दोर्ज शुग्देनको नयाँ आकर्षक वेबसाइट शुरु गरियो !!
(छेम रिन्पोछे द्वारा ।)
नयाँ वेबसाइट ! यहाँ क्लिक गर्नुहोस् : http://www.dorjeshugden.org
परम्परा अनुसारका धर्म रक्षक दोर्जे शुग्देनको मूल्यवान अभ्यासको लागि आवश्यक सूचना, ज्ञान, इतिहास, प्रार्थना पाठहरु र जानकारीहरुको लागि आवश्यक विशुद्ध र पूर्ण संग्रह हुने हेतुले यो वेबसाइटको स्थापना गरिएको छ ।
झन्डै चार शताब्दी देखि यी ज्ञान प्राप्त (enlightened) बौद्ध रक्षकलाई संसार भरमा लाखौँ मानिसहरुले विश्वास, आराधना र भरोसा गरेका छन् । उहाँमा विगत र वर्तमानका सबै ठुला गेलुग्पा गुरूहरु र विद्वानहरु, जस्तै पवित्र क्याब्जे फबोङ्गख रेन्पोछे, पवित्र क्याब्जे ठृज्याङ रेन्पोछे र पवित्र क्याब्जे सोङग रेन्पोछे, समावेश हुनुहुन्छ ।
लामा चोङ्खापाको वंशजको रक्षा र असंख्य अभ्यासार्थीहरूले शताब्दीयौं देखि हासिल गरेका उच्च उपलब्धिहरूलाई महत्व दिँदै माननीय श्री २५ छेम रिन्पोछ अती हर्षका साथ दोर्जे शुग्देनका पवित्र अभ्यासको बारेमा यो वेबसाइट ल्याउनुभएको छ । निसन्देह: यो रेन्पोछेका अहिलेसम्मका अति महत्वपूर्ण योजनाहरुमा एक हो र दोर्जे शुग्देनसंग सम्बन्धित थुप्रै संख्यामा रहेका स्रोत सामग्रीहरुलाई स्पष्टता, पूर्णता र व्याख्या सहित एउटै सन्दर्भमा समावेश गर्ने उहाँको प्रथम प्रयास हो ।
यो साइटमा समाविष्ट सामाग्रीहरु होसियारीपुर्वक खोज, अनुवाद गरिएको र आजका नेतृत्वकारी विद्वानहरुबाट अनुसन्धान गरि तपाईहरुको फाइदाको लागि यहाँ प्रस्तुत गर्नुभन्दा पहिले धेरै महिना लगाएर दु:खले संग्रह गरिएका हुन् । यी पानाहरुमा तपाईहरुलाई जान्न आवश्यक पर्ने र अहिलेको आधुनिक युगको लागि अतिनै प्रभावकारी तिब्बती बौद्ध अभ्यासहरुको बारेमा जानकारी पाउनु हुनेछ । यस साइटमा उपलब्ध जानकारीहरु अभ्यास केन्द्रित छन् र आध्यात्मिक खोज गर्नेहरु, सबै खाले पृष्ठभुमि भएका धर्म विद्यार्थीहरु र कुनै पनि राजनीति वा आस्था बाट मुक्त भएर फाइदा दिनको लागि उपलब्ध गराईएका हुन् ।
यो रेन्पोछेको इच्छा हो कि धेरै मानिसहरुले यी महान रक्षकको प्रेम र सहानुभूतिको बारेमा जानुन् र उहाँको ज्ञान प्राप्त दयाबाट फाइदा पाउन् र बुद्धको शिक्षाको ज्ञानबाट सबैले पीडाबाट मुक्ति पाउन् ।
एक अती दयालु र शक्तिशाली बौद्ध रक्षक भगवानको बारेमा तपाईहरु समक्ष यो बृहत वेबसाइट प्रस्तुत गर्न पाउदा म एकदमै हर्षित छु । विश्व शान्ति बुद्ध र धर्म रक्षक ग्याल्चेनको बारेमा मैले धेरै लेख्दै र पढाउँदै आएको छु तर उहाँको बारेमा वेबसाइट बनाएको चाँही यो पहिलो पटक हो । लामो समय देखि मैले यो गर्न चाहेको थिए किनभने मेरो पवित्र गुरुले मलाई यो रक्षक सन् १९८३ मा दिनुभयो र यो अभ्यासका महत्वपूर्ण फाइदाहरु म सबैसंग बॅाड्न चाहन्छु ताकि तपाईहरु पनि रक्षित र अनुग्रहित हुन सक्नुहुनेछ । म तपाईहरु सबैलाई शुन्यता महसुस होस् भनी कामना गर्दछु । शुन्यता एक पूर्ण बोधिचित्तको उपलब्धि हो र तपाई, म अनि हामी सबैले भगवान् बुद्धले २५०० वर्ष अघि बोधगयामा गरे जस्तै पूर्ण ज्ञान प्राप्त गर्न सकौँ ।
छेम रिन्पोछे
जब रेन्पोछेले सर्बप्रथम यो वेबसाइटको अवधारणा बनाउनुभयो, हाम्रो समूह अति उत्साहित भयौ र नथाकिकन महिनौसम्म यसमाथि काम गर्यौ । रेन्पोछे संग काम गर्ने समूह समर्पित, लगनशील, प्रतिभावान र अति दयालु मानिसहरु हुन् जसले मानवजातिको फाइदाको लागि काम गर्ने रोजेका छन् । अभिवादन छ केचारामा रहेका हाम्रो समूहलाई जसले यो सुन्दर वेबसाइटलाई सम्भव बनाए ! उनीहरु विशेष खाले व्यक्तिहरु हुन् जो आफ्नो भन्दा अरुको लागि बढी सोच्छन् । यो कार्यबाट सबैलाई फाइदा मिल्न सकोस् । जो कर्मद्वारा (karmically) तयार छन् उनीहरुको लागि हामी बुद्ध धर्म ल्याउने निरन्तर प्रयास गर्नेछौँ र सबै शान्ति, खुशी र आनन्दमा रहन सकुन् ।
भवदीय
केचरा घर (Kechara House)
थप विस्तृत जानकारीका लागि:
- दोर्जे शुग्देनको उदाहरणीय कथाहरु र सजीब उपन्यास
- तिम्रो मस्तिष्कको भूमि
- एक असल साथी
- शुभ मंगोलियन साइतहरू
- तपाईं धर्म निरपेक्ष वा आध्यात्मिक हुनुहुन्छ?
- दोर्जे शुग्देन : हाम्रा व्यक्तिगत कथाहरू
- कसरी तिब्बती नेतृत्वले प्रायोजकलाई व्यवहार गर्दछन् (जिन्दक)
- ट्रोडेखाङसार –४०० बर्ष पुरानो दोर्जे शुग्देनको पुजाघर, ल्हासामा
- ईश्वरीयता (ईश्वर) लाई पुकार्नु
- मित्रले नेपालीमा भगवान दोर्जे शुग्देनका बारेमा सिकाउनुहुन्छ ।
[…] […]
[…] […]
नेपाली भाषाको संपादन स्तरीय भएन कि। वेभसाइटमा राखिने भाषामा अशुद्धी हुनु राम्रो होइन, पढ्दा बिझाउँछ, त्यसले सही सूचना दिनसक्दैन।ज