नेपाली विद्यालयमा दोर्जे शुग्देनको प्रवेश।
हाम्रो प्रिये मित्र मेघनाथ लगभग करिब पाँच वर्ष देखि केचारामा काम गर्दै आएका छन् । २३ वर्षका उनि माननिये छेम रेन्पोछे ज्यु को नजिकको साथी र रेन्पोछेलाई दैनिक कामकाज मा सहयोग गर्नु हुन्छ । र साथै मेघनाथले दोर्जे शुग्देन प्रति धेरै आस्था राख्दछन् । विगत केहि वर्ष देखि मेघनाथले भगवान दोर्जे शुग्देनलाई प्रथाना गर्दै आएको र उनको सबै मनका कामनाहरु पुरा भए पश्चात उहाँको यस धर्म रक्षक प्रति आस्था अझ बढेका छन्। उहाँले आफ्नो हिन्दु प्रार्थनाहरुका साथ भगवान दोर्जे शुग्देनका प्राथना पनि सम्मिलित गर्नु हुन्छ। हाम्रो जिवन सुखदमय बनाउनका लागी भगवान दोर्जे शुग्देन निकै लाभदायक र सशक्त हुनुहुन्छ भन्ने ज्ञान भएर उहाँ अहिले आफ्नो घर फर्केको समयमा यस धर्म अभ्यासका बारे अधिकलाई जानकारी गराउदै हुनुहुन्छ। उनले आफ्नो घरको सानो मन्दिरमा भगवान दोर्जे शुग्देनका मुर्तिलाई स्थापित गर्नु भयो र उहाँका बुबा आमा पनि भगवान दोर्जे शुग्देनलाई पुजा-पाठ गर्न पाउदा अत्यन्तै खुशी हुनुहुन्छ। मेघनाथले भगवान दोर्जे शुग्देनका बारे अरु मानिसहरुलाई जानकारी गराए देखि उनको गाउँमा अहिले धेरै जनाले भगवान दोर्जे शुग्देनलाई पुज्ने गरेको छ।
पवित्र बौद्धनाथ र चाबाहिल स्थित दोर्जे शुग्देनको पुजाघर दुबै काठमाडौंमा पर्दछ । र मेघनाथले सके सम्म दोर्जे शुग्देन बारे प्रचार गर्नु भएको छ। साथै उनले आफ्नो गाउँ घर वरीपरी बस्नु हुने छिमेकी, साथी, आफ्न्त लगाएत सबैलाई भगवान दोर्जे शुग्देनको आशीर्वाद प्रदान गरिदिनु भयो। उनको घर नजिकै रहेको स्थानीय विद्यालयमा पनि यस धर्म अभ्यासको परिचय गराउनु भयो। उनले कसरी अरुसँग यो पवित्र धर्म अभ्यास बारे जानकारी गराउदै छ तल एक चोटि हेर्नु होस्। उहाँलाई कुनै कुरा राम्रो लागे मा, अरु व्यक्तिहरु सँग साट्न उचित ठान्ने व्यक्ति हुनुहुन्छ उनि। मेघनाथ एक साच्चै नै दयालु, सज्जन र ईमानदार व्यक्ति हुनु हुन्छ।
प्रशासक
तस्विर र भिडियोहरु।
![](https://www.tsemrinpoche.com/wp-content/uploads/2018/03/dschahabil001a.jpg)
चाबहिल निक्कै नै भिड लाग्ने स्थान जहाँ दोर्जे शुग्देनको यो पूजाघर रहेको छ । दैनिक रूपमा यो पूजाघरमा हजारौं मानिसहरू ओहोरदोहोर गर्ने गर्दछन्। ।
![Megnath outside the Chabahil Bhagawan Dorje Shugden statue sharing pictures and booklets on Dorje Shugden to the visitors.](https://www.tsemrinpoche.com/wp-content/uploads/2018/07/MegnathDSNepal002.jpg)
मेगनाथले चाबहिल स्थित भगवान दोर्जे शुग्देन पुजा-घर बाहिर दोर्जे शुग्देनको चित्र र सानो पुस्तक वितरण गरिदै गरेको।
![There is free literature in the Chabahil Bhagawan Dorje Shugden chapel. Anyone may take a picture, booklet or prayers of Dorje Shugden when they visit.](https://www.tsemrinpoche.com/wp-content/uploads/2018/07/MegnathDSNepal004.jpg)
चाबहिल स्थित भगवान दोर्जे शुग्देनको पुजा-घरमा निःशुल्क सामाग्री उपलब्ध छ। जस्तै दोर्जे शुग्देनको तस्विर, सानो पुस्तक र प्रार्थना कार्डहरु जो कोहीले पनि लिन सक्नु हुन्छ।
![Nepalese people happily accept Bhagawan Dorje Shugden practice because they have heard of many others having their prayers fulfilled.](https://www.tsemrinpoche.com/wp-content/uploads/2018/07/MegnathDSNepal012.jpg)
भगवान दोर्जे शुग्देनको धर्म अभ्यास बाट धेरैको मन-कामना पुरा भएको जानकारी प्राप्त भएर धेरै नेपालीहरूले खुसी साथ भगवान दोर्जे शुग्देनको धर्म अभ्यास स्वीकार गरी रहेको ।
भिडियो: काठमांडौँ, चावहिल स्थित दोर्जे शुग्देनको पूजा-घर
![Megnath and friends at the sacred Bodhanath Stupa in Bodha, Kathmandu. This stupa is said to contain relics of the previous Buddha Kashyapa. It is a major destination for Buddhists who visit from all around the world.](https://www.tsemrinpoche.com/wp-content/uploads/2018/07/MegnathDSNepal015.jpg)
मेघनाथ र उहाँका साथीहरू काठमाडौंको पवित्र बौद्धनाथमा । यो पवित्र बौद्धनाथ भित्र अघिल्लो बुद्ध कश्यपाको अवशेष राखिएको मानिन्छ। यो संसारभरबाट भ्रमण गर्न आउने र्बौध्दधर्मीहरूका लागि एक प्रमुख गन्तव्य हो ।
![Walking along the Bodha Stupa with the sacred Dorje Shugden. The gentleman just received this framed Bhagawan Dorje Shugden as a gift and he didn't want to leave it in the vehicle.](https://www.tsemrinpoche.com/wp-content/uploads/2018/07/MegnathDSNepal016.jpg)
यि युवकलाई भर्खरै प्राप्त भएको भगवान दोर्जे शुग्देनको पवित्र तस्विर गाडीमा छाड्न नमान्दै त्यस तस्विरलाई साथ लीई बौद्धनाथको परिकृमा गरिरहेको।
![Megnath extremely happy to bring this Bhagawan Dorje Shugden statue back home as many family and friends are waiting.](https://www.tsemrinpoche.com/wp-content/uploads/2018/07/MegnathDSNepal029.jpg)
मेगनाथले भगवान दोर्जे शुग्देनको मूर्ति घर लिएर जान पाउदा धेरै खुसी थिए भने उहाँको घर परिवार र मित्रहरुले उहाँको बाटो हेरि रहेको थियो।
![Megnath's father is overjoyed to have Bhagawan Dorje Shugden home in their family shrine.](https://www.tsemrinpoche.com/wp-content/uploads/2018/07/MegnathDSNepal018.jpg)
मेघनाथको घरको मन्दिरमा भगवान दोर्जे शुग्देनको मु्र्ति स्थापित गर्न पाउदा उहाँको बुवा सार्है खुशि हुनु भएको।
![Megnath's mother is grateful for bringing this beautiful Bhagawan Dorje Shugden home to their shrine where they will perform offerings daily.](https://www.tsemrinpoche.com/wp-content/uploads/2018/07/MegnathDSNepal019.jpg)
मेघनाथले भगवान दोर्जे शुग्देनको मुर्ति पुजाघर प्रवेश गर्दा उहाँको आमा सार्है खुशि हुनुहुन्छ र उनी हरेक दिन पुजा-पाठ गर्ने गर्दछन्।
![Megnath give literature, pictures, pendants and prayers in the Nepali language on Dorje Shugden to these eager school children. The headmaster and children were very grateful to receive Bhagawan Dorje Shugden.](https://www.tsemrinpoche.com/wp-content/uploads/2018/07/MegnathDSNepal032.jpg)
मेगनाथले नेपाली भाषामा रहेको दोर्जे शुग्देनको साहित्य, तस्विर, लकेट र प्रार्थना कार्डहरु विद्यार्थिहरुलाई वितरण गरिदिए। दोर्जे शुग्देन को सामग्री प्राप्त गर्ने हेडमास्टर र स्कुलका विद्यार्थिहरुहरू धेरै आभारी थिए।
![Megnath joyfully sent all these pictures to share as he is so enthusiastic to bring Bhagawan Dorje Shugden to many people in Nepal. He wants them to be blessed as he has been blessed by this powerful and peaceful world peace protector Bhagawan Dorje Shugden.](https://www.tsemrinpoche.com/wp-content/uploads/2018/07/MegnathDSNepal034.jpg)
मेघनाथले यी तस्विरहरु वितरण गर्नुको कारण उहाँ भगवान दोर्जे शुग्देनको धर्म अभ्याशलाई नेपालमा ल्याउन सार्है उत्साहित हुनु हुन्छ। यस शक्तिशाली र शान्ति रक्षक भगवान दोर्जे शुग्देनको आशिष् सबै नेपालीहरूलाई प्राप्त होस भन्ने उहाँको चाहना हो।
भिडियो: मेघनाथले नेपालमा दोर्जे शुग्देन प्रचार गर्दै ।
वा भिडियो सर्भरमा हेर्नुहोस।
https://video.tsemtulku.com/videos/MegnathDorjeShugdenNepal.mp4
थप विस्तृत जानकारीका लागि:
- दोर्जे शुग्देनको उदाहरणीय कथाहरु र सजीब उपन्यास
- तिम्रो मस्तिष्कको भूमि
- एक असल साथी
- शुभ मंगोलियन साइतहरू
- तपाईं धर्म निरपेक्ष वा आध्यात्मिक हुनुहुन्छ?
- दोर्जे शुग्देन : हाम्रा व्यक्तिगत कथाहरू
- कसरी तिब्बती नेतृत्वले प्रायोजकलाई व्यवहार गर्दछन् (जिन्दक)
- ट्रोडेखाङसार –४०० बर्ष पुरानो दोर्जे शुग्देनको पुजाघर, ल्हासामा
- ईश्वरीयता (ईश्वर) लाई पुकार्नु
- मित्रले नेपालीमा भगवान दोर्जे शुग्देनका बारेमा सिकाउनुहुन्छ ।
तेस्रो पक्षद्वारा गरिएका प्रतिक्रिया वा पोस्टहरूका सम्बन्धमा अस्वीकरण
विनम्रताका साथ ध्यान दिनुहोस् कि तेस्रो पक्षहरूद्वारा टिप्पणी वा पोष्टको प्रतिनिधित्व ब्लगका मालिक वा उद्घोषकले गर्ने छैनन्। विशेष गरी मालिक वा होस्टको प्रतिक्रिया सेभ गर्नुहोला। तल दिइएका टिप्पणी खण्डमा अरू सबै टिप्पणीहरू वा पोष्टहरू वा अरू कुनै धारणाहरू, छलफलहरू वा विचारहरूले हाम्रो दृष्टिकोणको प्रतिनिधित्व गर्दैन र अरूले पनि नठानिदनुहिला। टिका टिप्पणीहरू जुन हामीलाई अप्रिय लाग्नसक्छ त्यो हटाउने अधिकार हामीसंग छ तर त्यस्तो टिप्पणीहरूको मात्राले गर्दा हटाउन नसकिने वा पत्ता लगाउन नसकिने कुनै पनि त्यस्ता टिप्पणीहरू छन् भन्दैमा यो होइन कि हामी त्यसलाई माफ गर्छौँ।
तल राखिएको कुनै पनि टिप्पणीहरू पोष्टहरू, धारणाहरू,छलफलहरू वा विचारहरूको सहभागीहरूले जिम्मेवार रूपमा व्यवहार गर्नुहुनेछ र कुनै पनि त्यस्तो विवरणहरू दिनुहुनेछैन जुन अपमानजनक प्रकृतिको छ वा कुनै टोली व्यक्ति विशेष वा उनीहरूको अास्था भड्काउने र अवहेलना गर्ने वा खिसी गर्ने वा कानून उल्लंघन गर्ने प्रकृतिको हुनेछैन भन्ने हामी अाशा गर्छौँ।
कृपया आफ्ना विवरणहरू प्रविष्ट गर्नुहोस्