केचाराका पुरोहितहरूद्वारा दिएका 10 अविश्वसनीय घर वरदानहरू
(छेम रिन्पोछे र व्यवस्थापकद्वारा)
1. पुरोहितको उपस्थिति
चिनियाँ नयाँ बर्षको समयमा दोर्जे शुग्देनको 3 फिट अग्लो शालिक निर्माणमा आमन्त्रण गर्ने!
पुरोहितहरूबाट सन्देश:
“यस मूल्यवान रक्षकलाई अत्यन्तै माया गर्ने परिवारद्वारा दोर्जे शुग्देनको 3 फिट अग्लो शालिक निर्माण गरियो। दोर्जे शुग्देनले उक्त परिवारलाई युगौंसम्म संरक्षण र वरदानहरू उपलब्ध गराउन सक्नुहुन्छ।”
2. नवयुवक र समृद्धी
तपाईं अन्तत: अभिभावकको घर छोडेर आफ्नो घरमा प्रवेश गर्दाको समय सधै रोचक नै हुन्छ। तपाईंले त्यसो गर्दा, आफ्नो घरलाई समृद्ध राख्नु रमाइलो गृहस्थीको सुरुवात गर्ने उत्कृष्ट तरिका हो।
पुरोहितहरूबाट सन्देश:
“हाम्रो आदरणीय साथी मेङ चुवान वेलफ्रेड एनजीका लागि घरको वरदानको पुजा भर्खरै सकियो। हामीले उहाँको शारीरिक र मानसिक स्वास्थ्य राम्रो होस्, उहाँका इच्छाहरू पूरा होउन् र उहाँको जीवन सधै सुरक्षित रहोस् भनी कामना गर्छौं।”
3. परिवारको रूपमा समृद्ध
चिनियाँ नयाँ वर्षले धेरैका लागि नयाँ सुरुवातहरूको बिन्दुलाई चिह्नित गर्छ। गेन परिवारले आफ्नो घरलाई परिवारको रूपमा समृद्ध बनाउने र सकारात्मक सोच लिएर नयाँ वर्षको सुरुवात गर्ने कुरा छान्नुभयो!
पुरोहितहरूबाट सन्देश:
“चिनियाँ नयाँ बर्षको 10औं दिनमा गेन गुवान हियोङका लागि घर वरदान। पुरोहित येक यीले प्रार्थनाहरूको अगुवाई गर्नुभएको थियो। हामीले गेन परिवारमा शान्ति सामंजस्यता होस् भन्ने कामना गर्छौं।
4. नयाँ वर्षका लागि पुनर्भरण गरिएको
हामीले अघिल्लो वर्षलाई पछाडि छोडेकाले, हामीले उत्कृष्ट वर्षका आशाहरूबारे सोच्छौं। यी स्याङ, फायरवर्क्स र एङ पोका बीचमा – अधिकांश चिनियाँ परिवारहरूले प्रार्थनाहरूलाई आफ्ना नयाँ वर्षका उत्सवहरूमा समावेश गर्छन्। ली परिवार ती परिवार मध्येको एक थियो।
पुरोहितहरूबाट सन्देश:
“चिनियाँ नयाँ वर्षको 10औं दिनमा माइकल लीका लागि दोस्रो गृह वरदानको अगुवाई पुरोहित येक लीले गर्नुभयो। हामीले ली परिवारको वर्ष सफल रहोस् भन्ने कामना गर्छौं!”
5. बुद्धलाई घरमा आमन्त्रण गर्ने
हामीले बुद्धका शिक्षणहरू पढ्न र बुद्धका छविहरू हेर्न सक्छौं। तथापि, समकालीन आध्यात्मिक मार्गदर्शन मात्र हामीले उत्कृष्ट रूपमा बुझ्ने र हाम्रो दिमागका लागि उपयुक्त तरिकाबाट बुद्धका शुद्ध र प्राचीन शिक्षणहरू हस्तान्तरण गर्न सक्षम छ। त्यसका लागि, हामीले हाम्रा माननीय श्री २५ छेम रिन्पोछलाई उच्चतम सम्मान दिन्छौं।
पुरोहितहरूबाट सन्देश:
“पुरोहित चियले घरका मालिकहरूलाई माननीय श्री २५ छेम रिन्पोछेको छवि देखाउनुभयो। उच्च लामालाई आमन्त्रण गर्नु भनेको बुद्ध (प्रबुद्ध प्राणी) लाई नै आफ्नो घरमा आमन्त्रण गरे समान हुन्छ। यो अत्यन्तै खुशीको कुरा हो।
6. नवयुवकको जोडीको घर
तपाईंले घर बसाउने कुरा छनोट गर्नुभएको आवस्थामा, आध्यात्मिकता मार्फत जडान हुनु भनेको तपाईंको आफ्नो पार्टनरसँग हुन सक्ने सबैभन्दा बलियो बोण्ड हो।
पुरोहितहरूबाट सन्देश:
“टेरेन्स अङ केचारा प्याराडाइस मार्फत पहिलो पटक केचारामा आउनुभएका संगीतकार हुनुहुन्छ। उहाँ अत्यन्तै आध्यात्मिक हुनुहुन्छ र उहाँले मेडिसन बुद्ध, लामा सोङ्खामा, तारा र सेठापलाई घरमा आमन्त्रण गर्नुभएको छ!”
7. साथीको घर वरदान दिने
उहाँहरूले भन्नुहुन्छ कि एकसाथ प्रार्थना गर्ने साथीहरू एकसाथ बस्छन्। यस अवस्थामा, केराराको सदस्यले आफ्नो घरलाई वरदान दिन पुरोहितहरूलाई अनुरोध गर्नुभयो र प्रार्थनाहरूमा सहभागी हुनुभयो।
पुरोहितहरूबाट सन्देश:
“मेरो धर्मभाइ श्रीमान जुस् अल्टर र उहाँको ठुलो दाइ सेर्केम सेट!”
8. संकेत र परिणामहरू
हामीले त्री रत्नहरू (बुद्ध, धर्म र भिक्षु) सँग पूर्ण रूपले आश्रय लिँदा चमत्कार हुनसक्छ।
पुरोहितहरूबाट सन्देश:
“पछिल्लो हप्ता, हामी हाम्रा एक धर्म भाइ (यी ह्वा) को सुन्दर परिवारलाई वरदान दिन उहाँको घरमा गयौं। उहाँकी श्रीमतीका अनुसार, उहाँले H.E को सपना देख्नुभयो। यी ह्वालाई भेटेपछि छेम रिन्पोछेले उहाँको घरमा माननीयको छवि झुन्डयाइदिनुभयो। पुरोहितहरूले आफ्नो परिवारलाई उनीहरूको धनको कलश पुनः व्यवस्थित गर्न मद्दत गरिसकेपछि घटेको अर्को आश्चर्यजनक घटना भनेको दुई दिन पछि यी ह्वाले कम्पनीबाट रोजगारीको प्रस्ताव प्राप्त गर्नुभयो। अद्भुत!”
9. सेठाप, मेरा अङ्गरक्षक
सेठाप 600 वर्ष भन्दा धेरै समयदेखि गादेन गुम्बा (भारत) मा निर्भर हुनुहुन्छ। सेठापको अभ्यासको प्रभावकारीताले धेरै आकर्षक सेठापलाई आफ्नो मुख्य रक्षकको रूपमा परिणत गरेको छ।
पुरोहितहरूबाट सन्देश:
“सेठाप सिम ट्रिङ ट्रिङको जीवनका अत्यावश्यक आध्यात्मिक अङ्गरक्षक हुनुहुन्छ र माननीय छेम रिन्पोछे उहाँको मनको अत्यन्तै महत्त्वपूर्ण देवात्मा हुनुहुन्छ।”
10. प्रार्थनाहरू मार्फत संयोजित
हामीले मानिसहरूको घरलाई हेरेर उनीहरूले के-कुरालाई प्राथमिकता दिन्छन् भन्ने कुरा बताउन सक्छौं। चेन परिवारले भौतिकवादको सट्टा आध्यात्मिकतामा केन्द्रित हुने कुरा छान्नुहुन्छ – र यसले उहाँहरूलाई सम्पत्ति हासिल गराउनुभन्दा पनि जीवनमा आफै आगाडि बढाउनेछ।
पुरोहितहरूबाट सन्देश:
“यो चेन परिवार हो। हामी उहाँको परिवार माननीय छेम रिन्पोछे र लर्ड सेठाप प्रति कत्तिको समर्पित हुनुहुन्छ भन्ने कुरा देख्दा अत्यन्तै खुशी भयौं। उहाँहरूको घर ठूलो नभए तापनि, उहाँहरूले आफ्नो अल्टरको अति राम्रोसँग ख्याल राख्नुहुन्छ।”
केचाराका पुरोहितहरूले अन्यलाई मद्दत गर्न तथा लाभ प्रदान गर्न अथक रूपले कार्य गर्नुहुन्छ र 24 सै घण्टा सम्पर्कमा रहनुहुन्छ।
धेरै अवसरहरूमा, उहाँहरूलाई मृतक, घर वरदान तथा कार्यालय वरदानहरूका लागि शोकका प्रार्थनाहरू गर्न भिन्न-भिन्न राज्यहरूमा यात्रा गर्न आवश्यक पर्छ।
केचाराका पुरोहितहरूलाई दान दिने कार्य लामो समयसम्म चल्छ! केचाराका पुरोहितहरूद्वारा गरिने राम्रा कार्यहरूलाई निरन्तरता दिने कार्यमा योगदान पुरयाउन तल रहेको दान गर्नुहोस् बटनमा क्लिक गर्नुहोस्।
थप विस्तृत जानकारीका लागि:
- दोर्जे शुग्देनको उदाहरणीय कथाहरु र सजीब उपन्यास
- तिम्रो मस्तिष्कको भूमि
- एक असल साथी
- शुभ मंगोलियन साइतहरू
- तपाईं धर्म निरपेक्ष वा आध्यात्मिक हुनुहुन्छ?
- दोर्जे शुग्देन : हाम्रा व्यक्तिगत कथाहरू
- कसरी तिब्बती नेतृत्वले प्रायोजकलाई व्यवहार गर्दछन् (जिन्दक)
- ट्रोडेखाङसार –४०० बर्ष पुरानो दोर्जे शुग्देनको पुजाघर, ल्हासामा
- ईश्वरीयता (ईश्वर) लाई पुकार्नु
- मित्रले नेपालीमा भगवान दोर्जे शुग्देनका बारेमा सिकाउनुहुन्छ ।
तेस्रो पक्षद्वारा गरिएका प्रतिक्रिया वा पोस्टहरूका सम्बन्धमा अस्वीकरण
विनम्रताका साथ ध्यान दिनुहोस् कि तेस्रो पक्षहरूद्वारा टिप्पणी वा पोष्टको प्रतिनिधित्व ब्लगका मालिक वा उद्घोषकले गर्ने छैनन्। विशेष गरी मालिक वा होस्टको प्रतिक्रिया सेभ गर्नुहोला। तल दिइएका टिप्पणी खण्डमा अरू सबै टिप्पणीहरू वा पोष्टहरू वा अरू कुनै धारणाहरू, छलफलहरू वा विचारहरूले हाम्रो दृष्टिकोणको प्रतिनिधित्व गर्दैन र अरूले पनि नठानिदनुहिला। टिका टिप्पणीहरू जुन हामीलाई अप्रिय लाग्नसक्छ त्यो हटाउने अधिकार हामीसंग छ तर त्यस्तो टिप्पणीहरूको मात्राले गर्दा हटाउन नसकिने वा पत्ता लगाउन नसकिने कुनै पनि त्यस्ता टिप्पणीहरू छन् भन्दैमा यो होइन कि हामी त्यसलाई माफ गर्छौँ।
तल राखिएको कुनै पनि टिप्पणीहरू पोष्टहरू, धारणाहरू,छलफलहरू वा विचारहरूको सहभागीहरूले जिम्मेवार रूपमा व्यवहार गर्नुहुनेछ र कुनै पनि त्यस्तो विवरणहरू दिनुहुनेछैन जुन अपमानजनक प्रकृतिको छ वा कुनै टोली व्यक्ति विशेष वा उनीहरूको अास्था भड्काउने र अवहेलना गर्ने वा खिसी गर्ने वा कानून उल्लंघन गर्ने प्रकृतिको हुनेछैन भन्ने हामी अाशा गर्छौँ।
कृपया आफ्ना विवरणहरू प्रविष्ट गर्नुहोस्