५-फुटको घेन्जे मूर्ति केचारा फोरेस्ट रिट्रिटमा आइपुग्छ
घेन्जे, अन्यथा रत्न शुग्देनको रूपमा चिनिने भनेका धर्म रक्षक दोर्जे शुग्देनका पाँचवटा मुख्य अवतार मध्येको एक हो। दोर्जे शुग्देनको निश्चित अवतार प्रकट हुने क्रम बढ्दो छ। अनुशासित अभ्यासकर्ताहरूले घेन्जेको अनुकूल हुँदा, हामीले उहाँका आशिर्वादलाई बाहिरी र भित्री धन, स्वास्थ्य र आध्यात्मिक पुन्य बढाउन प्रयोग गर्छौं।
यसलाई ध्यानमा राखेर, माननीय पचिसौं अवतारे छेम रिन्पोछे छपलको कल्पना र निर्माण गर्नुभयो जुन विशेष रूपमा घेन्जे र लाभकारी शक्तिहरूमा समर्पित थियो। केचारा फोरेस्ट रिट्रिटको अगाडि अवस्थित, यो सबै पृष्ठभूमिका मानिसहरूको आध्यात्मिक तिर्थ यात्राको ठाउँको रूपमा रह्यो र घेन्जेले मानिसहरूको चाहना प्रकट गर्नुभयो।
धेरै भन्दा धेरै मानिसहरूले घेन्जेको प्राथना गर्नाले हुने लाभहरू देखिरहेको हुँदा, छपलमा नयाँ ५ फुटे मूर्ति स्थापना गर्ने निधो गरियो। नोभम्बर ३, २०१७ मा घेन्जेको अद्भुत नयाँ मूर्ति केचारा फोरेस्ट रिट्रिटमा आयो। सुभ साइतको रूपमा, सोही दिन केचाराको मासिक दोर्जे शुग्देन पुजा भएको थियो! मूर्तिलाई खोल्ने वित्तिकै घेन्जेलाई स्वागत गर्न दुध, इसेन्स र सिल्क खट्टा चढाइएको थियो।
तयारीको पूर्ण दुईदिनपछि, केचारा सरस्वती कला केन्द्रका कचारीयन टोली घेन्जेको फेसगोल्डलाई परम्परा अनुसार पेन्ट गर्न र आफ्नो रातो कोरल र टर्क्वाइज बिड्ससँगको पवित्र छवि विभुषित गरियो। तिनीहरूले घेन्जेको घाँटीमा लगाउनका लागि चाँदीको बिड हार बनाउने प्रस्ताव गरे र घेन्जेको घोडाको तल स्ट्रियु पनि गरे।
नोभेम्बर ८, २०१७ मा, घेन्जे छपलको डरलाग्दो मूर्तिलाई केचारियनले केचारा फोरेस्ट रिट्रिटको मूलद्वारको बायाँपट्टी अवस्थित ठाउँमा लगेका थिए। यो नयाँ मूर्तिलाई पहिले छपलमा भएको सानोसँग प्रतिस्थापित गरिएको हो। घेन्जे छपल केचारा फोरेस्ट रिट्रिटको अति लोकप्रिय गन्तव्यहरू मध्येको एउटा हो र आज धेरै मानिसहरूको प्रार्थनाहरूको जवाफ पाइने ठाउँको रूपमा प्रख्यात छ भनी चिनिन्छ। परिणाम स्वरूप, घेन्जेको अझ ठूलो संस्करण अनुदानको फर्म स्वरूप अघिल्लो मूर्तिलाई प्रतिस्थापन गर्न घेन्जेको प्रायोजन गरिएको थियो।
धेरै कचेरियनहरूले छपलमा धनको भगवानलाई स्वागत गर्न मूर्तिको आगमनको उत्सुकतापूर्वक प्रतिक्षा गरेका थिए। घेन्जे आइपुगेपछि, पाउडरको इन्सेन्स, मन्त्र, सानो बुद्धको मूर्ति र दोर्जे शुग्देनको प्रतिवेश लगायत पवित्र रेलिकहरू घेन्जेको मूर्तिमा घुसाइएको थियो। सबै वस्तुहरूलाई घुसाइएपछि यो मूर्ति अति भारी भएको हुँदा यसलाई अर्कोपट्टी फर्काउन १० जना मानिस लागेको थियो।
घेन्जेलाई प्रतिस्थापन गरिएपछि, सहभागीहरूले बाँकी अल्टारको भागलाई सेट गर्न सुरु गरे र केचाराको पुजा टोलीको नेतृत्वमा घेन्जे/दोर्जे शुग्देनको आवश्यक आराधनाको तयारी गरे। ब्रास बिडका धागा, रातो कोरल, टर्काइज, पियर्लस् र कृत्रिम गोल्ड बुलिन्सहरूलाई आध्यात्मिक र वस्तुगत बाहुल्यता दर्शाउन घेन्जेको घोडाको तल स्ट्रिन गरिएको थियो। नौवटा ८-फुट लामा इसेन्स लौरा र धेरै स-साना इसेन्स लौराहरू यसमा ज्योतिर्मय गरिएको, सुगन्ध र मिठो अरोमाको अर्पण गरी भरिएको थियो। पुजाको अवधिमा घेन्जेलाई १०८ वटा सुन्तला, प्रशस्त बिस्कुट, पेय पदार्थ र २,५०० बत्तीहरू अर्पण गरिएको थियो।
अर्को दिन, घेन्जे/दोर्जे शुग्देनको ट्सोकसँग पुजा गरेपछि राब्ने र सुङद्रुप पुजा गरियो। सुङद्रुप एक पारम्परिक हो जसले बुद्धको तस्विर, मन्त्र र अन्य पवित्र वस्तुहरूलाई शुद्ध र आशिर्वाद युक्त बनाउँछ । यो प्रायजसो शक्तिको राब्ने पुजापछि हुने गर्छ, जसले सिलबन्द गरिएको मूर्ति र पवित्र वस्तुहरूलाई त्री रत्नको आशिर्वादमा भिजाउँछ, जसले गर्दा आफ्नो वरपरको वातावरणलाई निरन्तरको सकारात्मक शुद्ध शक्तिको प्रवाह ल्याउँछ।
घेन्जे दोर्जे शुग्देन शुद्ध पारिएको कूल अनुभूतिको अवतार भएकोले उहाँको शरीरको हरेक पक्षले अन्तिम प्राप्ति भएको विभिन्न पुन्यहरूलाई प्रतिनिधित्व गर्छ। यसका साथसाथै, घेन्जेको भौतिक स्वरूपले भित्री र बाहिरी धनलाई अर्पण गरी चेतनशील बन्नुको लाभ लिन आफ्नो उत्कृष्ट क्षमता र सबलतालाई प्रकट गर्दछ। दोर्जे शुग्देनको मंडलामा, घेन्जे मुख्य देइटी (दुल्जिन दोर्जे शुग्देन) सेलेस्टियल प्रिन्सको स्वरूपमा एक अनुहार र दुई पाखुराहरूमा देखापर्नुहुन्छ।
आफ्नो दायाँ हातले, उहाँले स्काई गोल्डेन लङ-लाइफ भेसमा होल्ड गर्नुहुन्छ जसले डिभाइन नेक्टरलाई ओभरफ्लो गर्छ र इच्छा-पूर्ण गराउने रूखको शाखामा विभुशित हुन्छ। यो भेसले विश्वव्यापी र शारीरिक आवश्यकताहरू अर्पण गर्न आफ्नो क्षमतालाई प्रतिनिधित्व गर्छ, जस्तै धन, स्वास्थ्य, असल सम्बन्ध र संसाधनहरूको सबै तरिकाहरू जसले हामी धर्मको अभ्यास गर्न स्वतन्त्र हुन्छौं। अर्कोतर्फ, उहाँले बहुमूल्य वस्तुहरूले भरिएको कचौरा लिनुभएको छ र उहाँका पाखुरा ट्रेजर स्पिटिङ नकुलमा आराम गरेका छन्। यसले घेन्जे धन अर्पण गर्ने देइटी हुनुहुन्छ जसले आध्यात्मिक र वस्तुगत धन उपलब्ध गराउँछ भन्ने देखाउँछ।
यसका साथसाथै, घेन्जेलाई पिन्सेली पहेँलो रोबले विभुसित गरिएको र पहेँलो पालोमिनो घोडामा सवार गराइएको छ। पहेँलो रङले वृद्धि र बाहुल्यताको क्रियाकलापलाई प्रतिनिधित्व गर्छ, जुन घेन्जेको अभ्यासकर्ताहरूलाई आशिर्वाद दिने विधि र लाभ दिने तरिका हो। उहाँको बायाँ पाखुराको क्रुकमा, उहाँले उहाँले जीतको ब्यानर र बज्र हुक बोक्नुहुन्छ। जीतको ब्यानरले मारास वा डेलुसिन्सको, नकारात्मक भावनाहरू र नकारात्मक कर्मको प्रतिनिधित्व गर्छ जसले हामीले के चाहन्छौं भन्ने कुरालाई अस्वीकार गर्छ। यसकारण, घेन्जेको अर्पणहरूले वास्तवमा डिफाइलमेन्ट र अवरोधहरूलाई हटाउनेतर्फ नेतृत्व प्रदान गर्छन्। घेन्जेले बज्र हुक लगाउनुभएको छ जसले सबै अवरोध, नकारात्मक सोचहरूलाई हटाउने र वास्तविक रूपमा लाइब्रेसनलाई नेतृत्व दिने आध्यात्मिक र वस्तुगत धनलाई हुकिङ गर्ने उहाँको क्षमतालाई प्रतिनिधित्व गर्छ। पहेँलो पालोमिनो घोडाले घेन्जेको अवरोधहरू हटाउने र हाम्रो सहायतामा आउने कार्यलाई संकेत गर्छ।
कुनै बुद्ध वा धर्म रक्षकले हाम्रो कर्म परिवर्तन गर्न सक्दैनन् तर घेन्जे हाम्रो सहायताको लागि आउन सक्नुहुन्छ किनकी उहाँले सञ्चित पुन्यहरूका आधारमा काम गर्नुहुन्छ र उहाँको शरणमा गएपछि हाम्रा नकारात्मक सओचहरू हटेर शुद्ध भएर जान्छन्। अर्थात, घेन्जेको अभ्यासले आफैमा पुन्यहरू आपूर्ति गर्छ जुन हामीले घेन्जेको असिम क्षमताबाट पहुँच गर्न सक्छौं र त्यसले हामीलाई मद्दत गर्छ। यो नभएमा, हामी आशिर्वाद प्राप्त गर्न असक्षम हुन्छौं, त्यसकारण यसको अभ्यास अति महत्त्वपूर्ण हुन्छ।
हामीले घेन्जेप्रति विश्वास गरेर, अर्पण गरेर, उहाँको शरीरलाई दृश्यवान बनाएर र उहाँका मन्त्रलाई उच्चारण गरेर पुन्य हासिल गर्न सक्छौं। यी पुन्यहरूका आधारमा, घेन्जे हामीलाई डोरमन्ट सकारात्मक कर्ममा सक्रिय बनाउन सक्षम हुनुहुन्छ, जबकी सोही समयमा हामीलाई नकारात्मक कर्मबाट हुने हानिलाई हटाइ सुरक्षित राख्नमा नकारात्मक कुरालाई आफूले धारण गर्नुहुन्छ। घेन्जेले नकारात्मक कर्मलाई आफूमा धारण गर्दा, यो हटाइएको छैन तर हामी उक्त कर्मलाई नघटाउँदासम्म वा पूर्ण रूपमा शुद्ध नबनाउँदासम्मका लागि परिपक्व हुन अस्थायी रूपमा रोकिएको हुन्छ । यस अनुसार, हाम्रा नकारात्मक कर्मले हामीलाई अब उपरान्त हानी गर्न सक्दैनन्।
घेन्जे छपल हप्ताको सातै दिन चौबिसै घण्टा आफ्नो सुविधाजनक समयमा भेट्नका लागि र/वा पूजा गर्न सबैजनालाई खुला रहन्छ। आगन्तुकहरूले छपलमा आनन्द लिन सक्छन् जहाँ घेन्जेको प्रार्थना गर्न र भक्ति गर्न बत्ति, इसेन्स र इच्छा पूरा हुने ट्याब्लेटहरू प्रशस्त पाइन्छन्। यहाँ अनेक दायराका निःशुल्क वितरण गरिने पेडानेन्ट, डिभिडी, पुस्तक, ब्रोसर र फ्रेमका छविहरू सहितका शैक्षिक र प्रार्थनाका सामग्रीहरू पनि पाइन्छन्।
घेन्जे मूर्तिको बारेमा जानकारी
उचाई: ५ फिट (१.५२ मिटर)
सामग्री: ब्रोन्ज
स्थान: केचारा फोरेस्ट रिट्रिटको मूलद्वारको दायाँतिर
तपाईंले थप कुराहरू फेला पार्न चाहनुहुन्छ वा हाम्रा गतिविधिहरूमा संलग्न हुन चाहनुहुन्छ भने, कृपया केचारा हाउस फ्रन्ट डेस्कलाई @kechara.com वा +603 7803 3908 मा सम्पर्क गर्नुहोस्।
भिडियो: ५-फुटको घेन्जे मूर्ति केचारा फोरेस्ट रिट्रिटमा आइपुग्छ
थप विस्तृत जानकारीका लागि:
- दोर्जे शुग्देनको उदाहरणीय कथाहरु र सजीब उपन्यास
- तिम्रो मस्तिष्कको भूमि
- एक असल साथी
- शुभ मंगोलियन साइतहरू
- तपाईं धर्म निरपेक्ष वा आध्यात्मिक हुनुहुन्छ?
- दोर्जे शुग्देन : हाम्रा व्यक्तिगत कथाहरू
- कसरी तिब्बती नेतृत्वले प्रायोजकलाई व्यवहार गर्दछन् (जिन्दक)
- ट्रोडेखाङसार –४०० बर्ष पुरानो दोर्जे शुग्देनको पुजाघर, ल्हासामा
- ईश्वरीयता (ईश्वर) लाई पुकार्नु
- मित्रले नेपालीमा भगवान दोर्जे शुग्देनका बारेमा सिकाउनुहुन्छ ।
[…] ५-फुटको घेन्जे मूर्ति केचारा फोरेस्ट … […]
I would like to know about this buddhism