दोर्जे शुग्देन : हाम्रा व्यक्तिगत कथाहरू
माननीय श्री २५ छेम रिन्पोछे वर्षैभरि मलेसियामा हुनुहुन्थ्यो, अनगिन्ति स्थानीय र विश्वभरका बौद्ध धर्मावलम्बीहरूले मार्गदशर्न, सहायता र आग्रहपूर्ण सहयोगको लागि रेन्पोछलाई बिन्ती गरे। कोहीले आफ्नो आध्यात्मिक अभ्यासलाई अगाडि बढाउन सल्लाह मागे, कोहीले आत्मिक अशान्तिले आफ्नो जिवनमा पुर्याएको अव्यवस्थित अवस्था हटाउन त कोहीले सांसारिक समस्याहरू जस्तैः पारिवारिक, स्वास्थ्य, र आर्थिक चिन्ताहरू हटाउन मद्दत मागे । यस्तै धेरै कारणहरूको लागि रिन्पोछेले आफ्ना धर्म संरक्षक दोर्जे शुग्देनसँग भविष्यवाणी र अरू थुप्रै माध्यमबाट समाधान र आपतमा परेकालाई मद्दत गर्न सहायता मागे ।
तलका भिडियोहरू दोर्जे शुग्देनको मार्ग अभ्यास गरेका हजारौँ लाभान्वित वर्गहरूको थोरै त्यस्ता भनाइहरू हुन् । उहाँहरूले करूणामय र दयावान भगवानको शक्तिको शुरूवाती अनुभवहरू बाँड्नु भयो । साथै उहाँहरूले अहिले चलिरहेको प्रबुद्ध धर्म संरक्षकको अभ्यासको विवादबारे पनि आफ्नो तर्क राख्नुभयो ।
हामी आशा गर्दछौँ कि यी भिडियोहरू मार्फत धेरै मानिसहरूले दोर्जे शुग्देनमाथि विश्वास गर्ने छन् । अनि हामी हाम्रा लामा, छेम रिन्पोछेले धेरै अपमान र उत्पीडनका बाबजुत देखाउनुभएको साहस, बल र मार्गदर्शनको लागि धन्यवाद दिन चाहन्छौँ । उत्पीडन त्यसले सामाना गर्यो जसले आफ्ना आफ्ना गरूहरू प्रति वचनबद्ध भएर यस अभ्यासलाई निरन्तरता दिन जारी राखे । हाम्रो लामा धेरै वर्ष बाँचुन् र लामा सोङ्ग खापाको शिक्षा दश दिशातिर निरन्तर फैलाई रहुन् ।
संचालक
१. एन्जेल ओए
धेरै लामो समयसम्म माननीय छेम रिन्पोछेको अनुयायी रहनुभएकी एन्जेल, ब्युटी उद्योगकी एक सफल व्यापारी हुन् जो व्यापारी र औद्योगीक साथीहरूसँग भेट्न विश्वभर घुम्छिन् । यो भिडियोमा एन्जेलले कसरी दोर्जे शुग्देनले आफूलाई अदृश्य जीवहरूबाट सुरक्षा दिनुभयो र धेरै घातक रोगहरूबाट बचाउनुभयो भन्ने बारे बताउनुभएको छ ।
२. ग्रेस लियोङ्ग
ग्रेस एक योग्य चार्टड एकाउन्टेन्टका साथै स्थापित हेयर एण्ड ब्युटी सैलुनकी मालिक पनि हन् जुन क्वालालम्पुर, मलेसियामा अवस्थित छ । जबदेखि उनी माननीय छेम रिन्पोछेको अनुयायी भइन्, उनको दोर्जे शुग्देन प्रतिको आस्था वर्षै पिच्छे निरन्तर बढ्दै आएको छ । यस भिडियोमा उनले खेन्सुर रिन्पोछे र संरक्षक दोर्जे शुग्देनले उनको छोरालाई घातक बिमारीबाट बचाए भन्ने कुरा बताएकी छिन् ।
३. जेनिफर यून्
एउटा सक्षम पेशा भएकी महिला, मायालु श्रीमती र दुई किशोरी छोरीहरूकी प्रतिबद्ध आमा जेनिफर बताउछिन कि कसरी दोर्जे शुग्देनले उहाँलाई सांसारिक चुनौतीहरूबाट पार लगाउनुभयो जसले उहाँलाई धर्म लिनबाट बञ्चित गराएको थियो ।
४. पादरी एनजी कोक हेङ्ग
केचाराका पादरी र २०१४—२०१६ केचारा हाउसका उप सभापति समेत रहेका पादरी एनजी कोक हेङ्ग एक सफल उद्योगी र व्यापारी पनि हुन् जसले सफल सार्वजनिक सूचिकृत कम्पनीहरूको खोज गरे । नम्र सुरुवातसँगै पादरी कोक हेङ्ग बताउनुहुन्छ कि कसरी दोर्जे शुग्देनको अभ्यासले उनको व्यापार उच्च तहसम्म पुर्याउन मद्दत गर्यो साथ-साथै उनलाई धर्मतिर पनि नजिक गरायो ।
५. पादरी एन्टोनेट कास
लग्जम्बर्गमा भएको आफ्नो घर र पेशालाई छोडेर माननीय छेम रिन्पोछेसँग आध्यात्मिक यात्रा सुरु गरेकी, पादरी एन्टोनेट कास भन्छिन् कि कसरी संरक्षकको अभ्यासले उहाँको धर्मप्रतिको विश्वासलाई बलियो बनाएको छ र उनलाई आध्यात्मिक प्रगतिको लागि चाहिने आवश्यक आधारहरूको सिर्जना गरिदिएको छ ।
६. जस्टिन चे
जस्टिन चेको नाम एक गरीब र घरबार विहीनहरूको समर्थनको लागि बोल्ने पर्यायको रूपमा चिनिन्छ । धेरै मेहनती यी केचारा सूप किचेनका प्रोजेक्ट निर्देशकलाई थाहा छ कि सडकमा हुने समस्याको समाधान विरलै सजिलो हुने गर्छ , विशेष गरी जब कोही परोपकारी कार्य गर्दछ ! यो भिडियोमा, जस्टिन भन्नुहुन्छ कि दोर्जे शुग्देनमा विश्वास गरेर उहाँलाई कसरी समस्याहरूबाट मुक्त हुन सहयोग गर्यो र उहाँको साथीहरूलाई समेत कसरी उहाँको अभ्यासले मद्दत पुर्यायो भन्ने कुरा उल्लेख गरेका छन् ।
७. फेड्रिक ल
बहुराष्ट्रिय औषधि कम्पनीमा कार्यरत बिक्री व्यवस्थापक, फेड्रिकले थाहा पाए कि जो व्यक्तिको जिन्दगी भागदौडमै बित्छ उसको जीवन सुखमय हुँदैन, त्यसमा पनि आर्थिक समस्याले घेरिएको मानिसको लागि त झनै कठिन छ । यस भिडियोमा फेड्रिकले बताएका छन् कि कसरी आफ्नो जीवनमा विस्तारै तर निरन्तर आर्थिक उपलब्धिहरू प्राप्त हुन थाल्यो जब उनले दोर्जे शुग्देनको अभ्यास गर्न सुरु गरे । आजको दिनमा फेड्रिक प्रतिबद्ध भएर धर्ममा आस्था राखेका छन् र उनलाई लाग्दछ कि उनको जीवनमा धर्म भन्दा राम्रो अरू केही हुनसक्दैन भनेर ।
८.डटुक मे फेङ्ग
२०१० देखि केचारा हाउसका अध्यक्ष रहदैँ आएका डटुक मे फेङ्गको दोर्जे शुग्देनसँग सधैँ घनिष्ठ सम्बन्ध रहेको थियो, जो माननीय छेम रिन्पोछेसँग भेट हुनु दशकपूर्व नै थियो । एक उद्यमी र अत्यधिक सफल मास्टरको रूपमा रहनुभएकी डटुक मेले भन्नुभयो कि दोर्जे शुग्देनले उनी र उनको परिवारलाई विभिन्न चमत्कार र आर्शिवाद प्रदान गर्नुभयो, जसले गर्दा उनमा संकोच र संदेह रहेन कि यस भगवान बुद्धदेखि केही कम छैनन ।
९.फेङ्ग ली किम
असाधारण क्षेत्रका सेलिब्रिटी होस्ट तथा केचरा मिडिया एण्ड पब्लिकेशनका सीईओ फेङ्ग ली किमले बताउनुभयो कि उहाँले माननीय छेम रिन्पोछेको प्राथना र दोर्जे शुग्देनको सहयोग नमिलेको भए कसरी आफ्नो छोरालाई अज्ञात रोगका कारण गुमाउनु पर्थ्यो । ली किमले सबै दोर्जे शुग्देनका अभ्यासीहरूलाई एक सरह व्यवहार गर्नको लागि जोडदार निवेदन पनि व्यक्त गर्नुभयो ।
१०.चाउ सु मिङ्ग
अन्तर्राष्ट्रिय प्रसाधन सामग्री कम्पनीको लागि भूतपूर्व बजार निर्देशक, सु मिङ्ग, लामो समयदेखि माननीय छेम रिन्पोछेका विद्यार्थी तथा व्यक्तिगत सहयोगी समेत रहेका थिए् । यस भिडियोमा उहाँ भन्नुहुन्छ कि कसरी उहाँको भर्खर जन्मेको भदालाई दोर्जे शुग्देनले मृत्युको मुखबाट बचाउनुभयो र उहाँले दोर्जे शुग्देनको अनुयायीहरूले भारतमा रहेको तिब्बितियन शरणार्थी समाजमा भोग्नु परेको कठिनाईहरूको बारेमा पनि आफ्नो पहिलो अनुभव सुनाउनुभयो ।
११.लाई चेक यी
छेम लाडराङको एक प्रतिबद्ध स्वयंसेवक अंकल लाई चेक यी भन्नुहुन्छ कि माननीय छेम रिन्पोछेप्रति देखाएको गहिरो विश्वास र दोर्जे शुग्देनले दिनुभएको आर्शिवाद, बौद्ध धर्मले उहाँको छोरालाई एक विज्ञ पादरीका रूपमा बदलियो जसको धर्म शिक्षा आज उच्च मागमा रहेकोछ ।
१२.सेली ताई
एक विशेष स्याहारको आवश्यकता पर्ने बच्चाकी आमा, सेलीले आफूलाई आवश्यक पर्ने सहयोग र साथ दोर्जे शुग्देनको अभ्यासबाट पाइन् । यस भिडियोमा उहाँले बताउनु भएकोछ कि कसरी दोर्जे शुग्देनले उहाँको छोरीलाई जीवन जिउनको लागि आवश्यक पर्ने परिस्थितिको सिर्जना गरी भविष्यको लागि सकारात्मक आशाको किरण देखाउनुभयो ।
१३. म्याडम चो
म्याडम चो सन् ९० को दशकदेखि नै माननीय छेम रिन्पोछेको अनुयायी हुनुहुन्छ र अनेकौ कठिनाई आए पनि गुरू र संरक्षकप्रति उहाँको आस्था अझै अटल रहँदै आएको छ । यो भिडियोमा उहाँले बताउनुभएको छ कि उहाँले आफ्नो नातिलाई गुमाउनु पर्ने अवस्था सिर्जना हुन्थ्यो यदि दोर्जे शुग्देनले ईश्वरीय मध्यस्थता नदेखाउनुभएको भए ।
१४. डटो कोलिन ट्यान र डटिन शेरोन टोंग
डटो कोलिन ट्यान, प्रसिद्ध हेटेन गु्रपका समूह प्रबन्धक निर्देशक, माननीय छेम रिन्पोछेसगँ सानै बेला देखि आत्मिय सम्बन्ध रहदै आएकोछ । अहिलेको सफल बिजनेशम्यान, मायालु श्रीमान् र दई सन्तानका पिता,डटो कोलिन सधैँ भन्ने गर्छन् कि रेन्पोछको आर्शिवाद र दोर्जे शुग्देनद्वारा संरक्षण नहुँदो हो त उहाँको जीवन र व्यवसाय पक्कै नि चुनौतिपूर्ण हुन्थ्यो । यस भिडियोमा उहाँ र उहाँकी पत्नी, डटिन शेरोन टोंग, दोर्जे शुग्देनको अभ्यास र प्रबुद्ध प्राप्त धर्म संरक्षकप्रतिको विवादको बारेमा आफ्नो अनुभव र विचार व्यक्त गर्नुभएको छ ।
१५. भ्यालेन्टिना सुहेंद्र
भ्यालेन्टिना सुहेंद्र सफल र सक्षम महिला हुन् । जसले के पि एम जी जस्तो बहु आयामिक परामर्श कम्पनिको निर्देशक जस्तो प्रतिष्ठित पद मात्र होइन कि यायाशन केचारा इन्डोनेशिया, एक गैर लाभकारी संस्था केचारासँग संगठित भएर इन्डोनेशियामा काम गरिरहेको छ, यसको स्थापना पनि गरेकी छन् । जसले स्थानीय सरकारसँग मिलेर घरबार विहीनलाई खाना, अल्पसंख्यक बालबालिकालाई शिक्षा र आवश्यक व्यक्तिहरूलाई सुधारात्मक र चिकित्सा सहयोग जस्ता विभिन्न परोपकारी कार्य गर्दछ । यस भिडियोमा भ्यालेन्टिनाले दोर्जे शुग्देनको अभ्यास र प्रबुद्ध प्राप्त धर्म संरक्षकप्रतिको विवादको बारेमा आफ्नो अनुभव र विचार इन्डोनेशियन भाषामा व्यक्त गर्नुभएको छ ।
निःशुल्क डाउनलोड गर्नुस।
दोर्जे शुग्देनका चित्रकथा।
यो चित्रकथा नेपाली भाषामा छ जहा भगवान दोर्जे शुग्देन हाम्रो समयको सर्वोच्च विश्व शान्ति रक्षकको रूपमा कसरी प्रस्तुत भए बारे उहाँका आकर्षक कथा व्याख्या गरिएको छ। जब तपाईं हामीले उनको कथा राम्ररी बुझ्छै, तब यस शक्तिशाली संरक्षक देवताबाट हामीले अधिक अाशिष् प्राप्त गर्नका साथै उहाँको महानताको कदर गर्न सक्छै।
डाउनलोड गरीएको फाइल खोल्न तलको लिंकमा क्लिक गर्नुहोस्। (पीडीएफ फाईल):
तेस्रो पक्षद्वारा गरिएका प्रतिक्रिया वा पोस्टहरूका सम्बन्धमा अस्वीकरण
विनम्रताका साथ ध्यान दिनुहोस् कि तेस्रो पक्षहरूद्वारा टिप्पणी वा पोष्टको प्रतिनिधित्व ब्लगका मालिक वा उद्घोषकले गर्ने छैनन्। विशेष गरी मालिक वा होस्टको प्रतिक्रिया सेभ गर्नुहोला। तल दिइएका टिप्पणी खण्डमा अरू सबै टिप्पणीहरू वा पोष्टहरू वा अरू कुनै धारणाहरू, छलफलहरू वा विचारहरूले हाम्रो दृष्टिकोणको प्रतिनिधित्व गर्दैन र अरूले पनि नठानिदनुहिला। टिका टिप्पणीहरू जुन हामीलाई अप्रिय लाग्नसक्छ त्यो हटाउने अधिकार हामीसंग छ तर त्यस्तो टिप्पणीहरूको मात्राले गर्दा हटाउन नसकिने वा पत्ता लगाउन नसकिने कुनै पनि त्यस्ता टिप्पणीहरू छन् भन्दैमा यो होइन कि हामी त्यसलाई माफ गर्छौँ।
तल राखिएको कुनै पनि टिप्पणीहरू पोष्टहरू, धारणाहरू,छलफलहरू वा विचारहरूको सहभागीहरूले जिम्मेवार रूपमा व्यवहार गर्नुहुनेछ र कुनै पनि त्यस्तो विवरणहरू दिनुहुनेछैन जुन अपमानजनक प्रकृतिको छ वा कुनै टोली व्यक्ति विशेष वा उनीहरूको अास्था भड्काउने र अवहेलना गर्ने वा खिसी गर्ने वा कानून उल्लंघन गर्ने प्रकृतिको हुनेछैन भन्ने हामी अाशा गर्छौँ।
कृपया आफ्ना विवरणहरू प्रविष्ट गर्नुहोस्