विश्वभर रहेका दोर्जे शुग्देनका १० पवित्र मूर्तिहरू
(Click here to read the original English article.)
तपाईंलाई यो पोस्ट र चित्रहरु रमाइलो लाग्न सक्छ।
दोर्जे शुग्देनको अभ्यास टाढा-टाढासम्म फैलिरहँदा, उहाँको नाममा बढ्दो संख्यामा गुम्बाहरु स्थापना भइरहेका छन्।
हामीले दोर्जे शुग्देन लामाहरूसँग निजी सम्पत्तिको रूपमा भएका र दोर्जे शुग्देनको इतिहासमा महत्त्वपूर्ण मानिएका मूर्तिहरू इन्टरनेटको माध्यमबाट खोजी गर्यौं।
विश्वभर रहेका दोर्जे शुग्देनका ९ पवित्र मूर्तिहरू तल उल्लेख छन्। रमाइलो गर्नुहोस्।
छेम रिन्पोछे
१. पवित्र क्याब्जे ट्रीजंग रिन्पोछेको व्यक्तिगत मूर्ति, भारत
यसरी एक उच्च ज्ञान प्राप्त लामाको व्यक्तिगत संकलन हेर्न पाउनु दुर्लभ अवसर हो। माथि देखाइएको मूर्ति दोर्जे शुग्देनको व्यक्तिगत संकलनमा रहेको पवित्र क्याब्जे ट्रीजंग रिन्पोछेको पुर्व अवतारको मूर्ति हो। उहाँ पवित्र क्याब्जे फबोङ्खा रिन्पोछेका प्रत्यक्ष चेला हुनुका साथ-साथै पाँचौ दलाई लामाका कनिष्ठ शिक्षक र पवित्र क्याब्जे जोङ्ग रिन्पोछे, लामा येशे र घेशे राब्तेन लगायत थुप्रै उच्च ज्ञान प्राप्त लामाहरूका लामा हुनुहुन्थ्यो।
यस जीवनमा र पुर्व अवतारहरुमा पवित्र क्याब्जे ट्रीजंग रिन्पोछे र दोर्जे शुग्देन बीच विशेष सम्बन्ध रहेको छ। यो भनिन्छ कि पवित्र क्याब्जे ट्रीजंग रिन्पोछेले दोर्जे शुग्देनलाई जीवनभरी आफु निकट राख्नुभयो जुन उहाँको निजी बेडरुममा राखिएको यो पवित्र मूर्तिमा देखाइएको छ।
सांस्कृतिक क्रान्तिका बेला दलाई लामाले पवित्र क्याब्जे ट्रीजंग रिन्पोछेकै सल्लाहमा पाङ्लुङ ओरेकल मार्फत दोर्जे शुग्देनसँग परामर्ष लिनुभएको थियो। यसै कारण दलाई लामा गोप्य रुपमा पोटाला दरबारबाट भागि सुरक्षित रुपमा भारत पुग्न सफल हुनुभएको थियो।
निर्वासित हुनु अघि दलाई लामाले आफुले पहिले आफ्ना गुरु पवित्र क्याब्जे ट्रीजंग रिन्पोछेलाई चढाएको अथाह लाभदायी थान्का दोर्जे शुग्देनसँग सापटी माग्नुभयो। उक्त थान्का निर्वासनभर पवित्र दलाई लामासँग रह्यो र भारत पुगे पश्चात पवित्र क्याब्जे ट्रीजंग रिन्पोछेलाई फिर्ता गरियो। दोर्जे शुग्देनको थान्का हाल गादेन गुम्बाको ट्रीजंग लाड्राङमा राखिएको छ।
रमाइलो तथ्य: पवित्र क्याब्जे ट्रीजंग रिन्पोछेको अवतारको इतिहास प्रख्यात रथ चालक चन्द्रसम्म पुग्छ जसले राजकुमार सिद्धार्थलाई अन्ततः बुद्धत्व प्राप्त गर्न रथमा दरबारबाट बाहिर लगेका थिए।
२. लोङरोङ गुम्बा, सिचुवान प्रान्त, चीन
पवित्र क्याब्जे ट्रीजंग रिन्पोछेका विद्यार्थीहरु मध्ये एक उच्च ज्ञान प्राप्त पवित्र क्याब्जे जोङ्ग रिन्पोछे हुनुहुन्थ्यो। उहाँ बुद्ध र हेरुको चक्रसंवरबाट उत्सर्जित र लामा चोङाख्पा, खेद्रुब जेका दुइ मुटु-छोरा मध्ये एक मानिनुहुन्थ्यो।
पवित्र क्याब्जे जोङ्ग रिन्पोछेको जन्म तिब्बतको खाम क्षेत्रमा भएको थियो, जुन अहिले विभाजित भएर तिब्बत स्वायत्त क्षेत्र लगायत चीनको किन्घाई, गान्सु, सिचुवान र युनान प्रान्तमा पर्दछ।
हालको सिचुवान प्रान्तमा रहेको लोङरोङ गुम्बा देरोंग काउंटीकै सबैभन्दा ठुलो गुम्बा हो। यो गुम्बा खाम क्षेत्रको गेलुग वंशको १३ मुख्य गुम्बाहरुमध्ये एक हो र पवित्र क्याब्जे जोङ्ग रिन्पोछेको मातृ गुम्बा हो।
दश हेक्टर जमिनमा बनेको लोङरोङ गुम्बामा ५०० भिक्षुहरू बस्छन् र त्यहाँ १०,००० बौद्ध ग्रन्थहरु लगायत माथि देखाइएको दोर्जे शुग्देनको मूर्ति राखिएको छ। लोसार अथवा तिब्बती नयाँ वर्षमा उक्त गुम्बामा दशौं, हजारौं मानिसहरू जम्मा भएको देख्नु सामान्य हो।
रमाइलो तथ्य: आफ्नो जीवनको अन्त्यमा पवित्र क्याब्जे जोङ्ग रिन्पोछेले स्पष्ट र सार्वजनिक रुपमा आफ्ना जीवनभरका उपलब्धीहरु दोर्जे शुग्देनको निर्भरतामा सफल भएको कुरा व्यक्त गर्नु भएको थियो।
३. गादेन शार्त्से गुम्बा, भारत (सन् १९८३ सम्म)
धेरै दशकसम्म, दोर्जे शुग्देनको मूर्ति गादेन शार्त्से गुम्बाको लाछी भनेर चिनिने ठुलो प्रार्थना हलको रक्षक मन्दिरमा राखिएको थियो। रक्षक मन्दिरमा महाकाल, कलारुपा, शिदक घेन्जे, यमन्तका र वैश्रावनाजस्ता अन्य धर्मरक्षकका मूर्ति र प्रतिमाहरु पनि राखिएका थिए।
पवित्र क्याब्जे ट्रीजंग रिन्पोछे, पवित्र क्याब्जे जोङ्ग रिन्पोछे र गादेन गुम्बाका २,००० संघ सदस्यहरुद्वारा स्थापित यस पवित्र मूर्तिमा हजारौं तिर्थालुहरु, संघ सदस्यहरु, र सामान्य मानिसहरूले दैनिक दोर्जे शुग्देनको पुजा गर्थे र प्रसाद चढाउँथे।
गादेन शार्त्से र जान्ग्छेका भिक्षुहरूले लाछीमा गर्ने दैनिक पूजा-अर्चनामा माथि उल्लेखित अन्य रक्षकहरूसँगै दोर्जे शुग्देनको प्रार्थना पनि गरिन्थ्यो।
सन् १९८३ मा पवित्र दलाई लामाले दोर्जे शुग्देनको मूर्ति लाछीबाट हटाई त्यसको आफ्नै मन्दिरमा सार्न आदेश दिए। गुम्बाका संघ सदस्यहरूसँग उक्त आदेशको पालना गर्नु बाहेक अरु विकल्प थिएन र उक्त मूर्ति हाल सोक्पा जाम्यांग खाङछेनको परिसरमा रहेको भिक्षुहरूको छात्रवास पछाडिको रक्षक मन्दिरमा राखिएको थियो।
गादेन गुम्बाका कुलीन गुरु, टुल्कु, र घेशे आदिहरुद्वारा गरिएको सयौं-हजारौं पुजाले यो मूर्ति धन्य र उर्जायुक्त बनेको छ र यसलाई आजसम्म पनि धेरै मानिसहरूले पूजा गर्दै आइरहेका छन्।
४ . पवित्र पाँचौं दलाई लामाको हस्तनिर्मित मूर्ति, काठमाडौँ, नेपाल
हाल नेपालको व्यस्त राजधानी काठमाडौंमा अवस्थित फेल्घ्यलिङ गुम्बा सन् १६६५ देखि मौलिक रुपमा तिब्बतको न्यानंगमा रहँदै आएको एक गेलुग्पा गुम्बा हो।
सांस्कृतिक क्रान्तिका बेला तिब्बतको फेल्घ्यलिङ गुम्बाबाट (जुन अन्तत: नष्ट गरियो) जोगाइएका कलाकृतिहरु मध्ये एक माथि उल्लेखित मूर्ति हो। पाँचौं दलाई लामाले आफ्नै हातबाट बनाएका यस पवित्र मूर्तिलाई उक्त गुम्बाको नेपालमा पुन:निर्माण भएपछि नयाँ रक्षक मन्दिरमा स्थापना गरिएको थियो।
लगभग १०-१२ इन्च अग्लो यस पवित्र मूर्तिमा पुरै जरी भरिएको छ र यसलाई शिशाभित्र राखिएको छ। यसलाई दोर्जे शुग्देनको पहिलो मूर्ति मानिन्छ।
दोर्जे शुग्देनको पहिलो प्रार्थना पनि पाँचौं दलाई लामाले नै लेख्नुभएको थियो। दोर्जे शुग्देन एक खराब आत्मा नभइ महान धर्मरक्षक भएको थाहा पाएपछि पाँचौं दलाई लामाले उक्त प्रार्थना लेख्नुभएको थियो जसलाई आज पनि सयौं-हजारौं दोर्जे शुग्देन अनुयायीहरुले पढ्ने गर्छन्।
५. कपन गुम्बा, नेपाल (सन् १९८४ पछि केहि समयसम्म)
माथि देखाइएको मूर्ति बौद्ध धर्म पश्चिममा फैलाउने प्रसिद्ध तिब्बती लामाहरुमध्ये एक, लामा येशेको व्यक्तिगत संकलनमा थियो। लामा घेशेका मुख्य रक्षक दोर्जे शुग्देन भएको कुरा सबैलाई थाहा थियो। लामा घेशे जीवनभर र सन् १९८४ मा स्पष्ट प्रकाशमा प्रविष्ट गर्दासम्म दोर्जे शुग्देनमा निर्भर रहनुभयो।
लामा येशे र उहाँका मुख्य शिष्य, लामा सोपाले नेपालमा कपन गुम्बाको स्थापना गरे। कपन गुम्बा आफ्नो धर्म अभ्यासको विकासको आकांक्षा बोकेका पश्चिमी विद्यार्थीहरू जाने ठाउँ बन्यो।
लामा येशेले सक्रियताका साथ आफ्ना विद्यार्थीहरूलाई दोर्जे शुग्देनलाई आफ्नो धर्मरक्षकको रुपमा लिन प्रेरित गर्नुभयो र अरु महान लामाहरूसँग पनि आफ्ना विद्यार्थीहरूलाई शुग्देन सोग्ते (सशक्तिकरण) प्रदान गर्न अनुरोध गर्नुभयो।
कपन गुम्बाको निर्माणमा जग हाल्नु अघि थुप्रै दोर्जे शुग्देनका पुजाहरु गरिए। लामा येशेले हरेक शिक्षा सत्र शुरु हुनुअघि बाधा-व्यवधानहरू हटाउन दोर्जे शुग्देनको पुजा गर्ने कुरा लामा सोपाले पछि बताउनुभयो।
यसबाहेक समस्याहरु आइपर्दा, लामा येशेले भरोसा गर्ने मुख्य रक्षक दोर्जे शुग्देननै हुनुहुन्थ्यो।
माथिको दोर्जे शुग्देनको मूर्ति, लामा येशेसँगै कपन गुम्बामा राखिएको उहाँको व्यक्तिगत मूर्ति थियो। लामा येशेको देहान्त पश्चात उहाँका शिष्यहरूले उक्त मूर्ति द्रेपुंङ लोसेलिंङ गुम्बा, नेपालका सावा पुल्थोक रिन्पोछेलाई दिए।
सन् २००८ मा आफु स्पष्ट प्रकाशमा प्रविष्ट गर्नुअघि सावा पुल्थोक रिन्पोछेले सो मूर्ति नेपालको गाङ्छेन लाड्राङलाई दिनुभयो जहाँ उक्त मूर्ति हाल राखिएको र पुजिएको छ।
६. टासी ल्हुन्पो गुम्बा, उअ-सांङ प्रान्त, तिब्बत स्वायत्त क्षेत्र
प्रथम दलाई लामाले सन् १४४७ मा बनाउनुभएको टासी ल्हुन्पो गुम्बा, पारम्परिक उअ-सांङ प्रान्तभित्र पर्ने तिब्बतको दोस्रो ठुलो शहर शिगात्सेको बीचमा रहेको पहाडमा अवस्थित छ।
यस गुम्बाले गेलुग परम्पराको दोस्रो उच्च वंश टुल्कु लगायत समग्र तिब्बतको पान्चेन लामाको गद्दीको भूमिका खेलेको छ। यो परम्परा चौथौँ पान्चेन लामादेखि शुरु भयो जसका पछिल्ला अवतारहरूले गुम्बालाई झन्डै ५८९ रोपनी क्षेत्रफलमा बिस्तार गरे।
मिंग र किंग राजवंशका बहुमुल्य सम्पत्तिको संरक्षण गरेका कारण टासी ल्हुन्पो गुम्बा सांस्कृतिक र ऐतिहासिक रुपमा महत्त्वपूर्ण छ। अनेकौ दुर्लभ सुत्र र थान्काहरूका साथ-साथै तिब्बती इतिहास र समाजको अनुसन्धानका हिसाबले पनि यो गुम्बा अमुल्य छ।
टासी ल्हुन्पोमा दोर्जे शुग्देनलाई लामो समयदेखि माँनिदै आएको छ र उनको मार्गको अभ्यास आजसम्म पनि सक्रिय रुपमा भइरहेको छ। माथि देखाइएको मूर्ति त्यस गुम्बामा रहेका थुप्रै दोर्जे शुग्देनका मूर्ति र चित्रहरूमध्ये एक हो। गुम्बाको भ्रमण गर्न पाउने भाग्यशाली व्यक्तिहरूले दस युवा र क्रोधक सहयोगीहरु, नौ माताहरु र आठ मार्गदर्शक भिक्षुहरू सम्मिलित दोर्जे शुग्देनको प्रतिवेशबाट पनि आशिर्वाद लिन सक्छन्।
रमाइलो तथ्य: चौथौँ पान्चेन लामा पाचौं दलाई लामाका गुरु थिए।
७. रिवो छोएलिङ गुम्बा, ल्होका (शंनान) प्रिफेक्चर, तिब्बत स्वायत्त क्षेत्र
पहिलो बौद्ध गुम्बा र दरबार बनेको ल्होका प्रिफेक्चरलाई प्राय: तिब्बती सभ्यताको जन्मस्थल मानिन्छ।
ल्होका प्रिफेक्चरको आध्यात्मिक यार्लुङ उपत्यकामा रहेको रिवो छोएलिङ गुम्बालाई १५औं शताब्दीमा लामा चोङाख्पाका दुई मुटु अनुयायी मध्ये एक, खेद्रूप जेले निर्माण गरेका थिए।
भनिन्छ कि लामा चोंखापाले त्यस उपत्यकाको यात्रा गरिरहनुभएका बेला ती दुई हिमालहरु तरबारको आकारमा भएको प्रतिकृया जनाउनुभएको थियो। मन्जुश्रीको बुद्धी तरबारको सन्दर्भका कारण उनको प्रतिकृयाको अर्थ त्यस क्षेत्रलाई धर्म अध्ययनका लागि खुलाइनु पर्ने थियो।
हिमालको टुप्पोमा रहेको रिवो छोएलिङ गुम्बा हिँडेर मात्र पुग्न सकिन्छ। गुम्बाभित्र त्यसका रक्षक भनिने दोर्जे शुग्देन विराजमान छन्।
८. डेन्मा गोंसार गुम्बा, खाम, तिब्बती स्वायत्त क्षेत्र
तिब्बतको खाम क्षेत्रमा रहेको डेनमा गोंसार गुम्बा (अथवा डेनमा गोंसार रिन्पोछेको गुम्बा) मा लामा चोङाख्पाको विश्वकै ठुलो १२ तल्ले अग्लो मूर्ति र दोर्जे शुग्देनको विश्वकै दोस्रो ठुलो १८ फिट अग्लो मूर्तिहरु छन्।
पुरै खाम क्षेत्रलाई धन्य बनाएको डेनमा गोंसार गुम्बाको स्थापना पवित्र उन्नाइसौँ क्याब्जे डेनमा गोंसार रिन्पोछेका अघिल्लो अवतारले गर्नुभएको थियो जसले वर्षौंसम्म प्राकृतिक तत्व र मानवजातिका कारण क्षति पुगेको पुरानो गुम्बालाई पुनर्निर्माण गर्नुभयो।
सन् २०११ मा पुरा भएपछि डेनमा गोंसार गुम्बा, पवित्र क्याब्जे डेनमा गोंसार रिन्पोछेको गद्दी बन्यो जहाँबाट उनी लामा चोङाख्पाका पवित्र शिक्षा ६०० भिक्षुहरु र त्यस क्षेत्रमा बस्ने सामान्य मनिसहरूमा बाढ्थे। हालका क्याब्जे फबोङ्खा छोक्त्रुल रिन्पोछेजस्ता उच्च लामाहरूको अवतारहरूले दुर्लभ ज्ञान, अभ्यास र टिप्पणीहरुका लागि यो गुम्बाको धेरै पटक भ्रमण गर्थे।
सन् २००५ मा देहान्त हुनुअघि, पवित्र क्याब्जे डेनमा गोंसार रिन्पोछेले आफ्ना मुख्य सेवकहरूलाई कुनै बालकले घुयसमाजाको मूल तन्त्र कण्ठ पारि पाठ गर्न सके मात्र आफ्नो अवतार मान्न निर्देशन दिनुभयो। घुयसमाजा तन्त्र वज्रयान बौद्धिक संघको सबैभन्दा महत्त्वपूर्ण ग्रन्थ हो र यसको पूर्ण रुप १७ अध्यायहरुले बनेको छ।
धेरैले आफू अवतार भएको दावा गरे तर सन् २०१४ जुलाई ३१ मा डेनमा गोंसार रिन्पोछेको २०औं अवतारले गद्दी आरोहण गरे। उनका युवा अवतारले कण्ठ पारि पाठ गरेको भिडियो युट्युबमा हेर्न सकिन्छ।
त्यस भव्य आरोहण समारोहमा तिब्बतको कुना कुनाबाट आएका २,००,००० मानिसहरू उपस्थित थिए। यसले देखाउन्छ कि धेरै तिब्बतीहरूको बुद्ध धर्ममा अझै आस्था र रुचि कायम छ।
कीङ्हाइ भूकम्पमा डेनमा गोंसार गुम्बा परिसरबाहेक वरिपरिका सबै भवनहरू भत्किएको विश्वास गरिन्छ। यस चमत्कारको मुख्य कारण त्यस गुम्बाका धर्मरक्षक दोर्जे शुग्देन रहेको बताइन्छ।
९. त्रोद खाङसार, ल्हासा, तिब्बती स्वायत्त क्षेत्र
सन् १६७० मा बनेको त्रोद खाङसार तिब्बतको राजधानी ल्हासामा अवस्थित छ। पवित्र पाँचौं दलाई लामाले त्यो रक्षक घर (तिब्बती भाषामा तेन्खांग) लाई दोर्जे शुग्देनमा समर्पित गरेका थिए।
तेन्खांगमा पाँचौं दलाई लामाले निर्माण गर्न प्रायोजित गरेको दोर्जे शुग्देनको चित्र राखिएको छ।
सत्रौँ शताब्दीको अन्त्यमा पाँचौं दलाई लामाका प्रतिनिधि देसी साङ्ये ग्यात्सोले त्रोद खाङसार रिवो छोएलिङ गुम्बालाई सुम्पे, जहाँ सांस्कृतिक क्रान्तिका बेला भत्किएका र धेरै रङ लगाईएका भित्तेचित्रहरुको पुनस्थापना गरियो। थुप्रै पर्यटक र तिर्थालुहरुले भ्रमण गर्ने र भिक्षुहरूले दोर्जे शुग्देनको दैनिक पुजा गर्ने यस तेन्खांगको व्यवस्थापन आजसम्म रिवो छोएलिङ गुम्बाले गर्दै अइरहेको छ।
तिब्बतमा दोर्जे शुग्देनको औपचारिक स्थापनाको प्रतिमा रहेको त्रोद खाङसारको भवन ऐतिहासिक रुपमा महत्त्वपूर्ण छ।
१०. छोइजिन लामा मन्दिर, मंगोलिया
छोइजिन लामा मन्दिर (मंगोलियन: Чойжин ламын сүм) मंगोलियाको राजधानी उलान्बातरमा अवस्थित एक बौद्ध गुम्बा हो।
शासक बोग्द खानका भाई र त्यस बेलाका राज्य ओरेकल छोइजिन लामा लभसनखाइदव बस्ने उक्त परिसरमा चार वटा मन्दिरहरु छन्। त्यस परिसरको निर्माण सन् १९०४ मा शुरु भइ सन् १९०८ मा सम्पन्न भयो। सन् १९३८ मा त्यहाँको स्टालिनवादी सरकारले त्यस परिसरलाई संग्रहालयमा परिणत गर्यो।
त्यहाँको मुख्य मन्दिरमा १८ औं शताब्दीमा बनेको र सुनको जलप लगाइएको बुद्ध शाक्यमुनीको मूर्ति लगायत दायाँ पट्टी छोइजिन लामा लभसनखाइदवको मूर्ति र बाँया पट्टी बाल्दनछोइमबोलोनको संरक्षित अस्थि राखिएको छ। यसका साथै, त्यस मन्दिरमा धार्मिक यन्त्र लगायत थान्का, १०८-अंक भएका काङ्ग्युरको प्रतिलिपी र बोग्द खानले तिब्बतबाट ल्याएका २२६-अंकका हस्त-मुद्रित तेङ्युर र चाम नाचका मुकुटहरुको ठुलो संग्रह छ।
मन्दिर भवनसँगै तताइएको गेर (मंगोलियामा घरको रुपमा प्रयोग हुने एक प्रकारको तम्बु वा पाल) र बीचमा छोइजिन लामा लभसनखाइदवले पुजा गर्ने गरेको चोक छ।
बुद्ध शाक्यमुनीमा समर्पित जू मन्दिरमा विगत, वर्तमान र भविष्यका बुद्धका पेपर-म्याशे मूर्तिहरू राखिएका छन्। मन्दिरको भित्तामा बुद्धका १६ चेलाहरू र ढोकाको दुवैपट्टि गुफामा बसिरहेका चार महारान्त्सा रक्षकहरू देखिन्छन्।
यीदम मन्दिर छोइजिन लामा लभसनखाइदवले प्रार्थना गर्ने ठाउँ भएकाले यसलाई सार्वजनिक गरिएको छैन। यसको बीचमा ८४ भारतीय योगीहरु मध्ये एक महासिद्धको सुनको जलप लगाइएको पीतलको मूर्ति छ। त्यहाँ कालचक्र, महामाया, बज्रधारा लगायतका अरु तान्त्रिक भगवानहरुसँगै तीनका शक्ति वा पत्नीहरुको ध्यान मुद्रामा चित्रण गरिएको छ।
त्यहाँको चौथौँ अमुगुलङ वा शान्तिको मन्दिर बोग्द जेव्सन्दम्बको पहिलो मंगोलियन अवतार उन्दुर गेगीन जनबजरमा (१६३५-१७२४) समर्पित छ।
थप ज्ञान: केचारा वन रिट्रीट, बेनतोङ्ग, मलेसिया
२४ फिट अग्लो दोर्जे शुग्देनको मूर्ति अहिले विश्वकै यस प्रकारको ठुलो मूर्ति हो। २५औं माननीय छेम रिन्पोछेबाट प्रायोजित उक्त दोर्जे शुग्देनको मूर्ति केचारा वन रिट्रीटमा राखिएको छ जहाँ यसलाई दोर्जे शुग्देनको पुजा र अरु विभिन्न कार्यक्रमहरुमा मुख्य प्रतिमा मानिन्छ। सन् २०१५ को मध्यतिर प्रख्यात पाङ्लुङ ओरेकल मार्फत दोर्जे शुग्देनले यस मुर्तिको प्राण प्रतिष्ठान गर्नुभयो।
थप विस्तृत जानकारीका लागि:
- दोर्जे शुग्देनको उदाहरणीय कथाहरु र सजीब उपन्यास
- तिम्रो मस्तिष्कको भूमि
- एक असल साथी
- शुभ मंगोलियन साइतहरू
- तपाईं धर्म निरपेक्ष वा आध्यात्मिक हुनुहुन्छ?
- दोर्जे शुग्देन : हाम्रा व्यक्तिगत कथाहरू
- कसरी तिब्बती नेतृत्वले प्रायोजकलाई व्यवहार गर्दछन् (जिन्दक)
- ट्रोडेखाङसार –४०० बर्ष पुरानो दोर्जे शुग्देनको पुजाघर, ल्हासामा
- ईश्वरीयता (ईश्वर) लाई पुकार्नु
- मित्रले नेपालीमा भगवान दोर्जे शुग्देनका बारेमा सिकाउनुहुन्छ।
Sponsored by: Tom Lee, Yustine Hendrika, Mark Steeves, Ng Yew Seng
Please support us so that we can continue to bring you more Dharma:
If you are in the United States, please note that your offerings and contributions are tax deductible. ~ the tsemrinpoche.com blog team
DISCLAIMER IN RELATION TO COMMENTS OR POSTS GIVEN BY THIRD PARTIES BELOW
Kindly note that the comments or posts given by third parties in the comment section below do not represent the views of the owner and/or host of this Blog, save for responses specifically given by the owner and/or host. All other comments or posts or any other opinions, discussions or views given below under the comment section do not represent our views and should not be regarded as such. We reserve the right to remove any comments/views which we may find offensive but due to the volume of such comments, the non removal and/or non detection of any such comments/views does not mean that we condone the same.
We do hope that the participants of any comments, posts, opinions, discussions or views below will act responsibly and do not engage nor make any statements which are defamatory in nature or which may incite and contempt or ridicule of any party, individual or their beliefs or to contravene any laws.
Please enter your details