दोर्जे शुग्देनका चमत्कारहरू
जब मैले हाम्रो रक्षक दयालु दोर्जे शुग्देनको सम्मानमा यो लेख लेख्न सुरू गरें सोहि समयमा मेरो मानसपटलमा एउटा खुल्दुली जाग्यो, के यो प्रत्येक दिनको जस्तै कथा हो ? के महान रक्षक दोर्जे शुग्देनले धेरै चमत्कारहरू प्रदर्शन गरि नै रहनुभएको छ र के धेरै मानिसहरु यी चमत्कारलाई वर्णन मात्र गरिहेका छन् ? के मेरो कथा भनेको भन्दै आइएका धेरै कथाहरू मध्यको एक हो ?
वास्तवमा, दोर्जे शुग्देनका अधिकांश चमत्कारहरू व्यक्तिगत अनुभव, कृपा, दयाको भक्तिसँग सम्बन्धित छन् । यी चमत्कारहरू जुन अहिले मा व्यक्त गर्दैछु, यिनीहरु यस अर्थमा भिन्न छन् कि ती चमत्कारबाट लाभ भएका मानिसहरु न केचाराका हुन्, न त यिनीहरू भक्त नै हुन् वा न यिनीहरुलाई हाम्रो महान् रक्षकको बारेमा ज्ञान नै छ । तर तिनीहरू साँच्चै गम्भीर अवस्थामा थिए र मेरी छोरी र मलाई मद्दत माग्नका लागि आएका थिए ।
पहिलो घटना हामी दुबै शाङ्घाईको एउटा क्याफेकको व्यवस्थापन गरिरहेको बेलामा भयो > हामीले हाम्रो क्याफेमा धेरै चिनियाँ नागरिकहरूलाई रोजगारी दिन पाउँदा खुशी थियौं र हामीले उनीहरुसँग राम्रो सम्बन्धको विकास गरेका थियौं । चीनमा विदेशीहरूको रूपमा, त्यहाँ हामीलाई थाहा नभएका धेरै नियम र कानूनहरू थिए र हाम्रा चिनियाँ कर्मचारी हाम्रो व्यवसायको लागि ठूलो सम्पति झैँ भए ।
एक दिन सन् २००९ सालमा, हामीले देख्यौं कि हाम्रो सहायक बेकरी शेफ रोइरहेका थिए र एउटा चिनियाँ केटा मान्छे सार्वजनिक रूपमा रूनु सामान्य कुरा पक्कै होइन । उनी केही दिनअघि मात्र बुवा बनेका थिए र मस्तिष्कमा असामान्य रगत जमेको कारणले गर्दा उनको छोरी बाँच्न नसक्ने बताइएको थियो र सबै चिकित्सकलेले आशा मारिसकेका थिए ।
प्रोत्साहन स्वरूप, मेरी छोरी र मैले उनलाई दोस्रो चिकत्सक खोज्न र फरक खालको निदान हुनसक्ने सम्भावनालाई पछ्याउन सुझाव दियौं । उनले देखाइसकेका तीनैजना चिकित्सकले त्यहि विचार व्यक्त गरेका थिए भनी जवाफ दिए।
तत्कालै हामीले हाम्रो गुरू माननीय २५ औं छेम रिन्पोछेसँग सल्लाहको लागि परामर्श गर्यौं। रिन्पोछेले दोर्जे शुग्देनलाई केही वस्तु चढाउन भन्नुभयो र पूर्ण विश्वासका साथ ओम बेन्जा विकी बिटाना स्वाहा: भन्ने मन्त्र १० हजार पटक जप गर्न भन्नुभयो । रिन्पोछेले यो पनि भन्नुभयो कि हामीले पनि उहाँ र उहाँकी छोरीको लागि यो मन्त्र जप गर्नु पर्दछ ।
मन्त्रहरूको जप गरिसकेपछि, तीन दिनको समयभित्र बुवाले आफ्नो छोरीलाई पुन: चिकित्सकहरूकोमा देखाउन लगे ।
अनि चमत्कार भयो – जमेको रगत हटेको थियो ! चिकित्सकहरू चकित भए र सानी नानीलाई निको पार्न सकिने आशाले उपचार गर्न थाले । उपचार सुरू भयो र विशेष गरेर औषधि र उपचार गर्दाको समयमा आफ्नो छोरीलाई उपचार लागोस् भनेर बुबाले मन्त्र जप गरिरहन्थे ।
जन्मँदै रगत जम्ने समस्या भएकी सानी नानी आज जीवित छिन्, विधालय जाने गर्छिन् र उनको स्वास्थ पनि राम्रो छ। आर्थिक समस्याका कारणले न त बाबु र न त छोरी केचारा जान सके, तर उनीहरू सधैँ यो चमत्कारको लागि धन्य हुनेछन् ।
सन् २०१६ सालको अर्को घटनामा, मेरी छोरीले हामीलाई एउटा अचम्मको खबर सुनाइन् कि उनको युरोपमा बस्ने एकजना साथीको गर्भमा जुम्ल्याहा बच्चा थिए तथापि, त्यो सुखमय समाचार छोटो अवधिका लागि मात्र सिमित रहन गयो किनकी उसको स्वाथ्य जाँच गर्दा यो कुरा थाहा भयो कि ती जुम्ल्याहामध्य एउटा बच्चाको वृद्धि विकास एकदमै असमान्य भइरहेको थियो। स्क्यानिङ प्रक्रियाको माध्यमबाट, यो देखा पर्यो कि बच्चाहरूमध्य एकको पेटका अंगहरूको वृद्धि बच्चाको सानो शरीरको बाहिरी भागमा भइरहेको थियो ।
यो डर लाग्दो थियो र उनी दैविक सहयोग खोजि रहेको हुनाले के गर्न सकिन्छ भनी सोध्दै थिए। यो घटना वंशाणूगत अभावले हो वा शारीरिक खोटले भएको हो भन्ने पत्ता लगाउन परीक्षण गर्न बाँकी थियो । यदि शारीरिक खोटका कारणले भएको भए, गर्भावस्था जारी हुनसक्ने र यदि यो होइन भने, त्यसपछि ती समस्यामा परेको बच्चालाई गर्भपात गराउनु पर्ने आवश्यकता पर्थ्यो । यो निश्चित रूपमा राम्रो उपाय थिएन किनकी दुई जुम्ल्याहा बच्चामध्य एकलाई मात्र निकालेर अर्को बच्चा र आमालाई खतरा नहुनु प्राय: असम्भव नै हुन्छ ।
केचारा पुजाका समूहले स्वास्थ्य परिक्षणका लागि पुजाहरू गरेका थिए ताकि गर्भावस्थालाई निरन्तरता दिन सकियोस् । ती पुजाहरूकै कारणले सफलता प्राप्त भयो र ती घटना वंशाणुगत खराबीले नभई शारीरिक कारणले भएको प्रष्ट भयो ।
गर्भावस्था अवधि भर, सबै राम्रो हुँदै जाओस् र बच्चाको जन्म पनि राम्रोसँग होस् भनी पुजाहरू निरन्तर गरिएको थियो ।
जन्म पछि, पेट भित्रका अंगहरू पुन: पेटमै राख्नको लागि दुईपटक शल्यक्रिया गरिएको थियो र त्यो अवधिभर पुजा गर्न आमाले आग्रह गरिरहनुभएको थियो । अपरेसनको अवधिमा संक्रमण विकास भएकोले त्यहाँ ठूलो चिन्ताको क्षण थियो तर अहिले सबै राम्रो छ भन्ने निष्कर्षले म खुशी छु। । यस अवधिभर, बाधा र खतराहरू हटाउन पुजाहरू निरन्तर संचालन गरिएका थिए।
यो बच्चा अरु थप स्वास्थ समस्याहरुबिना स्वस्थ रुपमा हुर्कियोस् भनेर दोर्जे शुग्देनलाई म प्रार्थना गर्दछु ।
यी चमत्कारका घटनाहरूबाट म आश्चर्यचकित परेको छु कि दोर्जे शुग्देनले कसरी यति “अपरिचित व्यक्तिहरू” लाई यसरी अचानक सहयोग गर्नुभयो र मेरो दिमागमा यसले धेरै बलियो र शक्तिशाली प्रभाव पारेको छ ।
यी चमत्कारहरूमा प्रतिबिम्बित हुन्छ र यो कुनै दुविधा बिना नै मलाई लाग्दछ कि दोर्जे शुग्देन सबै प्राणीहरूको रक्षक र अभिभावक हुनुहुन्छ, चाहे उनीहरुले उहाँलाई पूजा गरुन् या नगरुन्। जब सहयोगको लागि मनन गरि आग्रह गरिन्छ, उहाँ त्यहाँ हुनुहुनेछ ।
हामी कति भाग्यमानी छौं कि दोर्जे शुग्देनका अभ्यास गर्न सक्षम भइरेका छौं र साथीभाइहरुलाई आवश्यकतामा सहयोग गर्न सकिरहेका छौं।
ओम बेन्जा विकि बिटना स्वाहा:
थप विस्तृत जानकारीका लागि:
- दोर्जे शुग्देनको उदाहरणीय कथाहरु र सजीब उपन्यास
- तिम्रो मस्तिष्कको भूमि
- एक असल साथी
- शुभ मंगोलियन साइतहरू
- तपाईं धर्म निरपेक्ष वा आध्यात्मिक हुनुहुन्छ?
- दोर्जे शुग्देन : हाम्रा व्यक्तिगत कथाहरू
- कसरी तिब्बती नेतृत्वले प्रायोजकलाई व्यवहार गर्दछन् (जिन्दक)
- ट्रोडेखाङसार –४०० बर्ष पुरानो दोर्जे शुग्देनको पुजाघर, ल्हासामा
- ईश्वरीयता (ईश्वर) लाई पुकार्नु
- मित्रले नेपालीमा भगवान दोर्जे शुग्देनका बारेमा सिकाउनुहुन्छ ।
कृपया एउटा मदतकाे अपेक्षा गरेकाे छु । तपाईकाे स्तम्बमा टकरपेकरकाे अबतार र बिस्त्रीत जानकारी सम्बन्धि पनि समाबेस गरि दिनु भएमा अाभारी हुने थियाे । मलाई जान्न चाहेकाे हाम्राे लामा शेर्वाकाे ल देवता टकरपेकर हाे भन्ने बुझ्नमा अाएकाे हुदा जान्न चाहेकाे हुँ ।