तिब्बत चीनसँग मित्र हुनुको महत्त्व
संसारभरिका प्रिय मित्रहरू,
तिब्बती नेतृत्वको वेबसाइट केन्द्रीय तिब्बती प्रशासनमा छापिएको धर्मशालामा भएका केही महत्त्वपूर्ण घटनाको बारे यो लेख “चीनसँग समबन्ध जोडन् र समबन्ध उकास्न डि.आई.आई.आर को पहिलो कार्यशाला” मा मेरा केही विचारहरू यसप्रकार छन्।
१. जो कोहि तिब्बती मानिसले, चाहे त्यो तिब्बतभित्र वा बाहिर होस्, चिनियाँ मान्छेसँग वा चिनियाँ नेतृत्वसँग सम्बन्ध गाँस्छ, उसलाई जसरी पनि दलाई लामा विरोधी वा तिब्बत विरोधी र देशद्रोही मानिन्छ। त्यसो भएर यो कुरा रोचक छ कि धर्मशालाको तिब्बती मुख्य कार्यालयमा तिब्बती नेतृत्वले तिब्बतीहरूलाई कसरी चीन र चिनियाँ मान्छेहरूसँग सम्बन्ध राख्ने भनेर ‘सिकाउने’ कार्यशालाहरूलाई प्रोत्साहन दिँदैछ। तिब्बती नेतृत्वले पहिला चिनियाँहरूसँग कुनै किसिमको मित्रतालाई प्रोत्साहन दिँदैनथ्यो र त्यसलाई धोकाको संज्ञा दिइन्थ्यो। त्यसो भएर यो असाध्यै अचम्मको घटना हो। अहिले तिब्बतमा कसरी चिनियाँहरूसँग मित्रता गाँस्ने भनेर कार्यशालाहरू हुन्छन्। कति धेरै तिब्बती लामा र अरू मान्छेहरू चीन गएका छन् अनि त्यहाँका मान्छेहरू र नेताहरू भेट्दा उनीहरूलाई देशद्रोहीको संज्ञा दिइएको छ। उनीहरूको उल्टो अपमानित गरिन्थ्यो। कुन लामाको चीनसँग सम्बन्ध छ र त्यसैले दलाई लामाको विरुद्धमा छ भनेर औंल्याउन तिब्बती नेतृत्वलाई मनपर्छ!
२. एक तर्फ, तिब्बती नेतृत्व (स्वभाविक रूपमा) जहिले चिनियाँ नेतृत्वको आलोचना गरिरहेका हुन्छन्। जे हुनु थियो त्यो भइसक्यो र तिब्बत जस्तोसुकै सम्बन्धमा चीनसँग थियो अब त्यो बेग्लै कुरा हो। त्यसो भएर तिब्बत के थियो, त्यसको बारेमा कुरा नगर्दा नै ठिक होला। यदि तिब्बतलाई चीनसँग सम्बन्धमा सुधार चाहिन्छ भने उनीहरूले आफ्नो नकारात्मक विचार हटाउन र नम्र भएर चीनसँग कुराकानी अगाडि बढाउने समय भइसकेको छ। यो कुरा असाध्यै महत्त्वपूर्ण छ कि, अब हरेक उच्च अधिकारीहरूसँग भेट्दा तिब्बती नेतृत्वले चीनको राक्षसी प्रवृत्ति बारे चर्चा गर्दै आलोचना गर्न बन्द गर्नुपर्छ।
३. मानवअधिकार, आचार र नैतिकताको कुरा लिएर चीनलाई होच्याउन नखोजौँ। चीन जे हो त्यही हो। हरेक देशको केही न केही किसिमका मानवअधिकार उल्लंघनको मुद्दा हुन्छ र कति देशमा अझै पनि हुन्छ, त्यसैले कोहि पनि त्यो कसौंडी बन्नुहुन्न जसले अर्को कन्तीलाई डढेको भन्दछ। मानिसहरूलाई शक्ति, सुविधा र आर्थिक उन्नति चाहिएको छ र यी तीन कुराहरूले आचार अनि नैतिकतालाई बिर्साइदिएका छन्। यदि पश्चिमी देशहरू त्यति नैतिक र आचारयुक्त थिए भने उनीहरू तिब्बतको लागि चीनसँग किन लडाईं गर्दैनन्, जसरी इराक, अफगानिस्तान र भियतनामको लागि गरेका थिए।
म कुनै प्रकारले युद्धको पक्षमा छैन मात्र उदाहरण दिँदैछु। तिब्बत चीनको भाग हो भनेर सारा पश्चिमी शक्तिहरूले उनीहरूको कथित नैतिकता र आचारसंहिता भित्र रहेर मत दिएका हुन्। त्यसो भए के यो अचम्मको कुरा हैन कि एउटा हातमा उनीहरूले दलाई लामालाई स्वीकार गर्छन् र अर्को हातमा चीनसँग राम्रो सम्बन्ध गाँस्न र आर्थिक लाभ पाउन लछारपछार गर्छन्? जब शासन गर्ने कुरा आउँछ नैतिकता र आचारसंहिताको खासै महत्त्व हुन्न तर पैसा कसरी कमाउन सकिन्छ, त्यसको महत्त्व हुन्छ। तिब्बती नेतृत्वका लागि चीनतर्फ मित्रताको हात बढाउनु नै राम्रो होला। आखिरमा, बितेको ५० वर्षमा आखिर पश्चिमी मुलुकबाट अर्बौ रूपयाँ तिब्बती शरणार्थीहरूको लागि लिए पनि खासै विकास भएको छैन। त्यसो भएर यदि तिब्बती नेताहरू चीनको आलोचना गरिरहन्छन् र पश्चिमी राज्यहरूसँग चलखेल गरिरहन्छन् भने उनीहरू मात्र आर्थिक लाभ पाउन तत्पर छन् र साँच्चिकैमा तिब्बतलाई उकास्न चाहँदैनन् भन्ने देखाउँछ।
के चाहिँ हुँदैछ ? आफैँ बुझ्नुहोस्।
४. यो अहिले भइरहेको कार्यक्रम रोचक छ। मलाई आशा छ कि यो कार्यक्रम अझै धेरै विस्तार हुन्छ र निरन्तर गरिने कार्यक्रम बन्छ र भन्न मिल्छ भने, यो दशकौँ अगाडि सुरू हुनुपर्ने हो। तथ्य यो हो कि स्वायत्त देशहरू चीनसँगको मित्रतालाई असाध्यै द्रुतगतिमा लागिरहेका छन् भने निर्वासनमा भएको तिब्बतको लागि अरु के भन्नुपर्छ र? यदि तिब्बतीहरूलाई तिब्बतको विकास हेर्नुछ भने चीनको बारे नराम्रा प्रचार छाड्नुपर्छ र यस शक्तिशाली राष्ट्रलाई अझ क्रुद्ध बनाउन बन्द गर्नुपर्छ।
साँचो कुरा के हो भने यो एउटा धैर्यको खेल हो। निर्वासित तिब्बतीहरू घट्दै छन् र विदेशमा भएका तिब्बतीहरु, आफू दोश्रो, तेस्रो र चौथो पिंडीमा पुग्दा शरणमा बसिरहेको राष्ट्रको संस्कृति भित्रै संयोजन भइरहेका हुन्छन्। यी अहिलेको र पछिको तिब्बती पुस्ता नामले तिब्बती होलान् तर उनीहरूको हाउभाउ शरण लिएको देशको जस्तै हुनेछ। तीन चार पुस्ता पछाडि यो एउटा इतिहासको मात्र एउटा घटना भएरै रहनेछ जस्तै अष्ट्रेलियामा ब्रिटिशहरू आएर बसे, उत्तर अमेरिकामा अमेरिकन भारतीहरूलाई लुटियो, मायान् साम्राज्यहरूको सभ्यता त्यहाँ आएका बाहिरी मूलका मानिसले बर्बाद गरिदिए।
यी कब्जा गरिएका ठाउँहरू विजेताहरूको स्वायत्त राज्यहरू भएका छन् र त्यहाँका स्थानीय बासिन्दाहरूको कुनै अंश नै छैन। कुनै चिज केही समयको लागि मात्र नराम्रो तर पछि सबै कुरा ठिक हुन्छ भन्ने कुरा अष्ट्रेलिया, उत्तर अमेरिका, र दक्षिण अमेरिकाबाट देखिन्छ। म यसमा सहमत छैन तर यही सत्य हो कि कुनै दिन तिब्बत पनि चीनकै एक भाग हो भन्ने कुरा इतिहासको एक खण्डमा हुनेछ, जसरी यी उल्लेख गरिएका तीन महाद्वीपहरूमा भयो।
५. मलाई हाँसो लाग्छ कि तिब्बती भाषा, कला र संस्कृति जगाउने कुरालाई मैले सधैँ समर्थन गरेको छु। दलाई लामाको लागि मेरो मनमा उच्च आदर छ र अझै पन उच्च सम्मान गर्दछु। मेरो मनमा चिनियाँ सभ्यता र संस्कृतिको लागि धेरै मान सम्मान छ। तिब्बत र दलाई लामाको लागि गरिएको आदरले चीनको आदर कम हुँदैन साथै चीनको लागि गरिएको आदरले तिब्बत र दलाई लामाको आदर कम हुने छैन। म एक निर्वासित तिब्बती भएता पनि म चीन र तिब्बतको मित्रताको प्रबल गरि दुवै राज्यको फाइदा भएको हेर्न तत्त्पर रहन्छु। मैले सधैँ यसको पहल गरेको छु।
दोर्जे शुग्देन गत ४०० वर्ष देखि अभ्यास भइरहेको छ र त्यसको राजनीतिसँग कुनै सरोकार छैन। अचानक दोर्जे शुग्देन अभ्यास गरिएको कारणले मलाई तिब्बत र दलाई लामाको बिरोधि ठहराई घृणा गरिएको छ। मेरो धर्मिक अभ्यासको तिब्बत र चिनियाँ राजनीतिसँग केही सरोकर नभइ यो मेरो आत्मसन्तुष्टिको लागि हो। म रगतले तिब्बती हुँ र बौद्धको साथसाथै एक इमानदार दोर्जे शुग्देन अनुयायी हुँ। मेरो विशाल राज्य चीनसँग कुनै सम्बन्ध छैन, न कहिल्यै भएको थियो। म आशा गर्दछु कुनै दिन विशाल राज्य चीनको एतिहासिक र धार्मिक स्थानमा भ्रमण गर्न पाउनेछु जुन बौद्ध धर्मसँग सबन्ध राख्छ र मलाई दलाई लामा विरोधी भन्निन।
हाँसो लाग्दो कुरा के हो भने- यदि तपाईं दोर्जे शुग्देन अभ्यास गर्नु हुन्छ भने तपाईंलाई चीन र दलाई लामाको विरोधी ठहराइन्छ। मेरो लागि चीन र दोर्जे शुग्देन बीच कुनै सम्बन्ध छैन। त्यसैले चीन र दोर्जे शुग्देनलाई आदर गरेको कारणले जुन अपहेलना र नकारात्मक कुराहरू व्यहोर्न बाध्यता छ त्यसलाई म प्रशंसनीय मान्दिन। फेरि पनि म भन्न चाहन्छु कि म विशाल राज्य चीन, तिब्बत र दलाई लामाको धेरै आदर गर्दछु र आशा रख्छु कि यी तीन बिचको सम्बन्ध राम्रो होस् किनकी यसको विकल्प भनेको अहिले जे भइरहेको छ त्यहि हुनु हो ।
म संचालित भइरहेको कार्यशालादेखि धेरै खुशी छु र आशा गर्दछु कि त्यो पछिसम्म पनि संचालित भइरहोस्।म आशा गर्छु कि चिनियाँ र तिब्बती मानिसहरू असल मित्र होउन् तर त्यो त्यस बेला मात्र सम्भव हुनेछ जब तिब्बती नेतृत्वले चीनसँग असल सम्बन्ध विस्तार गर्नेछ, र आशा गर्छु उनीहरूका लागि नभए पनि साठ्ठी लाख तिब्बतीहरूका लागि यो चाँडो होओस् ।
पवित्र दलाई लामा स्वस्थ रहनुहोस् र दिर्घायु रहनुहोस् भन्ने कामना गर्दछु। विशाल राज्य चीन सदैव बलियो रहोस् र तिब्बत एक शान्त स्थान बनी जताततै खुसीयाली छाओस्।
भवदीय,
छेम रिन्पोछे
चिनियाँ आउटरिच अभियान प्रगतिको लागि डी.आई.आई.आर द्वारा सञ्चालित पहिलो कार्यशाला
नभेम्बर १६, २०१६
धर्मशाला : शनिबार, १२ नभेम्बरमा डी.आई.आई.आरको चिनियाँ विभागले चिनियाँ सम्पर्क अधिकारीहरूको चिनियाँ आउटरिच अभियान बृद्धिको लागि पहिलो पटक कार्यशाला सञ्चालन भयो। कशागको निर्देशनमा यो कार्यशाला डी.आई.आई.आरको लाक्पा छिरिङ मेमोरियल हलमा सञ्चालन भएको थियो।
यो कार्यशालामा अमेरिका, बेल्जियम, ताइवान, बेंगलोरमा रहेको दलाई लामा उच्च विधालय, भारत ; नयाँ दिल्लीमा रहेको जवाहरलाल नेहरू इस्ट एसियन अनुसन्धान विभाग गरेर सोह्र सहभागीले भाग लिएका थिए।
यो कार्यशालामा ताइवानबाट दलाई लामाका प्रतिनिधि दावा छिरिङ, उत्तर अमेरीकाको ओ.ओ.टीका चिनियाँ सम्बन्ध अधिकारी कुङ्गा टाशी , ताइवान प्रतिनिधि कार्यालयका सहायक लामा क्याब, सचिव सोनाम दोर्जे आदिले तिब्बत र चीन बीचका विभिन्न विषयहरूमा छलफल गरे।
छलफल गरिएका विषयहरूमा पुनर्जन्म मुद्दा, तिब्बती संस्कृति पुनारोत्थान, चीनको नैतिक राष्ट्रको कानुन, मध्यमाका थिए र त्यस पछाडि प्रश्न उत्तर कार्यक्रम भयो।
सहभागीहरूले तिब्बत र चीन समस्याका छलफलहरू बारे उत्साहपूर्ण प्रतिक्रिया दिए र अझै यस्ता कार्यशाला हुनुपर्छ भन्ने कुरा जनाए।
डी.आई.आई.आरको चिनियाँ डेस्क अनुसार कार्यशालाले तीन कुरामा ध्यान दिएको थियो, तिब्बतले चीनसँग सम्बन्ध सुधार गर्नपर्छ, कसरी गर्न सकिन्छ र चिनियाँहरूसँग कतिसम्मको संयोजन चाहिन्छ।
थप विस्तृत जानकारीका लागि:
- दोर्जे शुग्देनको उदाहरणीय कथाहरु र सजीब उपन्यास
- तिम्रो मस्तिष्कको भूमि
- एक असल साथी
- शुभ मंगोलियन साइतहरू
- तपाईं धर्म निरपेक्ष वा आध्यात्मिक हुनुहुन्छ?
- दोर्जे शुग्देन : हाम्रा व्यक्तिगत कथाहरू
- कसरी तिब्बती नेतृत्वले प्रायोजकलाई व्यवहार गर्दछन् (जिन्दक)
- ट्रोडेखाङसार –४०० बर्ष पुरानो दोर्जे शुग्देनको पुजाघर, ल्हासामा
- ईश्वरीयता (ईश्वर) लाई पुकार्नु
- मित्रले नेपालीमा भगवान दोर्जे शुग्देनका बारेमा सिकाउनुहुन्छ ।
Sponsored by: Erik Yeh, Amy Liao, Mavis Yeh, Jim Yeh, Seon Tan, Simon Chan, AR Tan and Lobsang Topgyal
Please support us so that we can continue to bring you more Dharma:
If you are in the United States, please note that your offerings and contributions are tax deductible. ~ the tsemrinpoche.com blog team
Many countries around the world have looking and working with China. They realised being friendly with China is a wise choice for the benefits for the growth of their country. China has become world largest economy country. For Tibet befriending China in long term will benefits both countries. Time had changed with Tibet having workshops with the Chinese is a good sign improving their relationship after all these years . People have their right and freedom to choose what they practice. Practicing Dorje Shugden is nothing to do with China. Every one of us have the right and freedom to choose what we want to practice. HH Dalai Lama is looking forward to return to Tibet one day. It only can be happen if the Tibetan leadership, letting go of the past and have more dialogues and meetings with the Chinese government in future. And solving all the political problems and lifting Dorje Shugden’s ban once for all.
Thank you Rinpoche for sharing this great news.