ठुलो र धेरै बुद्धका मूर्तिहरुले फरक पार्छ
(Click here to read the original English article.)
हिजो हाम्रो समूहलाई प्रतिष्ठित २५औं छेम रिन्पोछेबाट छोटो तर जानकारीमुलक शिक्षा प्राप्त गर्ने सौभाग्य मिल्यो । रिन्पोछे केचरा वन रिट्रीटमा निकट भविष्यमा ९ फुटको दोर्जे शुग्देन मूर्ति आमन्त्रण गर्न लागेको क्षेत्रमा रहेको बत्ती अर्पण गर्ने सानो गुफामा ५०० मन्त्र पत्थरहरु राखिएको हेर्न चाहनुहुन्थ्यो । रिन्पोछेले हाम्रो समूहलाई बहस शैली सिकाउनुभयो, जुन कुनै विषयमा जागरुकता र निपुणता बढाउन गुम्बाहरुमा प्रयोग गरिन्छ । हामीले तपाईंहरु सबैका लागि तल केहि मुख्य बुँदाहरु संक्षेपीकरण गरेका छौ किनकि यसले रिन्पोछेले यस क्षेत्र र केचरा फरेस्ट रिट्रीटको किन कल्पना गर्नुभयो भनेर थाहा पाउन तपाईंलाई लाभ दिनेछ ।
केचरा पादरीहरु
कर्म र हाम्रा तीन ढोकाहरु
रिन्पोछेले बोली कर्म शुद्धिकरण गर्दा मन्त्र पत्थरको परिक्रमा र बुद्ध मूर्तिहरुको परिक्रमाको प्रभावकारितामा भिन्नता भए वा नभएको आधारमा यसको शुरुवात गर्नुभयो । मूलभूत रुपमा यी परिक्रमामा कुनै भिन्नता छैन किनकि बुद्धत्वको सबै प्रतीकहरु चाहे त्यो बुद्धको शरीर होस् वा बोली वा मन, सबैले एकै श्रोत अर्थात् बुद्धको प्रबुद्धता जनाउँछ र त्यसमा लैजान्छ, जुन हामीले वास्तवमा खोजिरहेका हुन्छौँ । यद्यपी हामी सामान्य प्राणीहरु पारम्परिक तहमा कार्य गर्ने हुँदा, बुद्धले हाम्रो वर्तमान कर्मले बाँधिएको परिस्थिति सुहाउँदो कर्म शुद्धिकरण गर्ने तरिका करुणापुर्वक सिकाएको भनि रिन्पोछेले व्याख्या गर्नुभयो ।
हाम्रो कर्मको कारण हामीले मानव रुपमा पुनर्जन्म लिएको हुँदा हामीले हाम्रो तीन ढोकाहरु अर्थात् हाम्री शरीर, बोली र मन अनुसार यस संसारसँग अन्तरक्रिया गर्छौँ । यो हाम्रो कर्म (चाहे राम्रो वा नराम्रो) जम्मा गर्न र बुद्धत्वमा लैजाने हाम्रो आध्यात्मिक मार्गमा चाहिने सद्गुण उत्पन्न गर्ने साधन बन्छ ।
यस मार्गमा हुँदा कर्मको शुद्धिकरण आवश्यक हुन्छ किनकि कर्मले दुख जन्माउँछ र उच्च तहको चेतना पाउनबाट हामीलाई रोक्छ । त्यसकारण करुणाको भावबाट बुद्धले हाम्रो शरीर, बोली र मनबाट कर्मलाई प्रतिकार र शुद्धिकरण गर्ने तरिकाहरु बनाउनुभयो । यी तरिकाहरु बुद्धको शरीर, बोली र मन अनुसार लागू हुन्छन् । उदाहरणको लागि:
- हत्या, यौन दुर्व्यवहार वा चोरीबाट उत्पन्न नकारात्मक शरीर कर्मको शुद्धिकरण बुद्धको रुप वा शरीरअनुसार गरिएका लाभदायक कार्यबाट गर्न सकिन्छ । यी कार्य गर्ने असंख्य तरिकाहरु छन्, जसमा बुद्धको मूर्ति बनाउने, बुद्धको चित्र बनाउने, त्यसमा रत्न विभूषित गर्ने, त्यसको साष्टांग प्रणाम गर्ने वा प्रसाद अर्पण गर्ने, बिमारीलाई मद्दत गर्ने, संघको सेवा गर्ने, मदिर निर्माण गर्ने र अरुको शारीरिक कठिनाईलाई कम गर्ने कार्य पर्दछन् ।
- झुटो बोल्ने, विभाजनकारी भाषण वा निष्क्रिय कुतर्कजस्ता कार्यहरुबाट उत्पन्न हुने नकारात्मक बोली कर्मको शुद्धिकरण बुद्धको बोली अनुसार गरिएका कार्यहरुबाट गर्न सकिन्छ । यी कार्य गर्ने असंख्य तरिकाहरु छन्, जसमा मन्त्र, प्रार्थना, ग्रन्थ पाठ गर्ने वा मन्त्र पत्थर, स्तुपा, अवशेष, सन्तहरुको आवास र मन्दिरहरुको परिक्रमा गर्ने कार्यहरु समावेश छन् किनकि यी बुद्धको प्रबुद्ध बोलीको साथै शरीर र मनका प्रतीक हुन् ।
- गलत दृष्टिकोण राख्ने, क्रोध, लोभिपन, स्वार्थीपन, अभिमान र ईर्ष्याजस्ता कार्यहरुको साथै कर्मजस्तो विश्वव्यापी सत्य नमान्ने कार्यबाट उत्पन्न हुने नकारात्मक मन कर्मको शुद्धिकरण बुद्धको प्रबुद्ध मन दर्शाउने स्तुपा वरिपरीको परिक्रमाजस्तो भौतिक कार्य र शुन्यतामा ध्यान, करुणा विकास गर्ने, बोधिसत्त्व प्रतिज्ञा, महायान प्रतिज्ञा, प्रतिमोक्ष प्रतिज्ञा लगायतका प्रतिज्ञा मान्ने जस्ता कार्यबाट गर्न सकिन्छ ।
फेरि पनि, मुलभूत रुपमा बुद्धको शरीर, बोली र मनमा कुनै भिन्नता छैन । ती सबै एक हुन् र जो सर्वोच्च तहमा चल्छन्, उनीहरुले केहि भिन्नता देख्दैनन् । सर्वोच्च तहमा चल्नेहरुका लागि नकारात्मक बोली कर्मको शुद्धिकरणको लागि बुद्धको शरीर पनि नकरात्मक शरीर वा मन कर्म शुद्धिकरणमा जत्तिकै प्रभावकारी हुन्छ । त्यस्ता व्यक्तिहरुले यो जानिसके कि हामी चल्ने वास्तवमा बुद्धको प्रबुद्ध प्रकृतिको अनुसार हो ।
हामी सामान्य तहमा चल्छौँ त्यसकारण बुद्धले सिकाउनुभयो कि, उहाँको शरीर, बोली र मनलाई मूर्ति (शरीर), मन्त्र/धर्म (बोली) र स्तुपा (मन)ले दर्शाउँन मिल्छ । यो हाम्रो लागि गरिएको थियो किनकि हामीले मानव रुपमा पुनर्जन्म लियौं, जसका कारण हाम्रो शरीर, बोली र मनका संकायहरु सीमाहरुले बाँधिएका छन् । रिन्पोछेले ठट्टा गर्दै व्याख्या गर्नुभयो कि, यहि कारण हो कि हाम्रो काँधहरुले मन्त्र पाठ गर्न सक्दैनन् । हामीलाई मन्त्रहरु पाठ गर्न मुख चाहिन्छ किनकि त्यसबाटै हामीले नकारात्मक बोली कर्म उत्पन्न गर्छौँ र त्यसकारण यो कर्म शुद्धिकरण गर्ने एक तरिका हो ।
बोली कर्म शुद्धिकरण
यसरी बोली कर्म शुद्धिकरणमा हामीलाई मद्दत गर्न बुद्धहरुले उहाँहरुको प्रबुद्ध बोली उर्जा, आवाज (मन्त्रहरु) को रुपमा प्रकट गरिदिनुभयो । तैपनि, बोली कर्म मन्त्रहरु र प्रार्थनाहरुको आधारमा शुद्धिकरण गरिने भएकाले जो व्यक्ति बोल्न सक्दैनन्, के उनीहरुले त्यसप्रकारको कर्म शुद्धिकरण गर्न सक्छन् भनेर प्रश्न गर्न सक्छन् । त्यसको उत्तर हो, उनीहरुले सक्छन् ।
किनभने बुद्धको बोली पुजाग्रन्थ, धर्मग्रन्थ वा मन्त्र-पत्थरहरुको रुपमा लिखित रुपमा पनि दर्शाउन सकिन्छ । जब हामी यी लिखित रुप अनुसार कार्य गर्छौँ तब हामीले नकारात्मक बोली कर्म पनि शुद्धिकरण गर्न सक्छौँ । त्यसकारण मन्त्र पाठ गर्न असमर्थ हुनेहरुले मन्त्र पत्थरको परिक्रमा गरि बोली कर्म शुद्धिकरण गर्न सक्छन् । उनीहरुले आफ्नो मनमा प्रार्थनाको कल्पना गर्न सक्छन् वा पुजा वा पाठहरुको साथ अघि बढेको कल्पना गर्न सक्छन् । उनीहरुले आफ्नो मनमा मन्त्रहरु बारम्बार पाठ गर्न सक्छन् । यो तरिकालाई मानसिक पाठ (तिब्बती: yid bzlas) पनि भनिन्छ ।
यसको मतलब कर्मको शुद्धिकरण केवल मानिसहरुले मात्र गर्न सक्छन् भन्ने होइन । उदाहरणको लागि प्रबुद्ध प्राणीको भौतिक प्रतीकको अनुपस्थितिमा पनि संसारका छ लोकहरु ( नर्क, भुत, जनावर, गन्धर्व र भगवान) भित्र कल्पना गर्न सक्ने क्षमता भएका सबै प्राणीहरुले कर्म शुद्धिकरण गर्न सक्छन् । रिन्पोछेले भगवान वा आत्माका केहि वर्गको उदाहरण दिनुभयो, जसको कल्पना गर्न सक्ने क्षमता थियो । उनीहरुले प्रबुद्ध प्राणी वा प्रबुद्ध बोलीको प्रतीकको कल्पना गर्न सक्थे र उनीहरुको कल्पनामा साष्टांग प्रणाम गर्न सक्थे । उनीहरुको तर्फबाट यदि उनीहरुले प्रबुद्ध प्रतीकको कल्पना गरि उक्त प्रतीक अनुसारको कार्य गरे भने उनीहरुले आफ्नो कर्म शुद्धिकरण गर्न सक्छन् ।
यो सैद्धान्तिक कुरा हो र कुनै भगवान र आत्माहरुले यसो गर्छन् वा गर्न चाहन्छन् भन्ने विवादको कुरा हो । यहाँ हाम्रो विशेष ध्यान उनीहरुको कल्पना गर्न सक्ने क्षमता र त्यस क्षमताको कारण कर्म शुद्धिकरण गर्न सक्ने सम्भावना हो ।
वस्तुको दृष्टिकोणबाट शुद्धिकरण
आत्मा वा भगवानको कर्म शुद्धिकरण गर्न सक्ने क्षमताको मतलब यो हो कि, शुद्धिकरण एक ठोस वस्तुबिना विषयको कल्पनाको शक्तिबाट पनि हुन सक्छ । यसलाई विस्तार गर्दै रिन्पोछेले दुई दृष्टिकोणबाट शुद्धिकरणबारे आफ्नो धारणा राख्नुभयो । पहिलो वस्तुको दृष्टिकोणबाट – बुद्धको शरीर, बोली वा मनको प्रतीक; र दोश्रो विषयको दृष्टिकोणबाट – नकारात्मक कर्म शुद्धिकरण गर्ने प्राणी ।
रिन्पोछेले व्याख्या गर्नुभयो कि, शुद्धिकरण सचेत प्रयासबिना हुनसक्छ, र यो वस्तुको शक्तिको कारण हुन्छ । यस तर्कलाई व्याख्या गर्न रिन्पोछेले पानी परेको बेला एक कमिला र पातबारे लामरिममा भएको एक कथाको उल्लेख गर्नुभयो । धेरै मानिसले परिक्रमा गरेको कारण खाडल भएको स्तुपाको मार्गमा पात रहेको हुन्छ । जब पानी पर्छ तब त्यो खाडल भरिँदै आउँछ र पात तैरिन थाल्छ र हावाले धकेलेर पानीको बहावले कमिलालाई स्तुपाको वरिपरी लैजान्छ । स्तुपा (वस्तु)को शक्तिले कमिलाले स्तुपामा अन्जानमा गरेको परिक्रमाको कार्यले केवल त्यस कमिलाको केहि नकारात्मक कर्मको शुद्धिकरण मात्र नभई त्यो कमिलालाई धेरै वर्षपछि पनि अर्हत बनाउने कारक बन्दछ ।
रिन्पोछेले हाम्रो आँखा अगाडि भएको वास्तविक उदाहरणतर्फ हाम्रो ध्यान आकर्षित गगर्नुभयो- रिन्पोछेले हामीसँग तर्क गर्दैगर्दा केएफआरका दुई कुकुरहरु एक-अर्कासँग खेल्दै दौडिन थाले । एक बिन्दुमा उनीहरु एकअर्कालाई सानो गुफाको वरिपरी पछ्याउन थाले, जहाँ ५०० पत्थरहरु दोर्जे शुग्देनको मन्त्रसहित राखिएको थियो । अन्जानमै उनीहरुले विशेषगरी उनीहरुको बोलीसँग सम्बन्धित उनीहरुका केहि नकारात्मक कर्मको शुद्धिकरण गरे किनकि उनीहरुले लगातार मन्त्र पत्थरको परिक्रमा गरे । कुकुरहरुको मन्त्र कल्पना गर्ने क्षमता नभएपनि वा पत्थरको महत्व नबुझेपनि वस्तु (मन्त्र पत्थर)को शक्तिको कारण र कुकुरहरुले अन्जानमै गरेको परिक्रमाले उनीहरुको नकारात्मक कर्म शुद्धिकरण गर्यो ।
यो दृष्टिकोण केएफआरका आगन्तुकहरुलाई पनि लागु गर्न सकिन्छ, जसले बुद्धको शरीर, बोली र मनको महत्व नबुझेका पनि हुनसक्छन् । उदाहरणको लागि कुनै बच्चालाई स्ट्रोलर (बच्चा गुडाउने) मा बज्रयोगिनी स्तुपामा गुडाउँदा उनीहरुको केहि नकारात्मक कर्मको शुद्धिकरण हुन्छ, चाहे उनीहरुले त्यो जानुन् वा नजानुन् किनकी स्तुपाले बुद्धको प्रबुद्ध मन दर्शाउँछ । यस कारणले गर्दा हामीले सधैँ मानिसहरुलाई तीन रत्नको परिक्रमा र उनीहरुलाई साष्टांग प्रणाम र प्रसाद अर्पण गर्न प्रोत्साहित गर्नुपर्छ किनकि उनीहरुको बुझाईको गहिराई जे भएता पनि त्यसबाट उनीहरुलाई लाभ मिल्नेछ ।
विषयको दृष्टिकोणबाट शुद्धिकरण
शुद्धिकरण विषय (नकारात्मक कर्म शुद्धिकरण गर्ने प्राणी)को दृष्टिकोणबाट पनि हुनसक्छ । यो मानिसको चार प्रतिद्वन्दी शक्ति उत्पन्न गर्ने क्षमतामा आधारित छ । ती चार शक्तिहरु यसप्रकार रहेका छन् :
- भरोसाको शक्ति: तीन रत्न (बुद्ध, धर्म र संघ) मा शरण लिनु र शरण लिनुको लाभ र कारण बुझ्नु ।
- पश्चातापको शक्ति: हाम्रो विगतका नकरात्मक कार्यहरुले नकारात्मक कर्म बनाएको र त्यो हाम्रो वर्तमान दुखको कारक हो भन्ने बुझ्नु ।
- समाधानको शक्ति: कर्म शुद्धिकरण गर्ने कार्यमा संलग्न हुनु जस्तै कि बुद्धको प्रबुद्ध शरीर, बोली र मनको प्रतीकको परिक्रमा गर्नु; मन्त्र जाप गर्नु; साष्टांग प्रणाम गर्नु; ध्यान गर्नु; प्रसाद चढाउनु आदि ।
- संकल्पको शक्ति: फेरी कहिल्यै नकरात्मक कार्य नगर्ने प्रतिज्ञा, चाहे ती नकरात्मक कार्य गर्नबाट बच्न जति नै गाह्रो होस् ।
नकारात्मक कर्मको पूर्ण शुद्धिकरणको लागि चार प्रतिद्वन्दी शक्तिहरु आवश्यक छन् । त्यसकारण माथि उल्लेखित हाम्रा केएफआर कुकुरहरुले मन्त्र पत्थरहरुको अन्जानमा गरेको परिक्रमाबाट आफ्नो कर्म शुद्धिकरण गरेपनि उनीहरुले यो शुद्धिकरणलाई अधिकतम रुपमा गर्न सकेनन् । उनीहरुले मन्त्र पत्थर वरिपरी गरेको खेल अन्जानमा थियो र चार प्रतिद्वन्दी शक्तिहरुबाट विमुख थियो ।
यद्यपि, यदि हामीले बुझेर चार प्रतिद्वन्दी शक्तिहरु उत्पन्न गर्दै मन्त्र पत्थरहरु वरिपरी परिक्रमा गर्यौं भने कर्मको शुद्धिकरण अधिकतम रुपमा हुन्छ किनकि विषयको दृष्टिकोणबाट यो कार्य बुझेर गरिएको हुन्छ । यसरी पवित्र कार्यमा संलग्न हुँदा चार प्रतिद्वन्दी शक्तिहरु उत्पन्न गर्दा हामीले केवल हाम्रो आध्यात्मिक यात्रामा मात्र नभई हाम्रो दैनिक जीवनमा सहायताको लागि त्यस कार्यको पुरा सदुपयोग गर्न सक्छौँ । आखिरमा नकारात्मक कर्मले हाम्रो दैनिक जीवनलाई पनि असर गर्दछ र नकारात्मक कर्मलाई सहज तरिकाले शुद्धिकरण गरेर हामीले बिमारी, ढिट स्वभाव, लोभिपन, रिस, गलत दृष्टिकोण, आशक्ति, नोक्सानी र दुर्भाग्यजस्ता हाम्रो दैनिक कठिनाईका कारक हटाउन सक्छौँ ।
गुणनाबाट शुद्धिकरण बढाउने
वस्तु अनुसार हाम्रो नकारात्मक कर्म शुद्धिकरणलाई बढाउने अन्य तरिकाहरु छन्, र त्यो उपाय वस्तुको मात्रा बढाउनु हो (अर्थात् प्रबुद्ध शरीर, बोली र मनको प्रतीकको संख्या बढाउनु )। यस कारणले गर्दा धेरै बौद्ध चित्र र मन्त्र पत्थरहरु बनाउने बौद्ध अभ्यासलाई एक अत्यन्त लाभकारी कार्यको रुपमा उच्च रुपमा प्रोत्साहित गरिन्छ । रिन्पोछेले यसलाई ५०० मन्त्र पत्थरको एकपटक परिक्रमा गर्नु र एक मन्त्र पत्थरलाई ५०० पटक परिक्रमा गर्नु बिचको भिन्नताको रुपमा व्याख्या गर्नुभयो । ५०० मन्त्र पत्थरको सन्दर्भमा हामीले परिक्रमाको केवल एक चक्करमा अझै धेरै सद्गुण प्राप्त गर्नसक्छौँ ।
हाम्रो परिक्रमाको कार्यको लाभलाई बढाउनु यसको आवश्यकता र प्रभावकारितामा भर पर्छ । कलियुग (विकृतिको युग)मा हाम्रो जीवन मायामोह र बाधाहरुबाट व्याप्त हुन्छ । परिणामस्वरूप मायामोहमा हामीले बिताउने समयको तुलनामा आध्यात्मिक अभ्यासका लागि हामीले बिताउने समय सिमित हुन्छ । त्यसकारण हाम्रो आध्यात्मिक अभ्यास सिमित छ र किनकी हामीलाई हाम्रो मृत्यु कहिले हुन्छ थाहा छैन त्यसकारण हामीले गर्ने जुनसुकै आध्यात्मिक अभ्यासको परिणाम अत्याधिक गराउनु हाम्रो लागि निकै महत्वपूर्ण हुन्छ ।
केएफआरको मामलामा धेरै मानिसहरु जो यहाँ भ्रमण गर्छन्, उनीहरु केहि क्षणको लागि यस भूमिमा हुन्छन् । समयको अभावको कारण धेरै मानिसहरुले मन्त्र पत्थरको ५०० पटक परिक्रमा गर्न सक्दैनन् तर उनीहरुसँग कम्तिमा एकपटक परिक्रमा गर्ने समय हुन्छ । त्यसकारण धेरैभन्दा धेरै मन्त्र पत्थरहरु बनाउनाले उनीहरुले यहाँ हामीसँग हुँदा छोटो समयमा अत्याधिक मात्रामा लाभ पाउन सक्छन् । यसरी हामीले केएफआरका धेरै आगन्तुकले हामीसँग रहँदा उनीहरुको समयको पूर्ण लाभ पाउन सम्भव बनाउँछौँ ।
हाम्रो मृत्यु कहिले हुन्छ थाहा नभएकोले हाम्रो लागि पनि, आध्यात्मिक अभ्यासको लागि कति समय छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । हामीसँग ४० वर्ष बाँकी हुन सक्छ या दुई हप्ता । मुख्य कुरा यो हो कि हामीलाई थाहा हुँदैन । त्यसकारण यो करुणासँग सम्बन्धित कुरा हो । के हामी धेरैभन्दा धेरै मानिसहरुले धर्म बिउ रोपुन् भन्ने चाहन्छौँ र उनीहरुले सकेसम्म सम्भव भएसम्म कर्मको शुद्धिकरण गरुन् भन्ने चाहन्छौँ ? धेरैभन्दा धेरै सम्भव भएसम्म मन्त्र पत्थरहरु, बुद्ध मूर्ति र बुद्ध चित्र बनाउने अभ्यास यहि प्रेरणाको कारण उत्पन्न हुन्छ ।
जति ठुलो त्यति राम्रो
यदि धेरै मात्रा (संख्या)ले कार्मिक शुद्धिकरण बढाउँछ भने हाम्रो मनमा यो प्रश्न उठ्छ कि “किन विभिन्न बौद्ध परम्पराका महान् गुरु र भिक्षुहरुले ठुलो बुद्धका चित्र बनाउँछन् ?” विशेषगरि, रिन्पोछेले पाँच फुटको बुद्ध मूर्तिको परिक्रमा गर्नु र ५००-फुटको मूर्तिको परिक्रमा गर्नुमा कुनै भिन्नता छ भनि सोध्नुभयो ।
यसको उत्तर ग्रन्थमा छ, जहाँ भनिएको छ कि, बुद्ध चित्रहरु बनाएर प्राप्त हुने सद्गुण त्यस चित्रमा भएको कणको संख्या बराबर हुन्छ । सुत्र सरल छ – जति ठुलो बुद्ध चित्र, त्यति नै धेरै कण मिलेर चित्र बन्छ र त्यसकारण त्यो मूर्ति बनाउँदा अझै बढि सद्गुण प्राप्त हुन्छ ।
यहि सिद्धान्त चित्रमा प्रसाद अर्पण, साष्टांग प्रणाम वा परिक्रमा गर्दा लागू हुन्छ । प्रसाद अर्पण गर्ने, साष्टांग प्रणाम गर्ने र परिक्रमा गर्ने व्यक्तिले पनि अझै धेरै सद्गुण जम्मा गर्न सक्नेछन् किनकी उनीहरुले यी कार्यहरु ठुलो मूर्ति अनुसारको गरेका हुन्छन्, जहाँ बुद्धको रुपको प्रतीक धेरै संख्याको कण मिलेर बनेको हुन्छ ।
यसबाहेक ठुलो मूर्तिमा धेरै मन्त्र र बुद्ध चित्रहरु हाल्न सकिन्छ ताकी मानिसहरुले छोटो समयमा अझै धेरै सद्गुणहरु प्राप्त गर्न सकुन् । यसरी जब कोहि एक ठुलो बुद्ध मूर्तिमा साष्टांग प्रणाम, परिक्रमा वा प्रसाद अर्पण गर्छन्, उनीहरु वास्तवमा ठुलो मूर्तिमा रहेको धेरै मन्त्र र बुद्ध चित्रहरुलाई साष्टांग प्रणाम, परिक्रमा वा प्रसाद अर्पण गरिरहेका हुन्छन् । उदाहरणको लागि, आधुनिक युगमा हामी दश लाख बुद्ध चित्र, मन्त्र र सुत्रहरु एक सानो औठा थम्ब ड्राइभमा अटाउन सक्छौ र जब त्यो सानो बुद्ध मूर्तिमा राखिन्छ, हामीले मूर्तिमा साष्टांग प्रणाम गर्दा यो सानो भएपनि हामी दश लाख बुद्धहरुलाई ढोगिरहेका हुन्छौँ । यसरी नै परिक्रमा गर्दा हामी दश लाख बुद्धहरुलई परिक्रमा गरिरहेका हुन्छौँ । त्यसकारण हामीले दस लाख बुद्धहरुसँग अन्तरक्रिया गरे बराबरको सद्गुण प्राप्त गरिरहेका हुन्छौँ । धेरै मात्रा र ठुलो आकारको लाभ जम्मा भइ थप सद्गुण जम्मा हुन्छ र अझै धेरै कर्म शुद्धिकरण हुन्छ । यसरी हामीले सिमित समयमा गर्ने आध्यात्मिकअभ्यासबाट धेरै लाभहरु बढाउन सक्छौँ ।
यो थाहा भएकै कुरा हो कि, ठुलो मूर्ति हुँदा परबाट पनि धेरै मानिसहरुले देख्न सक्छन् । यसरी उनीहरुको मन-प्रवाहमा अन्जानमै नसोचीकन प्रबुद्धताको बिउ रोपिन्छ । यहि प्रेरणाबाट हामीले बुद्धको माला लगाउँछौँ, हाम्रो कारहरुमा बुद्धको मूर्ति राख्छौ र सम्भव भएसम्म बुद्धको शरीर, बोली र मनको प्रतीकको आराधना गर्छौँ । यो सबै मानिसहरुको मन-प्रवाहमा प्रबुद्धताको बिउ रोप्न र उनीहरुलाई सकेसम्म सद्गुण उत्पन्न गरी सम्भव भएसम्म कर्म शुद्धिकरण गर्ने बारेमा हो ।
करुणा प्रकट
धेरै मात्रामा बुद्ध चित्र र मन्त्र पत्थरहरु बनाउनु र ठुलो बुद्ध मूर्ति बनाउनु वास्तवमा करुणाको प्रस्तुतिकरण हो, जसले प्राणीलाई सद्गुण जम्मा गर्न सहयोग गर्छ र उच्च तहको चेतनामा पुग्न नकरात्मक कर्मको शुद्धिकरण गर्दछ । जबसम्म चेतनशील प्राणीले अस्तित्वहीन ‘म’लाई नै मान्छ र त्यसअनुसारको परिणामको स्थितिमा बस्छ भने यदि कोहि केहि नगरी त्यतिकै बसेको छ भनेपनि दुवै सुक्ष्म र कुल कर्म जम्मा हुन्छ । त्यसकारण शुद्धिकरण र सद्गुणको संकलन धेरै महत्वपूर्ण छ । वस्तु (बुद्ध चित्र, मन्त्र आदि) को माध्यमबाट धर्मावलम्बीहरुको लाभ बढाउने यो कुशल तरिका हो किनकि सबै (विषय)ले लाभ बुझ्दैनन् र उनीहरुसँग औपचारिक अभ्यासको लागि समय हुँदैन । जसले औपचारिक अभ्यासको साथ चार प्रतिद्वन्दी शक्तिहरु बुझ्छन्, उनीहरुको लागि विषय र वस्तुको आधारमा थप लाभ हुन्छ ।
केचरा फरेस्ट रिट्रीटको मामलामा, यहाँका निवासी र आगन्तुकहरु दुवै विश्वभरबाट विभिन्न संस्कृति, पृष्ठभूमि, कार्मिक झुकाव र विभिन्न तहको अभ्यास र बुझाईबाट आउँछन् । केहि आगन्तुकहरु मान्छे पनि हुँदैनन् जस्तै कि जनावर । यसरी बुद्धको प्रबुद्ध शरीर, बोली र मनको धेरै प्रतीक बनाएर हामीले कुकुर, किरा र नदेखिने प्राणीहरुलाई पनि शुद्धिकरणको अनुभव गर्ने अवसर बढाउँछौँ र उनीहरुले ती प्रतीकहरुको अन्जानमा परिक्रमा गर्दा सद्गुण जम्मा गर्ने अवसर दिन्छौँ । अन्तमा, उनीहरुले शक्तिशाली आशीर्वाद प्राप्त गरिरहेका छन् भनेर जान्न उनीहरुलाई आवश्यक छैन । उनीहरु केवल त्यसको आसपास हुनुपर्छ । यी सबै सद्गुणहरु उत्पन्न गर्ने र कर्म शुद्धिकरण गर्ने उद्देश्य हामीलाई उच्च चेतनामा लैजाने ध्यानमा सहायता गर्ने परिस्थितिको निर्माण गर्नका लागि हो, जसले अन्ततः पूर्ण प्रबुद्धतामा पुर्याउँछ । त्यसकारण यी सबै अभ्यासहरु वास्तवमा धर्म होइनन् तर यी अभ्यासले हामीलाई वास्तविक धर्ममा सहायता गर्दछन् । जीवनकालको विभिन्न चरणमा पूर्ण बुद्धत्वमा फुल्नको लागि हुने मनको रुपान्तरण वास्तविक धर्म हो ।
मानवको कुरा गर्दा, आध्यात्मिक अभ्यासमा चेतनाको साथ संलग्न हुन मानसिक र शारीरिक क्षमता भएका केहि भगवान र नागहरु र केचरा फरेस्ट रिट्रीटभरि रहेका धेरै मन्त्र पत्थरहरु र ठुलो मूर्तिहरु करुणाका प्रकटित रुपहरु हुन् । यसले चार प्रतिद्वन्दी शक्तिहरु उत्पन्न गर्नका साथै तीन रत्नको आस्था र बुझाईबारे हाम्रो क्षमतालाई बढाउँछ र हामीले जम्मा गर्ने सद्गुण र शुद्धिकरण बढाउन बुद्धको शरीर, बोली र मनको प्रतीकलाई जोड्छ । यसरी केचरा वन रिट्रीट हाम्रो लागि औपचारिक अभ्यासबाट अधिकतम लाभ लिने उत्तम ठाउँ हो । यसले ती जसले अन्जानमै अभ्यास गर्छन् वा जसको शारीरिक क्षमता हुँदैन उनीहरुलाई पनि लाभ मिल्छ । त्यसैगरी धेरै अन्य मन्दिर, तिर्थस्थान, बुद्धसँग सम्बन्धित चार पवित्र तिर्थस्थल आदिमा पनि त्यहि गुण छ ।
थप विस्तृत जानकारीका लागि:
- दोर्जे शुग्देनको उदाहरणीय कथाहरु र सजीब उपन्यास
- तिम्रो मस्तिष्कको भूमि
- एक असल साथी
- शुभ मंगोलियन साइतहरू
- तपाईं धर्म निरपेक्ष वा आध्यात्मिक हुनुहुन्छ?
- दोर्जे शुग्देन : हाम्रा व्यक्तिगत कथाहरू
- कसरी तिब्बती नेतृत्वले प्रायोजकलाई व्यवहार गर्दछन् (जिन्दक)
- ट्रोडेखाङसार –४०० बर्ष पुरानो दोर्जे शुग्देनको पुजाघर, ल्हासामा
- ईश्वरीयता (ईश्वर) लाई पुकार्नु
- मित्रले नेपालीमा भगवान दोर्जे शुग्देनका बारेमा सिकाउनुहुन्छ।
Sponsored by: Phng Li Kim, Phng Li Kheng, Datuk May Phng, Leonard Chia and Wong Suet Moi, June Kang, William Chua, Hue Ngoi Leng, Aa Mun Theng and Celeste Lauw
Please support us so that we can continue to bring you more Dharma:
If you are in the United States, please note that your offerings and contributions are tax deductible. ~ the tsemrinpoche.com blog team
DISCLAIMER IN RELATION TO COMMENTS OR POSTS GIVEN BY THIRD PARTIES BELOW
Kindly note that the comments or posts given by third parties in the comment section below do not represent the views of the owner and/or host of this Blog, save for responses specifically given by the owner and/or host. All other comments or posts or any other opinions, discussions or views given below under the comment section do not represent our views and should not be regarded as such. We reserve the right to remove any comments/views which we may find offensive but due to the volume of such comments, the non removal and/or non detection of any such comments/views does not mean that we condone the same.
We do hope that the participants of any comments, posts, opinions, discussions or views below will act responsibly and do not engage nor make any statements which are defamatory in nature or which may incite and contempt or ridicule of any party, individual or their beliefs or to contravene any laws.
Please enter your details