एक असल साथी
प्यारा साथीहरू,
मेरो गुरूको देहान्तले मलाई गहिरो रूपमा असर पुर्यायो, पछिल्लो ३० वर्षको लागि मैले भगवान बुद्धको शिक्षाको क्रममा शान्ति, निर्देशन, बौद्धिकता र समाधान पाएको छु। यो मेरो वास्तविक शरण स्थान भएकोछ र सधैँ भइरहनेछ। म भगवान् बुद्धको शिक्षाहरूमा पूर्णतया विश्वास गर्दछु जसले मेरो मष्तिस्कमा भएको अराजकता हटाउँछ। तर कहिलेकाहीँ मेरो कर्मले मेरो परिस्थितको साथ दिँदैन। हामी सबैलाई थाहा छ कि परिस्थिति कहिलेकाहीँ भारी पर्न सक्छ। मेरो गुरूसँगको अमूल्य समयमा, उहाँले मलाई दोर्जे शुग्देनको अभ्यास प्रदान गर्नुभयो र दयापूर्वक भन्नुभयो कि यसले मलाई भष्वियमा धेरै समस्या र कठिनाईहरूको सामना गर्न मद्दत पुर्याउनेछ। उहाँले आफ्नो जीवनभर अभ्यास गर्नुभएका उत्तम शिक्षाहरू मलाई दिनुभयो तर त्यसको सट्टामा मबाट केही अपेक्षा गर्नुभएन। मलाई थाहा छ, मेरो गुरूले मलाई प्रेम गर्नुहुन्छ र म पनि उहाँलाई उत्तिकै प्रेम र विश्वास गर्छु। उहाँले मलाई मद्दत पुर्याउने ज्ञान बुझेर दिनुभयो। ८१ वर्षसम्म धर्ममा फलदायक जीवन बिताउँदा, उहाँसँग मलाई आवश्यक ज्ञान दिने बौद्धिकता पक्कै थियो। म उहाँलाई विश्वास गर्छु र गरिरहनेछु। त्यसपछि को ३० वर्षसम्म मैले मेरो मन बुद्ध धर्मको अभ्यासमा लगाएँ र समय समयमा असफल पनि भएँ र मैले दोर्जे शुग्देनको आरधना गरें। धर्मले मलाई असफल तुल्याएको होइन बरू म साधारण मान्छे हुनाले मेरो विगतको कर्मले गर्दा मलाई विलम्बित बनाएको हो। कहिलेकाहीँ एक्लोपन, उदासिनता, कठिनाई, वित्तीय कठिनाईहरू र झन्डै आशा मार्नाले म धेरै पल्ट दोर्जे शुग्देनतिर फर्किएँ। मेरो गुरूले मलाई वाचा गरे जस्तै, बिना कुनै रोकावट र समय समयको निश्चित संकेतहरूद्वारा दोर्जे शुग्देनले मलाई सहयोग गर्नुभयो। म कृतज्ञताकासाथ विचार गर्दछु। दोर्जे शुग्देनले धर्मको अभ्यास, मेरो विचारमा परिवर्तन, लोजोङ्ग शिक्षा लागू गर्न र अरूको लागि अत्यधिक मात्रामा लाभदायक हुन बाहेक अरू मबाट कहिले केही चाहनुभएन। म अरूको लागि अत्यधिक लाभदायक छैन, तर मैले मेरो बुद्धिले उचित काम नगरेको बेला बुद्धको शिक्षाहरूलाई मेरो जीवनमा अनुशरण गरेर विजय हासिल गरेको छु। दोर्जे शुग्देनले सधैँ बुद्धको शरण पर्न, आफ्नो कर्मप्रति सावधानी अपनाउन र बुद्धले दिनुभएका शिक्षाहरू अनुशरण गर्न सल्लाह दिनुहुन्छ। दोर्जे शुग्देन बुद्धप्रति धेरै निष्ठावान हुनुहुन्छ। उहाँले एकैनाशले ज्ञानी व्यक्ति र उहाँको पुजाको मूलपाठद्वारा सल्लाह दिइरहनुहुन्छ। केचराको अहिलेको सफलता, दोर्जे शुग्देनको शक्ति र सहयोगको पक्का साक्षी-प्रमाण हो। तपाईं यो आफ्नो लागि पनि प्राप्त गर्न सक्नुहुन्छ।
अहिले दोर्जे शुग्देनलाई विश्वास गरेको ३० वर्ष बितिसक्दा, उहाँबाट धेरै लाभहरू प्राप्त गरेँ, अब मैले उहाँको अभ्यासलाई आफ्नो साथी, विद्यार्थी र संसारभरि छरिएर रहेका मानिसहरूमा बाँड्ने निधो गरेँ। मसँग मलाई सहयोग गर्ने धेरै राम्रा साथीहरू छन्। हामी सधैँ गुरूले उहाँको विद्यार्थीहरूलाई कसरी सहयोग गर्नुभयो भनेर कुरा गर्ने गछौँ, तर म भन्न चाहन्छु कि विगत केही दशकमा मेरा साथीहरू÷विद्याथीहरूले मलाई धेरै सहयोग गरे। म उनीहरूप्रति आभारी छु। उनीहरू बिना मेरा कामहरू सम्भव थिएनन्। म मेरा साथीहरू÷विद्याथीहरूप्रति सधैँ आभारी रहनेछु। त्यसैले म सधैँ उनीहरूले दिएको कृपालाई यो जीवनमा कसरी चुक्ता गरौँ र भष्वियमा कसरी उनीहरूको मद्दत गरौँ भनेर सोच्ने गर्दुछ। त्यसको उत्तर धर्म र दोर्जे शुग्देन हुन्। धर्म लामो समयको लागि र दोर्जे शुग्देन लक्ष्य प्राप्तिको लागि हुन्। त्यसैले म दोर्जे शुग्देनको बारे उनीहरू र अरू धेरैलाई बताउँछु। मेरो प्रेरणा सुनिश्चित छ कि यो अभ्यासले मलाई लाभान्वित तुल्याएकोछ र म यो व्यवहारिक रूपमा हेर्छु र म चाहुन्छ कि अरू पनि यसबाट लाभान्वित होउन्। म उनीहरूले दिएको मद्दत, माया र दयाको गुण तिर्न चाहन्छु। म कुनै क्षमता बिनाको साधारण मानिस भएको हुँदा अहिले निको पार्न वा दुःखमा परेकालाई मद्दत गर्न खासै सक्दिनँ तर मलाई थाहा छ यदि मैले मानिसहरूलाई दोर्जे शुग्देनको बारेमा चिनाएँ भने उहाँले मद्दत गर्न सक्नुहुन्छ। उहाँले मलाई मद्दत गरे जस्तै अरू जनहरूलाई पनि मद्दत गर्नुहुनेछ। धर्मलाई उनीहरूको आचरणमा उतारेर र दोर्जे शुग्देनको सहयोगका साथ, मलाई थाहा छ मैले मेरो साथीहरू र संसारभरिका सबैलाई केही राम्रो कुरा दिएको छु। मलाई थाहा छ मैले उनीहरूलाई भरपर्दो साथमा सम्पिदिएको छु। त्यो नै मेरो एक मात्र प्रेरणा हो र सधैँ रहिआएको थियो।
आज केचरामा हाम्रा प्रशंसनीय व्यक्तित्वहरूले दोर्जे शुग्देनको लागि मासिक पुजा (क्याङ्गसोल) (तस्वीरमा हेर्नुहोस्) आयोजना गरे। म उनीहरूको लागि प्रशन्न भएँ किनकी उनीहर धेरै राम्रा मानिसहरू हुन् र तपाईं र हामीहरूलाई जस्तै उहाँहरूलाई पनि समस्या छ। जब उनीहरू मैले भने जस्तै दोर्जे शुग्देनमा विश्वास राख्छन्, मलाई लाग्छ मैले धेरै राम्रा मान्छेहरूलाई एक सक्षम विश्व शान्ति संरक्षक दोर्जे शुग्देनको हातमा सुम्पिएकोछु। दोर्जे शुग्देनले आशिष दिने, संरक्षण गर्ने, भविष्यको बारेमा भन्न सक्ने, स्रोतहरू खोज्न मद्दत गर्ने, आशा र सल्लाह दिने, उपलब्धी बाँड्ने र उनीहरू र सबै मानिसहरूका लागि मित्रवत व्यवहार गर्नुहुन्छ। उहाँ सक्रिय, जीवित, वास्तविक, दयालु हुनुहुन्छ र मेरो गुरूले सिकाए जस्तै र मैले मेरो जीवनमा अनुभव गरे सरह उनीहरूलाई पनि संरक्षण गर्ने पिताको रूपमा हेरविचार गर्नुहुनेछ। मेरा निकट मित्रहरू र अरू सबै विश्वभरिका जो मसँग मद्दत माग्न वा संरक्षण र मार्गदर्शनका लागि आउनुहुन्छ उहाँहरूलाई दोर्जे शुग्देनको बारेमा बताउन पाउँदा आफूलाई सौभाग्यमानी ठान्दछु। जब धैरै मानिसहरूले म जस्तो साधारण व्यक्ति वा सांसारिक आनन्दमा आशा र विश्वास राख्छन् मलाई लाग्छ उनीहरू खाली हात फर्किन्छन्। तर यदि उनीहरू मेरोमा आएर, जाँदा दोर्जे शुग्देनलाई साथ लिएर गए भने मलाई लाग्छ मैले उनीहरूलाई एक शक्तिशाली र ज्ञानी संरक्षकको साथमा सुम्पिएकोछु। म महशुस गर्छु मैले केही राम्रो गरे। म आफूलाई उनीहरूको मित्रता, जिम्मेवारी र मायाको योग्य ठान्छु। जीवनमा हामीले केही पाउँछौँ अनि केही दिन्छौँ, हामीले जे दिन्छौँ त्यो एकदमै महत्वपूर्ण हुन्छ। म विनम्रका साथ दोर्जे शुग्देनका अभ्यासहरू सबैलाई दिन चाहन्छु र आशा गर्छु उहाँहरू सबैले यो शक्तिशाली सहायक र मित्रलाई आत्मसाथ गर्नेछन्। ज–जसले उहाँलाई आत्मसाथ गर्नुभयो, मलाई लाग्छ मैले तपाईंहरूको उद्धारता चुक्ता गरेकोछु, न कि तपाईंहरूले त्यसको बदलामा केही अपेक्षा गर्नुहुन्थ्यो। सामाजिक सञ्जालमा मलाई पछ्याउने विश्वभरका सबैलाई मैले केही उपयोगी कुरा प्रस्तुत गरेकोछु र म त्यस बारे खुशी छु। मेरा सामाजिक सञ्जालका (फेसबक÷ ट्वीटर÷ ब्लग÷ आदि) साथीहरू जसलाई म कुनै दिन भेट्ने छु वा कहिले भेट्ने छैन, यदि मैले तपाईंहरू माझ दोर्जे शुग्देनलाई परिचित गराएँ भने हामीले अनलाईनमा बिताएको समयको जीवन हुनेछ। म त्यो जीवन तपाईंहरूलाई दिन चाहन्छु। मलाई थाहा छ तपाईंहरू धैरै कठिनाइहरूबाट गुज्रिनुभएकोछ र तपाईंहरू कोही–कोही सँग धार्मिक मार्गदर्शन वा मित्रहरू वा केन्द्रहरू नजिक छैन। म तपाईंहरूको लागि नरमाइलो महशुस गर्छु तर दोर्जे शुग्देनले तपाईंहरूको मद्दत गर्न सक्नुहुन्छ। तपाईं मात्र धर्मको अनुशरण गर्नुहोस् र उहाँको आशिषको लागि याचना गर्नुहोस् अनि हेर्नुहोस् समयसँगै उहाँले कसरी मद्दत गर्नुहुनेछ। अवश्य उहाँले मद्दत गर्नुहुनेछ। दोर्जे शुग्देन वास्तविक धर्मको अभ्यासका विकल्प होइनन् तर उहाँले हाम्रा धार्मिक इच्छाहरू पूर्ति गर्न सहयोग पुर्याउनुहुन्छ जुन हामी सबैले आफ्नो कर्मको कारणले धेरै कठिनाइहरू भोगेका हुन्छौँ। त्यो धर्म संरक्षकको कर्तव्य हो। म मेरा आत्मिय साथी, विद्यार्थी, समर्थक र विश्वभरका मित्रहरू जसलाई मैले भेटेको छैन वा क्षणिक समयको लागि भेटेका छु, सबैजनालाई कुशल मंगल रहुन आह्वान गर्छु।
दोर्जे शुग्देनचाहीँ मलाई मेरा अविश्वसनीय विद्वान् गुरूद्वारा प्राप्त भएका हुन् र अब म नम्र साथ सबैलाई व्यक्तिगत रूपमा र सामाजिक सञ्जालमार्फत यो ज्ञान बाँड्न चाहन्छु। म सबैलाई नमन गर्छु र आग्रह गर्छु कि तपाईंहरू यी पवित्र संरक्षकको हात समाउनुहोस् त्यसपछि तपाईंहरू कहिले एक्लो हुनुहुने छैन। तपाईंहरूसँग एक शक्तिशाली सहयोगी, मित्र र वास्तविक संरक्षकको साथ छ, जसले बुद्धको शिक्षालाई अनुशरण गर्नुहुन्छ। जो पूर्णतया प्रबुद्ध हुनुहुन्छ र दयाद्वारा संचालित हुनुहुन्छ। म विनम्रका साथ दोर्जे शुग्देनलाई आह्वान गर्छु कि तपाईंहरू सबैजना आफ्नो जीवनको यात्रामा चिन्ता र दुःख कष्टबाट मुक्त हुनुहोस्। म तपाईंहरूमाझ केही बहुमूल्य कुरा अर्पण गर्दैछु। के म तपाईंहरूको मित्रताको सधैँभरि योग्य हुन सक्छु।
छेम रिन्पोछे
सयौँ भिक्षहरू र विश्वासीहरूद्वारा ट्रान्समा रहेका दोर्जे शुग्देनलाई स्वागत गर्दैं।
धेरै लामाहरू ओरेकलको सल्लाह लिन्छन्। यहाँ पवित्र दलाई लामा आफ्नो ओरेकल परामर्श गर्दै।
यहाँ थप: https://www.tsemrinpoche.com/l/np/category/dorje-shugden
निःशुल्क डाउनलोड गर्नुस।
दोर्जे शुग्देनका चित्रकथा।
यो चित्रकथा नेपाली भाषामा छ जहा भगवान दोर्जे शुग्देन हाम्रो समयको सर्वोच्च विश्व शान्ति रक्षकको रूपमा कसरी प्रस्तुत भए बारे उहाँका आकर्षक कथा व्याख्या गरिएको छ। जब तपाईं हामीले उनको कथा राम्ररी बुझ्छै, तब यस शक्तिशाली संरक्षक देवताबाट हामीले अधिक अाशिष् प्राप्त गर्नका साथै उहाँको महानताको कदर गर्न सक्छै।
डाउनलोड गरीएको फाइल खोल्न तलको लिंकमा क्लिक गर्नुहोस्। (पीडीएफ फाईल):
[…] एक असल साथी […]
[…] एक असल साथी […]
[…] एक असल साथी […]