नरोपाको गुफामा पुजा, काठमाडौँ, नेपाल
यी तस्वीर सन् २००८ मा नेपालमा लिइएका हुन्, यो एक नदी निरको ठाउँ हो र म सँगैको त्यस नदी छेउमा महान् महासिद्धि नरोपा र उहाँको गुरूको गुफा छ । करिब साठ्ठी तिर्थ यात्रीका साथ म त्यहाँ भ्रमण गर्न गएको थिएँ र हामी सबैले त्यस गुफा घुम्यौं ; बाँकी सबै आ-आफ्ना देश फर्किए र म भने अझ धेरै तिर्थयात्रा गर्न त्यहीँ नै बसें । यो एक निकै सुन्दर, अद्भुत र पवित्र स्थल हो जहाँ नरोपाले आफ्ना गुरू तिलोपाद्वारा तालिम र शिक्षा पाएका थिए, र यहीँ नै उनले भज्रयोगिनीका दर्शन पनि पाएका थिए । उनीहरूले त्यहाँ दुई वटै गुफामा नरोपा र तिलोपा दुबैको निकै सुन्दर मुर्ति बनाएका छन्, यसैले मैले आफ्ना सहायकहरूका साथ पुजा गर्न र त्यस ठाउँको शक्तिलाई महसुस गर्न त्यहीँ बस्ने निर्णय गरे । त्यहाँ मैले केही प्रार्थना र पुजा गरे, त्यो निकै शान्तमय र सुन्दर ठाउँ थियो, पानीको प्रवाह, वातावारण, मौसम, भावना, र यहाँका हेरचाह गर्ने व्यक्ति पनि निकै राम्रा थिए । यसैले उनीहरूलाई बुद्धका धेरै फोटोहरू जस्तै भज्रयोगिनीका तस्वीर दिने मैले अवसर पाएँ र ती तिनीहरूलाई निकै मन पनि पर्यो । त्यो भ्रमण निकै अद्भुत थियो यसैले सबै माझ मेरो ब्लगद्वारा यसको बारेमा बताउने मैले इच्छा गरें ताकी तपाईंहरू पनि यी तस्वीर हेरेर रमाउनु र आनन्दित हुनुहुनेछ र मलाई आशा छ कि एक दिन तपाईंहरू सबै काठमाडौँ, नेपालमा स्थित नरोपा र तिलोपाका पवित्र ठाउँहरू भ्रमण गर्नु हुनेछ ।
शुभकामना,
छेम रिन्पोछे
सन्त नरोपाको गुफा भित्र रहेको यो एक सुन्दर मुर्ति हो । पुजा गर्न भनी म बसेकै नदी छेउको गुफा हो यो । सम्झनुहोस्, यस शालिकद्वारा नरोपाले भज्रयोगिनीको तपस्या गर्दाको स्थललाई स्मरण गराउँछ । जहाँ उनले तपस्या गर्दा सफलता प्राप्त गरेका थिए । सबैको निम्ति यो एक घुम्नै पर्ने स्थल हो अझ विशेष तिनीहरूका लागि जो भज्रयोगिनीप्रति मोहित छन्…
निःशुल्क डाउनलोड गर्नुस।
दोर्जे शुग्देनका चित्रकथा।
यो चित्रकथा नेपाली भाषामा छ जहा भगवान दोर्जे शुग्देन हाम्रो समयको सर्वोच्च विश्व शान्ति रक्षकको रूपमा कसरी प्रस्तुत भए बारे उहाँका आकर्षक कथा व्याख्या गरिएको छ। जब तपाईं हामीले उनको कथा राम्ररी बुझ्छै, तब यस शक्तिशाली संरक्षक देवताबाट हामीले अधिक अाशिष् प्राप्त गर्नका साथै उहाँको महानताको कदर गर्न सक्छै।
डाउनलोड गरीएको फाइल खोल्न तलको लिंकमा क्लिक गर्नुहोस्। (पीडीएफ फाईल):
थप विस्तृत जानकारीका लागि:
- दोर्जे शुग्देनको उदाहरणीय कथाहरु र सजीब उपन्यास
- तिम्रो मस्तिष्कको भूमि
- एक असल साथी
- शुभ मंगोलियन साइतहरू
- तपाईं धर्म निरपेक्ष वा आध्यात्मिक हुनुहुन्छ?
- दोर्जे शुग्देन : हाम्रा व्यक्तिगत कथाहरू
- कसरी तिब्बती नेतृत्वले प्रायोजकलाई व्यवहार गर्दछन् (जिन्दक)
- ट्रोडेखाङसार –४०० बर्ष पुरानो दोर्जे शुग्देनको पुजाघर, ल्हासामा
- ईश्वरीयता (ईश्वर) लाई पुकार्नु
- मित्रले नेपालीमा भगवान दोर्जे शुग्देनका बारेमा सिकाउनुहुन्छ ।
[…] नरोपाको गुफामा पुजा, काठमाडौँ, नेपाल […]
[…] नरोपाको गुफामा पुजा, काठमाडौँ, नेपाल […]
यो नारोपा र तिलोपा ध्यान गरेको कुन स्थान हो ।प्रष्ट पारिदिनु होला।