नेपालको काठमाडौँमा दोर्जे शुग्देनको अद्भुत भित्तेचित्र!
विश्वभरका प्यारा साथीहरु,
नेपालको काठमाडौँमा दोर्जे शुग्देनको हाम्रो पहिलो भित्तेचित्र तपाईंहरुसामु प्रस्तुत गर्न पाउँदा म धेरै उत्साहित छु! डिल्लीबजारको चारखाल सडकमा अवस्थित भित्तेचित्र पुतलीसडक र चाबहिलमा रहेका हाम्रा दुई दोर्जे शुग्देन पूजाघरबाट उस्तै दुरीमा रहेको छ | यस भित्तेचित्र धेरै पसल, रेस्टुरेन्ट र कलेजहरु नजिक भएको काठमाडौँको सबैभन्दा ठुलो मलहरुमध्य एक, सिटि सेन्टर मलको पनि धेरै नजिक छ | उक्त सडक सधै व्यस्त रहने सडक हो, जहाँ सयौँ (यदि हजारौँ नभए) मानिसहरु दैनिक रुपमा आवत-जावत गर्दछन् |
हाम्रो टोलीसँग सल्लाह-सुझाव लिएर डिजाइन संकल्पना गरिएको यस भित्तेचित्र दुई अत्याधिक प्रतिभाशाली युवा चित्रकारहरुले बनाएका हुन् | यस सम्पूर्ण प्रक्रियाभर उनीहरुले हामीलाई तस्विर र भिडियोको साथ यसबारे अवगत गराइराखे र उनीहरु आफैँले पनि यसबारे पढे र अनुसन्धान गरे | सुन्दर स्थानीय नेपाली संस्कृतिसँग परिचित लाग्ने यद्यपी आधुनिक र फरक देखिने भित्तेचित्र बनाउनको लागि उनीहरुले दोर्जे शुग्देनको बारेमा बुझ्न धेरै समय र ध्यान दिएकोमा म उनीहरुलाई धेरै धेरै धन्यवाद दिन्छु |
चित्रकारहरुले भने कि, जब उनीहरु उक्त चित्र बनाइरहेका थिए, मानिसहरुले उनीहरुलाई के गरिरहेको भनेर सोध्न आइराख्थे | र उनीहरुले दोर्जे शुग्देन को हुन् भनेर बुझाउने मौका पाए | त्यसबाहेक, एक बालक हरेक दिन उनीहरुलाई चित्र बनाउन मद्दत गर्न आइराखे, जुन सुन्दा आनन्द आउँछ | मलेसियाबाट हाम्रा केहि साथीहरु पनि उक्त भित्तेचित्र आफैँ हेर्न गएका थिए र उनीहरुले उक्त भितेचित्र विशाल र सजिलै आँखा तान्ने भएको बताए |
भित्तेचित्र सुन्दर मात्र नभइ प्रतिकहरुले भरिपूर्ण छ र उक्त चित्रको हरेक भागलाई ध्यानपूर्वक बनाइएको छ | “धनेश्वर भगवान दोर्जे शुग्देन” र दोर्जे शुग्देनको मन्त्र ॐ बेन्जा विकि बिताना स्वाहा सुनौलो अक्षरमा लेखिएका छन् | दुवै आधुनिक नेपाली लिपिमा लेखिएका छन् र उक्त अक्षरहरु रातमा कारको हेडलाइटमा चम्किउन् भनि चित्रकारहरुले सोचेर नै सुनौलो(सुनको) रंगको प्रयोग गरेका हुन् |
उक्त डिजाइन देखेका हाम्रा केहि नेपाली साथीहरुले हामीलाई बताएअनुसार उनीहरुको संस्कृतिमा निलो र सेतो रंगले शान्ति, एकता र मित्रता जनाउँछ | विशेषगरी निलो रंगले कठिन परिस्थितिमा सामना गर्ने क्षमताको साथै मनको स्थिरता र चरित्रको गहिराई जनाउँछ जसले दोर्जे शुग्देनको गुण पनि बखुबी दर्शाउँछ | उदाहरणको लागि सरस्वतीलाई सधै सेतो वस्त्र लगाएको र सेतो कमलको फूलमा बसेको देखाइन्छ | र यी दुई रंग, निलो र सेतोलाई यस भित्तेचित्रमा मुख्य रंगका रुपमा प्रयोग गरिएको छ |
यस भित्तेचित्रमा दोर्जे शुग्देनको वरिपरी मन्जुश्रीको मन्त्र ॐ आह रा पा छा न धि तिब्बती लिपिमा र चेनरेजिगको मन्त्र ॐ मणि पद्मे हूँ परम्परागत नेवारी लिपिमा लेखिएको छ | फेरी पनि, यी मन्त्रहरु मनमानी रुपले होइन, यिनको अर्थ र महत्वको कारण छानिएको हो |
वाट्सएप, विच्याट, सामाजिक संजाल डाउनलोड गर्न यहाँ राइट क्लिक गर्नुहोस् र “Save as…”
छान्नुहोस् र आफ्नो कम्प्युटरमा सेभ गर्नुहोस् (२९.१ एम.बि.)
आफ्नो कम्प्युटरमा डाउनलोड गरि हेर्न, यहाँ राइट क्लिक गर्नुहोस् र आफ्नो कम्प्युटरमा सेभ गर्न “Save as…”
छान्नुहोस् (१११.३ एम.बि)
पवित्र क्याब्जे त्रिजंग रिन्पोछे जस्ता उच्च लामाहरुले दिनुभएको शिक्षाअनुसार, दोर्जे शुग्देन वास्तवमा मन्जुश्रीकै स्वभावका छन् त्यसकारण उनको मन्त्र समावेश गर्न उचित हुन्छ | यसबाहेक, काठमाडौँ उपत्यकासँग मन्जुश्रीको बलियो सम्बन्ध रहेको छ – हजारौं वर्ष पहिले, काठमाडौँ अस्तित्वमा नरहँदा त्यस क्षेत्रमा सर्पले भरिएको ठुलो ताल थियो भन्ने नेपालीहरुको मान्यता छ (यसको पुष्टि भूगर्वविद्ले गरेका छन्) | मन्जुश्रीले तालको बीचमा ठुलो कमलको फुलबाट उज्यालो प्रकाश उत्पन्न भएको देखे र यो विशेष भएको र भविष्यमा यसले मानिसहरुलाई लाभ दिन सक्छ भन्ने कुरा जानेर उनले दक्षिण काठमाडौँको पर्वतलाई आफ्नो तरबार प्रयोग गरेर काटे | ताल सुक्यो जसले गर्दा स्थानीयहरुको लागि बसोबास गर्न योग्य ठाउँ बन्यो, जसलाई आज काठमाडौँ उपत्यका भनेर चिनिन्छ | त्यसकारण, मन्जुश्री बुद्ध भएका कारणले मात्र नभई उनी नेपालको राजधानीको निर्माणसँग सम्बन्धित भएको हुनाले पनि उनी विशेष छन् |
भित्तेचित्रको लागि, चेनरेजिगको मन्त्र छानियो किनकि जब तपाईं दोर्जे शुग्देनको सोग्ते (जीवन सुम्पिने दिक्षा) प्राप्त गर्नुहुन्छ, उनले तपाईंले बोधिचित्त हाँसिल गर्दासम्म तपाईंको रक्षा गर्ने वचन दिन्छन् | यस विधिमा चेलाले पनि बोधिचित्त हाँसिल गर्दासम्म दोर्जे शुग्देनलाई उसको रक्षक मान्ने प्रतिज्ञा गर्छ, र करुणाका बुद्ध, चेनरेजिगभन्दा अरु को बोधिचित्तको राम्रो मुर्त रुप हुनसक्छन् र ? ॐ मणि पद्मे हूँ, मन्त्रको रुपमा नेपालीहरुमाझ निकै प्रचलित छ जुन उनीहरुले विश्व-प्रख्यात बौद्धनाथ स्तुपालगायत देशभर पाठ भइरहेको सुनिरहेका हुन्छन् |
यसरी तपाईं देख्न सक्नुहुन्छ कि यो भित्तेचित्र केवल राम्रो कलाकृति मात्र नभई यसको पछाडि धेरै अर्थ रहेको छ | नेपाल एक आध्यात्मिक देश हो र यस देशको सम्बृद्ध आध्यात्मिक परिदृश्यमा हामीले केहि थप्न पाउँदा र उनीहरुको संस्कृतिसँग नजिकको सम्बन्ध भएको र उनीहरुको इतिहास र कथासँग बलियो जुडाव रहेको देवतासँग उनीहरुलाई जोड्न पाउँदा म निकै खुशी छु |
यसलाई सम्भव बनाउने चित्रकारहरु र उदार प्रायोजकहरुलाई म धेरै धन्यवाद दिन चाहन्छु | तपाईंहरुको दयाको कारण भगवान दोर्जे शुग्देनको यत्रो ठुलो तस्विर बन्न सम्भव भयो | यसलाई सम्पन्न गर्न प्रतिभाशाली चित्रकारहरुसँग विगत केहि महिनाहरुमा धैर्यतापूर्वक काम गरेकोमा म पादरी जिन आइलाई धन्यवाद दिन चाहन्छु | धेरै मानिसहरुले यसबाट लाभ उठाउन सकून् र मन्जुश्रीको बिऊ उनीहरुको विचार प्रवाहमा रोपियोस्…र दोर्जे शुग्देनको अझै धेरै भित्तेचित्र शहरभरि देखिन पाइयोस् |
छेम रिन्पोछे
के तपाईं काठमाडौँमा हुनुहुन्छ? भित्तेचित्रको अवलोकन गर्नुहोस्!
तपाईं भित्तेचित्र यहाँ भेट्टाउन सक्नुहुन्छ, इचिबन क्याफेको छेउमा:
https://maps.google.com/?q=27.707360,85.327266&hl=en&gl=us
थप सुन्दर चित्रहरू।
थप विस्तृत जानकारीका लागि:
- दोर्जे शुग्देनको उदाहरणीय कथाहरु र सजीब उपन्यास
- तिम्रो मस्तिष्कको भूमि
- एक असल साथी
- शुभ मंगोलियन साइतहरू
- तपाईं धर्म निरपेक्ष वा आध्यात्मिक हुनुहुन्छ?
- दोर्जे शुग्देन : हाम्रा व्यक्तिगत कथाहरू
- कसरी तिब्बती नेतृत्वले प्रायोजकलाई व्यवहार गर्दछन् (जिन्दक)
- ट्रोडेखाङसार –४०० बर्ष पुरानो दोर्जे शुग्देनको पुजाघर, ल्हासामा
- ईश्वरीयता (ईश्वर) लाई पुकार्नु
- मित्रले नेपालीमा भगवान दोर्जे शुग्देनका बारेमा सिकाउनुहुन्छ ।
तेस्रो पक्षद्वारा गरिएका प्रतिक्रिया वा पोस्टहरूका सम्बन्धमा अस्वीकरण
विनम्रताका साथ ध्यान दिनुहोस् कि तेस्रो पक्षहरूद्वारा टिप्पणी वा पोष्टको प्रतिनिधित्व ब्लगका मालिक वा उद्घोषकले गर्ने छैनन्। विशेष गरी मालिक वा होस्टको प्रतिक्रिया सेभ गर्नुहोला। तल दिइएका टिप्पणी खण्डमा अरू सबै टिप्पणीहरू वा पोष्टहरू वा अरू कुनै धारणाहरू, छलफलहरू वा विचारहरूले हाम्रो दृष्टिकोणको प्रतिनिधित्व गर्दैन र अरूले पनि नठानिदनुहिला। टिका टिप्पणीहरू जुन हामीलाई अप्रिय लाग्नसक्छ त्यो हटाउने अधिकार हामीसंग छ तर त्यस्तो टिप्पणीहरूको मात्राले गर्दा हटाउन नसकिने वा पत्ता लगाउन नसकिने कुनै पनि त्यस्ता टिप्पणीहरू छन् भन्दैमा यो होइन कि हामी त्यसलाई माफ गर्छौँ।
तल राखिएको कुनै पनि टिप्पणीहरू पोष्टहरू, धारणाहरू,छलफलहरू वा विचारहरूको सहभागीहरूले जिम्मेवार रूपमा व्यवहार गर्नुहुनेछ र कुनै पनि त्यस्तो विवरणहरू दिनुहुनेछैन जुन अपमानजनक प्रकृतिको छ वा कुनै टोली व्यक्ति विशेष वा उनीहरूको अास्था भड्काउने र अवहेलना गर्ने वा खिसी गर्ने वा कानून उल्लंघन गर्ने प्रकृतिको हुनेछैन भन्ने हामी अाशा गर्छौँ।
कृपया आफ्ना विवरणहरू प्रविष्ट गर्नुहोस्