दलाई लामा युरोपमा “एकदमै धेरै” शरणार्थीहरू छन् भन्नुहुन्छ
(लेखकहरू: छेम रिन्पोछे र आनी लोबसाङ पेमा)
विश्वभरको सबैभन्दा लोकप्रिय र कुशल स्थापित शरणार्थी समुदाय पक्कै पनि तिब्बतीयन मानिसहरू नै हुन् र यसको श्रेय पवित्र दलाई लामालाई नै जान्छ जसले एकल प्रयासमा आफ्नो जीवनको ६० वर्ष तिब्बतीयन अस्तित्व जीवित राख्न, सम्बर्धन गर्न र विश्वव्यापी चेतना फैलाउनको लागि समर्पित गर्नुभयो।
जनमुक्ति सेना देशमा प्रवेश गरेपछि र दलाई लामा देश निकाला भएपछि सन् १९५९ मा तिब्बतीयनहरू हतोत्साहित हुन थाले। भारतमा प्रवेश गर्दा, दलाई लामा र उहाँको निर्वासित नेतृत्वले देशभरि छरिएका २४ वटा भू– भाग प्राप्त गरे जहाँ तिब्बतीयनहरूले आफ्नो नयाँ सुरुवात गर्न सक्थे। यी भू– भागहरू दलाई लामा र उहाँका मानिसहरूलाई जवाहरलाल नेहरूद्वारा सञ्चालित भारतीय सरकारद्वारा स्वतन्त्र र दयालु रूपमा दिइए। यी भू– भागहरू तिब्बतीयनहरू भारतमा शरणार्थीका रूपमा लामो समय बस्ने र त्यस कारणले उनीहरूलाई आफ्नै ठाउँ चाहिन्छ भन्ने सोचले दिइएको हो। वास्तवमा जवाहरलाल नेहरूको आंकलन यस्तो थियो कि उनले तिब्बतीयनहरूको लागि नागरिकता नीति समेत विस्तार गरे– यदि ९९ वर्षभित्र उनीहरूले आफ्नो राजनैतिक लक्ष्य पूरा गर्न र आफ्नो देशमा फर्कन सकेनन् भने तिब्बतीयनहरूले भारतीय नागरिकता अनिवार्य लिनै पर्ने र उनीहरू भारतीय नागरिक सरह सम्मेलित हुनुपर्ने थियो।

६० वर्षको विरोध, अभियान र कोष वृद्धि पछि पनि, तिब्बतीयन आन्दोलनले फल प्राप्ति गर्न सकेको छैन र तिब्बतीयनहरू अझै पनि आफ्नो भाषा र संस्कृति बचाई राख्न आश्रित राष्ट्रहरूको दयामा नै भर परिरहेका छन्। यी आश्रित राष्ट्रहरूले तिब्बतीयनको समथर्नबाट पछि हट्नु पर्छ, जुन पवित्र भगवानले युरोपतिर मध्यपूर्वी र मध्य एसियाली शरणार्थीहरूलाई सुझाव गरे जस्तो देखिन्छ?
समयले देखाएको छ कि यस प्रकार, नेहरू तिब्बतीयन जनताको लागि बनाएको प्रबन्धमा लगभग भविष्य सूचक थिए। गत ६० वर्षमा, तिब्बती नेतृत्वले आफ्नो राजनीतिक लक्ष्यको प्रगति गर्न सफल भएको छैन। जहाँ चीनले भने विश्वव्यापी स्तरमा शक्ति र प्रभाव बढाउँदै गएको छ, त्यहाँ तिब्बतीयन नेतृत्व र उनीहरूका मानिसहरू भने राजनीतिक घोटाला, हेरफेर, विभाजन र भ्रष्टचार, वित्तिय दुर्व्यवहार र हत्याको आरोपमा परेका छन्।
त्यसैले हामीले देख्न सक्छौं कि दलाई लामा र उहाँको समुदायलाई बहिष्कारमा बस्न धेरै चुनौतीपूर्ण भइरहेको छ। यस्तै दुःख र कठिनाइको अनुभव गरिसकेपछि, जब हालैको विवरणमा पवित्र दलाई लामाले आफ्नो कठोर परिश्रमबारे बताउँदा संसार चकित भयो, जुन विवरण तल उल्लेखित गरिएको छ:
दलाई लामा युरोपमा “एकदमै धेरै” शरणार्थीहरू छन् भन्नुहुन्छ
AFP | May 31, 2016, 06.10 PM IST
बर्लिन: तिब्बतीयन आध्यात्मिक नेता दलाई लामाले एक अन्तरवार्ता भनेका छन् कि युरोपले “धेरै धेरै” शरणार्थीहरूलाई स्वीकार गरेको छ र अन्ततः उनीहरू आ–आफ्नो गृह देशको पुनर्निर्माणका लागि फर्किन पर्छ।
तिब्बतीयन आध्यात्मिक नेता, जो आफै आधा शताब्दीसम्म निर्वासनमा बस्नुभएको थियो, उहाँले भन्नुभयो– “जब हामी हरेक शरणार्थीको अनुहारमा हेर्छौं, विशेषगरी बालबालिका र महिलाहरू, हामीले उनीहरूको पीडा महसुस गर्न सक्छौं।”
Frankfurter Allgemeine Zeitung अन्तरवार्ताको जर्मन अनुवाद अनुसार उहाँले भन्नुभयो– “थप भाग्यशाली भएको एउटा मानिसले शरणार्थीलाई मद्दत गर्नु उनीहरूको कर्तव्य हो। अर्को तर्फ, अहिले शरणार्थीहरू एकदमै धेरै छन्।”
“युरोप, उदाहरणको लागि, जर्मनी, अरब राष्ट्र हुन सक्दैन” उहाँले एक हाँसोको साथ भन्नुभयो, “जर्मनी भनेको जर्मनी हो।”
“त्यहाँ धेरै छन् कि व्यवहारमा उतार्न गाह्रो हुन्छ।”
दलाई लामाले भन्नुभयो कि– “एक नैतिक दृष्टिकोणबाट पनि, मलाई लाग्छ कि शरणार्थीहरूलाई अस्थायी रूपमा मात्र स्वीकार गर्नुपर्छ।”
“उनीहरू आफ्ना राष्ट्रहरूमा फर्केर आफ्ना राष्ट्रहरू पुनर्निर्माणमा मद्दत गर्नुपर्छ भन्ने लक्ष्य हुनुपर्छ।”
जर्मनीले गत वर्ष सिरिया, इराक, अफगानिस्तान र अन्य देशहरूमा भइृरहेको गृह युद्धबाट भागेर आएका १.१ मिलियन मानिसहरूलाई शरण दियो, तर बाल्कन देशहरूको सीमा बन्द गर्ने निर्णयले टर्की र उत्तरी युरोप मार्फत यात्रा गर्ने मानिसहरूको चाप घट्दै गयो।
दलाई लामाले उत्तरी भारतमा अवस्थित धर्मशाला, जसमा निर्वासनमा रहेको तिब्बतीयन सरकार छ त्यहाँ भएको एक अन्तरवार्तामा भन्नुभयो कि “उनीहरू एक दिन तिब्बत फर्किने छन्।”
“सायद केही वर्षहरूमा,” ८० वर्षीयाले भने – “यदि म फर्कने अवसर उत्पन्न हुन्छ भने वा कम्तीमा छोटो भ्रमणको लागि भए पनि, त्यो ठूलो आन्नदको क्षण हुने थियो।”
चीनले सन् १९५१ मा आफ्नो सेना परिचालन गरेपछी हजारौ तिब्बतीयनहरू आफ्नो हिमाली देशलाई छोडेर भाग्न बाध्य भई धेरै भारतमा गई बसे।
श्रोत: http://timesofindia.indiatimes.com/world/europe/Dalai-Lama-says-too-many-refugees-in-Europe/articleshow/52522387.cms
सन् १९५१ देखि आफ्नो हिमाली देशलाई छोडेर भागेका हजारौ तिब्बतीयनहरू सुरक्षित स्थानको खोजीमा आफ्नो जीवनलाई दाउमा राखि भू–मध्य सागर पार गर्छन। तर पवित्र दलाई लामाले ती शरणार्थीहरूको पीडाको लागि सहानुभूति नदेखाएको देख्दा आश्चर्य लाग्छ। आजका सञ्चार माध्यमहरू धेरै बालबालिकाहरू समुद्रमा डुबेको र अभिभावकहरू ती बालबालिकाहरूको मृत शरीरसँग रोइरहेका मन दुख्ने तस्विरहरूले भरिएको छ, साथसाथै हस्तिहरूको भनाई छ “एक अभिभावकले तब मात्र आफ्नो बच्चालाई डुङ्गामा राख्दछन् जब समुद्र जमिनभन्दा सुरक्षित हुन्छ।” जहाँ विश्व विरोध र प्रयास गर्दै युरोपलाई धेरै भन्दा धेरै शरणार्थीहरू लिन दबाव दिइरहेकोछ त्यसको ठीक विपरीत पवित्र दलाई लामा भन्नुहुन्छ कि युरोपले धेरै शरणार्थीहरू स्वीकार गरेको छ।
यस्ता टिप्पणीहरू विश्वास गरिएको छ कि उनीहरू आफ्नो अस्तित्व जोगाउन अरू आश्रित राष्ट्रहरूको दयामा निर्भर हुनु परेकोछ। उदाहरणको लागि भारत, जसले ६० वर्षसम्म हजारौँ तिब्बतीयन शरणार्थीहरूलाई घर, शिक्षा, स्वास्थ्य सेवा र रोजगारीको अवसर प्रदान गरेको छ। अन्य धेरै राष्ट्रहरूले पनि तिब्बतीयन शरणार्थीलाई आफ्नो ढोका खोलेका छन् – संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स, स्विटजरल्याण्ड, बेल्जियम, ताईवान यी केही नाम हुन् र यी देशहरूले पनि समान उदारता र खुलापन देखाए।

आजको दिनसम्म, तिब्बतीयनहरू नेपाल र भारतमा आउने क्रम जारी रहेको छ, जहाँ उनीहरू शरणार्थीको रूपमा निर्वासनमा जीवन बिताइरहेका छन्। यी भर्खरै आएकाहरू बेबखत आएको हिउँदे आँधीको चपेटामा परे र चिसो हिउँले खट्टामा बनाएको घाउ लिएर आई पुगे। भारत र नेपालले पनि तिब्बतीयन शरणार्थीहरूलाई सोही खाले व्यवहारको लागि बढावा दिनुपर्छ जुन पवित्र दलाई लामाले यूरोपलाई मध्य पूर्वी र मध्य एसियाबाट आउने शरणार्थीहरूलाई गर्न आग्रह गरेका छन्?
(फोटो: Steve Razzetti)
पवित्र दलाई लामा विश्वभर तिब्बतीयन शरणार्थीहरूलाई करूणा देखाउन र चीनलाई राजनीतिक दबाव दिन आग्रह गर्दै घुम्नुहुन्छ। सोही समयमा, यो अन्तरवार्तामा, उहाँले युरोप छिर्ने शरणार्थीहरूप्रति समानुभूतिको कमी देखाउँदा, कडा प्रश्न उब्जिन्छ – उनीहरूको नेताले अरू मानिसहरू जो युद्धबाट बच्न भाग्छन्, जस्तै दलाई लामा आफैले झन्डै ६० वर्षअघि गरेका थिए, त्यस्तालाई थोरै मात्र दया देखाउँछन् भने किन संसारले हतोत्साहित भएका तिब्बतीयनहरूलाई दया देखाउने ?
यो पनि कठोर र आश्चर्यजनक रूपमा निराश लाग्दो भयो जब सोही अन्तरवार्तामा दलाई लामाले आफ्नो घर फर्किने लामो चाहाना व्यक्त गर्नुहुन्छ। त्यही भद्रता र सहानुभूति युरोप छिर्ने सिरियाली, इराकी र अफगानी शरणर्थीहरूको लागि देखाइएन। दलाई लामाले संकेत गरेका छन् कि शरणर्थीहरू स्थायी रूपमा नै युरोपमा बस्न चाहन्छन् र उहाँको जस्तो आफ्नै देश फर्किने चाहना राख्दैनन्।
दलाई लामाले यो पनि भन्नुभयो कि “जर्मनी भनेको जर्मनी हो र त्यो अरब राष्ट्र हुनसक्दैन”, यसैले जर्मनीलाई जर्मनी नै राख्नु पर्दछ। यो आफ्नो तिब्बती कारणको लागि समर्थन प्राप्त गर्न, राष्ट्रवादी जर्मन भावनालाई उत्प्रेरित गर्न र बहिष्कृत राष्ट्रवादी समूहलाई अपिल गर्ने प्रयास थियो? यो “दलाई लामा, सरल भिक्षु” वा “दलाई लामा,चतुर राजनेता” बोल्दै हुनुहुन्थ्यो?

पवित्र दलाई लामाले भारतको श्रीनगरको तिब्बतीयन उपनिवेशमा रहेको हिज्रात मस्जिद मा प्राथना अर्पण गर्नुहुन्छ। यो अरूको विश्वासको लागि देखाइएको पारस्परिक सम्मान मात्र क्यामेराको लागि हो कि पवित्र दलाई लामाले मनदेखि गरेका हुन्? उहाँका कार्यहरूले दोर्जे शुग्देनका अनुयायीहरू र युरोपमा रहेका शरणार्थीहरूलाई लिएर गरेको टिप्पणी हेर्दा अन्यथा संकेत गर्दछ।
अथवा सम्भवतः पवित्र दलाई लामा युरोप प्रवेश गर्ने शरणार्थीहरूलाई ध्यान केन्द्रित पार्दा तिब्बती शरणार्थीको लागि ध्यान र स्रोतहरू माथि कमी आउँछ भन्ने बारेमा चिन्तित हुनुहुन्छ। केवल एउटा सोचले कम्पन ल्याई उहाँको प्रेरणा यति सम्म निष्ठुरी हुनसक्छ। उहाँको अभियान र ६ दशकको कामलाई धन्यवाद छ, पवित्र दलाई लामा करूणा र मानव अधिकारहरूको पर्यायवाची भएका छन्। उहाँ आफ्ना नोबेल पुरस्कार कृति प्राप्त मित्र साथीहरू जस्तै आङसाङ सुकी, नेल्सन मण्डेला र आर्चबिशप डेस्मण्ड टुटु मध्ये एकमा पर्नुहुन्छ। रोचक कुरा यो छ कि, यी सबै एक वा अर्को कारणले विभिन्न समूह विरूद्ध भेदभावको आरोप खेपिसकेका छन्। दलाई लामाले अन्तरवार्तामा दिनुभएका टिप्पणीहरू जे भए पनि उहाँले ६ दशकसम्म मेहनत गरेर बनाउनुभएको आफ्नो छविभन्दा विपरीत छन्। अचानक अन्तरवार्तामा गरिएका टिप्पणीहरू विचार गर्दा– दया, नैतिकता र अत्याचारको स्वतन्त्रताको अधिकारमा उहाँका शिक्षाहरू अब पहिलेको जस्तो आकर्षक रहेनन्।
यी शिक्षाहरू दोर्जे शुग्देनका अनुयायीहरूलाई यो बितेका २० वर्षहरूमा चित्त बुझ्दो छैन, दोर्जे शुग्देनको अभ्यासमा लगाइएको प्रतिबन्धले उहाँका अनुयायीहरूको जीवन लगभग असहनीय बनाएको छ। अभ्यासमा लगाइएको प्रतिबन्ध, जुन धार्मिक स्वतन्त्रता माथिको उल्लङ्घन हो र यो कुनै आधार बिना सन् १९९६ मा लगाइएको प्रतिबन्धले हिंसा, अशिष्टता र जीवनमाथि खतरा निम्त्याएको छ। दोर्जे शुग्देनका धेरै तिब्बती अनुयायीहरू आफ्नो सुरक्षाको लागि भारत पलायन हुन बाध्य भए। दोर्जे शुग्देनका तिब्बती अनुयायीहरू वास्तवमा शरणार्थी भित्र पनि शरणार्थी हुन पुगे र आफ्नै समुदायदेखि संरक्षणको माग गर्नुपर्यो।
दलाई लामाले आफूलाई दोर्जे शुग्देनका अनुयायीहरूबाट अलग मात्र पारेनन् कि अहिले उनले विश्वलाई नै दोर्जे शुग्देनका शिक्षाबाट वञ्चित गराए। जबसम्म उहाँले यस्तो प्रकृतिको टिप्पणी गर्नुहुन्छ, तबसम्म तिब्बती नेतृत्वमा उहाँको लोकप्रियता र प्रभाव घट्दै जानेछ। आजकालका मानिसहरू सामाजिक रूपमा सचेत छन् र सोही अनुसार मान्छेहरूलाई जीवनले दिने अनेकौ अनुभवहरूलाई गम्भीर रूपमा सम्मान गर्छन्। तथापी, तिब्बती नेतृत्व २० औं शताब्दी मै अड्किरहेको छ, पुरानो समय जहाँ नेताहरूको हल्का कुरामा पनि जनताले संसारमा फैलिनु अघि चाँडै विश्वास गर्थे। तसर्थ अहिले पहिलेको भन्दा बढी, दलाई लामाको देश फर्कने कुरा झन् टाढिएको छ किनभने तिब्बती नेतृत्व २१ औं शताब्दीसँग चल्नसकेको छैन। सायद राजनैतिक टिप्पणी गर्नुको सट्टा आदरका साथ, उहाँले आफ्नो सधै आफ्नो जिद्दी गरी भन्नुहुन्छ–“साधारण बौद्ध भिक्षु त्यही रहन उचित होला।” उहाँले त्यो कुरा आफनो, तिब्बती नेतृत्व र तिब्बती जनताको लागि समस्यारहित पाउनुहुनेछ।
निःशुल्क डाउनलोड गर्नुस।
दोर्जे शुग्देनका चित्रकथा।
यो चित्रकथा नेपाली भाषामा छ जहा भगवान दोर्जे शुग्देन हाम्रो समयको सर्वोच्च विश्व शान्ति रक्षकको रूपमा कसरी प्रस्तुत भए बारे उहाँका आकर्षक कथा व्याख्या गरिएको छ। जब तपाईं हामीले उनको कथा राम्ररी बुझ्छै, तब यस शक्तिशाली संरक्षक देवताबाट हामीले अधिक अाशिष् प्राप्त गर्नका साथै उहाँको महानताको कदर गर्न सक्छै।
डाउनलोड गरीएको फाइल खोल्न तलको लिंकमा क्लिक गर्नुहोस्। (पीडीएफ फाईल):
तेस्रो पक्षद्वारा गरिएका प्रतिक्रिया वा पोस्टहरूका सम्बन्धमा अस्वीकरण
विनम्रताका साथ ध्यान दिनुहोस् कि तेस्रो पक्षहरूद्वारा टिप्पणी वा पोष्टको प्रतिनिधित्व ब्लगका मालिक वा उद्घोषकले गर्ने छैनन्। विशेष गरी मालिक वा होस्टको प्रतिक्रिया सेभ गर्नुहोला। तल दिइएका टिप्पणी खण्डमा अरू सबै टिप्पणीहरू वा पोष्टहरू वा अरू कुनै धारणाहरू, छलफलहरू वा विचारहरूले हाम्रो दृष्टिकोणको प्रतिनिधित्व गर्दैन र अरूले पनि नठानिदनुहिला। टिका टिप्पणीहरू जुन हामीलाई अप्रिय लाग्नसक्छ त्यो हटाउने अधिकार हामीसंग छ तर त्यस्तो टिप्पणीहरूको मात्राले गर्दा हटाउन नसकिने वा पत्ता लगाउन नसकिने कुनै पनि त्यस्ता टिप्पणीहरू छन् भन्दैमा यो होइन कि हामी त्यसलाई माफ गर्छौँ।
तल राखिएको कुनै पनि टिप्पणीहरू पोष्टहरू, धारणाहरू,छलफलहरू वा विचारहरूको सहभागीहरूले जिम्मेवार रूपमा व्यवहार गर्नुहुनेछ र कुनै पनि त्यस्तो विवरणहरू दिनुहुनेछैन जुन अपमानजनक प्रकृतिको छ वा कुनै टोली व्यक्ति विशेष वा उनीहरूको अास्था भड्काउने र अवहेलना गर्ने वा खिसी गर्ने वा कानून उल्लंघन गर्ने प्रकृतिको हुनेछैन भन्ने हामी अाशा गर्छौँ।
कृपया आफ्ना विवरणहरू प्रविष्ट गर्नुहोस्