दोर्जे शुग्देन: हाम्रा व्यक्तिगत कथाहरू
(Click here to read the original English article.)
माननीय श्री २५ छेम रिन्पोछे यति वर्षहरुभरि मलेसियामा हुनुहुँदा, अनगिन्ति स्थानीय र विश्वभरका बौद्ध धर्मावलम्बीहरूले मार्गदशर्न, सहायता र आग्रहपूर्ण सहयोगको लागि रिन्पोछेलाई बिन्ती गरे र गरिरहेका छन् । कोहीले आफ्नो आध्यात्मिक अभ्यासलाई अगाडि बढाउन सल्लाह माग्छन्, कोहीले आत्मिक अशान्तिले आफ्नो जीवनमा पुर्याएको अव्यवस्थित अवस्था हटाउन त कोहीले सांसारिक समस्याहरू जस्तैः पारिवारिक, स्वास्थ्य, र आर्थिक चिन्ताहरू हटाउन मद्दत माग्छन् । यस्तै धेरै कारणहरूको लागि रिन्पोछेले आफ्ना धर्म संरक्षक दोर्जे शुग्देनसँग भविष्यवाणी र अरू थुप्रै माध्यमबाट समाधान र आपतमा परेकालाई मद्दत गर्न सहायता माग्नुहुन्छ ।
तलका भिडियोहरू दोर्जे शुग्देनको मार्ग अभ्यास गरेका हजारौँ लाभान्वित वर्गहरूको थोरै त्यस्ता भनाइहरू हुन् । उहाँहरूले करूणामय र दयावान भगवानको शक्तिको शुरूवाती अनुभवहरू बाँड्नु भयो । साथै उहाँहरूले अहिले चलिरहेको प्रबुद्ध धर्म संरक्षकको अभ्यासको विवादबारे पनि आफ्नो तर्क राख्नुभयो ।
हामी आशा गर्दछौँ कि यी भिडियोहरू मार्फत धेरै मानिसहरूले दोर्जे शुग्देनमाथि विश्वास गर्ने छन् । अनि हामी हाम्रा लामा, छेम रिन्पोछेले धेरै अपमान र सजायका बाबजुत देखाउनुभएको साहस, बल र मार्गदर्शनको लागि धन्यवाद दिन चाहन्छौँ । सजाय उनीहरुले सामाना गरे जसले आफ्ना आफ्ना गुरूहरू प्रति वचनबद्ध भएर यस अभ्यासलाई निरन्तरता दिन जारी राखे । हाम्रो लामा धेरै वर्ष बाँचुन् र लामा चोंखापाको शिक्षा दश दिशातिर निरन्तर फैलाई रहुन् ।
संचालक
१. एन्जेल ओइ
धेरै लामो समयसम्म माननीय छेम रिन्पोछेको अनुयायी रहनुभएकी एन्जेल, सौन्दर्यता उधोगकी एक सफल व्यापारी हुन् जो व्यापारी र औध्योगीक साथीहरूसँग भेट्न विश्वभर घुम्छिन् । यो भिडियोमा एन्जेलले कसरी दोर्जे शुग्देनले आफूलाई अदृश्य जीवहरूबाट सुरक्षा दिनुभयो र धेरै घातक रोगहरूबाट बचाउनुभयो भन्ने बारे बताउनुभएको छ ।
२. ग्रेस लियोङ्ग
ग्रेस एक योग्य चार्टड एकाउन्टेन्टका साथै स्थापित हेयर एण्ड ब्युटी सैलुनकी मालिक पनि हुन् जुन क्वालालम्पुर, मलेसियामा अवस्थित छ । जबदेखि ऊनी माननीय छेम रिन्पोछेकी अनुयायी भइन्, उनको दोर्जे शुग्देन प्रतिको आस्था वर्षैपिच्छे निरन्तर बढ्दै आएको छ । यस भिडियोमा उनले कसरी रिन्पोछे र संरक्षक दोर्जे शुग्देनले उनको छोरालाई घातक बिमारीबाट बचाउनुभयो भन्ने कुरा बताएकी छिन् ।
३. जेनिफर यून्
एउटा सक्षम पेशा भएकी महिला, मायालु श्रीमती र दुई किशोरी छोरीहरूकी प्रतिबद्ध आमा जेनिफर बताउछिन् कि कसरी दोर्जे शुग्देनले उहाँलाई सांसारिक चुनौतीहरूबाट पार लगाउनुभयो जसले उहाँलाई धर्म लिनबाट बञ्चित गराएको थियो ।
४. पादरी एनजी कोक हेङ्ग
केचाराका पादरी र २०१४—२०१६ केचारा हाउसका उपसभापति समेत रहेका पादरी एनजी कोक हेङ्ग एक सफल उध्योगी र व्यापारी पनि हुन् जसले सफल सार्वजनिक सूचिकृत कम्पनीहरूको स्थापना गरे । नम्र सुरुवातसँगै पादरी कोक हेङ्ग बताउनुहुन्छ कि कसरी दोर्जे शुग्देनको अभ्यासले उनको व्यापार उच्च तहसम्म पुर्याउन मद्दत गर्यो र साथ-साथै उनलाई धर्मतिर पनि नजिक गरायो ।
५. पादरी एन्टोइनेट कास
लग्जम्बर्गमा भएको आफ्नो घर र पेशालाई छोडेर माननीय छेम रिन्पोछेसँग आध्यात्मिक यात्रा सुरु गरेकी, पादरी एन्टोइनेट कास भन्छिन् कि कसरी संरक्षकको अभ्यासले उहाँको धर्मप्रतिको विश्वासलाई बलियो बनाएको छ र उनलाई आध्यात्मिक प्रगतिको लागि चाहिने आवश्यक आधारहरूको सिर्जना गरिदिएको छ ।
६. जस्टिन चे
जस्टिन चेको नाम एक गरीब र घरबार विहीनहरूको समर्थनको लागि बोल्ने पर्यायको रूपमा चिनिन्छ । धेरै मिहिनेती यी केचारा सूप किचेनका प्रोजेक्ट निर्देशकलाई थाहा छ कि सडकमा हुने समस्याको समाधान गर्न विरलै सजिलो हुने गर्छ, विशेष गरी जब कसैले परोपकारी ढंगले कार्य गर्दछ ! यो भिडियोमा, जस्टिन भन्छन् कि दोर्जे शुग्देनमा विश्वास गरेर उनलाई कसरी समस्याहरूबाट मुक्त हुन सहयोग गर्यो र उनको साथीहरूलाई समेत कसरी उनको अभ्यासले मद्दत पुग्यो ।
७. फ्रेड्रिक ल
बहुराष्ट्रिय औषधी कम्पनीमा कार्यरत बिक्री व्यवस्थापक, फ्रेड्रिकले थाहा पाए कि जो व्यक्तिको जिन्दगी भागदौडमै बित्छ उसको जीवन सुखमय हुँदैन, त्यसमा पनि आर्थिक समस्याले घेरिएको मानिसको लागि त झनै कठिन छ । यस भिडियोमा फ्रेड्रिकले बताएका छन् कि कसरी आफ्नो जीवनमा विस्तारै तर निरन्तर आर्थिक उपलब्धिहरू प्राप्त हुन थाल्यो जब उनले दोर्जे शुग्देनको अभ्यास गर्न सुरु गरे । आजको दिनमा फ्रेड्रिक प्रतिबद्ध भएर धर्ममा आस्था राख्छन् र उनलाई लाग्दछ कि उनको जीवनमा धर्मभन्दा राम्रो अरू केही हुनसक्दैन।
८. डटुक मे फेङ्ग
२०१० देखि केचारा हाउसका अध्यक्ष रहदैँ आएकी डटुक मे फेङ्गको दोर्जे शुग्देनसँग सधैँ घनिष्ठ सम्बन्ध रहेको थियो, जो माननीय छेम रिन्पोछेसँग भेट हुनु दशकपूर्व नै थियो । एक उध्यमी र अत्याधिक सफल मास्टरको रूपमा रहनुभएकी डटुक मेले भन्नुभयो कि दोर्जे शुग्देनले उनी र उनको परिवारलाई विभिन्न चमत्कार र आशीर्वाद प्रदान गर्नुभयो, जसले गर्दा उनमा संकोच र संदेह रहेन कि उहाँ भगवान बुद्धभन्दा केही कम हुनुहुन्न ।
९. फेङ्ग ली किम
प्यारानर्मल जोनकी सेलिब्रिटी होस्ट तथा केचारा मिडिया एण्ड पब्लिकेशनकी सीईओ फेङ्ग ली किमले बताउनुभयो कि उनीले माननीय छेम रिन्पोछेको प्राथना र दोर्जे शुग्देनको सहयोग नमिलेको भए कसरी आफ्नो छोरालाई अज्ञात रोगका कारण गुमाउनुपर्थ्यो । ली किमले सबै दोर्जे शुग्देनका अभ्यासीहरूलाई एक सरह व्यवहार गर्नको लागि जोडदार निवेदन पनि व्यक्त गरेकी छिन् ।
१०. चुवा सु मिङ्ग
अन्तर्राष्ट्रिय प्रसाधन सामग्री कम्पनीको लागि भूतपूर्व बजार निर्देशक, सु मिङ्ग, लामो समयदेखि माननीय छेम रिन्पोछेका विध्यार्थी तथा व्यक्तिगत सहयोगी समेत रहेकि थिइन् । यस भिडियोमा ऊनी भन्छिन् कि कसरी उनको भर्खर जन्मेको भदालाई दोर्जे शुग्देनले मृत्युको मुखबाट बचाउनुभयो र उनले दोर्जे शुग्देनको अनुयायीहरूले भारतमा रहेको तिब्बितियन शरणार्थी समाजमा भोग्नु परेको कठिनाईहरूको बारेमा पनि आफ्नो पहिलो अनुभव सुनाइन् ।
११. लाई चेक यी
छेम लाद्राङको एक प्रतिबद्ध स्वयंसेवक अंकल लाई चेक यी भन्नुहुन्छ कि माननीय छेम रिन्पोछेप्रति देखाएको गहिरो विश्वास र दोर्जे शुग्देनले दिनुभएको आशीर्वाद, बौद्ध धर्मले उहाँको छोरालाई एक विज्ञ पादरीका रूपमा बदलिदियो जसको धर्म शिक्षा आज उच्च मागमा रहेको छ ।
१२. शेली ताई
एक विशेष स्याहारको आवश्यकता पर्ने बच्चाकी आमा, शेलीले आफूलाई आवश्यक पर्ने सहयोग र साथ दोर्जे शुग्देनको अभ्यासबाट पाइन् । यस भिडियोमा उनले बताएकि छिन् कि कसरी दोर्जे शुग्देनले उहाँकी छोरीलाई जीवन जिउनको लागि आवश्यक पर्ने परिस्थितिको सिर्जना गरी भविष्यको लागि सकारात्मक आशाको किरण देखाउनुभयो ।
१३. म्याडम चुवा
म्याडम चो सन् ९० को दशकदेखि नै माननीय छेम रिन्पोछेकी अनुयायी हुनुहुन्छ र अनेकौँ कठिनाई आए पनि गुरू र संरक्षकप्रति उहाँको आस्था अझै अटल रहँदै आएको छ । यो भिडियोमा उहाँले बताउनुभएको छ कि यदि दोर्जे शुग्देनले ईश्वरीय मध्यस्थता नदेखाउनुभएको भए उहाँले आफ्नो नातिलाई गुमाउनु पर्ने अवस्था सिर्जना हुन्थ्यो ।
१४. डेटो कोलिन ट्यान र डेटिन श्यारोन टोंग
डेटो कोलिन ट्यान, प्रसिद्ध हाटेन ग्रुपका समूह प्रबन्धक निर्देशकको, सानै बेलादेखि माननीय छेम रिन्पोछेसगँ आत्मिय सम्बन्ध रहँदै आएको छ । अहिलेको सफल व्यापारी, मायालु श्रीमान् र दई सन्तानका पिता, डेटो कोलिन सधैँ भन्ने गर्छन् कि रिन्पोछेको आशीर्वाद र दोर्जे शुग्देनद्वारा संरक्षण नहुँदो हो त उहाँको जीवन र व्यवसाय पक्कै नि चुनौतिपूर्ण हुन्थ्यो । यस भिडियोमा उहाँ र उहाँकी पत्नी, डेटिन श्यारोन टोंगले, दोर्जे शुग्देनको अभ्यास र प्रबुद्ध प्राप्त धर्म संरक्षकप्रतिको विवादको बारेमा आफ्नो अनुभव र विचार व्यक्त गर्नुभएको छ ।
१५. भ्यालेन्टिना सुहेन्द्र
भ्यालेन्टिना सुहेन्द्र सफल र सक्षम महिला हुन् जसले केपिएमजी जस्तो बहुआयामिक परामर्श कम्पनीको निर्देशक जस्तो प्रतिष्ठित पद मात्र होइन कि यायाशन केचारा इन्डोनेशियाको स्थापना पनि गरेकी छिन् जुन एक गैर लाभकारी संस्था हो जसले केचारासँग संगठित भएर इन्डोनेशियामा काम गरिरहेको छ । यस संस्थाले स्थानीय सरकारसँग मिलेर घरबार विहीनलाई खाना, अल्पसंख्यक बालबालिकालाई शिक्षा र आवश्यक व्यक्तिहरूलाई सुधारात्मक र चिकित्सा सहयोग जस्ता विभिन्न परोपकारी कार्य गर्दछ । यस भिडियोमा भ्यालेन्टिनाले दोर्जे शुग्देनको अभ्यास र प्रबुद्ध प्राप्त धर्म संरक्षकप्रतिको विवादको बारेमा आफ्नो अनुभव र विचार इन्डोनेशियन भाषामा व्यक्त गरेकी छिन्।
निःशुल्क डाउनलोड गर्नुस।
दोर्जे शुग्देनका चित्रकथा।
यो चित्रकथा नेपाली भाषामा छ जहा भगवान दोर्जे शुग्देन हाम्रो समयको सर्वोच्च विश्व शान्ति रक्षकको रूपमा कसरी प्रस्तुत भए बारे उहाँका आकर्षक कथा व्याख्या गरिएको छ। जब तपाईं हामीले उनको कथा राम्ररी बुझ्छै, तब यस शक्तिशाली संरक्षक देवताबाट हामीले अधिक अाशिष् प्राप्त गर्नका साथै उहाँको महानताको कदर गर्न सक्छै।
डाउनलोड गरीएको फाइल खोल्न तलको लिंकमा क्लिक गर्नुहोस्। (पीडीएफ फाईल):
Please support us so that we can continue to bring you more Dharma:
If you are in the United States, please note that your offerings and contributions are tax deductible. ~ the tsemrinpoche.com blog team
DISCLAIMER IN RELATION TO COMMENTS OR POSTS GIVEN BY THIRD PARTIES BELOW
Kindly note that the comments or posts given by third parties in the comment section below do not represent the views of the owner and/or host of this Blog, save for responses specifically given by the owner and/or host. All other comments or posts or any other opinions, discussions or views given below under the comment section do not represent our views and should not be regarded as such. We reserve the right to remove any comments/views which we may find offensive but due to the volume of such comments, the non removal and/or non detection of any such comments/views does not mean that we condone the same.
We do hope that the participants of any comments, posts, opinions, discussions or views below will act responsibly and do not engage nor make any statements which are defamatory in nature or which may incite and contempt or ridicule of any party, individual or their beliefs or to contravene any laws.
Please enter your details