तिम्रो मस्तिष्कको भूमि
माननीय श्री २५ छेम रिन्पोछे हाम्रो अध्यात्मका सल्लाहकार र दोर्जे शुग्देन हाम्रो धर्मको रक्षक भइदिनुभएकोमा केचरा धेरै भाग्यमानी छ। यति महान् र श्रेष्ठ गुरूसँग यस जीवनमा हाम्रो भेट हुन पाउनु भनेको हामी कति भाग्यमानी छौं भनी बुझेर हामीले सकेसम्म हाम्रा गुरूसँग राम्रो सम्बन्ध र राम्रो समय कायम राख्ने प्रयास गर्नुपर्छ।
यहाँ तल भएको उपदेश रक्षक दोर्जे शुग्देनले केचरा फरेस्ट रिट्रीट समूहलाई दिनुभएको हो। दोर्जे शुग्देन बोध प्राप्त गरेका बुद्ध भएकाले उहाँले दिनुभएका उपदेशहरू निपुण धर्म हो जुन तल स्पष्ट रूपमा देख्न सकिन्छ।
यी उपदेश केचरामा संलग्न हुने मानिसलाई मात्र नभइ आफ्नो अध्यात्मको अभ्यासमा अगाडि बढ्न र आफ्ना गुरूहरूसँग गुरू-चेलाको उच्चतम सम्बन्ध कायम राख्न चाहने सबैलाई काम लाग्ने हुँदा उहाँको उपदेश यहाँ बाँडिदैछ।
प्रशासन
केचरा फरेस्ट रिट्रिट समूहलाई धर्मपाल दोर्जे सुग्देनको उपदेश
नभम्बर १८, २०१५
तिम्रा लामाले तिमीलाई दिएको अपार धर्मज्ञानको लागि तिमी एउटा खेतबारी हुनुपर्छ जहाँ कयौं बिउहरू रोपिएका हुन्छन्।र वर्षहरू विस्तार हुँदै गएपछि, वर्षहरू बित्दै गएपछि, तिम्रो भूमिको क्षेत्रफल पनि बढ्नेछ र सुन्दर तरकारी, फलफुल र अरू खाध्यहरू फल्नेछ। आफ्ना लामाको क्रिया, शब्द, उदाहरण, अर्ति, दया, बानीहरूबाट वर्षौं देखि ग्रहण गरेको धर्मको फलस्वरूप झन्झन् थोरै खाध्य पदार्थ उत्पादन हुनुहुँदैन। बुझिरहेछौ?
हरेक साल, एक किसान जस्तै – एक अध्यात्मको किसान तिमी – तिम्रो क्षेत्रफल र भूमिको विस्तार हुनुपर्छ र समयसँगै दुई रोपनी, तीन रोपनी, चार रोपनी, पाँच, दश, पन्ध्र, बीस हुनुपर्छ। तिमीले पहिलो रोपनीमा सिकेका कुराहरू दोस्रो, तेस्रो र चौथो रोपनीमा प्रयोग गर्न मिल्छ। तिमीले पहिलो रोपनीमै सिकिसकेका कुराहरूका लागि दोस्रो, तेस्रो वा चौथो रोपनीहरूमा फेरि नयाँ निर्देशनको आवश्यकता पर्नेछैन। पहिलो रोपनीका लागि दिइएका सबै सुत्र, प्रक्रिया र उपदेशहरू दोस्रो, तेस्रो र चौथो रोपनीमा पनि काम लाग्नेछन्।
त्यसैले, अर्को शब्दमा, तिमीले ती अनुदेशहरू प्रयोग गरिरहेछौ भने तिमीसँग त्यसको उपज हुनेछ र त्यसको परिणाम खाध्यान्न उब्जनेछ। र हरेक वर्ष, तिम्रो भूमि विस्तार हुनुपर्छ। यो तिम्रो मस्तिष्कको भूमि हो। यो तिम्रो विकासको क्षेत्रफल हो। यी उपदेशहरू त्यस भूमिका लागि बिउहरू हुन्। तिमीले यी बिउहरूलाई लिएर आफूलाई उपलब्धी नहुने गरि कोही अरूको भूमिमा फाल्नु हुँदैन। तिमीले जमिन नखनेमा वा त्यसमा भएका जङ्गली घाँस ननिकालेमा वा त्यस जमिनमा पानी नहालेमा, जुन कुराहरू आचार, वचन र निरन्तर प्रयास हुन्, तिम्रो जमिनमा केही उब्जिनेछैन। तिमीले बिउ र जमिनको संरक्षण गर्न जङ्गली घाँस निकाल्नुपर्छ, मल हाल्नुपर्छ, पानी हाल्नुपर्छ, किरा र चराहरूबाट सुरक्षा गर्ने जस्ता अरू धेरै कामहरू गर्नुपर्छ। यो भनेको तिम्रो प्रयास, तिम्रो आचार, प्रयोग र निरन्तरतासँग दाँज्न मिल्छ।
तिम्रो मन तल र माथि गर्दा, त्यसलाई तुरून्तै समातिहाल। त्यसलाई धेरै टाढा जान नदेउ। तिमीले गहिरिएर सोच्यौ भने तिम्रो मनले तिमीलाई तिम्रो जीवनको कुनै समयमा पनि लाभ दिएको छैन। तिम्रो जीवनको कुनै पाटोमा पनि तिम्रो मनले तिमीलाई दीर्घकालीन रूपमा लाभ दिएको छैन। तिम्रो मनले जति पनि कुराहरू ल्यायो, सबै दु:ख, निराशा, चिसोपन, डर, रिस, दुरी र सबैभन्दा महत्त्वपूर्ण र ठूलो बाधा–सुविधा क्षेत्र ल्यायो। हामीलाई नकारात्मक हुन सजिलो भइसक्छ, हामीलाई नकारात्मक हुने बानी बसिसकेको हुन्छ र त्यसपछि हामी अरू मानिसहरूको सहारा र हेरविचारको आशा गर्छौं जबकि हामी 30, 40 वा 50 वर्ष पुगिसकेका हुन्छौं। यो बन्द हुनैपर्छ।
आफ्नो उमेरअनुसार कर्मगर। आफ्नो उमेरअनुसार व्यवहार गर। धर्ममा बसेको वर्षहरू अनुसार र आफूले पाएको ज्ञानअनुसार विकसित होऊ। धर्ममा बसेको केही महिना मात्र भए जस्तो कर्म नगर। 15, 16 वा 20 वर्षको मानिसजस्तो व्यवहार नगर।
गाली पाउँदा रिस, प्रशंसा पाउँदा खुशी – यो एक बालकको मन हो। गाली खाएपछि किन खाएको होला भनेर जाँच गर, यसबाट पार होऊ अनि अघि बढ। प्रशंसा पाउँदा तिमी सही बाटोमा हिँडिरहेछौ भनेर बझ र आनन्द मान तर धेरै खुशी नहोऊ किनकी खुशी र रिस उही मनस्थितिबाट पैदा हुन्छ। खुशी र रिस उही मनस्थितिबाट पैदा हुन्छ किनकी मनस्थिति त्यही मस्तिष्कबाट पैदा हुन्छ, जुन भ्रमित हुन्छ।
त्यसैले झुटो खुशीमा नबाँधिऊ। यो संसारमा खुशी छैन। दु:खमा पनि नबाँधिऊ किनकी तिमीले अहिले महसुस गरिरहेको दु:ख भन्दा परम दु:ख त यहाँभन्दा तलका तीन लोक हुन्। तिमीले अहिले जे पनि अनुभव गरिरहेका छौ, महसुस गरिरहेका छौ, त्यसलाई ठूलो नबनाऊ। त्यसलाई त्यहीँ घुमिरहन नदेऊ, बसिरहन नदेउ र अझ घिस्रिन नदेऊ।
नकारात्मक भावना, विचार र व्यवहारहरूलाई कहिले पनि बढ्न नदेऊ। किन? तिम्रो गुरू तिम्रो बुवा होइन, आमा होइन, प्रेमी होइन, प्रेमिका होइन, पत्नी होइन, पति होइन वा अरू कोही पनि होइन जसलाई तिमीले सामान्य रूपमा व्यवहार गर्छौ। तिम्रो गुरूसँग तिमीले गर्ने व्यवहार, तिम्रो हाउभाउ र कुराकानी तिम्रो विगतमा भएका सम्बन्धहरूभन्दा विल्कुल फरक हुन्छ। त्यसैले तिमीले भेटेका अरू प्राणीहरूलाई विगतमा जस्तो व्यवहार गर्दै आएका छौ त्यस्तो व्यवहार आफ्नो गुरूसँग कहिल्यै गर्नुहुँदैन किनकी ती अरू प्राणीहरू तिमी जतिकै भ्रममा थिए। त्यसैले तिमीले उनीहरूलाई बेवास्ता गर्दा, कहिलेकाहीँ रिसाउँदा, उनीहरूलाई माया गर्दा वा उनीहरूप्रति तटस्थ हुँदा उनीहरूको भ्रममा वृद्धि हुन्छ र उनीहरूद्वारा तिम्रो भ्रममा वृद्धि हुन्छ।
तिमीले ग्रहण गर्यौ भने तिमीलाई गुरूले दिएका कुनै पनि चिजबाट तिम्रो भ्रम कम हुन सक्छ। आफ्नो गुरूलाई केही पनि चिज दिँदा पनि तिम्रो भ्रम र मोह कम हुन्छ। तिमीले गुरूबाट केही पनि लिँदा, भ्रम कम हुन्छ; केही पनि दिँदा पनि भ्रम कम हुन्छ। त्यसैले तिमीले आफ्नो गुरूसँग गर्ने व्यवहार तिम्रो विगतमा भएका सम्बन्धहरूभन्दा विल्कुल फरक हुन्छ। त्यसैले तिम्रो गुरूसँगको तिम्रो सम्बन्ध पवित्र हुन्छ। किन पवित्र हुन्छ? किनकी हाम्रो सबैभन्दा पवित्र जित भनेको हाम्रो दिमागको परिवर्तन हो, जहाँ हामी एक स्वार्थी, आत्मकेन्द्रित मानिसबाट अरूको बारेमा सोच्ने र आफूलाई केन्द्रविन्दु नबनाउने मानिस बन्न सक्छौं। अनि जब हामी यो गर्दै जान्छौं, तब हाम्रो दु:ख कम हुँदै जान्छ, हाम्रो मानसिक कमजोरी कम हुँदै जान्छ, हाम्रो आत्म-मूल्यह्रास, प्रशंसाको कमी र आत्मविश्वास कम हुने समस्या कम हुँदै जान्छ। यो किन होला? जति तिमीले सकारात्मक गतिविधिहरू गर्छौ त्यति त्यसले सकारात्मक मस्तिष्कलाई प्रबल बनाउँछ। ती सकारात्मक गतिविधिहरू तिम्रो गुरूहरूबाट तिमीले पाउँछौ।
एकैछिन ध्यान दिएर विचार गर। तिमीले आफ्नो गुरू भेट हुनुभन्दा पहिले धेरै सकारात्मक कुराहरू गरेका छौ कि आफ्नो गुरू भेटेपछि? तिमीले आफ्नो गुरू भेटेपछि धेरै सकारात्मक कार्यहरू गरेका छौ भने त्यहाँ तिम्रो लागि सिधा र तर्कपूर्ण प्रमाण छ कि तिम्रो आफ्नो गुरूसँगको सम्बन्धको परिणाम सकारात्मक गतिविधि हुन्छ र सकारात्मक परिवर्तन हुन्छ। तिम्रो गुरूभन्दा पहिलेको जीवनमा कसैले पनि, कसैले पनि तिमीलाई मस्तिष्कको प्रशिक्षण, परिवर्तन, दया, सहनशीलता, बोधिचित्त, अरूलाई स्वीकार गर्न, माफी, धैर्यता सिकाएको थियो?
अहिले तिमीले आफ्नो गुरूलाई भेटेपछि तिमीलाई के सिकाइएको छ, के गर्न हौसला दिइएको छ, के गर्न प्रशिक्षण दिइएको छ, केका लागि गाली र केका लागि प्रशंसा गरिएको छ? तिमीलाई आफ्नो मस्तिष्क विकास गर्न गाली, प्रशंसा र आशिर्वाद दिइएको छ। तिमीले आफ्नो गुरू भेटेदेखि तिम्रो मस्तिष्क अझ सबल बनाउन हौसलादिइएको, जिस्काइएको, चलाइएको, प्रोत्साहित गरिएको र पुरष्कृत गरिएको छ। योभन्दा पहिले तिम्रो लागि कसले त्यस्तो गरेको थियो? कोसँग त्यस्तो गर्ने ज्ञान थियो? तिम्रो लागि त्यस्तो गर्ने कोसँग बुद्धि थियो? तिम्रो लागि त्यस्तो गर्न कोसँग अलौकिक मस्तिष्क थियो?
तिम्रो गुरूभन्दा पहिले तिमीलाई कसैले पनि आफ्नो मस्तिष्क परिवर्तन गर्ने ज्ञान दिएको थिएन जसबाट तिमीले उच्च विचार गर्न सक्छौ, अरूको बारेमा र अझ टाढासम्म सोच्न सक्छौ र त्यसैले तिम्रो गुरू धर्मको भण्डार हुन्। तिमीले आफ्नो गुरूको सम्मान गरेर उहाँसँग तिम्रो अहिलेसम्म भएका सम्बन्धहरूभन्दा भिन्न सम्बन्ध बनाउनुपर्छ किनकी तिम्रो गुरू तिम्रो जीवनमा भएका अरू सबै मानिसहरूभन्दा भिन्न छन्। तिमीले आफ्नो गुरूसँग निरन्तर, सकारात्मक सम्बन्ध कायम राख्यौ भने तिम्रो चेतनामा निरन्तर सकारात्मक मस्तिष्कको विकास हुन्छ।
तिमीले सोच्न सक्छौ, “कोही मानिसले गरेनन्।” यो गुरूको गल्ति होइन। उदाहरणको लागि – यस्ता धेरै बौद्ध धर्मावलम्बीहरू छन् जसले नास्तिकहरूभन्दा जघन्य अपराध गरेका छन्। यसले बुद्धलाई प्रतिबिम्बित गर्दैन; यसले त्यही मानिसलाई प्रतिबिम्बित गर्छ र देखाउँछ कि त्यो मानिसले कतिको धर्मलाई आफ्नो जीवनमा लागु गर्यो वा गरेन। त्यसैले आफ्नो गुरूलाई अरूलाई गरेजस्तो व्यवहार नगर। तिमीले आफ्नो गुरूलाई शरीर र मस्तिष्क दुबैबाट सम्मान गर्नुपर्छ। आफ्नो गुरूको बारेमा कुरा गर्दा आदरसँग कुरा गर्नुपर्छ। पण्डित अश्वघोशका 50 श्लोकहरूमा भनीए जस्तै आफ्नो गुरूका बारेमा अरूसँग कुरा गर्दा आफ्नो गुरूलाई कहिल्यै पनि केवल नामले परिचय गराउनु हुँदैन। आफ्नो गुरूलाई सम्मान गरेर उहाँको नाम अगाडि सम्बोधन शीर्षक लगाउनुपर्छ र आफ्नो हात श्रद्धामा बाँध्नुपर्छ।
यसको परिणाम दुईवटा कुरा हुन्छन्। एक, तिमीले आफैँलाई शिष्ट हुनुपर्छ भनी सचेत गराउँछौ र अर्को चाहीँ तिमीले दोस्रो व्यक्तिलाई एक गुरूबाट शिक्षा पाउन सके कति भाग्यमानी भइँदो रहेछ भनेर जानकारी दिन्छौ। तिम्रो आदर देखेर उसमा पनि आदर आउनेछ। केही गरि उनीहरू तिम्रो गुरूसँगकर्मको सम्बन्धमा जोडिएका रहेछन् भने उनीहरू यहीँ आउनेछन्; केही गरि उनीहरू कोही अरू गुरूसँग कर्मको सम्बन्धमा जोडिएका रहेछन् भने उनीहरूको पनि भेट हुनेछ। जे भए पनि, तिम्रो विशेष कार्य, तिम्रो सम्मानपूर्ण कार्यले उनीहरूलाई धर्म भेट्टाउन मद्दत पुर्याउनेछ।
सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उनीहरूले तिम्रो गुरू भेट्नु होइन; उनीहरूले कुनै पनि गुरू मार्फत धर्म भेट्नु हो। बुझिरहेछौ?
तिम्रो गुरूसँग भेट हुनुभन्दा पहिलेका सम्बन्धहरूले तिम्रो मस्तिष्क, तिम्रो कर्म, तिम्रो अर्को जीवन वा टाढासम्म यही जीवनमा पनि केही फाइदा गर्दैन। तिम्रो गुरूसँगको तिम्रो कुनै पनि सम्बन्धले तिम्रो यस जीवन, अर्को जीवन र सबैभन्दा महत्त्वपूर्ण तिम्रो मस्तिष्कलाई लाभ हुन्छ। गुरूका मुखबाट निस्कने सबै वाणी सुन, त्यसमा केन्द्रित होऊ र गहन विचार गर। ती कुराहरू मस्तिष्कलाई सबल बनाउने, धैर्य र सहनशीलता र आफूलाई अर्को श्रेणीमा लगेर अरूसँग पहिले भन्दा भिन्न रूपमा प्रस्तुत हुने बारेमा नै हुन्छ। तिमीले आफ्नो गुरूका यी सबै उपदेश सुनेर अहिले नै आफ्नो जीवनमा लागु गर्यौ भने – भोलि होइन, अर्को दिन होइन, आफूलाई मन लागेको बेलामा होइन, आराम भएको बेलामा होइन, सन्चो महसुस भएको बेलामा होइन – अहिले नै लागु गर्यौ भने तिम्रो क्षेत्रफल बढ्नेछ र तिम्रो खाध्यान्न यथेष्ट हुनेछ।
केचरा फरेस्टको जमिन बनाउँदा धेरै स्थानीय देवी-देवता र आत्माहरूलाई शान्त पारिएको थियो। त्यसैले यहाँ सौम्य वा गम्भीर कुनै पनि किसिमको बिमारी देखिदैंन। यहाँ दुर्घटना देखिंदैन। कहिलेकाहीँ अस्थिरता देखिन्छ। जहिले पनि यो कुरा ध्यानमा राख्नु – र नबिर्सिनु – कि जहिले पनि निर्माणको गर्दा मस्तिष्कमा अस्थिरता हुन्छ। यहाँका देवी-देवताहरूलाई शान्त पारिएको हुन्छ तर हामीले काम गर्ने क्रममा, अझ हल्ला गर्ने क्रममा, जमिनलाई खलबलाउँदा र मानिसहरू आएर समान फाल्ने, थुक्ने, कराउने गर्दा कहिलेकाहीँ ती आत्मा र देवी-देवताहरू फेरि झस्किन्छन्।
उनीहरू पनि मानिस जस्तै हुन्छन्, उनीहरूलाई शान्त त बनाउन सकिन्छ तर फेरि उनीहरू केही कारणबस झस्किन पनि सक्छन्। एकचोटी शान्त पारिएको छ भन्दैमा उनीहरू सधैँ शान्त बसिरहन्छन् भन्ने हुँदैन। उनीहरूलाई हामीले झस्काउन सक्छौं र त्यसैले उनीहरू सधैँ शान्त बस्दैनन्। त्यसैले समूहमा आउने अस्थिरता स्थानीय देवता वा जमिनका देवताहरू खुशी छैनन् भन्ने कुराको पहिलो सङ्केत हो। त्यो अस्थिरता तिमी र तिम्रो गुरूबीच पनि हुन सक्छ वा समूहका अरू व्यक्तिहरूसँग पनि हुन सक्छ। यो पहिलो सङ्केत हो किनकी यहाँका स्थानीय देवताहरूले सबैभन्दा पहिले आक्रमण गर्ने तरिका भनेको अस्थिरता ल्याएर हो। अस्थिरता भएपछि विभाजन हुन्छ; विभाजन भएपछि कार्य सम्पन्न हुँदैन। बुझिरहेछौ?
महत्त्वपूर्ण कुरा भनेको केएफआर समूहले निर्माण कार्य हुँदा निरन्तर रूपमा साधना गरिरहनु पर्छ र यो कुरा यस कोठामा भएका सबै लगायत यस जमिनमा बसोबास गर्ने मान्छेहरूलाई पनि लागू हुन्छ। यो धेरै महत्त्वपूर्ण छ। तिमी आफ्नो कर्मसँग जुधिरहेछौ, तिमी अरू मानिसहरूको कर्मसँग जुधिरहेछौ जो यस भवनबाट लाभ लिन सक्नेछन् र तिमी आफ्नो आत्मकेन्द्रित मस्तिष्कले उत्पादन गर्ने नया कर्मसँग जुधिरहेछौ।
समूहमा कालो मन्जुश्री साधना गर्नुपर्छ। अघिल्लो दिनमा उपदेश दिइएको कुरा निकै शुभ थियो। म धेरै प्रसन्न भएको थिएँ। समूहमा तिमीहरूले कालो मन्जुश्री साधना गर्नुपर्छ र सामुहिक रूपमा 1,00, 000 मन्त्रहरू संकलन गर्नुपर्छ। खासगरी यो मूल मन्त्र, ॐ प्रसो चुसो दुर्तासो दुर्मिसो निंग गोला चो काला झा काम शाम त्राम बेह फेट स्वाहा। यस मूल मन्त्र सामुहिक रूपमा 1,00,000 चोटी गरिनुपर्छ। समूहमा कालो मन्जुश्री। त्यसको अर्थ सबैजना मिलेर। बुझिरहेछौ?
कालो मन्जुश्रीको धेरै शक्तिशाली असरहरू हुन्छन्। तिमी सोच्लाउ, “किन यो? किन त्यो?” कर्मअनुसार र भाग्यअनुसार तिम्रो आवश्यकता भिन्न हुन्छ र तिम्रो आशिर्वाद भिन्न हुन्छ। बुझिरहेछौ? तिम्रा छिमेकीहरू – केही छिमेकीहरू – र अरू ठाउँहरूबाट वा नामका आध्यात्मिक मानिसहरूबाट पनि केचारतिर पठाइएको श्राप, नकारात्मक गफ, सोचाइ र इर्ष्याहरू सबैलाई कालो मन्जुश्रीले धपाउँछ। त्यसैले कालो मन्जुश्री राम्रोसँग गरेमा श्राप, नकारात्मक गाली, गफ, गलत शब्द, सोचाइहरू सबै भाग्छन्। बुझिरहेछौ? यसले गर्दा बेला-बेलामा विक्षुब्ध भएका देवी-देवतालाई पनि प्रसन्न पार्दछ।
एक अर्कासँग स्नेह्शील होऊ। एक अर्कालाई प्रेम गर, सम्मान गर। केचरा फरेस्ट रिट्रिटमा सकेसम्म धेरै बस। बुझिरहेछौ? शहरभन्दा यहाँ धेरै समय बिताउन बहानाहरू खोज। तिम्रो उर्जा यहाँ यसलाई बढाउन लगाऊ, अग्रणी बन। बुझिरहेछौ? यहाँ हुने र बस्ने मात्र नभइ सक्रिय बन। वरिपरी हेर। यस ठाउँको हेरविचार गर। यस ठाउँको अनुरक्षण गर। आर्थिक सहयोग संकलन गर, धर्म प्रचार गर्ने नयाँ शैलीहरूमा व्यस्त होऊ। सामाजिक प्रचार, सामाजिक घुलमिलका लागि आधुनिक उपायहरू।
आफ्नो साधनाहरू गर, मनलाई खुशी राख। एक अर्कासँग स्नेह्शील होऊ। आफ्नो मनलाई स्थिर बनाऊ र यसलाई घर नै मान। घर भनेको ठाउँ होइन, यो केवल हाम्रो मस्तिष्कमा मात्र छ। त्यसैले भौगोलिक रूपमा जहाँ भए पनि तिमीले आफ्नो मनमा यसलाई घर मान्यौ भने यो घर नै हुन्छ। बुझिरहेछौ?
राम्रो उदाहरण देऊ। शुभसमाचारका लागि समय चाडैं आउँदैछ। यस संस्थालाई त्यस समाचारले सकारात्मक रूपमा प्रभावित पार्नेछ र अझ विस्तार हुनेछ, बुझिरहेछौ? एक अर्काको ख्याल राख। एक अर्कालाई सहारा देऊ। तिमीहरूबीचमा रगतको नाता भएझैं एक अर्काको ख्याल राख।
यस जमिनमा विभिन्न निर्माणको योजनाहरू बनाएका छौ, त्यसका बारेमा भन्नु पर्दा साधना गर्दै गर, एउटा परियोजनादेखि अर्कोमा जान धेरै प्रतिक्षा नगर। आफ्नो लामाले तिमीलाई बोलाउनलाई प्रतिक्षा नगर। तिमीले नै उहाँलाई निरन्तर सम्पर्क गर, तिमीले फेरि-फेरि अनुरोध गरेर केही काम सुरु हुनका निम्ति कारण पैदा गर्नुको प्रतिक्षा गर्नुमा तिम्रो लामाको पनि केही कारणहरू छन्। भनीन्छ धर्म पाउन हाम्रो गुरूलाई साष्टांग प्रणाम, भेट र मण्डला तीनपटक चढाउनुपर्छ र मनबाट तीनपटक अनुरोध गर्नुपर्छ र बल्ल गुरूले स्वीकार गर्नुहुन्छ। कारण धर्म पाउने कारणको सिर्जना गरिनुपर्छ। बुझिरहेछौ?
तसर्थ, यस जमिनमा गरिने सम्पूर्ण परियोजनाहरूका लागि आफ्नो गुरूसँग सम्मान गरेर र तर्कवद्ध रूपमा अनुरोध गर। काम छिटो सम्पन्न गर। यसलाई धेरै बेर लाग्न नदेऊ, धेरै बेर प्रतिक्षा नगर, आफ्नो मनस्थितिलाई बीचमा आउन नदेऊ। आफ्नो रिसलाई बीचमा आउन नदेऊ। आफ्ना शंकाहरूलाई बीचमा आउन नदेऊ। किन? यी गुणहरूले तिमीलाई धर्मअघिको जीवनमा पनि लाभ गरेका थिएनन् र अहिले पनि पक्कै लाभ गर्दैनन्।
सबैभन्दा महत्त्वपूर्ण – आफ्नो गुरूसँगको सम्बन्ध र उहाँसँगको समयलाई सङ्ग्लो राख। समय र सम्बन्ध भनेको के हो? एक निस्कपट मन। एक खुला मन। कृतज्ञता। तिमीलाई उहाँले कृतज्ञता व्यक्त गरेजस्तै तिमीले पनि उहाँलाई कृतज्ञता व्यक्त गर र अधिक श्रद्धा देऊ। श्रद्धा भन्नाले तिम्रो मनमा एउटा विशेष ठाउँ हो जसले त्यस सम्बन्धलाई असामान्य, असाधारण, असांसारिक र अलौकिक बनाउँछ।
त्यसको अर्थ के हो? त्यो सम्बन्ध यस संसार, पृथ्वी, यस समय, यस आयामको नै होइन। यसको अर्थ धेरै जन्मअघि तिम्रो लामासँग तिम्रो सम्बन्ध थियो। त्यसैले अहिले तिमी यहाँ फेरि भेटका लागि आएका छौ, अरू धेरै कामहरू फेरि गर्न। तिमीहरू कतिले आफ्नो वचन तोडेका छौ र आफ्नो आश्रय छोडेका छौ, कतिले पहिलेको जन्ममा गम्भीर वचनहरू पनि तोडेका छौ। लामालाई यो कुरा अवगत छ त्यसैले तिमीलाई आफ्नो नजिक राख्नुहुन्छ।
मन बहकिनुको कारण ती तोडिएका वचनहरू हुन् जुन तिमीले पहिलेका जन्ममा दिएका थियौ र विशेषत: गम्भीर वचनहरू। त्यसैले तिमीले आफ्नो सम्बन्ध तोडेपछि, आफ्नो वचन तोडेपछि, तीन गहनासँगको आफ्नो सम्बन्ध तोडेपछि, तिमी लामाको नजिक फिर्ता आउँछौ – किनकी तिमीले धर्म गरेका छौ – तर ध्यान पुर्याऊ किनकी तिम्रो मन फेरि बहकिनेछ र मथि-तल, माथि-तल गर्नेछ किनकी तिमीले आफ्नो अघिल्लो जन्ममा आफ्नो वचन राख्न असफल भएका थियौ।
तिमी भिक्षु हुन् सक्थ्यौ, आनी हुन सक्थ्यौ, बोधिसत्व, गुरू, आर्हत-खोजि, साधु वा कोही यस्तो हुन् सक्थ्यौ जसले आरक्षण दिन्छ – तर तिमी सोचविचार नपुर्याई, सम्मान नगरेर, आफ्ना वचनहरू फाल्यौ र लिप्त भइराख्यौ, भइराख्यौ। यसको परिणाम फेरि मन अस्थिर हुन्छ। तर तिमीले केही क्षणको लागि मात्र भए पनि आफ्ना वचनहरू राखेको भएर तिमीले फेरि लामालाई भेट्यौ। बुझिरहेछौ? तिमीले फेरि लामालाई भेट्यौ किनकी तिमीले आफ्ना वचनहरूलाई फेरि भेट्यौ, तर तिम्रो मन अझै माथिर तल गरिरहन्छ किनकी तिमीले आफ्ना वचनहरू तोडेका थियौ। बुझिरहेछौ?
समाधान: निरन्तर अभ्यास। तिम्रो साधना जसले तिमीलाई शुद्ध बनाउँछ। निरन्तर गरिरहेको धर्मका कार्य र सबैभन्दा महत्त्वपूर्ण, एक असल मन, जुन तिम्रो आफ्नो कामबाट अरूको लाभको लागि निरन्तर आफ्नो सुविधा क्षेत्रबाट बाहिर आउन प्रयास गरिरहन्छ। तिमीले यहाँ जे निर्माण गरेपनि आफ्नो लामालाई विन्ती गर, ठीक समय हेरेर फेरि आफ्नो लामालाई अनुरोध गर र आफ्ना नक्सा र खर्चहरू सबै तयार पर। तिमीले प्रयास गरेमा सबै बन्नेछ, बुझिरहेछौ?
निर्माण गरिराख। आफ्नो जिम्मेवारीलाई गम्भीर रूपमा लेऊ र आलस्य नगर। फेरि दोहोर्याउँछु – तिमीमा भएका सबै अवगुणहरूले तिमीलाई धर्म पाउनुभन्दा अघि केही लाभ दिएका थिएनन्। तसर्थ धर्मको बाटोमा पनि तिमीलाई ती अवगुणहरूले लाभ दिँदैनन्। त्यसैले तिनलाई त्याग्देऊ। तिम्रो धर्मभन्दा अघिको सकारात्मक गुणले तिमीलाई लाभ दिएको थियो। तसर्थ धर्मको बाटोमा पनि ती गुणले तिमीलाई लाभ दिनेछ र त्यसकारण आफ्ना सकारात्मक गुणहरू वृद्धि गर्न प्रयास गर, बुझिरहेछौ?
सँगै निर्माण गर। पालन-पोषण गर। रिस कम गर। आज तिम्रो लामा आउनुभएको छ। धेरै राम्रा आदेशहरू दिइएका छन्। ती आदेशहरूका लागि मेरो समर्थन छ। सौहार्द, सहकार्य र क्षुद्रताबिना निर्माण गर। बुझिरहेछौ?
म जहिले पनि सहयोग गर्नेछु; बुद्धका उपदेशहरूको अनुयाय गर, म सदैव सहयोग गर्नेछु। बुझिरहेछौ? तिम्रो लागि सदैव म तीन गहनालाई प्रार्थना गरिरहनेछु।
निःशुल्क डाउनलोड गर्नुस।
दोर्जे शुग्देनका चित्रकथा।
यो चित्रकथा नेपाली भाषामा छ जहा भगवान दोर्जे शुग्देन हाम्रो समयको सर्वोच्च विश्व शान्ति रक्षकको रूपमा कसरी प्रस्तुत भए बारे उहाँका आकर्षक कथा व्याख्या गरिएको छ। जब तपाईं हामीले उनको कथा राम्ररी बुझ्छै, तब यस शक्तिशाली संरक्षक देवताबाट हामीले अधिक अाशिष् प्राप्त गर्नका साथै उहाँको महानताको कदर गर्न सक्छै।
डाउनलोड गरीएको फाइल खोल्न तलको लिंकमा क्लिक गर्नुहोस्। (पीडीएफ फाईल):
थप विस्तृत जानकारीका लागि:
- नेपाल, पाटनकी उडिरहेकी बज्रयोगिनी
- ट्रोडेखाङसार –४०० बर्ष पुरानो दोर्जे शुग्देनको पुजाघर, ल्हासामा
- नरोपाको गुफामा पुजा, काठमाडौँ, नेपाल
[…] तिम्रो मस्तिष्कको भूमि […]
[…] तिम्रो मस्तिष्कको भूमि […]
[…] तिम्रो मस्तिष्कको भूमि […]
[…] शुग्देनले सल्लाह दिनुभएको यो पहिलो पटक होइन। वर्षौदेखि मैले […]
[…] शुग्देनले सल्लाह दिनुभएको यो पहिलो पटक होइन। वर्षौदेखि मैले […]
सर्वप्रथम श्रदय धर्म गुरुको चरणमा ढोग अर्पित गर्न चाहन्छु । म एउटा बुद्ध धर्मको आस्था राख्ने बुद्ध धर्मको बारेमा आफुले जानेको बुझेसम्मको धार्मिक ज्ञान गुण धार्मिक सन्देश प्रवाह गर्ने प्रचारप्रसार गर्ने सामान्य अनुयायी मात्र हो । म नेपालको गरिब परिवारमा जन्मेका सामान्य किसानको छोरा हो । हामी तामाङ समुदायमा जन्मेको एउटा परिवार हो । हाम्रो गाउँका समाजमा बुद्ध धर्मको परम्परामा र धर्मको मर्म बित्रै देखि स्थापित गर्न सकिरहेको छैन त्यसैले बुद्ध धर्मको संरक्षण र विकास प्रबर्द्धनका लागि हाम्रो दुर्गम क्षेत्रमा बुद्धको एउटा सानो छ्योर्तेन निर्माण गर्ने लक्ष्य राखिएको छ आर्थिक सहयोग जुटाउन वा अलि आर्थिक समस्याका कारण त्यो काम पूरा हुन सकेको छैन । यद्यपि यस कार्यको वा छ्योर्तेन निर्माणका लागि केही आर्थिक सहयोग प्रदान गर्न सक्नु हुनेछ कि । नमस्कार ।
नाम : दुर्गा घलान,
Phone no. 9849553903
Email : my_kundosangbo@hotmail.com
दोर्जे सम्पा दोर्जे सम्पा को बारे मा पनि लेखि दिनु भए धेरै आभारी हुने थिए
[…] तिम्रो मस्तिष्कको भूमि […]