केचारा पास्टरहरुद्वारा गरिएको १० अविश्वसनीय घर-पूजाहरु
(Click here to read the original English article.)
(छेम रिन्पोछे र व्यवस्थापकद्वारा)
१. रक्षकको उपस्थिति
ठिक चिनियाँ नयाँ बर्षको समयमा दोर्जे शुग्देनको ३ फिट अग्लो मूर्तिलाई भित्र्याइँदै!
पास्टरहरूबाट सन्देश:
“यस मूल्यवान रक्षकलाई अत्यन्तै माया गर्ने परिवारद्वारा दोर्जे शुग्देनको ३ फिट अग्लो मूर्ति यहाँ भित्र्याइयो। दोर्जे शुग्देनले यस परिवारलाई हरेक जीवनमा संरक्षण र आशीर्वाद दिनुहोस्।”
२. युगल र आशिषप्राप्त
अभिभावकको घर छोडेर आफ्नै घरमा प्रवेश गर्दाको समय सधैँ रोचक नै हुन्छ। तपाईंले त्यसो गर्दा, आफ्नो घरको पूजा गर्न लगाउनु सुखी गृहस्थीको सुरुवात गर्ने उत्कृष्ट तरिका हो।
पास्टरहरूबाट सन्देश:
“हाम्रो प्यारा साथी मेङ चुवान विलफ्रेड एनजीका लागि घर आशीर्वाद गर्ने पूजा भर्खरै सकियो। हामी उहाँको शारीरिक र मानसिक स्वास्थ्य राम्रो होस्, उहाँका इच्छाहरू पूरा होउन् र उहाँको जीवन सधैँ सुरक्षित रहोस् भनी कामना गर्छौं।”
३. परिवारको रूपमा समृद्ध
चिनियाँ नयाँ वर्षले धेरैका लागि नयाँ सुरुवातहरूको बिन्दुलाई अंकित गर्दछ । गान परिवारले आफ्नो घरको पूजा गर्न लगाउने र नयाँ वर्ष सकारात्मकताले सुरुवात गर्ने विकल्प रोज्नुभयो!
पास्टरहरूबाट सन्देश:
“चिनियाँ नयाँ बर्षको १०औं दिनमा गान गुवान हियोङका लागि घर पूजा। पास्टर येक यीले प्रार्थनाहरूको अगुवाई गर्नुभएको थियो। हामीले गान परिवारमा शान्ति र समंजस्यता होस् भन्ने कामना गर्छौं।”
४. वर्षभरिका लागि उर्जा
पछिल्लो साल छोडेर अघि बढ्दै गर्दा, हामी अर्को साल राम्रो हुने आशामा अगाडि हेर्दछौँ। यी सांग, आतिशबाजी र आंग पाओको बीचमा धेरै चिनियाँ परिवारहरु आफ्नो नयन वर्षको उत्सवमा प्रार्थनालाई पनि समेट्छन्। ली परिवार त्यहि परिवारहरुमध्य एक थियो!
पास्टरहरूबाट सन्देश:
“पास्टर येक यीले नेतृत्व गर्नुभएको चिनियाँ नयाँ वर्षको दशौँ दिनमा भएको माइकल लीको घरमा भएको दोश्रो घर-पूजा। ली परिवारको आउने वर्ष समृद्ध होस् भन्ने हामी कामना गर्छौँ!”
५. बुद्धलाई घरमा निमन्त्रण गर्दै
हामी बुद्धका उपदेशहरु पढ्न सक्छौँ, र हामी बुद्धका तस्विरहरु हेर्न सक्छौँ। तर, केवल एक जीवित आध्यात्मिक गुरुले मात्र बुद्धका पवित्र र प्राचीन उपदेशहरु हामीले बुझ्ने र हाम्रो मस्तिष्कलाई सुहाउने गरि दि सक्नुहुन्छ। त्यसका लागि, हामी गुरु माननीय छेम रिन्पोछेलाई सर्वोच्च आदरको पदमा राख्दछौँ।
पास्टरहरूबाट सन्देश:
“पास्टर चियाले घरमालिकहरुलाई माननीय छेम रिन्पोछेको एक तस्विर उपलब्ध गराउनुभयो। एक उच्च लामाको तस्विरलाई निमन्त्रण गर्नु भनेको स्वयं बुद्ध (एक बुद्धत्व प्राप्त प्राणी)लाई निमन्त्रण गरेकोसरि हुन्छ। यसमा धेरै आशिर्वाद हुन्छ।”
६. एक युगल जोडीको घर
जब तपाईं घरजम गर्नुहुन्छ, आध्यात्मिकताले जोडिनु भनेको आफ्नो अर्धाङ्गसँग हुन सक्ने सबैभन्दा बलियो बन्धनहरुमध्य एक हो।
पास्टरहरूबाट सन्देश:
“टेरेन्स ओंग एक सङ्गीतकार हुनुहन्छ जो केचारा प्याराडाइसको मार्फत केचारामा आउनुभएको थियो। उहाँ गहिरो रुपमा आध्यात्मिक हुनुहुन्छ र उहाँले औषधी बुद्ध, लामा चोङ्खापा, तारा र सेट्रापलाई घर भित्र्याउनुभएको छ!”
७. एक मित्रको घरलाई आशिष दिँदै
भनिन्छ कि जो साथीहरु सँगै प्रार्थना गर्छन्, उनीहरु सधैँ सँगै हुन्छन्। यहाँ चाहिँ, केचाराका एक सदस्यले पास्टरहरुलाई आफ्नो घरलाई आशिष दिन अनुरोध गरे र आफैँ प्रार्थनामा सामेल भए!
पास्टरहरूबाट सन्देश:
“मेरा धर्मबन्धु जुको वेदी, र उहाँको अधिक विशाल शर्किमको सेट!”
८. संकेत, र परिणामहरु
जब हामी पूर्ण रुपमा तीन रत्न (बुद्ध, धर्म र संघ)मा शरण लिन्छौँ, तब चमत्कारहरु हुन सक्छन्।
पास्टरहरूबाट सन्देश:
“अघिल्लो हप्ता, हामी आफ्ना धर्मबन्धु यी ह्वाका घर उहाँको सुन्दर परिवारका लागि पूजा गर्न गयौँ। उहाँकी पत्नीका अनुसार, यी ह्वाले माननीय छेम रिन्पोछेको तस्विर घरमा झुण्डाएपछि उहाँलाई माननीय लामाको सपना आएको थियो। अर्को आश्चर्यजनक कुरा भनेको, पास्टरहरुले उहाँको परिवारलाई आफ्नो धनदानी मिलाउन लगाएपछि यी ह्वाले एक संस्थाबाट जागिरको प्रस्ताव पाउनुभयो। अद्भुत!”
९. सेट्राप, मेरा अंगरक्षक
सेट्रापमा विश्वास गादेन गुम्बा (भारत)मा विगत ६०० वर्ष देखि हुँदै आएको छ। सेट्रापको अभ्यासको प्रभावकारिताका परिणामस्वरूप धेरैले सेट्रापलाई आफ्नो मूल रक्षकका रुपमा स्वीकार गर्ने गरेका छन्।
पास्टरहरूबाट सन्देश:
“सेट्राप सिम टिंग टिंगको जीवनमा एक अत्यावश्यक आध्यात्मिक अंगरक्षक हुनहुन्छ, र माननीय छेम रिन्पोछे उहाँको मनको सबैभन्दा महत्वपूर्ण दैवीय रक्षक हुनुहुन्छ।”
१०. प्रार्थनाहरुबाट गाँसिएका
मानिसहरुको घर हेरेर उनीहरुले केलाई मान्यता दिन्छन् भन्ने कुरा थाहा हुन्छ। चेन परिवार आध्यात्मिकता छान्दछ नकि भौतिकवाद – र त्यसैले उनीहरुलाई जीवनमा सम्पत्ति जोडेरभन्दा अघि पुर्याउनेछ।
पास्टरहरूबाट सन्देश:
“यो चेन परिवार हो।उहाँहरुको माननीय छेम रिन्पोछे र भगवान सेट्रापप्रत्ति यति श्रद्धा देखेर हामी निकै खुसी भयौँ। उहाँहरुको घर विशाल नभएपनि उहाँहरुले आफ्नो वेदीको निकै ख्याल राख्नुहुन्छ।”
केचारा पास्टरहरु अरुलाई सहयोग गर्न र लाभ पुर्याउन थकान त्यागेर काम गर्नुहुन्छ, र २४ घण्टा सेवा उपलब्ध गराउनुहुन्छ।
धेरै अवसरहरुमा, उहाँहरु निधन हुनुभएकाका लागि शोक प्रार्थना, घर-पूजा, र कार्यालय-पूजा गर्न विभिन्न प्रदेशहरु जानुपर्दछ।
केचारा पास्टरहरुलाई अनुदान दिँदा निकै टाढासम्म लाभ मिल्छ! तल भएको Donate बटनमा क्लिक गरेर केचारा पास्टरहरुको शुभकार्यहरुलाई निरन्तरता दिन सहयोग गर्नुहोस्।
थप सम्बन्धित रुचि र महत्वका लेखहरुका लागि: https://www.tsemrinpoche.com/l/np/
थप विस्तृत जानकारीका लागि:
- दोर्जे शुग्देनको उदाहरणीय कथाहरु र सजीब उपन्यास
- तिम्रो मस्तिष्कको भूमि
- एक असल साथी
- शुभ मंगोलियन साइतहरू
- तपाईं धर्म निरपेक्ष वा आध्यात्मिक हुनुहुन्छ?
- दोर्जे शुग्देन : हाम्रा व्यक्तिगत कथाहरू
- कसरी तिब्बती नेतृत्वले प्रायोजकलाई व्यवहार गर्दछन् (जिन्दक)
- ट्रोडेखाङसार –४०० बर्ष पुरानो दोर्जे शुग्देनको पुजाघर, ल्हासामा
- ईश्वरीयता (ईश्वर) लाई पुकार्नु
- मित्रले नेपालीमा भगवान दोर्जे शुग्देनका बारेमा सिकाउनुहुन्छ ।
Please support us so that we can continue to bring you more Dharma:
If you are in the United States, please note that your offerings and contributions are tax deductible. ~ the tsemrinpoche.com blog team
DISCLAIMER IN RELATION TO COMMENTS OR POSTS GIVEN BY THIRD PARTIES BELOW
Kindly note that the comments or posts given by third parties in the comment section below do not represent the views of the owner and/or host of this Blog, save for responses specifically given by the owner and/or host. All other comments or posts or any other opinions, discussions or views given below under the comment section do not represent our views and should not be regarded as such. We reserve the right to remove any comments/views which we may find offensive but due to the volume of such comments, the non removal and/or non detection of any such comments/views does not mean that we condone the same.
We do hope that the participants of any comments, posts, opinions, discussions or views below will act responsibly and do not engage nor make any statements which are defamatory in nature or which may incite and contempt or ridicule of any party, individual or their beliefs or to contravene any laws.
Please enter your details