अघोरी
(लेखक: छेम रिन्पोछे)
प्यारा साथीहरू,
म धेरै चाखलाग्दो कुरा लिएर आएको छु। समयको सुरुवातदेखि नै ईश्वरीय वा भगवान्को खोजी वा पवित्र स्वर्गसँग आवद्ध हुन धेरै तरिकाहरू अपनाउँदै आइएको छ। प्रवृतिसँगै उपासना गर्ने तरिका पनि परिवर्तन हुँदै गयो। हिन्दू धर्ममा विश्वास गर्नेहरू विश्वभर १.२ अरबभन्दा बढी छन् र यो ५००० वर्षभन्दा बढीदेखि निरन्तर अभ्यास गरिदैँ आएको छ। हिन्दू धर्ममा धेरै सम्प्रदाय र उप-सम्प्रदायहरू छन्। भारत र संसारभरिमा हिन्दू धर्मलाई मुख्य धारको रूपमा स्वीकार गरिन्छ र यो गहिरो मार्ग हो।
हामी यो सही र गलत छ भनेर आँक्न सक्दैनौँ। हामी अरूको आस्था वा ईसश्वरलाई ग्रहण गर्ने पद्धतिको निन्दा गर्न सक्दैनौँ । सबैसँग उपासना गर्ने वा नगर्ने आफ्नै अधिकार हुन्छ। कसैले पनि अरूको धर्म आफ्नो लागि जति नै फरक, अजीव वा अपरचित होस् आलोचना गर्नु हुँदैन। त्यसेले हामीले अरूको धर्मलाई आलोचना वा उनीहरूको उपासना गर्ने अधिकारलाई निषेध गर्न सक्दैनौँ। विषेशगरी कुनै पनि धर्मका धार्मिक अगुवाहरूले कहिले पनि अरूको धर्मलाई आलोचना, हतोत्साहित वा नीचो देखाउनुहुन्न। हामीलाई विश्व शान्ति र मेल चाहिएको छ। धर्म-शान्तिको वाहान वा विनाशको कारक बन्न सक्दछ जुन यो शक्ति कसले वहन गर्छ भन्नेमा भर पर्दछ।
दोर्जे शुग्देनका अनुयायीहरू पशुबलिदान गर्दैनन्, मान्छेको लाश खाँदैनन्, संस्कारका रूपमा नशा सेवन गर्दैनन्, सार्वजनिक स्थलमा नाङ्गिदैनन्, मसानमा बसेर ध्यान गर्दैनन्, पशुको मलमूत्र खाँदैनन्। उनीहरू कुहिंदै गरेको खाना खाँदैनन्, मानव बलि शक्तिलाई(काली, स्त्रीरूपी ईश्वरीय शक्ति) चढाउँदैनन्, मुर्दाको खरानी शरीरमा घस्दैनन्। म यी प्रथाहरूलाई सही वा गलत भन्दिनँ। मैले यति मात्र भन्न खोजेको हो कि दोर्जे शुग्देनका अनुयायीहरू यस्ता खाले धर्म विधि वा दूरूस्तै खाले विधिमा आबद्ध हुँदैनन्। धेरै ठाउँहरू, भारतीय धार्मिक संस्कृतिको बारेमा अनभिज्ञ छन् यस्ता अभ्यासहरू शायद उनीहरूलाई बुझ्न धेरै गाह्रो छ कि? दोर्जे शुग्देनका अनुयायीहरूलाई दयाको विकास, शाकाहारी खाना खाने(सम्भव भए), लामरीम वा बुद्धिको रूपान्तरणको शिक्षा, असल मान्छे हुने, दान गर्ने, तीन रत्नको शरण लिने, गुरू भक्ति, धर्मको अध्ययन र पालना गर्ने र भगवान् बुद्धको ज्ञानोदय प्राप्त गरी समस्त जगतको भलो गर्ने शिक्षा दिइन्छ। तैपनि तिब्बतीयन अगुवाहरूले उनीहरूलाई भारतमा रहेको तिब्बतीयन समुदायमा धार्मिक स्वतन्त्रता दिइएको छैन।
भारतीय लोकतान्त्रिक सरकारले सबै धर्महरूको रक्षा गर्दछ तर यसभित्र तिब्बतीयन नेतृत्वले धार्मिक मतभेदहरू सृजना गर्दै भेदभाव, हिंसा, घृणा र दोर्जे शुग्देनका अनुयायीहरूको विरूद्धमा पूर्वाग्रहको स्थिति उत्पन्न गराएकोछ। उनीहरूले दोर्जे शुग्देनलाई राक्षस र उहाँको अभ्यासकर्ताहरूलाई शैतानको अनुयायीहरू भनेर बोलाउँछन्। किन दोर्जे शुग्देनको अभ्यासलाई चाहीँ रोक लगाइएको छ जुन अघोरीहरूको ईश्वरीय विश्वासभन्दा नम्र छ? धेरै संस्कृतिहरूले शक्ति वा शिवलाई अझ पर डरलाग्दोरूपमा हेर्छन्। यदि भारतले अघोरीलाई अनुमति दिन्छ भने किन शुग्देनको विश्वासीलाई दिँदैन? तर यहाँ समाधानको बाटो छ। भारतले तिब्बतीयनहरूलाई भारतभित्रै केही स्वतन्त्रता दिएको छ जुन तिब्बतीयन अगुवाहरूले राजनीतिक कारणको लागि यो स्वतन्त्रतालाई दोर्जे शुग्देनका उपसनामाथि निषेध लगाउन प्रयोग गरिरहेका छन्। यदि तिब्बतीयनहरूले हिन्दू धर्मको अघोरी शास्त्रको अभ्यास गर्न थाले भने, कसरी तिब्बतीयन नेतृत्वले यसलाई स्वीकार्ने छन्? के शिव वा शक्ति जसले रगत र मान्छेको मासु खान्छ यसलाई बुद्ध मान्न सकिन्छ? शिव वा शक्ति बुद्ध होइनन् भने के उनीहरूको अभ्यासमा रोक लगाइन्छ? किन वा किन होइन? तिब्बतीयन नेतृत्वले दोर्जे शुग्देनलाई बुद्धको रूपमा मान्दैनन् र निषेध लगाउन जरूरी ठान्छन्। यदि शिव, शक्तिलाई निषेध गरिन्छ भने के त्यो धार्मिक स्वतन्त्रताको आधरमा वा आफ्नो मान्छेको भयानक राक्षशबाट रक्षा गर्नको लागि हो? यो कुन हो? के तपाईहरू मान्छेको धर्ममा हस्तक्षेप र निषेध गर्नुहुन्छ कि पूर्ण धार्मिक स्वतन्त्रता दिनुहुन्छ? तपाई धार्मिक स्वतन्त्रता दिएर पुन: फेरि सार्वजनिक रूपमा त्यसलाई निरूत्साहित गर्न पाउनुहन्न। शिव वा शक्तिको मामिलामा धार्मिक स्वतन्त्रता वा आफ्नो मान्छेहरूलाई गैर बुद्धबाट संरक्षण गर्न? अघोरी शास्त्रको अभ्यास जुन स्वीकारीयको छ(जुन यो हुनुपर्छ), शुग्देको अभ्यासको लागि आवश्कता झन् स्वीकार्न सजिलो र जनसाधारणमाझ अनुकुल रहेको छ र यसमा अत्यधिक देखिने त्यस्तो केही छैन। त्यसैले फेरि पनि, किन अघोरी स्वीकार्य छन् तर दोर्जे शुग्देगको अभ्यास स्वीकार्य छैन? यदि तिब्बतीयन नेतृत्वले अघोरी वा अरू कुनै पनि हिन्दू धर्महरूको बारेमा टिप्पणी गर्ने हिम्मत गरे भने उनीहरूले अधिक विरोध खेप्नुपर्ने छ भन्ने उनीहरूलाई थाहा छ। किनभने उनीहरूले यो तथ्य लुकाउन भरसक कोशिस गर्छन्। कुनै पनि वास्तिवक लोकतन्त्र र उनका नेताहरूले धर्मको बारेमा कहिले पनि आलोचना गर्दैनन् चाहे त्यो साँच्चिकैको शैतान मान्नेहरू नै किन नहुन् । म कुनै पनि उपासनाको पक्षमा छैन, केवल एक बयान गरिरहेको छु कि धार्मिक पुजालाई जुनसुकै रूपमा पनि अनुमति दिनुपर्छ र कनै पनि सरकार वा नेताले यो कुरामा प्रतिबन्ध, आलोचना वा हस्तक्षेप गर्नु हुँदैन।
अघोरी संस्कृत शब्द “अघोर” बाट आएको हो, जसको अर्थ अन्धकारको अनुपस्थिति हो। अघोरले चेतनाको प्राकृतिक अवस्थालाई बुझाउँछ जहाँ मस्तिष्क डर र पश्चातापबाट मुक्त हुन्छ। यो अहंकार र त्रासभन्दा माथि उठेको अवस्था हो। यदि कोही त्रासमुक्त हुन्छ भने उसले भेदभाव र असर पुर्याउँदैन। हिन्दू धर्मको अघोरी शास्त्र यी सबै अभ्यासहरूमा संलग्न हुन्छ जुन विश्वको छुट्टा-छुट्टै भू-भागहरूमा रहेकाहरूलाई ग्रहण गर्न गाह्रो पर्न सक्छ। तर मैले भने जस्तै ईश्वरीय प्राप्तिको लागि एउटै मात्र मार्ग छैन तर धेरै बाटाहरू छन् र हामीले यी सबै मार्गको आदर गर्नुपर्छ। यो प्रथा निरन्तररूपमा भारतमा संरक्षित हुँदै आएको छ र कसैले पनि उनीहरूलाई निन्दात्मक नामले बोलाउँदैनन्, बेवस्ता गदैनन् वा उनीहरूको अभ्यास र भगवान् प्राप्तिको तरिकालाई अश्लिल छ भनेर भन्दैनन्।
अघेरी प्रथा र साधुका बारेमा केही आधरभूत जानकारी:
- साधुहरूले धर्मविधिको रूपमा मानव मृत शरीरको अवशेषहरू खान्छन्।
- उनीहरू मानव खप्परबाट पिउनका साथ-साथै खाना खानको लागि भाँडाकोरूपमा पनि प्रयोग गर्छन्।
- उनीहरूले मानव मृत शरीरलाई जलाएको खरानी आफ्नो शरीरमा नियमित रूपमा दल्छन्।
- तिनीहरू भगवान्का अनुयायीहरू हुन्। उनीहरू भगवान्मा विश्वास गर्छन्। उनीहरू शिवलाई भगवान्को रूपमा मान्छन् जो चाहीँ ५ औँ शताब्दीको सुरुवातदेखि चलिआएको छ। उनीहरूले स्त्रीरूपी भगवान् शक्ति, जो काली हुन् उनलाई पुज्छन्।
- उनीहरू साधुकोरूपमा नियुक्ति भएपछि परिवारबाट विच्छेद हुनुपर्छ र कहिले पनि आफू जन्मेको ठाउँमा फर्किदैँनन्। उनीहरू परिवार र जिम्मेवारीहरू आध्यात्मिक ज्योतिका लागि बाधा हुन् भन्ने सोच्दछन्।
- हिन्दूहरूले मृत शरीरलाई आर्यघाटमा लगेर जलाउँछन्। अघोरी साधुहरू सुख र आरामबाट मुक्त हुन जिवनभर केबल आर्यघाटमा नै बसोबास गर्नु पर्ने हुन्छ।
- उनीहरूले पशुबध गर्छन् र पशुबलि आफ्नो स्त्रीरूपी देवी कालीलाई चढाउँछन्। विगतका दिनहरूमा उनीहरूले पशुबलि सँगै मानवबलि पनि दिन्थे। आजका दिनहरूमा यो पशुबलिमा मात्र सीमित भएको छ।
- आध्यात्मिक प्रगतिको लागि न्यूनतम १२ वर्षसम्म गुरूको प्रत्यक्ष मार्गदर्शनमा ध्यानको अभ्यास गर्नुपर्छ।
- अघोरी साधुहरूले आफूलाई आवश्यकता पर्ने आगोको लागि चिताको काठको प्रयोग गर्छन्। उनीहरूले मृत शरीरबाट लुगा लिई आफ्नो लागि प्रयोग गर्छन्।
- साधुपन प्रारम्भ गर्नको लागि, गुरू ग्रहण गर्नु पर्दछ र गुरूको सबै निर्देशनहरूलाई ठीकसँग पछ्याउनुपर्ने हुन्छ। मानव खप्पर (कपाला) खोजेर त्यसलाई खाना खाने भाँडाको रूपमा प्रयोग गर्नुपर्ने हुन्छ। ध्यानको समयमा अनिवार्यरूपमा लाश जलाइएको खरानी शरीरमा घस्नुपर्ने हुन्छ। उनीहरूको धार्मिक अनुष्ठान अनुसार मृत शरीरको सडेको मासु खानुपर्ने र लाशमाथि बसेर ध्यान गर्नुपर्ने हुन्छ। यसो गर्नु भनेको डर र माया मोह, स्वाद, स्पर्श, हेराई, गन्धबाट मुक्त भएर, ईश्वर प्राप्तिको लागि गरिने प्रतीकको रूपमा लिइन्छ।
- त्यहाँ धेरै अघोरी साधुहरू छन् जसले सांसारिक भ्रमबाट मुक्त हुन आफ्नो जीवनलाई सम्पूर्णरूपमा नग्नतामा नै बिताउने गर्छन्। यसले मानवले अनुभव गर्ने घृणा, प्रेम, ईर्ष्या र गर्वको भावनाबाट जोगाउँछ।
- दैनिक उनीहरू सडेको र फोहोर मैला फाल्ने ठाउँमा फालिएको बचेकुछेको खाना खाने गर्छन्। त्यस्तै गरी पशुको मल-मूत्रलाई पनि आहारको रूपमा सेवन गर्छन्।
- उनीहरूले विश्वास गर्छन् कि भगवान् सबै ठाउँमा व्याप्त छन् चाहे त्यो गाईको गोबरमा होस् या खाद्यपदार्थमा। त्यसैले केही पनि अनुचित, अपवित्र र अशुभ हुँदैन। सबै कुरा पवित्र हुन्छ किनभने सबै कुरा ईश्वरीय शक्तिसँग आबद्ध रहेको हुन्छ। उनीहरू पवित्र र अपवित्र, राम्रो र खराब, साधारण मानिसमा हुने मनपर्ने र मन नपर्ने कुराहरूबाट माथि उठेर ज्ञान प्राप्ति गर्न चाहन्छन्।
- उनीहरू समाज, खाना, परिवारको मतलब नगरी स्वतन्त्ररूपमा हिँड्छन् र रातको समयमा जहाँ मसानघाट भेटिन्छ त्यही सुत्छन्। उनीहरूको सुत्ने स्थान वा आराम गर्ने ठाउँ त्यही हुनुपर्छ जहाँ लाश जलाईन्छ। उनीहरूले खाना र पानी मानव खप्पर वा कपालामै राखेर खानुपर्छ।
- उनीहरूले भाङ्ग, धतुरो र मदिरा सेवन गर्छन् जसले उनीहरूलाई अरू हिन्दू धर्मावलम्बीभन्दा फरक देखाउँछ। मत्तपनलाई आत्मसात गर्नु भनेको सांसारिक भोगाइबाट टाढा रहने अर्कौ उपाय हो।
यी कुराहरू हिन्दू धर्मलाई आलम्वन गर्ने अघोरीका केही आधारभूत बहालीहरू, नियमहरू र विश्वासहरू हुन्। म विश्वस्त छु कि यस विश्वासमा अझ धेरै गहिराही, अर्थ र प्रतीकहरू छन् जुन यदि तपाईहरू थाहा पाउन चाहनुहुन्छ भने अनलाइनमा खोज्न सक्नुहुन्छ। हामीले कुनै पनि धर्म वा विश्वास वा आध्यात्मिक मार्गको बाहिरी अभ्यासहरू, प्रतीकहरू जुन हाम्रो भन्दा धेरै भिन्न छन् त्यसलाई हेरेर निष्कर्ष निकाल्न मिल्छ भन्ने मलाई लाग्दैन। भारत हजारौं वर्षदेखि धेरै धर्महरू भएको महान् र प्राचीन राष्ट्र हो। हामीले आफ्नो संस्कृतिबाट सिकेका कुराहरूलाई मध्य नजरमा राख्दै उनीहरूको ईश्वरीय प्राप्तिको तरिकालाई तुलना गर्न मिल्दैन। सांस्कृतिक रूपमा स्वीकार्य र अस्वीकार्य हुन्छ भन्ने कुरा अत्यधिक फरक हुन्। कुनै पनि संस्कृति अर्को भन्दा राम्रो हुन्छ भन्ने हुँदैन। संस्कृति चाहे लौकिक वा आध्यात्मिक होस् अद्वितीय हुन्छ र त्यो कुरा हामीहरूले उनीहरूकै दृष्टिकोणबाट हेर्नुपर्ने हुन्छ न कि हाम्रो दृष्टिकोणबाट। सामाजिक मूल्य मान्यता, ग्रहण र धर्मले विशेष क्षेत्रका मानिसहरूको विकास गर्न मद्दत पु-याउँछ। अन्तिममा, कसले यो मार्ग सही वा गलत हो भन्न सक्छ र? तर एउटा कुरा स्पष्ट छ, सबै अगुवाहरू लौकिक वा आध्यात्मिक, दुवैले सधैंको लागि धार्मिक स्वतन्त्रता दिनुपर्छ र कहिले पनि धर्मको आधारमा विभाजन सृजना गर्नु हुँदैन । यो परिवार, छिमेक, समाज, शहर, प्रान्त, प्रदेश, देशहरू र विश्वमै शान्ति ल्याउनको लागि अत्यावश्यक छ। हामीले धर्मलाई यस्तो तरिकाले प्रस्तुत गर्नुपर्छ कि जसले पारस्परिक आदर र सुमधुर सम्बन्ध सृजना गर्छ।
छेम रिन्पोछे
वा भिडियो सर्भरमा हेर्नुहोस।
https://video.tsemtulku.com/videos/aghori.mp4
अघोरीले आफ्नो अभ्यास, भक्ति र पुजालाई भगवान् जो शिवको रूपमा चिनिन्छन् उनी प्रति समर्पित गर्छन्। शिव विश्वव्यापी ईश्वरीय शक्ति हुन्। त्यसैले उनीहरू भगवान् वा शिव सर्वव्यापी छन् भन्ने विश्वास राख्दछन्। उनीहरूको उद्देश्य भनेको भगवान् शिवसँग जोडिएर प्रबुद्ध हुनु हो। उनीहरूले यस्तै आराधना स्त्रीरूपी भगवान् शक्तिसँग पनि गर्छन्।
म कसैलाई पनि विशेषगरी हिन्दू धर्मावलम्वीहरूलाई चोट नपुर्याई यो पोस्ट प्रस्तुत गर्न चाहन्छु।
यदि यहाँ केही गल्तीहरू भए म मेरा हिन्दू दाजुभाई तथा दिदी बहिनीहरू समक्ष क्षमायाचना गर्दछु। हिन्दू धर्मका प्रक्रिया, विस्तृत संस्कार र पुजा विधि र गहन विश्वासलाई मैले न त पूर्ण रूपमा बुझेको छु न त बुझ्न नै सक्छु। म अर्को संस्कृतिको भएको हुनाले यो कुरामा अनभिज्ञ अवलोकनकर्ता मात्र हुँ, त्यसैले म यस हिन्दू धर्मको अघोरी प्रथाको बाहिरी अशं मात्र बाँड्न सक्छु। म हिन्दू धर्मको हरेक पक्ष, गुरूहरू र अनुयायीहरूप्रति गहिरो सम्मान व्यक्त गर्छु।
साधु- पुजारी र वा साधकहरू वा योगी वा संयासी
तेस्रो पक्षद्वारा गरिएका प्रतिक्रिया वा पोस्टहरूका सम्बन्धमा अस्वीकरण
विनम्रताका साथ ध्यान दिनुहोस् कि तेस्रो पक्षहरूद्वारा टिप्पणी वा पोष्टको प्रतिनिधित्व ब्लगका मालिक वा उद्घोषकले गर्ने छैनन्। विशेष गरी मालिक वा होस्टको प्रतिक्रिया सेभ गर्नुहोला। तल दिइएका टिप्पणी खण्डमा अरू सबै टिप्पणीहरू वा पोष्टहरू वा अरू कुनै धारणाहरू, छलफलहरू वा विचारहरूले हाम्रो दृष्टिकोणको प्रतिनिधित्व गर्दैन र अरूले पनि नठानिदनुहिला। टिका टिप्पणीहरू जुन हामीलाई अप्रिय लाग्नसक्छ त्यो हटाउने अधिकार हामीसंग छ तर त्यस्तो टिप्पणीहरूको मात्राले गर्दा हटाउन नसकिने वा पत्ता लगाउन नसकिने कुनै पनि त्यस्ता टिप्पणीहरू छन् भन्दैमा यो होइन कि हामी त्यसलाई माफ गर्छौँ।
तल राखिएको कुनै पनि टिप्पणीहरू पोष्टहरू, धारणाहरू,छलफलहरू वा विचारहरूको सहभागीहरूले जिम्मेवार रूपमा व्यवहार गर्नुहुनेछ र कुनै पनि त्यस्तो विवरणहरू दिनुहुनेछैन जुन अपमानजनक प्रकृतिको छ वा कुनै टोली व्यक्ति विशेष वा उनीहरूको अास्था भड्काउने र अवहेलना गर्ने वा खिसी गर्ने वा कानून उल्लंघन गर्ने प्रकृतिको हुनेछैन भन्ने हामी अाशा गर्छौँ।
कृपया आफ्ना विवरणहरू प्रविष्ट गर्नुहोस्