नेपाल, पाटनकी उडिरहेकी बज्रयोगिनी
(लेखक: छेम रिन्पोछे)
मेरा शिष्यहरू र साथीहरू काठमाडौंमा तिर्थयात्राका लागि रहेका छन् ।जे.पि.(छेम निवास प्रमुख सम्पर्क ब्यक्ती)ले सातजनाको समुहलाइ नेतृत्व गर्दै छन् । ती सातजनाको समुहमा चार जनाको यो पहिलो नेपाल भ्रमण हो । जे.पि संगै एडृयन, फिबी, विलियम (पेनाङ्ग अध्ययन समूह), वी लियाङ ( केचारा गृहका सदस्य), जेस (केचारा इन मोशनका निर्माता), जेयन मेइ (व्यक्तिगत सहायक ब्लगर), कृस्टिन र लिना ( दुबै चीनको साङ्गाइ शहरबाट हुन्) छन् ।
आज उनीहरू (महाबुद्ध जसलाई महाबौद्ध पनि लेखिन्छ र उच्चारण गरिन्छ) भन्ने पवित्र स्थलमा गए। त्यहाँ एउटा बिशाल अग्लो स्तुपा छ जुन मुख्य शहरबाट पुरै छेकिएको छ किनभने त्यो वरपर शहरी आवासीय भवनहरूले ढाकेका छन्। यो मन्दिर भारतको बोधगयामा रहेको महाबौद्ध मन्दिरकै ढाँचामा बनाइएको छ। बोधगयामा अवस्थित सो मन्दिरमा शाक्यमुनि बुद्धले ज्ञानको ज्योति प्राप्त गरेका थिए ।
पाटनमा अवस्थित मन्दिरको संरचना यस्तो प्रकारको छ कि त्यहाँको ढोकाबाट भित्र छिर्योभने भवनहरूको बीचमा अवस्थित स्तुपा भएको आगनमा पुग्न सकिन्छ । यो आगन अलि सानो छ र स्तुपा अलि ठुलो भएको हुनाले त्यस स्तुपाका विभिन्न तहमा रहेका बुद्धका मुर्तिहरू हेर्नलाइ त्यहाँ नजिकै रहेका आसपासका घरहरूको पहिलो वा दोस्रो तल्लामा गएर झ्यालबाट हेर्नुपर्ने हुन्छ । त्यस स्थानमा आउने कतिपय तिर्थालु वा आगन्तुकहरूलाई त्यहाँ एउटा बज्रयोगिनी पुजाघर पनि छ भन्ने तेति थाहा हुदैन।
तिर्थयात्रामा नेपाल गएका मेरा शिष्यहरू र साथीहरू त्यस्तो महापवित्र बज्रयोगिनी पुजाघरमा दर्शन गर्न पाउनु पनि ठूलो भाग्यको कुरा हो । यो पुजाघरको संरक्षण त्यहाँको एउटा परिवारले पुस्तौंदेखि गर्दैआएका रहेछन् । सर्वसाधारण मानिसलाई त्यहाँ भित्र पस्ने अनुमती दिइएको रहेनछ। केवल गम्भीर अभ्यासकर्ता र सम्घाका सदस्यलाई मात्र भित्र जाने अनुमती थियो ।
त्यो पुजाघरभित्र एउट उडिरहेको बज्रयोगिनीको मुर्ती राम्रोसँग राखिएको छ। अनुवादकको सहायताबाट ती हेरचाह गर्ने व्यक्तिले मेरा शिष्य र साथीहरूलाई त्यो मुर्ती त्यहाँ करिब ५४५ वर्षदेखि रहेको बताए। बयान गर्ने क्रममा उनले त्यहाँ एउटी वृद्ध आइमाई महाबौद्ध मन्दिरमा आएकी भन्ने कुरा बताए। त्यहाँ आएर उनले त्यस ठाँउमा बज्रयोगिनी बस्ने गरेको र त्यसैले त्यहाँका मानिसले बज्रयोगिनीको पुजाघर बनाउनुपर्ने सुझाव दिएकी थिइन् रे ।
त्यो समयमा त्यस मन्दिरको अवस्था निकै कमजोर थियो र त्यसको आकार पनि त्यति राम्रो थिएन र मानिसहरूले मन्दिरको पुनर्निर्माण गर्ने बारे सोचेका थिए । तर ती वृद्ध आमाले तेसो गर्नुनपर्ने र बज्रयोगिनीको पुजाघर बनाएपछि सबै ठीक हुने भनिन् रे । मानिसहरूले पनि त्यसै गरेछन् र पुजाघर बन्नेबित्तिकै महाबौद्ध मन्दिर एकदमै राम्रो अवस्थामा आयो रे।
यी सबै कुराहरू मन्दिरका संरक्षक स्वयम् ती व्यक्तिले भनेका थिए जसका परिवारले नै त्यस मन्दिरको हेरचाह गर्दै आइरहेको थियो। उनीभन्दा अघि उनका पिताले त्यस मन्दिरको हेरचाह गरेका रहेछन् र त्यो भन्दा पनि अघि उनका पिताका पिताले गरेका रहेछन् । यसरी यो क्रम पुस्तौंदेखि चलिआएको रहेछ ।
त्यो पवित्र मुर्तिको तस्वीर लिन पहिले कसैलाई पनि अनुमती दिइएको रहेनछ तर मेरा शिष्यहरू एकदमै भाग्यमानी थिए जसले त्यहाँका तस्वीरहरू आफ्नो क्यामेरामा कैद गर्न पाए। त्यसैले मैले ती तस्वीरहरू तपाईंहरूका सामु बाँडेको छु।
निकै नजिकबाट लिइएका बज्रयोगिनीका अरू धेरै तस्वीरहरू तल राखिएका छन् ।
निःशुल्क डाउनलोड गर्नुस।
दोर्जे शुग्देनका चित्रकथा।
यो चित्रकथा नेपाली भाषामा छ जहा भगवान दोर्जे शुग्देन हाम्रो समयको सर्वोच्च विश्व शान्ति रक्षकको रूपमा कसरी प्रस्तुत भए बारे उहाँका आकर्षक कथा व्याख्या गरिएको छ। जब तपाईं हामीले उनको कथा राम्ररी बुझ्छै, तब यस शक्तिशाली संरक्षक देवताबाट हामीले अधिक अाशिष् प्राप्त गर्नका साथै उहाँको महानताको कदर गर्न सक्छै।
डाउनलोड गरीएको फाइल खोल्न तलको लिंकमा क्लिक गर्नुहोस्। (पीडीएफ फाईल):
थप विस्तृत जानकारीका लागि:
- दोर्जे शुग्देनको उदाहरणीय कथाहरु र सजीब उपन्यास
- तिम्रो मस्तिष्कको भूमि
- एक असल साथी
- शुभ मंगोलियन साइतहरू
- तपाईं धर्म निरपेक्ष वा आध्यात्मिक हुनुहुन्छ?
- दोर्जे शुग्देन : हाम्रा व्यक्तिगत कथाहरू
- कसरी तिब्बती नेतृत्वले प्रायोजकलाई व्यवहार गर्दछन् (जिन्दक)
- ट्रोडेखाङसार –४०० बर्ष पुरानो दोर्जे शुग्देनको पुजाघर, ल्हासामा
- ईश्वरीयता (ईश्वर) लाई पुकार्नु
- मित्रले नेपालीमा भगवान दोर्जे शुग्देनका बारेमा सिकाउनुहुन्छ ।
[…] नेपाल, पाटनकी उडिरहेकी बज्रयोगिनी […]
This is akash yogini a secret place of vajra yana tradition of patan,actually its not allowed to take picture of this statue even the priest of this temple you guys took photo and publish in your web side ,its not good ,so you can not be a buddhist and the story you are writing of this yogini totally wrong ,
कृपया यी फोटाहरु हटाइदिनुहोस् … यो गोप्य छ र पछिसम्म रहिरहोस् … यसलाई बिना फोटो राखिदिनु भए हामी नेपाली अझ खुशी हुनेथ्यौं …