के हामी सबैले दलाई लामाका कुरा सुन्न अनिवार्य छ ?
(Click here to read the original English article.)
(लेखक: म्याथ्यु सिन्क्लेयर)
प्रिय मित्रहरू,
सबैलाई थाहा छ कि म दोर्जे शुग्देनको समर्पित अभ्यासकर्ता हुँ। साथै सबैलाई ज्ञात छ कि म पवित्र दलाई लामालाई उच्च आदर गर्दछु र मैले मेरा शिष्यहरू तथा मित्रहरूलाई धैर्यताका साथ सबै कुरा हेरेर र राम्रो र नराम्रो भनी मूल्यांकन नगरी धर्म अभ्यास गर्न प्रेरित गर्दछु। तसर्थ म कुनै पनि प्रकारका आलोचना वा दोषारोपणका लागि प्रेरित गर्दिन तर त्यसको साटो सबैले शान्त तथा सहनशील चित्तको विकास गरून् भन्ने चाहन्छु।
केही वर्षयता TsemRinpoche.com ले आफ्नो पहुँच विस्तार गरेको छ र हामीलाई सबै प्रकारका इमेल तथा चिठ्ठीहरू प्राप्त हुन्छन्। त्यस्तै एक पत्र म्याथ्यु सिन्क्लेयरबाट प्राप्त गरेको थिएँ, जो हाल मलाई ट्वीटरमा फलो गर्नुहुन्छ र यस ब्लगका नियमित भिजिटर हुनुहुन्छ। उहाँले यस चिठ्ठी केही ट्वीटहरूका जवाफ स्वरूप लेख्नभएको हो, जुन म र मेरो दोर्जे शुग्देनको अभ्यासको मानार्थ छैनन्। स्पष्टसँग भन्दा त्यस्ता ट्वीटहरूले मलाई असर गर्दैनन्; मैले मेरा प्रिय गुरू पवित्र क्याब्जे जोङ रिन्पोछेलाई गरेको वाचाका कारण दोर्जे शुग्देनको अभ्यास गर्छु, प्रख्यात बन्नका लागि होइन।
जे भएपनि, म्याथ्यु सिन्क्लेयरको चिठ्ठीले धेरै विचारोत्तेजक कुराहरू उठाएका छन् र पाठकहरूका लागि विचार गर्न, बहस गर्न र सहमत हुन वा नहुनका लागि मैले यसलाई प्रकाशित गर्ने निर्णय गरेको छु। मैले यस चिठ्ठी प्रकाशित गरेर कसैको अपमान गर्न खोजेको होइन र मलाई आशा छ कि यसले सबैलाई दोर्जे शुग्देन जस्ता मुद्दाहरूमा गहिरो रूपमा सोच्न प्रोत्साहित गर्नेछ। कृपया खुला दिमाग राखेर पढ्नुहोस् र सिन्क्लेयरजीको विचारहरूबाट सिक्नुहोस्।
धन्यवाद
छेम रिन्पोछे
प्रिय प्राध्यापक रबर्ट थर्मन,
के हामी सबैले दलाई लामाका कुरा सुन्न अनिवार्य छ?
कुनै व्यक्तिको धर्म भनेको कसैको सरोकारको विषय होइन। यो उसको र उसले चयन गरेको भगवान वा देवता बीचको कुरा हो र अरू कसैले पनि औँल्याउनु पर्दैन कि उसले के वा कसरी प्रार्थना गर्छ, जबसम्म कुनै कानून तोडिदैनन् र उसको भगवान प्रार्थना गर्दा र उसको आस्था प्रकट गर्दा कसैलाई हानि हुँदैन। स्पष्टरुपमा भन्नुपर्दा, यस सन्दर्भमा ‘हानि’ वास्तविक हुनुपर्छ र कल्पना गरिएको हुनु हुँदैन। कुनै अर्का व्यक्ति त्यससँग सहमत नहुँदैमा एक व्यक्तिको धर्मलाई हानिकारक मान्न मिल्दैन।
कुनै एक व्यक्ति वा निश्चित समूहको विश्वासले मात्र सत्य तर्फ डोर्याउँछ जबकी अन्य विश्वासहरू भ्रामक र हानिकारक हुन् भन्ने खालका सुझाव नै इतिहासमा केही दु:खद् युद्धहरूका कारण बनेका थिए। धर्मलाई आतंकवादको सबैभन्दा घृणित कृत्यहरू सिद्ध गर्न सहजतापूर्वक प्रयोग गरिन्छ।
तसर्थ, जसरी संसार अझ वैश्वीकरण हुँदै गइरहेको छ र पुराना धर्महरू धेरै नयाँ उत्साहको अभिव्यक्ति र नयाँ आस्थाका तरिकाले विकसित हुँदै गइरहेका छन्, मानिसहरूले आफूले चयन गरे अनुसारको धर्म मान्न पाउने अधिकारको रक्षा गर्न अझ महत्त्वपूर्ण हुँदै गइरहेको छ। हामीले बचाउ गर्न खोजेको कुनै एक धर्ममाथि अर्कोको वैधानिकता होइन, तर आधुनिक र बहुआयामिक संसारमा विशिष्ट रूपमा एकल व्यक्ति वा आध्यात्मिक कुलिन समूहले मात्र देवत्वको सारलाई अभिव्यक्त गर्न सकिन्न भन्ने हो। धैर्यता र स्वीकरण नै यस जटिल संसारमा शान्तिपूर्ण सहअस्तित्वको लागि महत्त्वपूर्ण कुरा हो।
यदि यो कसैले बुझ्नुपर्ने हो भने, त्यो प्राध्यापक रबर्ट थर्मन हुनु पर्छ। उनी अन्नत: तिब्बती बौद्ध धर्मका ज्ञाताका रूपमा चिनिन्छन् जुन महायन बौद्धधर्म, र स्थानीय सर्वव्यापक देवीदेवताहरु, राक्षसहरु र जीवपूजाको मान्यताको तान्त्रिक विधिको समिश्रण हो। यो बुझ्न र अनुशरण गर्न सजिलो खालको धर्महरुमध्य होइन। रक्तपिचास, शान्त पारिएका राक्षसहरू, आत्माहरूका रूपमा उत्पन्न भएका बुद्धहरू, तथा बाह्य संसारका जीवहरू सम्मिलित देवीदेवताहरूको अथाहा उपस्थितिका कारण पारम्परिक बौद्धहरूलाई पनि यो स्वीकार्न कठिन हुन्छ कि बुद्धले साँच्चै “तिब्बती बौद्ध धर्म” सिकाउनु भयो। तथापि, यस रहस्यमय धर्म भगवान बुद्धको निर्वाणको सहस्राब्दी पश्चात् मात्र उत्पत्ति भएको हो। यदि हामीले साधारण तथा दैनिक ‘साधारण अर्थ’ को दृष्टिकोणले हेर्ने हो भने तिब्बती बौद्ध धर्म कुनै नशामा तल्लीन व्यक्तिले लेखेको काल्पनिक लेख जस्तो लाग्छ। तथापि, रबर्ट थर्मनलाई उनको संस्करणको धर्म सिकाउन तथा प्रचार गर्न अनुमति दिइएको छ तथा कसैले पनि उहाँलाई उनी अर्थहीन अन्धविश्वासको फगत एक खुद्रा व्यापारी र काल्पनिक पौराणिक कथाका स्व: नियुक्त अनुवादक हुन् भनी भन्दैनन्। यो यस्तै हुनुपर्ने हो, तर यस लेखको यो सबै भन्दा महत्त्वपूर्ण कुरा हो, जसले अन्य व्यक्तिका धर्मप्रति रबर्ट थर्मनका दृष्टिकोणलाई सम्बोधित गर्छ। केही व्यक्तिहरूका लागि रबर्ट थर्मन आधुनिक दिनका मसिहा हुन् भने, अरूका लागि उहाँ एक धमिलो मति भ्रम भएको हिप्पी युगका पुनरावर्तन हुन्। तर उहाँ आफू जे हुनुहुन्छ त्यो बन्न र त्यसबाट समृद्ध बन्न अनुमति छ।
प्राध्यापक रबर्ट थर्मन खुला दिमाग भएको विश्वबाट लाभान्वित हुनुहुन्छ जसले कुनै पनि धर्मको विश्वसनीयता तथा अभिप्राय भनेको अभ्यासकर्ताले के बुझ्छ र प्रत्येक अभ्यासकर्तामा यसले राम्रो वा नराम्रो पक्ष जागृत गर्छ भन्ने कुरा बुझेको छ। यसको अरूसँग केही लिनु-दिनु हुँदैन। थोरैले बुझ्ने वा संलग्न हुन चहाने रहस्यमय व्यवस्थाको विश्वासका ज्ञाताका रूपमा थर्मनले पाउनुभएको प्रसिद्धी, समृद्धि, र मान्यतालाई कृपाका साथ उपयोग गरेका छन्। यो उनका लागि राम्रो हो तर, दु:खका साथ भन्नुपर्छ कि थर्मनले लक्षित गरेका र दोषारोपण गरेका अन्य मानिसहरूका धार्मिक अभ्यास प्रति उनले अनुग्रह विस्तार गर्दैनन्।
हालसालै, बब थर्मनले ट्वीटर मार्फत् नव कदम्पा परम्परा (एनकेटी) र छेम टुल्कु रिन्पोछेका साथै सयौँ साना-ठूला धर्मका केन्द्रहरू, तिनीहरूले प्रार्थना गर्ने सम्पूर्ण दैवी गण मध्ये एक बौद्ध देवतामाथि हमला गरेका छन्। जबकी, एनकेटी मुख्यतय: बौद्ध केन्द्रहरूको सञ्जाल भएको पश्चिमी देशहरूमा प्रभावशाली रहेका एक संस्था हो, छेम टुल्के रिन्पोछे एक प्रतिष्ठित गादेन शार्त्से मोनास्टिक विश्वविद्यालयका भिक्षु हुन्, जसका दक्षिण पूर्व एसियामा ठूलो संख्यामा अनुयायीहरू छन्। सम्भवत: भ्रामक वक्तव्यहरूलाई एक समान बनाउने सहजताका लागि थर्मनले आफ्ना तारोहरूलाई एकै बनाउन चाहेतापनि, एनकेटी तथा छेम रिन्पोछे एक अर्का देखी स्वतन्त्रतापूर्वक सञ्चालन हुन्छन्, उनीहरूका बुद्धका शिक्षाहरू प्रचार गर्ने विशिष्ट तरिकाहरू छन्, र बौद्ध परम्पराहरूका अवैध निषेधिकरणजस्ता एकै मुद्दालाई सम्बोधन गर्न भिन्न तरिकाहरू अवलम्बन गर्छन्, जुन निषेधिकरणका लागि थर्मन पोख्त छन्। एनकेटीका सदस्यहरू दलाई लामाका विरोधहरूको समर्थन गर्नेहरू भनी प्रख्यात छन्, जुन उनीहरूले दलाई लामाका दुष्कर्म भनी मान्ने कुराहरूमा ध्यानाकर्षण गराउने साधनका रूपमा लिन्छन्। यस सन्दर्भमा छेम रिन्पोछेले कहिल्यै दलाई लामाका विरूद्धमा हुने कुनै पनि प्रकारका विरोधहरूमा सहभागी भएनन् र दलाई लामालाई गलत व्यक्तित्वका रूपमा चित्रण गर्ने प्रयास गरेका छैनन्। त्यसको उल्टो, छेम रिन्पोछेले दलाई लामा प्रति सधैँ उच्च आदर र सम्मान राख्दै आएका छन् र वास्तवमा, दलाई लामाको चरित्र हत्या नगरी विवादको शान्तपूर्ण समाधानका लागि बहस गरेका छन्।
प्रसंगवश, एनकेटी जुन घेशे केल्साङ्ग ग्यात्सोले स्थापना गर्नु भएको थियो, त्यस प्रति रबर्ट थर्मनका घृणा दलाई लामाले ऐतिहासिक रूपमा प्रचार गर्नु भएको थिएन। दलाई लामाले घेशे केल्साङ्ग ग्यात्सोका “बुद्धिजम इन टिबेटन ट्र्डीसन” नामक पुस्तकका लागि भूमिका लेख्नुहुँदा उहाँले घेशे-लाको परिचय मुक्तकण्ठले गर्नुभएको छ। यो त्यस समयमा थियो, जब घेशे केल्साङ्ग ग्यात्सो दोर्जे शुग्देनका समर्पित अभ्यासकर्ताका रूपमा परिचित भइसकेका थिए। दलाई लामाको दोर्जे शुग्देन प्रतिको हृदय परिवर्तन मार्फत् घेशे-ला को चरित्र “परिवर्तन” भएको मानिनु सबैका लागि रहस्य भएको छ। दशकौं सम्म दलाई लामाले दोर्जे शुग्देनलाई बुद्धका रूपमा पूज्नु भयो तर हाल उनैलाई एक नीच र द्रोही आत्माका रूपमा अनादर गरियो।
एनकेटी र छेम रिन्पोछे बीचको साझा कुरा भनेको दुबै गेलुग्पा क्रमका विशिष्ट पात्रहरू हुन् र दुबै ग्याल्छेन दोर्जे शुग्देनका अभ्यासकर्ताहरू हुन्, जो बुद्धका शिक्षाहरूका रक्षकका रूपमा पूजिने प्राचीन बौद्ध देवता हुन्। साथसाथै, दुबै रबर्ट थर्मनका घातक आक्रमणका पीडितहरू हुन्।
छेम रिन्पोछे दोर्जे शुग्देनको अभ्सासका बफादार रक्षाकर्ता हुन्, जुन तिब्बती बौद्ध धर्मको शाक्य र गेलुग विद्यालयको हृदयमा बस्दछ। स्पष्ट रूपमा भन्नुपर्दा, छेम रिन्पोछेले दोर्जे शुग्देन वा उहाँका अभ्यासहरूको रक्षा गर्दैनन्। हामीले रक्षा र आशीर्वादका लागि मान्दै आएको शक्तिशाली देवतालाई अन्य मानिसहरूको बाधा अड्चनको विरूद्ध हामी मानिसहरूको सुरक्षा आवश्यक पर्छ भनी सोच्नु हाँस्यास्पद हुन्छ। छेम रिन्पोछे व्यक्तिको अधिकारका लागि उठ्छन्, जुनसुकै व्यक्ति होउन्, आफ्ना गुरूबाट हस्तान्तरण भई आएको महत्त्वपूर्ण धार्मिक विधिको अभ्यासका लागि उठ्छन् र अभ्यासको निरन्तरता एवं उन्नतिका लागि संरक्षण गर्ने प्रतिज्ञाद्वारा बाँधिएका छन्। सत्यका लागि उठ्नु र जतिसुकै असुविधाका बावाजुत पनि आफ्नो प्रतिज्ञा कायम राख्नु – के यी विशिष्ट स्वभावहरू निन्दा गर्नु भन्दा सबैजनाले मन पराउने र प्रोत्साहित गर्नुपर्ने खालका होइनन् ?
तथापि, यस्तो इमान्दारीताले प्राध्यापक रबर्ट थर्मनलाई समस्या खडा गरेको देखिन्छ, जो कुनै साधारण तर्कको परीक्षणमा कहिल्यै उत्तीर्ण नहुने कारण दिएर सन् १९९६ मा दलाई लामाले अभ्यासको निरन्तरताको विरोध गर्नुभएको कारणले दोर्जे शुग्देनको अभ्यास उचित बौद्ध विधि होइन भनी दाबी गर्दै निन्दा गर्नेहरूको एकाइको भाग हुन्। उनको पाटोमा, थर्मनले दोर्जे शुग्देनका अभ्यासकर्ताहरूलाई “बौद्ध तालिबान” भनी उल्लेख गरेका छन्, यस शब्दावली दोर्जे शुग्देनका अभ्यासकर्ताहरूका विरूद्धमा वैरभाव पैदा गर्ने अभिप्रायले उनले मुद्रित गरेका हुन्।
यसका साथै थर्मनले शुग्देनका अभ्यासकर्ताहरूलाई दलाई लामा र उहाँको सरकारका विरूद्ध कार्य गर्ने चीनका गुप्तचरहरू भनी दोषारोपण गरेका छन्। यो पनि नमिल्दो छ किनभने, दोर्जे शुग्देन ४०० वर्ष पुरानो प्रथा हो भने चीन-तिब्बत बीचको मतभेद ६० वर्ष पहिले मात्र सुरू भएको थियो। त्यसोभए शुग्देनका अभ्यासकर्ताहरूले सन् १९५९ भन्दा अघि ३०० वर्ष भन्दा बढी के को जासुसी गरिरहेका थिए? थर्मनले यस भू-राजनितिक मुद्दालाई लिएर शताब्दीयौं पुरानो धार्मिक अभ्यासलाई जोड्नु अत्यन्तै अनुत्तरदायी र भ्रामक हुन्छ। यस्ता व्यापक अभियोगहरूले ऐतिहासिक रूपमा विभाजन, अलग्याई र बहिष्कार सिर्जना गरेको छ – मुख्यत: सही बौद्ध अभ्यासले सिकाउने दृष्टिकोणमा। यस सम्बन्धमा थर्मनका अतिवादि नजर उनी र उनले प्रतिनिधित्व गर्ने शैक्षिक संस्थाका लागि अपमान मात्र नभई साधारण मानिसहरूका सामान्य बुझाईको पनि अपमान हो। सबै जना भिन्न भएतापनि र सबैको प्राथमिकता, भावना र प्रभाव फरक भएतापनि एक धर्म वा मानिसका एक जाती वा एक राष्ट्रियता वा एक लिङ्गका मानिस समग्रमा नराम्रो वा दुष्चरित्रको हुन्छ भन्ने धारणा हाँस्यास्पद छ। पछिल्लो पटक यस्तो विचार व्याप्त हुँदा ६० लाख यहुदीहरू मारिए। दोर्जे शुग्देन सम्बन्धी समस्या विगतका जातीगत र लैङ्गिक असमानताका समस्याहरू जस्तै, आफ्नो ठाउँमा कहिल्यै समस्यापूर्ण भएन तर यो संकिर्ण विचारहरूलाई प्रचार हुन दिनुको परिणाम हो। यस आधारमा हामी देख्न सक्छौँ कि, रबर्ट थर्मनका विचारहरू कति खतरानाक छन्, जसले संसारलाई प्राचीन अन्धकारको युगमा तानेर लैजाने प्रयास गर्दैछन्।
प्राध्यापक रबर्ट थर्मनको यस विषयमा तथाकथित योग्यता केवल उनको दलाई लामासँगको सामिप्यतामा आधारित छ। कसैलाई उहाँ तिब्बती बौद्ध धर्मका ज्ञाता हुन् र उहाँलाई धेरै ज्ञान छ भन्ने लाग्छ। तर त्यो गल्ती हुन्छ। थर्मनले धेरै योग्य गुरूबाट सिकेका छन् र ती मध्ये कोही उच्च प्राप्ति भएका व्यक्तित्वहरू पनि हुनुहुन्छ। तर एक सामान्य सत्य यो पनि हो कि, दलाई लामा नै एक मात्र योग्यता हुनुभएका तिब्बती बौद्ध धर्मगुरू हुनुहुन्न। गेलुग, निङ्गमा, शाक्य तथा काग्यु परम्परामा सयौँ अन्य हुनुहुन्छ। दलाई लामाका आफ्नै गुरूहरू पनि उच्च योग्यता प्राप्त विद्वान तथा पोख्त अभ्यासकर्ताहरू हुनुहुन्छ, त्यसै कारण नै उहाँहरूलाई दलाई लामालाई शिक्षा प्रदान गराउनका लागि चयन गरियो। तथापि, रबर्ट थर्मनको व्यवहारबाट उहाँका गुरू १४औँ दलाई लामा बौद्ध अभ्यासहरू प्रमाणिक गर्ने एक मात्र योग्यता प्राप्त हुनुहुन्छ भन्ने उदृत गर्दछ। यो अतिवादी, पक्षपाती र गलत हो। थर्मन चाहन्छन् कि तपाईंले यो तथ्यलाई नदेखेको जस्तो गर्नहोस् कि, यथार्थमा सबै पुराना गुरूहरूले दोर्जे शुग्देनलाई एक विशेष तथा प्रबुद्ध देवता भनी मान्दथे, जुन रबर्ट थर्मन आफैँले पनि तबसम्म मान्थे जबबाट उनका लागि अन्य तरिकाले सोच्नु फाइदाजनक हुन थाल्यो। रबर्ट थर्मनका समकालीनहरूले त्यस समयको सम्झना गर्छन् जब उनले दोर्जे शुग्देनको अभ्यास सुरू गर्नका निम्ति उनका तत्कालीन गुरू डोमो घेशे रिन्पोछेबाट दीक्षा मागेका थिए। र जब उनको अस्थिर दिमागका कारण उनलाई अस्वीकार गरियो, तब उनले अभ्यास सिक्नका लागि गिड्गिडाएको आजको दिन सम्म पनि मानिसहरू याद गर्छन्। साँच्चै थर्मनको गुरू प्रतिको निष्ठा र धार्मिक अभ्यास हालको चलनचल्तीमा रहेको अनुसार परिवर्तन हुन्छ।
तर म अलि बहकिएँ। थर्मन “अमेरिकामा दलाई लामाका मान्छे”का रूपमा चिनिन्छन् र केवल यस सम्बन्धले गर्दा थर्मनले अरूका अगाडि नैतिक श्रेष्ठता खोज्छन् र आफ्नो भूमिका सिद्ध गर्छन् जुन मुख्यत: आध्यात्मिक तानाशाही प्रवृत्ति हो, जसले वास्तवमा उनका गुरू दलाई लामालाई आध्यात्मिक तानाशाह भनी घोषणा गर्छ। थर्मनले सहजरूपमा के बिर्सिरहेका छन् भने, सबै तिब्बती बौद्धमार्गीहरूको दलाई लामासँग आध्यात्मिक सम्बन्ध रहेको हुँदैन, तसर्थ उनीहरूले दलाई लामाका सुझाव अबलम्बन गर्न बाध्य हुँदैनन्। तथा जसको दलाई लामासँग त्यस्तो आध्यात्मिक सम्बन्ध रहेको हुन्छ, सम्भावना भएसम्म उनीहरूको आध्यात्मिक सम्बन्ध त्यही मात्र नहुन सक्छ। तिब्बती बौद्ध धर्मका अनुयायीहरूका एक भन्दा बढी गुरू हुनु सामान्य हो, र प्रत्येक गुरूहरूका फरक दृष्टिकोण, पहुँच, तरिका र विकल्पहरू हुन सक्छन्। त्यसो भए किन थर्मनले दलाई लामासँगको आध्यात्मिक सम्बन्धले अन्य जुनसुकै गुरूहरूसँगको सम्बन्धभन्दा बढी महत्व राख्छ भनी जिद्दी गर्छन्? केवल उहाँ अति प्रख्यात भएका कारणले मात्र हो?
यदि प्राध्यापक रबर्ट थर्मनको अरूहरूको धार्मिक अभ्यासहरू आँक्ने र निन्दा गर्ने अधिकार दलाई लामाप्रतिको समर्थनमा आधारित छ भने, दलाई लामाको अधिकार उहाँ चेन्रेजिग, तिब्बती बौद्ध गुम्बामा रहेका असंख्य देवताहरू मध्येका प्रबुद्ध देवताको स्वरूप हुनुहुन्छ भन्ने विश्वासमा रहेको छ। तथापि, चेन्रेजिग तिब्बती बौद्ध धर्मको एक मात्र देवता हुनुहुन्न भनी जान्न महत्त्वपूर्ण हुन्छ र पक्कै पनि मानवजातिको इतिहासमा उहाँ एक मात्र देवता हुनुहुन्न।
तसर्थ, यदि तिब्बती बौद्ध धर्मका देवताहरूको मानव स्वरूपसँग उनको सम्बन्धका कारण प्राध्यापक रबर्ट थर्मनका अन्य व्यक्तिका धर्मको आलोचनालाई स्वीकृत गरिने र वैध मानिने हो भने, के हामीले यसै गरी अन्य “थर्मनहरू”लाई अन्य तिब्बती बौद्ध देवताहरूसँग उस्तै किसिमका सम्बन्ध भएकाहरूलाई अन्य धर्महरूको उपहास गर्न र निन्दा गर्न सशक्तिकरण गर्दै र अनमति दिँदै जाने हो?
के हामीले मञ्जुश्री, वज्रपाणि, वज्रभैव, गुह्यासमाज, चक्रसंभर, वज्रयोगिनी, तारा हेवज्र, कालचक्र, महाचक्र, हयागृभ तथा वज्रकिलय देवताहरूका स्वनियुक्त प्रतिनिधिहरूबाट आलोचनाको लागि स्वीकृती दिने हो? अनि नेचुंग, राहुल, दोर्जे लेग्बा, छेरिंग्मा, वैश्रवण, विरूद्धक, धृतराष्ट्र, विरूपक्ष, तेन्मा चुन्यी तथा ता’ओग जस्ता बौद्ध देवताहरूका लागि के गर्ने?
र यी तिब्बती बौद्ध धर्मका केही देवताहरू तथा सर्वोच्च प्राणीहरू मात्र हुन्। तिब्बती बौद्ध धर्म संसारकै एक मात्र धर्म होइन भनी देखेपछि के हामीले अन्य धर्मका अनुयायीहरूलाई उस्तै लाभका लागि सहमती प्रदान गर्ने, जस्तै भारतीय धर्मका देवताहरू – ब्रह्मा, विष्णु, शिव, गणेश, दुर्गा, कृष्ण, राम, काली, लक्ष्मी तथा सरस्वती; सुमेरियन धर्मका देवताहरू – अशुर/एनिल, अनु, डागन, एन्की, मार्दुक, शमाश, ईन्नाना, निन्लिल, एर्श्किगाल तथा नेर्गाल; मिश्र देशमा मानिने धर्मका देवताहरू – अमुन, रा, अनुविस, एपोफिस, बास्तेत, हाथोर, आईसिस, ओसिरिस, नट तथा सेख्मेत; ग्रीक धर्मका देवताहरू – जियुस, पोसाइडन, हेडिस, एथेना, एरिस, अपोलो, एफ्रोडाईट, हर्मिस, डियोनिसस तथा आर्तेमिस ?
र अन्य धर्मका देवताहरूका सन्दर्भमा के हुन्छ, मायान देवताहरू जस्तै ईट्जाम्न, आ मुन, आ पुच, एक चुआ, एकन, ईक्सत्चेल, शामन ईक, कुकुल्कान, क्वेत्जाल्कोत्ल; अमेरिकी आदिवासीका देवताहरू, जस्तै कारिबो मास्टर, चिफ एबोभ, फर्स्ट मेकर, एभरीह्वेयर बिईङ्ग, ब्रेथमेकर, ग्रेट स्पिरिट, लोन म्यान, ओल्ड म्यान कायोटे, सिल्भर फक्स, स्काई चिफ; विक्कान धर्मसँग सम्बन्धित सर्वोच्च जीवहरू – डायना, हेकाटे, द हर्न्ड गड, एस्ट्रेट, सेर्नुनोस, ओग्मा, डाग्डा, ग्रेट स्पिरिट, हेर्ने, प्यान; टाओ परम्पराका चिनियाँ देवताहरू – ह्वाङ्गदी, युहुआंग, डोउमु, छि:वांग्मु, याँवांग, बाक्सियन, लंगसेन, तिआन्सेन, ह्वाङ्ग तियन, दी; क्रिष्टियन विश्वासका मानवीकरण गरिएका देवताहरू – एल, एडोनाई, यहोवा, जहोवा, एल्हिम, किंग अफ किंग्स, लर्ड अफ होस्टस, लर्ड अफ लर्डस्, द लाईट, अब्बा, जिजस; तथा प्रोफेटहरू जो प्रभुका पात्रहरू भनी मानिएका थिए – सेन्ट पाट्रिक, सेन्ट जोसेफ, अस्सिसिका सेन्ट फ्रान्सिस, सेन्ट बर्नाडेट, सेन्ट निकोलस, सेन्ट पिटर, लिसियुक्सका सेन्ट थेरिस, सेन्ट एन, सेन्ट क्रिष्टोफर, तथा उल्लेख गर्नै नपर्ने ब्लेस्ड भर्जिन मेरी?
अनि जापानमा मानिने धर्मका देवताहरू – सुसानो, बेनटेन, आमातेरासु, ईजानागी, त्सुकियोमी, सिची-फुकु-जिन, विशामोन, होरी, आईजेन–म्यो, अमिदा; तथा नोर्सका देवताहरू – ओडिन, थोर, बाल्डर, भिडार, भेल, ब्राज, हाईम्डाल, फ्रोई, फ्रिग, टाईर; तथा अफ्रिकी देवताहरू – फा, ईमाना, निनाउनिर, न्जाम्बि, ओचुमारे, ओगुन, ओलोरन, शाङ्गो, उनकुलुंकुलु तथा यिमोजा।
के यी सबै देवताहरूका “प्राध्यापक रबर्ट थर्मन” संस्करण हुनुपर्छ जसले उहाँहरूका नाममा संसार भरी अन्य धर्महरू तथा आस्थाहरूको मूल्यांकन गर्न प्रोत्साहित गरिउन् ? यदि कुनै धर्मले अनियमित मापदण्ड पूरा नगरेको खण्डमा (अर्को रूपमा व्यक्तिगत “धारणा” भनी बुझिने), के त्यसलाई झुटा, राक्षसी तथा हानिकारक भनेर मानिनु पर्छ ? यदि हाम्रो जवाफ “होइन” भन्ने हो भने, प्रश्न उठ्छ कि, केले गर्दा प्राध्यापक रबर्ट थर्मनले दोर्जे शुग्देनका अभ्यासहरू हानिकारक र राक्षसी छन् भनी घोषणा गर्ने अधिकार पाएका छन् ?
कस्ले भन्ने हो कि, कुन देवता वास्तविक हुन्, कि त्यहाँ केवल एक सच्चा देवता छन्, वा यी सबै देवताहरू एक अर्काका नै स्वरूपहरू हुन् भनी ? हामीले इतिहासमा देखेका छौँ कि, अन्यको मूल्य चुकाएर “एक मात्र सच्चा भगवान” को प्रवर्द्धन गर्ने प्रयासले र अन्य विश्वासहरूलाई अपजस दिई धार्मिक सर्वोच्चता दाबी गर्ने प्रयासले द्वन्द, ठूलो सामाजिक उथलपुथल र अनावश्यक जीवनको क्षति निम्त्याएको छ। के हामी त्यहाँबाट अगाडि बढीसकेका छैनौं ? सभ्य दिमागहरूले त्यस्ता विपत्तिहरू दोहोरिन नदिन कानून लागू गरेका छन्, त्यसैगरी रबर्ट थर्मन किन हामीलाई त्यस्ता अति पुरानो र डरलाग्दो विचार तर्फ घिसारेर लग्न चाहन्छन् ? हामीले सबै धर्म तथा आस्थाहरूको पालनाबाट राम्रा र पूण्यका कार्यहरू भएका देखेका छौँ भने त्यही धर्मका कारण निर्दयीता तथा पागलपन पनि देखेका छौँ। स्पष्ट रूपमा देखिन्छ कि, धर्म होइन कि, त्यस धर्म मान्ने मानिसहरूमा दोष छ। रबर्ट थर्मनले यस्तो सामान्य सत्यलाई नकार्न प्रयत्न गर्नाले उनको सही नियत दर्शाउँदैन।
जब प्राध्यापक रबर्ट थर्मनले दोर्जे शुग्देनका अभ्यासकर्ताहरूलाई अतिवादी धार्मिक समूह, आतंककारी तथा राक्षसका अनुयायी भनी दोषारोपण गर्दा उनी असहिष्णु तथा अति पाखण्डी देखिने जोखिम हुन्छ, जसको विचारहरू आफ्ना मालिक – यस सन्दर्भमा दलाई लामालाई खुशी पर्ने मानसिक विचलनबाट उत्पन्न हुन्छ, जो थर्मनको ख्यातीको दाबीका आधार हुन्। यो कुनै तथ्य वा वास्तविक प्रमाणमा आधारित छैन। केवल एक धर्मका प्राध्यापक भनी भनिँदैमा उनका सम्पूर्ण विचारहरू जायज हुँदैनन्, न अन्य धर्मका विद्वान तथा प्राध्यापकहरूका योग्य विचार नाजायज हुन्छन्। निश्चय नै हो कि, कुनै प्राध्यापकका विचारमा मानिसहरूको धार्मिक स्वतन्त्रता र मानव अधिकारको स्वतन्त्रतापूर्वक अभ्यास गर्ने कानून निष्कृय बनाउने शक्ति हुँदैन। थर्मनका दोर्जे शुग्देन विरूद्धको धर्मयुद्ध र उनले प्रस्तुत गर्ने कारणहरू पाठकहरूका व्यवहारिक ज्ञानको त्याग गराउने जाल हो।
कुनै पनि सन्दर्भमा कसैले पनि रबर्ट थर्मनलाई आफ्ना धर्मको आधिकारिकता पुष्टि गर्न आवश्यक छैन। सबै भन्दा विकसित देशहरूका कानून तथा संयुक्त राष्ट्रसंघको घोषणापत्रले कसैले कुनै एक वा अर्को धर्मका बारेमा कस्तो महसुस गर्छ भन्ने पर्वाह नगरी धर्मको स्वतन्त्रता प्रदान गरेको छ र रबर्ट थर्मन कानून भन्दा माथि छैनन्। यस सन्दर्भमा हरेक मानिस आफ्ना इच्छा अनुसारको धर्म अवलम्बन गर्न स्वतन्त्र छ भन्ने कानूनको अवहेलना कुनै पनि आध्यात्मिक अख्तियार वा आध्यात्मिक नेताले गर्न सक्दैन। कुनै देशको कानूनको परिधिमा रही अनुशरण गरिने धर्मको अपहेलना गर्न खोज्नु र त्यस देशका नागरिकहरूलाई ती धर्मका अनुयायीहरूलाई बहिष्कार गर्न आव्हान गर्नु त्यस देशको सर्वभौमिकता प्रति अनादर मात्र नभई धार्मिक अशान्ति निम्त्याउन खोजेको आरोप समेत लाग्न सक्छ।
रबर्ट थर्मनले स्वीकार्नु पर्ने एक सरल पाठ के हो भने, उनीसँग कसैलाई पनि कुनै धर्मको अनुशरण गर्न वा त्याग गर्न बाध्य गर्ने अधिकार वा अख्तियारी छैन। दलाई लामा रबर्ट थर्मनका जीवित देवता हुन सक्नुहोला तर उहाँ सबैजनाका देवता हुनुहुन्न तसर्थ, आफूले जस्तै सबैले दलाई लामाको पूजा गर्नु पर्छ भनी थर्मनले माग गर्न सक्दैनन्। तथा कसैले पनि दलाई लामालाई मान्न बाध्य छैनन् भनेर बुझ्दैमा, उनीहरू राक्षसका अनुयायी वा आतंककारी हुँदैनन्, विशेषत: यति हद सम्म कि, त्यसो गर्नु उनीहरूले धर्मको अनुशरण गर्दा लिईने बाचाका विरूद्ध हुन्छ।
प्राध्यापक रबर्ट थर्मनले अस्वीकार गर्न चाहनुभएता पनि, यो सर्वव्यप्त तथ्य हो कि, दलाई लामाले एक भन्दा धेरै अवसरहरूमा दोर्जे शुग्देनको अभ्यास जारी राख्ने वाचा तोड्न नमान्ने तथा उनीहरूका गुरूहरूले भिक्षुहरूलाई गुम्बाहरूबाट निष्कासन गर्नु भनी दिनुभएका निर्देशनहरू रेकर्ड भएका छन्। हतास भएर प्राध्यापक रबर्ट थर्मनले दलाई लामाले शुग्देनको प्रार्थना गर्ने भिक्षुहरूलाई प्रतिबन्धित गर्ने सम्बन्धमा दिनुभएका मनतव्यहरूका अनुवादहरूको सटिकता अस्वीकार गर्छन्। (“दलाई लामाले दोर्जे शुग्देनको अभ्यास प्रतिबन्धित गर्नुहुन्छ र भिक्षुहरूलाई निष्कासन गर्नुहुन्छ” भिडियो हेर्नुहोस्)। उनले दलाई लामासँग धार्मिक प्रतिबन्ध लागू गर्ने कुनै आधिकारिकता छैन र त्यसै कारणले कुनै प्रतिबन्ध हुनै सक्दैन भनी बहस गर्छन्। यस विषयमा रबर्ट थर्मन सही छन् तर सत्य के हो भने दलाई लामाको तिब्बती जनताहरू प्रति कुनै अरु धार्मिक नेताहरुको हुने भन्दा धेरै ठूलो प्रभाव छ। तिब्बती समाज हृदयमा प्रजातान्त्रिक नभई एकतन्त्री रहेको छ, र तसर्थ दलाई लामाले जे भन्नुहुन्छ, त्यसलाई पूर्ण कानून सरह मानिन्छ।
थर्मनको कथित गलत अनुवादप्रति आपत्तिको परिणामस्वरूप उनको अनुमानित सही अनुवाद प्राप्त नहुनु संकास्पद छ। यसले फेरी व्यवहारिक बुझाई बाझिन जान्छ। तपाईंले गलत भनेर निधो गर्नु भएको कुरालाई कराएर दबाउन सकिन्न। तपाईंले त्यसको सही संस्करण पेश गर्नुपर्छ। बस् त्यति नै। तर हुन सक्छ कि रबर्ट थर्मन पूरा जानकार छन् कि, भिडियो पहिलो पटक प्रशारण भए देखि बर्षौं सम्म दक्ष अनुवादकहरूले उल्था गरेका तथा विद्वानहरूद्वारा निरीक्षण गरिएका अनुवादहरू सहि छन्। शाब्दिक अर्थलाई भुलेर हेर्दा पनि, दलाई लामाले आफ्ना दर्शकहरूलाई दोर्जे शुग्देनका अभ्यासका बारेमा कस्तो सोच बनाउन् भन्ने चाहन्छन् भनेर यी आध्यात्मिक नेताका हाउभाउ, चाल-ढाल, बोली र उहाँले आफ्ना कुरा व्यक्त गर्ने शैलीले अरु केहि बुझ्नै मिल्दैन। आखिरमा, ७०% भाषा ईशारामा हुन्छ। त्यसबाहेक, तिब्बती संस्कृतिमा जब दलाई लामाले त्यसरी बोल्नुहुन्छ, त्यो धार्मिक आदेश भन्दा कम हुन्न। तथा यस वक्तव्य पश्चात् निष्ठाका साथ गुम्बाहरूले शुग्देन भिक्षुहरूलाई निष्काशित गर्न थाले र अन्य अभ्यासकर्ताहरूमाथि विभेद हुन थाल्यो।
यस भिडियोमा भनिएका लुरालाई गलत साबित गर्ने असम्भव कार्यको जिम्मा पाएका थर्मनले छेम रिन्पोछेलाई शुग्देन बौद्धहरूका धार्मिक स्वतन्त्रता माथि तिब्बती नेतृत्वको हस्तक्षेपका बारे बोल्न नदिने हतासको प्रयासका लागि सामाजिक मिडियाका अभियानमा होमिने निर्णय गरे। यदि कसैलाई यसको प्रमाण चाहिन्छ भने, दलाई लामा तथा तिब्बती नेतृत्वका आधिकारिक वेबसाइटहरूमा भेदभाव गर्न सिकाएका सन्देशहरू रहेका छन्। एक पटक हेर्नुहोस् र आफैँलाई सोध्नुहोस् कि, शान्त धर्मका आध्यात्मिक नेता तथा शान्ति र उदारताका अधिवक्ताले किन उनीहरूका धर्ममा आधारित रहेर केहि व्यक्तिहरूविरूद्ध घृणा फैलाउन आफ्नो आधिकारिक वेबसाइटमा सन्देशहरू राखेका छन् ? थर्मनले नि:सन्देह बहस गर्नेछन् कि, दोर्जे शुग्देनको अभ्यासबारे नराम्रा कुराहरू सर्वसाधारणलाई सूचित गराउनु दलाई लामाको कर्तव्य हो। तथापि, शैतानी बन्नु ठिक छ, मानव बलिदान माग्ने धर्मको अनुशरण गर्नु ठिक छ, समग्रमा बौद्ध धर्म विरोध गर्ने कुनै पनि धर्मसँग आबद्ध हुनु ठिक छ र आफ्ना निन्दा गर्ने मान्छेहरूको मृत्यु आव्हान गर्ने धर्मसँग आबद्ध हुनु ठिक छ ? दोर्जे शुग्देन बाहेक सबै ठिक छ ? यो वैध जस्तो देखिन्न। र यदि दलाई लामालाई लाग्छ कि दोर्जे शुग्देनको प्रार्थना गर्नु उचित छैन भने, के दलाई लामा सहमत हुनुहुन्छ कि, सबैजना आफूलाई विश्वास लाग्ने धर्मको अभ्यास गर्ने संवैधानिक अधिकारको हकदार छ भनेर ?
अन्तत: यो केवल कुन देवता राम्रा छन् वा नराम्रा छन् भन्ने बारे होइन, तर अलग्याउने तथा विभाजन गराउने कुनै धर्म निरपेक्ष तथा आध्यात्मिक नेताका “सुझाव” वा दोषारोपण बिना मानवतालाई उनीहरूका आफ्नै निर्णय गर्न दिने बारे हो। मूल कुरा यो हो। यही नै धार्मिक स्वतन्त्रता हो।
रबर्ट थर्मन तिब्बती नेतृत्वका धार्मिक प्रतिबन्धकाबारे चेतना फैलाउने जोसुकै प्रति आक्रामक हुन्छन् र उहाँ आफ्नो लक्ष्य हासिल गर्न जुनसुकै हदसम्म जानका लागि पनि जान पछि पर्दैनन् जस्तो देखिन्छ। त्यस्तो आध्यात्मिक गिरोहपनको लागि आजको दिनमा कुनै स्थान छैन र सबै भन्दा दुर्भाग्यको कुरो के हो भने, यस्तो साधारण खालको सामान्य ज्ञानको जानकारी प्रख्यात कोलम्बिया विश्वविद्यालयका कथित प्राध्यापकमा छैन।
भवदीय
म्याथ्यु सिन्क्लेयर
लण्डन
परिशिष्ट
माननीय २५औँ छेम रिन्पोछेबाट
केन्द्रीय तिब्बती प्रशासनको वेबसाइट
तल तिब्बती नेतृत्वको वेबसाइट Tibet.net को तस्विर छ। यो वेबसाइटको एक भागमा दोर्जे शुग्देनको बारे “जानकारी” छ जुन दोर्जे शुग्देन मान्नेहरुप्रति घृणा, नकारात्मकता र अशिष्टता फैलाउने उद्देश्यले बनाइएको छ। कुन प्रकारको लोकतान्त्रिक नेतृत्वले आफ्नो वेबसाइटमा एक धार्मिक समुहलाई लक्षित गरेर यस्तो कुरा राख्न सक्छ ? कल्पना गर्नुहोस्, यदि अमेरिकी वा क्यानाडेली वा कुनै अरु लोकतान्त्रिक देशका सरकारको वेबसाइटमा सर्वसाधारणको लागि यस्तो कुरा राखिएको भए कति हंगामा मच्चिन्थ्यो होला!
पवित्र दलाई लामाको वेबसाइट
यो DalaiLama.com को तस्विर हो जुन पवित्र दलाई लामाको आधिकारिक वेबसाइट हो । जब यस्तो सेक्सन पवित्र लामाको वेबसाइटमा हुन्छ, तब यसले तिब्बतीहरुलाई शुग्देन मान्नेहरुलाई अलग राखी भेदभाव गर्न बढावा दिन्छ। यो सेक्सन विशेषतः दलाई लामाको त्यस्तो व्यवहारको ‘समर्थन’ हो; जब शुग्देनविरोधी व्यक्तिले यो देख्छ, उसले सोच्छ कि यो आस्थाविरुद्ध यस्तो कार्य गर्नु ठिक हो “किनकि दलाई लामाले त्यसो भनेका थिए“. मलाई लाग्दैन कि दलाई लामा यसमा सहमत हुनुहुन्छ तर उहाँको वेबसाइटका वेबमास्टर र छायाँ लेखकहरुले यो प्रकारको दोर्जे शुग्देनविरोधी कुरा राख्नु हुँदैन जुन धर्मको कारण कुनै समूहमाथि भेदभावको पक्षमा छ। २१औँ शताब्दीमा यो पवित्र दलाई लामाजस्ता महान आध्यात्मिक नेतालाई सुहाउँदैन । भेदभाव नगर्नुहोस्, सहिष्णुता राख्नुहोस्; यो नै अघि जाने बाटो हो ।
यदि दोर्जे शुग्देन प्रतिबन्ध केवल सल्लाह हो र प्रतिबन्ध होइन भने वेबसाइटमा किन यस्तो सेक्सन आवश्यक छ?
निर्वासित तिब्बती संसदको सरकारी कर्मचारीले दोर्जे शुग्देनमा भरोसा गर्नु हुँदैन भनि गरिएको प्रस्ताव
सन् १९९६ मा तिब्बती नेतृत्वले प्रस्ताव पारित गर्यो जसमा सबै विभागहरु (र त्यसका कर्मचारीहरु)ले दोर्जे शुग्देनमा भरोसा गर्नुहुँदैन (बुंदा ८) भनेर भनिएको थियो । त्यो प्रस्तावमा ती व्यक्तिहरु जो उहाँको पुजामा संलग्न हुन्छन्, उनीहरुले दलाई लामाको जीवन र तिब्बती मुद्दालाई हानि गर्छन भनिएको थियो । यदि उनीहरुको श्रद्धालाई व्यापक रुपमा दलाई लामा विरोधि, सिटिए बिरोधि र विश्वासघाती भनि चित्रण गरिन्छ भने कसरी तिब्बती बस्ती र सरकारका कोही पनि खुलारुपमा दोर्जे शुग्देनको आस्थामा संलग्न हुन सक्छन् ? त्यसपछि खुला रुपमा दोर्जे शुग्देन मान्नाले उनीहरुले आलोचना, अशिष्टता, उत्पीडन र भेदभाव झेल्नुपर्नेछ जुन दोर्जे शुग्देन मान्नेहरु पछिल्लो २० वर्ष देखि भोगिरहेका छन् । उनीहरुसँग केवल तीन विकल्प रहन्छ: आफ्नो आस्था छोड्ने (जुन धेरैले गर्दैनन्), लुकेर मान्ने , वा आफ्नो जागिर छोडिदिने ।
निर्वासित तिब्बती संसदको दोर्जे शुग्देन मान्नेहरुलाई इतिहासमा अपराधी नाम गर्ने प्रस्ताव
यो केन्द्रीय तिब्बती प्रशासनको आधिकारिक वेबसाइट tibet.net को तस्विर हो जसमा निर्वासित तिब्बती संसदको १७ मार्च २०१४ को दोर्जे शुग्देन मान्नेहरुलाई इतिहासमा अपराधी नाम गर्ने सर्वसम्मत प्रस्ताव (बुंदा ३, परिच्छेद २) देखाइएको छ ।
भिडियो: दलाई लामाले दोर्जे शुग्देन मान्न प्रतिबन्ध लगाउनुभयो र भिक्षुहरुलाई निकाला गर्नुभयो
पवित्र दलाई लामाको २००८ मा द्रेपुंग गुम्बामा यो भनाई दर्ज छ, जसमा उहाँले स्पष्ट रुपमा दोर्जे शुग्देन आस्था त्याग्न नमान्नेलाई गुम्बाबाट निकाला गर्नपर्छ भन्नुभएको छ । पवित्रले यदि कसैलाई यो निर्देशन पालना गराउन गाह्रो भयो भने उनीहरुलाई दलाई लामाले दोर्जे शुग्देन मान्नेहरुलाई निकाला गर्नु भनेको भन्नु भनेर पनि भन्नुभएको थियो ।
मेरो प्रश्न यो छ कि: यदि दोर्जे शुग्देन मान्न छोड्ने केवल सल्लाह हो भने र हामीले कसलाई भरोसा गर्ने भन्ने कुरा हामीमा निहित छ भने आफ्नो आस्था मान्न चाहने मानिसहरुलाई किन यति ठुलो सजाय? पवित्रको यो भनाइको कारणले हजारौं शुग्देन भिक्षुहरु गुम्बाबाट निकालिए, र आफ्नै गुम्बा बनाउन बाध्य भए जहाँ उनीहरुले दोर्जे शुग्देनको आस्था जारी राख्न पाउंथे ।
भिडियो: गादेन गुम्बामा हमला
२० वर्षअघिबाट दोर्जे शुग्देनमाथि प्रतिबन्ध शुरु भएदेखि सिटिए (केन्द्रीय तिब्बती प्रशासन)ले दोर्जे शुग्देन मान्नेहरुका विरुद्ध घृणाले भरिपुर्ण अभियान चलाउँदै आएको छ । यो गरेर तिब्बती नेतृत्वले पवित्र दलाई लामाको करुणा र सहिष्णुताको मूल शिक्षा विरुद्ध काम गरिरहेको छ र त्यसकारण विश्वलाई आफ्नो कामको प्रकृतिबारे भ्रम फैलाइरहेको छ । तिब्बती नेतृत्वले आफ्नो कार्य संचालन गर्न पश्चिमाबाट ठुलो प्रायोजन र आर्थिक सहयोग लिन्छ तर ती रकम वास्तवमा तिब्बती समुदायको धार्मिक स्वतन्त्रता दबाउनका लागि दोर्जे शुग्देन मान्नेहरुका विरुद्ध हिंस्रक दमन गर्ने विभिन्न अभियानका लागि खर्चिन्छन् ।
यो भिडियोले स्पष्ट देखाउँछ कि कसरी दोर्जे शुग्देन मान्नेहरुले दोर्जे शुग्देनमा प्रतिबन्धका कारण विगत २० वर्षदेखि भयका साथ आफ्नो जीवन बिताएका छन् । तिब्बती नेतृत्व र समर्थकहरुले निरन्तर रुपमा विभिन्न हिंस्रक र छलपूर्ण तरिका अपनाएर दोर्जे शुग्देन मान्नेहरुलाई अलग गरी भेदभाव गरे पनि दोर्जे शुग्देन मान्नेहरु त्यसका विपरित लडेका छैनन् । यसको सट्टा, उनीहरु आफ्ना दोर्जे शुग्देन वंश लामामा र बिशेषगरि रक्षक देवताका सम्बन्धमा प्राप्त गरेका अभ्यास र शिक्षामा शान्तिपूर्ण भरोसामा निरन्तर अडिग छन् । यो भिडियोको मुख्य भाग सन् २००० मा लिईएको हो र यसले ३००० साधारण र दीक्षित तिब्बतीहरु दोर्जे शुग्देन मान्नेहरुको समुहको विरुद्ध दंगा भड्काउने उद्देश्यले दक्षिण भारतको गादेन शार्त्से गुम्बामा अघि बढिरहेको देखाउँछ ।
प्रष्टीकरण: यो भिडियो तेश्रो पक्षको हो । हामीलाई यहाँ अपलोड गर्न अनुमति प्रदान गरिएको छ । यो भिडियो कुनै व्यावसायीक प्रयोजनका लागि प्रयोग भएको छैन, यो केवल शैक्षिक प्रयोजनका लागि मात्र प्रयोग भएको हो ।
भिडियो: दोर्जे शुग्देन मान्ने व्यक्ति गादेन शार्त्से गेस्टहाउस गुम्बाबाट अस्वीकृत
दोर्जे शुग्देन मान्ने एक व्यक्ति दिल्लीको मज्नु-का-टिल्लास्थित गादेन शार्त्से गुम्बा गेस्टहाउसमा कोठाको दर सोध्दा होटेलका कर्मचारीले उनलाई अस्विकार गर्दै त्यहाँबाट निक्लिन भने ।
भिडियो: फ्रान्स २४ को दोर्जे शुग्देनको मुद्दाबारे रिपोर्ट
फ्रान्स २४, फ्रान्सको एक प्रतिष्ठित समाचार संस्था हो जुन आफ्नो निष्पक्ष पत्रकारिताको शैलीका लागि चिनिन्छ । उनीहरुले आफ्नो च्यानलमा दोर्जे शुग्देनको मुद्दाबारे विस्तृत रुपमा देखाएका छन् । यसबारे च्यानलमा यति धेरै समय दिनुले उनीहरुको यो मुद्दामाथिको गम्भीरता झल्काउँछ । भिडियोमा फ्रान्स २४ले दोर्जे शुग्देन भिक्षुको विरुद्धमा भएको भेदभाव कैद गरेको छ ।
भिडियो: अल जजिराको दोर्जे शुग्देनको मुद्दाबारे रिपोर्ट
मध्य पुर्वस्थित अल जजिरा, मिडियामा पश्चिमी संस्कृतिको प्रभावको प्रतिउत्तरमा बनेको थियो। उनीहरु अरु समाचार एजेन्सीले देखाउन हिच्किचाउने विवादास्पद विषयमा पत्रकारिता गर्नका लागि चिनिन्छन् र घटनाको कठोर तथ्यका साथ निष्पक्ष पत्रकारिता गर्छन्।
प्रतिबन्धको प्रमाण
वर्षौंदेखि मेरा विद्यार्थीहरुले दोर्जे शुग्देनविरुद्धको प्रतिबन्धको प्रमाण/सबुतहरु जम्मा गरेका छन्। व्यक्तिगत रुपमा म निराश र दु:खी हुन्छु कि उनीहरु यति धेरै प्रमाणहरु जुटाउन सफल भए किनकि यसले देखाउँछ कि यो प्रतिबन्ध कति धेरै व्यापक रुपमा फैलिएको छ। तपाईं तल देख्न सक्नु हुन्छ कि, दोर्जे शुग्देन मान्नेहरुलाई प्रतिबन्धको सूचना तिब्बती बस्तीमा जतासुकै भेट्टाउन सकिन्छ। चाहे दोर्जे शुग्देन मान्ने व्यक्तिलाई स्वास्थ उपचार गर्न होस् वा रेस्टुरेन्ट छिर्न होस् वा पसलबाट केहि सामान किन्न होस् उनीहरु सबै ठाउँमा प्रतिबन्धित छन् र उनीहरुलाई ती सेवाबाट बन्चित गरिएको छ। यो केवल ‘सल्लाह’ मात्र कसरी हुनसक्छ जब दोर्जे शुग्देन मान्नेहरुलाई तिब्बती समुदाय र बस्तीमा यति धेरै हिंस्रक प्रभाव परेको छ?
थप विस्तृत जानकारीका लागि:
- दोर्जे शुग्देनको उदाहरणीय कथाहरु र सजीब उपन्यास
- तिम्रो मस्तिष्कको भूमि
- एक असल साथी
- शुभ मंगोलियन साइतहरू
- तपाईं धर्म निरपेक्ष वा आध्यात्मिक हुनुहुन्छ?
- दोर्जे शुग्देन : हाम्रा व्यक्तिगत कथाहरू
- कसरी तिब्बती नेतृत्वले प्रायोजकलाई व्यवहार गर्दछन् (जिन्दक)
- ट्रोडेखाङसार –४०० बर्ष पुरानो दोर्जे शुग्देनको पुजाघर, ल्हासामा
- ईश्वरीयता (ईश्वर) लाई पुकार्नु
- मित्रले नेपालीमा भगवान दोर्जे शुग्देनका बारेमा सिकाउनुहुन्छ ।
Please support us so that we can continue to bring you more Dharma:
If you are in the United States, please note that your offerings and contributions are tax deductible. ~ the tsemrinpoche.com blog team
DISCLAIMER IN RELATION TO COMMENTS OR POSTS GIVEN BY THIRD PARTIES BELOW
Kindly note that the comments or posts given by third parties in the comment section below do not represent the views of the owner and/or host of this Blog, save for responses specifically given by the owner and/or host. All other comments or posts or any other opinions, discussions or views given below under the comment section do not represent our views and should not be regarded as such. We reserve the right to remove any comments/views which we may find offensive but due to the volume of such comments, the non removal and/or non detection of any such comments/views does not mean that we condone the same.
We do hope that the participants of any comments, posts, opinions, discussions or views below will act responsibly and do not engage nor make any statements which are defamatory in nature or which may incite and contempt or ridicule of any party, individual or their beliefs or to contravene any laws.
Please enter your details