मेरो लामालाई धन्यवाद छ, म यो तथ्यलाई वेवास्ता गर्न सक्दिन कि भारतको मठहरूमा अझै पनि केही अभूत्पूर्व धार्मिक ठाउँहरू र अभ्यासकर्ताहरू छन्, धन्य मैले तिनीहरूमा विश्वास गर्न छोडोको छैन। तर त्यहाँ धार्मिक मानिसहरू र ठाउँ भएता पनि,यो कुरा नकार्न सकिदैंन जुन नेतृत्वप्रति उनीहरू आभारी छन् त्यसले पछल्लो २० वर्षमा धेरै अधार्मिक कार्यहरू गर्न बढुवा दिई रहेको छ र यी कार्य साँच्चै नै रोकिनुपर्छ।
निःशुल्क डाउनलोड गर्नुस।
दोर्जे शुग्देनका चित्रकथा।
यो चित्रकथा नेपाली भाषामा छ जहा भगवान दोर्जे शुग्देन हाम्रो समयको सर्वोच्च विश्व शान्ति रक्षकको रूपमा कसरी प्रस्तुत भए बारे उहाँका आकर्षक कथा व्याख्या गरिएको छ। जब तपाईं हामीले उनको कथा राम्ररी बुझ्छै, तब यस शक्तिशाली संरक्षक देवताबाट हामीले अधिक अाशिष् प्राप्त गर्नका साथै उहाँको महानताको कदर गर्न सक्छै।
डाउनलोड गरीएको फाइल खोल्न तलको लिंकमा क्लिक गर्नुहोस्। (पीडीएफ फाईल):
[…] कसरी तिब्बती नेतृत्वले प्रायोजकलाई व… […]