तपाईं धर्म निरपेक्ष वा आध्यात्मिक हुनुहुन्छ?
(छेम रिन्पोछेद्वारा लिखित)
कहिलेकाहीँ म अनलाइन पढ्दछु कि मानिसहरूले घेशे केल्साङ ग्यात्सोको र अन्य उत्कृष्ट प्राणीहरूको आलोचना गर्दछन् र अर्को सासमा नै उनीहरू आध्यात्मिक भएको र दलाई लामाले प्रदान गरिरहनुभएको दिक्षा र अभ्यासहरू, शिक्षा र परिवर्तनहरू र उनीहरू यी शिक्षा प्राप्त गर्न पाएकोमा कति पवित्र, भाग्यमानी छन् भन्नेबारे कुरा गरिरहेका हुन्छन्। ठिक छ, यदि ति पाठहरू यति पवित्र छन् भने, अभ्यास गर्नुहोस् र पवित्र बन्नुहोस्। अर्को तर्फ, उनीहरू घेशे केल्साङ ग्यात्सो वा अर्को लामा कत्तिको नकारात्मक, खराब र हानिकारक छन् भनेर कुरा गरिरहेका छन् र मलाई लाग्छ कि हामीहरू यहाँ धर्म निरपेक्ष र आध्यात्मिक पक्षलाई मिसाउँदै छौं। यदि हामी घेशे केल्साङसँग संलग्न भएर हामीलाई उहाँ र उहाँको संगठनबाट गलत भइरहेको छ भन्ने लागेमा र त्यसको बारेमा गर्नुपर्ने केही कुरा छ भने, त्यसको बारेमा केही गर्नुहोस्। र यदि हामीलाई यसबाट मानसिक रूपमा क्षति भएको छ र त्यो वास्तविक अवस्था हो भने, गएर पेशागत मद्दत प्राप्त गर्नुहोस्। तर निरन्तर रूपमा पछि लागेर र उजुरी गरेर अनलाइनमा जानाले, बोल्ने र मुख बिगार्ने गरेर घेशे केल्साङ र उहाँको समूहले घेशे केल्साङ वा समूहलाई परिवर्तन गर्नेछैन वा कुनै पनि अवस्था परिवर्तन हुने छैन र निश्चित रूपमा तपाईंलाई मद्दत हुने छैन। त्यो धर्म निरपेक्ष कुरा हो। विश्वका सयौं केन्द्र र हजारौं विधार्थीहरूको आध्यात्मिक शिक्षक हुनुभएको हुनाले घेशे केल्साङले विभिन्न नियत र उद्देश्य भएका हरेक प्रकारका “रोचक” क्यारेक्टरहरूलाई आकर्षित गर्नुहुन्छ भन्ने निश्चित कुरा हो । त्यसैले मानिसहरूले उहाँजस्तो विद्वान गुरुको आलोचना गर्दा वा उहाँलाई कसैले छोड्दा मलाई केहि आश्चर्य लाग्दैन। हजारौं विधार्थीहरूको अनुपातमा निश्चय नै त्यहाँ गल्ती र आलोचना पाउन सक्ने मानिसहरूको अनुपात उच्च भएको हुन्छ । सबै लोकप्रिय मानिसहरूले यो अनुभव गर्दछन्। गादेनमा मैले केही भिक्षुहरूले आफ्ना गुरूलाई सबै चकित पर्ने गरी आलोचना गरेको देखेको छु। अधिकांशले तान्त्रिक संकेतहरू र शरणको वाणीहरू बुझ्दैनन् र बुझ्ने आँट गर्दैनन्। किनभने गादेन भनेको हजारौं भिक्षुहरू भएको ठूलो स्थान हो, जहाँ तपाईं बेखुशी मानिस, बाहिरिने र लामा वा गादेनलाई दोष लगाउने मानिसहरूलाई भेट्नुहुन्छ भन्ने निश्चित छ । धेरै मानिसहरू आफूभित्र हेर्न सक्दैनन् र त्यसैले दोष लगाउन खोज्छन्। हो, कहिलेकाहीँ दोषहरू सहि पनि हुन सक्छन्, तर हेर्नुहोस्, मुख्य कुरा भनेको, यसबारे लगातार रुपमा लेखिराखेर, र तपाईंलाई बुझाउन क्षमता नपुग्ने मान्छेहरुसँग कुरा गरिरहेर तपाईं कहिँ पुगिरहनुहुन्न । बदला लिने रणनीतिले घृणा बढाउँछ र तपाईंमा बढी भन्दा बढी नकारात्मक उर्जाहरू पैदा गर्दै जान्छ। सबै कार्यहरूको एउटा वा अर्को तरिकामा परिणामहरू हुन्छन्।
एक आध्यात्मिक स्तरमा कुरा गर्दा, यदि घेशे केल्साङ तपाईंको गुरू हुनुहुन्थ्यो र तपाईंले गल्ती र नकारात्मक कुराहरू देखेर उहाँलाई आलोचना गर्नुहुन्छ र तपाईंले सधै उहाँको बारेमा नकारात्मक कुराहरू भन्नुहुन्छ र अचानक तपाईंले पवित्र १४औं दलाई लामा वा अन्य कोहीलाई आफ्नो नयाँ गुरूको रूपमा पाउनुहुन्छ भने तपाईंले नयाँ गुरूलाई जति नै सम्मान गरेपनि तपाईंमा पहिलाको गुरूको बारेमा भएका नकारात्मक विचारहरूले गर्दा तपाईंलाई नयाँ गुरूबाट प्राप्त गर्नुभएको शिक्षालाई मूर्त रुप दिनबाट रोकिइन्छ। किन ? किनभने गुरुभक्तिका बारेमा अश्वघोषले दिनुभएको गुरू भक्तिको पचासौं संस्कारमा स्पष्ट ढंगले भनिएको छ कि यदि हामीमा नकारात्मक विचार, गलत विचारहरू छन् र गुरू प्रति गलत विचारहरू देखाउँछौं र आदर गर्दैनौं र हामी अर्को गुरुकोमा जान्छौं भने, हामीले जति अभ्यास गरेपनि, जति पढे पनि र जति ध्यान गरेपनि हामीले कुनै उपलब्धि हाँसिल गर्नेछैनौं। अघिल्लो गुरू गलत वा ठीक हुनुहुन्थ्यो भन्ने कुरा मुद्दा होइन। मुद्दा भनेको अवस्थालाई भुलेर परिवर्तन गर्ने हो। नकारात्मक वचन नबोल्नुहोस्।
शक्तिशाली प्राप्तीहरू तपाईंको गुरूको अनुशरण (तपाईंको गुरुलाई मन पर्ने कार्य) गरेर पाइन्छ ।“ यो वज्रधारा (बुद्ध) आफैले भन्नुभएको छ। यो जानेर सबै कार्यहरू (तपाईंको शरीर वचन र दिमाग) पूर्ण रूपले गरेर तपाईंको गुरूलाई खुशी पार्न प्रयास गर्नुहोस्।
~ अश्वघोष, गुरूभक्तिका ५० हरफहरु
कहिलेकाहीँ, वास्तवमै कुनै लामासँग हाम्रो कर्म हुँदैन र हामीले उहाँलाई छोड्नुपर्छ। तर छोड्नुको अर्थ हामीले छोड्नुको कारणलाई स्पष्टीकरण गर्न वा हामीले छोडेकोमा आफूलाई सही बनाउनको लागि उहाँहरूको आलोचना गर्नुपर्छ भन्ने होइन। पश्चिममा गलतलाई व्यक्त गर्ने र गलतको बारेमा खुलेर कुरा गर्ने र गलतको बारेमा कुरा गरेर अन्य मानिसहरूलाई गलत गर्नबाट रोक्न सहयोग गर्ने एउटा एकदमै राम्रो संस्कार छ। त्यो सबै राम्रो छ र उत्कृष्ट पनि, तर त्यो पनि पुनः धर्म निरपेक्ष कुरा हो। त्यसो भए हामी धर्म निरपेक्षतर्फ लम्किरहेका छौं वा आध्यात्मिक पक्षतर्फ? महान पण्डित अश्वघोषको अनुसार यदि हामीले हाम्रा लामाको बारेमा नकारात्मक कुराहरू भन्छौं र लामा र उहाँको संस्थाको बारेमा र हाम्रा लामाले के गर्दै हुनुहुन्छ भन्ने बारेमा निरन्तर रूपमा नकारात्मक कुराहरू मात्रै गर्छौं र त्यसपछि हामी शिक्षा प्राप्त गर्न नयाँ लामाकोमा जान्छौं भने हामीले कुनै उपलब्धि हासिल गर्नेछैनौं भन्नु यसको आध्यात्मिक पक्ष हो ।
तान्त्रिक शिक्षामा, वज्रधाराले पनि त्यही कुरा उल्लेख गर्नुभएको छ। त्यसकारण हामीमा हाम्रा अघिल्ला लामाको बारेमा नकारात्मक दृष्टिकोण भएसम्म र हामीले छोडेका अघिल्ला लामाहरूको बारेमा नकारात्मक बोल्न जारी राख्दासम्म हाम्रो नयाँ लामा जति विद्वान र जति महान भएता पनि, हामीले उक्त नयाँ लामाबाट कुनै उपलब्धिहरू हासिल गर्नेछैनौं। यो वज्रधारा अनुसार हो। यो आध्यात्मिक पक्षको कुरा हो।
धर्म निरपेक्ष पक्षको पाटोलाई हेर्ने हो भने यदि एक लामा र उहाँको संगठनले तपाईंलाई नराम्रो गर्नुभएको छ भने….. कुरा अति सरल छ, यदि यो कुरा साँचो हो र तपाईंलाई यसले निकै दुख: दिइरहेको छ भने तपाईंले सहयोगको माग गर्नुपर्छ । यसको बारेमा बोल्ने र केही मानिसहरूसँग यसको बारेमा एकआपसमा मात्र कुरा गर्नाले कसैको पनि मद्दत हुँदैन । कसलाई रूचि छ? किन यो कुराको यति धेरै भूत चढेको छ? तर यदि तिनीहरूले वास्तवमै हामीलाई केही हानि गरेका छन् भने, कानूनी मद्दत लिनुहोस्, अधिकारीकहरूसँग कुरा गर्नुहोस्, यसलाई सुल्झाउनुहोस् र क्षतिपूर्ति पाउनुहोस्। तर यदि तपाईM इच्छुक हुनुहन्न, असक्षम हुनुहुन्छ वा त्यो गर्न सक्नुहुन्न भने तपाईंले गर्दै गरेको र आँटेको कार्यमा निश्चय नै केही गलत हुन सक्छ। त्यसैले मलाई लाग्छ कि हामीले धर्म निरपेक्ष वा आध्यात्मिक पक्षमा एउटालाई मात्र अगाँल्नु एकदमै महत्त्वपूर्ण हुन्छ। हामी हाम्रो सुविधाको लागि मात्र अगाडी पछाडी नगरौं। हामीले हाम्रो नयाँ लामाको मेची देखि महाकालीसम्मको प्रशंसा गरेर तुरून्तै अर्को सासमा हाम्रो अघिल्लो लामाको खण्डन गर्दा हामीलाई वा कसैलाई सेवादायिक र फलदायिक हुँदैन। यसले हाम्रो शरणका सिद्धान्तहरू तोडीराख्नको लागि मात्र बढावा दिन्छ ।
तपाईंले ह्वाइट हाउस, बकिङहाम दरबार, आदिहरूमा यस्तो संकेतहरू देख्नुहुन्न जुन तिब्बती बस्तीहरूमा मात्र देख्न सक्नुहुन्छ ।
यदि कुनै प्रतिबन्ध छैन भने, किन दलाई लामाका मानिसहरूले दोर्जे शुग्देनका अनुयायीहरूलाई उहाँलाई बिल्कुलै सम्पर्क नगर्न भनेका छन्?
यदि पवित्र लामा धर्म निरपेक्ष नेता हुनुहुन्थ्यो भने, किन उहाँका मानिसहरूले आफ्नै नागरिकलाई उहाँलाई भेट्नबाट फर्काउँदै छन्? धर्म निरपेक्ष नेताको रूपमा, उहाँले उनीहरूको धर्म र आस्थाहरू जे भए पनि उनीहरूका धर्म निरपेक्ष सरोकारहरूलाई छलफल गरी सम्बोधन गर्नको लागि सबैलाई स्वतन्त्र र निष्पक्ष रूपमा भेट गर्नुपर्छ।
~ पादरी जिन आइ
यदि कुनै लामा र उहाँका संस्थालाई हामीले किन मन पराउँदैनौं भन्ने कुरालाई व्याख्या गर्नको लागि हामीले धर्म निरपेक्ष पक्षलाई अंगाल्छौं भने, पूर्ण रूपमा धर्म निरपेक्षको पक्षमा जानुपर्छ। यदि हामी आध्यात्मिक पक्षमा जाने हो भने त्यसपछि आध्यात्मिक बाटोमा सम्पूर्ण रुपमा जानुपर्दछ। हामीले लामाको विरूद्धको कुरा पुष्टि गर्न धर्म निरपेक्षको पक्षलाई प्रयोग गरेर पछि नयाँ लामा, उहाँहरुसँग के गरिरहनुभएको छ, तपाईंको धर्म, अभ्यास र तपाईंले फेला पार्नुभएको नव-अध्यात्मको प्रशंसा गर्न आध्यात्मिक पक्षलाई प्रयोग गर्न पाउँदैनौं । यसो गर्नाले हामीले हाम्रो सुविधाको लागि मात्र धर्म निरपेक्ष र आध्यामिकलाई प्रयोग गरिरहेका हुनेछौं । मेरा लागि यो आफैंमा विरोधाभासपूर्ण छ र कसैको आध्यात्मिक अभ्यासका लागि सार्है हानिकारक हुन्छ। त्यसैले मलाई लाग्छ यो बुझ्न र सिक्न धेरै धेरै महत्वपूर्ण छ।
के आफ्नो पदहरूको दुरुपयोग गरेका लामाहरू यहाँ हुनुहुन्छ?… उहाँहरूले के गर्नुभयो? सायद त्यस्ता लामाहरु छन् होला, र यदि वास्तवमै यो मामिला हो भने, कानून मार्फत क्षतिपूर्ति खोज्नुहोस्र र त्यसबारे कुरा मात्र गर्न बन्द गर्नुहोस् किनभने यसले हामीलाई असल व्यक्ति बन्न दिँदैन। यसले हामीलाई खालि भुत चढेको झैँ, छुद्र स्वभावको र माथि केहि गडबड भएको जस्तो मात्र देखाउँछ । त्यो मेरो विचार हो। म गलत हुन पनि सक्छु । तर मेरो कुरा सरल छ। तपाईं आफ्नो गुरूसँगको सम्बन्धलाई धर्म निरपेक्ष वा आध्यात्मिक, कुन दृष्टिले हेर्दै हुनुहन्छ? यदि धर्म निरपेक्ष हो भने, तपाईं तन्त्रको अभ्यास गर्न पाउनुहुन्न । यदि तपाईं आध्यात्मिक पक्षले हेर्नुहुन्छ भने धर्म निरपेक्षको विधिबाट कुनै लामाको आलोचना गर्न पाउनुहुन्न ।
छेम रिन्पोछे
थप विस्तृत जानकारीका लागि:
- दोर्जे शुग्देनको उदाहरणीय कथाहरु र सजीब उपन्यास
- तिम्रो मस्तिष्कको भूमि
- एक असल साथी
- शुभ मंगोलियन साइतहरू
- तपाईं धर्म निरपेक्ष वा आध्यात्मिक हुनुहुन्छ?
- दोर्जे शुग्देन : हाम्रा व्यक्तिगत कथाहरू
- कसरी तिब्बती नेतृत्वले प्रायोजकलाई व्यवहार गर्दछन् (जिन्दक)
- ट्रोडेखाङसार –४०० बर्ष पुरानो दोर्जे शुग्देनको पुजाघर, ल्हासामा
- ईश्वरीयता (ईश्वर) लाई पुकार्नु
- मित्रले नेपालीमा भगवान दोर्जे शुग्देनका बारेमा सिकाउनुहुन्छ ।
[…] […]