वर्षा रोक्ने वाला ।
केहीवर्ष पहिले, वि.स. २०६१ मा होला, मलेशियामा भएका हाम्रा पसलहरूको लागि बुद्धका मुर्तीहरू किन्नका लागी श्रद्धेय छेम रिन्पोछे र हामीहरू नेपालको काठमाण्डौं गएका थियौं । त्यतीबेला श्रावणको महिना थियो र नेपालमा वर्षातको मौसम थियो । दिउँसो दिनदिनै जस्तो पानी पर्थ्यो र हामीलाई किनमेलमा जान अप्ठ्यारो पर्दथ्यो । नेपालमा धेरै जसो मुर्तीका पसलहरू बौद्धनाथ क्षेत्रमा छन् र पसलहरू कुनै सपिङ मल (व्यापारिक भवन) मा नभएका हुँदा पानी परिरहेको बेला एउटा पसलबाट अर्कोमा
जान अप्ठ्यारो हुन्थ्यो । हामीहरू काठमाण्डौंको हायात रिजेन्सी (Hyatt Regency)मा बसेका थियौं । बाहिर ठूलो पानी परिरहेको थियो र हामी होटलको लबीमा बौद्धनाथ जानको लागी ट्याक्सी कुरिरहेका थियौं । ‘कस्तो थकाउने खाले वर्षातको दिन’ रिन्पोछेले भन्नु भयो ‘तिमीहरू यही कुरीराख म साथीहरूसँग कुरा गरेर आउँछु ।’ त्यसपछि रिन्पोछे होटलको प्रवेशद्वारतिर जानुभयो र अँध्यारो आकासतिर हेर्दै केही गुनगुनाउनु भयो । हामीहरू छक्क पर्दै एकअर्कालाई हेर्यौं र रिन्पोछेतीर एकोहोरो हेर्यौं । पाँचमिनेट जतिपछि रिन्पोछे हामी भएतिर आउनुभयो र भन्नु भयो ‘ल अब ठिक हुन्छ, मैले भर्खर उनीहरूसँग कुरा गरें, अब हामी जान सक्छौं’ साँच्चै नै ५ मिनेट जतिमा दर्किरहेको पानी मसिनो गरी पर्न थाल्यो र हामी ट्याक्सीभित्र पस्यौं । काठमाण्डौंको व्यस्त सडकहरूमा ट्याक्सीहरू गुड्न थालेको केहीबेरमै पानी पूर्णरूपले रोकियो ।
तेस्रो पक्षद्वारा गरिएका प्रतिक्रिया वा पोस्टहरूका सम्बन्धमा अस्वीकरण
विनम्रताका साथ ध्यान दिनुहोस् कि तेस्रो पक्षहरूद्वारा टिप्पणी वा पोष्टको प्रतिनिधित्व ब्लगका मालिक वा उद्घोषकले गर्ने छैनन्। विशेष गरी मालिक वा होस्टको प्रतिक्रिया सेभ गर्नुहोला। तल दिइएका टिप्पणी खण्डमा अरू सबै टिप्पणीहरू वा पोष्टहरू वा अरू कुनै धारणाहरू, छलफलहरू वा विचारहरूले हाम्रो दृष्टिकोणको प्रतिनिधित्व गर्दैन र अरूले पनि नठानिदनुहिला। टिका टिप्पणीहरू जुन हामीलाई अप्रिय लाग्नसक्छ त्यो हटाउने अधिकार हामीसंग छ तर त्यस्तो टिप्पणीहरूको मात्राले गर्दा हटाउन नसकिने वा पत्ता लगाउन नसकिने कुनै पनि त्यस्ता टिप्पणीहरू छन् भन्दैमा यो होइन कि हामी त्यसलाई माफ गर्छौँ।
तल राखिएको कुनै पनि टिप्पणीहरू पोष्टहरू, धारणाहरू,छलफलहरू वा विचारहरूको सहभागीहरूले जिम्मेवार रूपमा व्यवहार गर्नुहुनेछ र कुनै पनि त्यस्तो विवरणहरू दिनुहुनेछैन जुन अपमानजनक प्रकृतिको छ वा कुनै टोली व्यक्ति विशेष वा उनीहरूको अास्था भड्काउने र अवहेलना गर्ने वा खिसी गर्ने वा कानून उल्लंघन गर्ने प्रकृतिको हुनेछैन भन्ने हामी अाशा गर्छौँ।
कृपया आफ्ना विवरणहरू प्रविष्ट गर्नुहोस्